भर्खरै :

दुवै प्रम भएका भए देशकै बिजोग हुन्थ्यो

नेकपाका अध्यक्ष केपी ओलीले देशमा झन्डै आफूसहित दुई प्रधानमन्त्रीको व्यवस्था गर्न लागेका थिए । नेकपामा दुई अध्यक्ष बन्दोबस्त भएझैँ प्रम ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पनि प्रम बनाउने चाहना व्यक्त गरे । प्राविधिक कारण देखाएर उनले देशमा दुई प्रमको व्यवस्था गरेनन् । साँच्चै देशमा दुई जना प्रम भएका भए ओली र दाहालबीच अझ कस्तो अन्तरविरोध हुनेहोला, अन्तरविरोध चर्केर मन्त्रिमण्डलमा ओली र दाहाल पक्षधर मन्त्रीहरूको कित्ताकाट हुन्थे होला, जसरी अहिले नेकपाभित्र ओली र दाहाल पक्षधर नेताहरू देखेका छन् ।
नेकपाले पार्टीमा दुई अध्यक्षको व्यवस्था ग¥यो । पार्टी एकीकरण गर्ने, सत्ता साझेदारी मिलाउने सबै काम नेकपाले दुई अध्यक्षलाई जिम्मा दियो । पार्टीको सम्पूर्ण जिम्मेवारी दुई अध्यक्षलाई दिएकै कारण नेकपाभित्र पटक–पटक अन्तरकलह भइरहेको घटनाक्रमले देखाइसकेको छ । पार्टीले पार्टीको काम गर्न दुई अध्यक्षलाई जिम्मा त दियो तर त्यो जिम्मा दुवैले पूरा गर्न सकेनन् । पार्टी एकीकरण गर्ने, विवाद मिलाउने सबै जिम्मा दुई अध्यक्षलाई दिएर नेकपाले गल्ती ग¥यो । दुई अध्यक्ष नै प्रम भइदिएका भए नेकपाको झैँ देशकै हालत बिजोग हुन्थ्यो । अहिले नेकपाका कति नेताहरू भन्दै छन्, नेकपामा दुई अध्यक्ष प्रणाली नै गलत भयो । पार्टीको सबै जिम्मा दुई अध्यक्षलाई दिनु नै गल्ती भयो । राय नमिल्दा, एकले अर्कोलाई बेवास्ता गर्दा दुई अध्यक्षबीच भनाभन भए, घोचपेच भए, पानी बारबारको स्थितिमा पुगे । पार्टीको सिद्धान्त र विचारको कुनै मतलब नराखी पदमा लागे, भागबन्डामा अल्झे ।
नेकपाका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि तथा कार्यकर्ताहरू पार्टी कुनै हालतमा फुट्दैन भनिरहेका छन् । तर, नेकपाभित्रका नेताहरू ओली र दाहाल पक्षमा लागी एकले अर्कालाई गरिरहेको विरोध रोकेका छैनन् । नेकपाको एकता टुङ्गोमा नपुग्दै देखिएको अध्यक्षद्वय ओली र दाहालको यो चर्तिकला देखेर नेकपाका कार्यकर्तादेखि नेताहरू निरास छन्, ‘लाजमर्दो’ विवाद भन्दै आफूले आफूलाई धिक्कार्दै छन् । एकले अर्कोलाई सिध्याउने खालको टिप्पणी भइरहेको नेताहरूले स्वीकारेका छन् । पार्टी एक हुनुअघिका प्रसङ्गसमेत जोडेर उल्लेख गरिएको ओलीको टिप्पणी या खण्डन या अभिमतमा दाहालप्रति ‘रामवाण’ नै छोडेको देखिन्छ । ओलीको उक्त अभिमतमा अध्यक्ष दाहाल काम नलाग्ने पात्रको रूपमा चित्रण गरिएको छ । यी दुईको गतिविधि देखेर कतिले दुवैले राजीनामा दिनुपर्ने तर्क पनि अघि सारे ।
सुरूका दिनमा अर्को निर्वाचनमा ओलीपछि दाहाललाई नै प्रम बनाउने सपना ओलीले बुनेका थिए । तर, अहिले प्रम ओली दाहाललाई न पार्टी अध्यक्ष बनाउने न प्रम बनाउने चाहना व्यक्त गरे । अर्को निर्वाचनमा प्रम नबन्ने र पार्टीको अधिवेशनमा अध्यक्ष पनि नबन्ने ओलीको उद्घोषले दाहाललाई घोचेको छ । उक्त टिप्पणीले दाहाल प्रम र पार्टी अध्यक्ष पनि बन्न पाउँदैन भन्ने अथ्र्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *