तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २१ मङ्सिर । वागीश्वरी कलेज अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको अवसरमा प्रवचन कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशका सांसद सृजना सैँजूले लैङ्गिक हिंसाविरुद्ध कानुन बनाई हिंसाका घटनालाई न्यूनीकरण गर्नुपर्ने सरकारहरू आफै एनजीओ र आइएनजीओको कार्यक्रममा सहभागी भएर भत्ता खाइरहेकोमा खेद व्यक्त गर्दै अपराधीलाई कारबाही नगर्ने सरकारविरुद्ध सङ्घर्ष गर्न विद्यार्थीहरूलाई विद्यालय उमेरदेखि नै सिकाउनुपर्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालको राजनीतिक इतिहासमा तीन तहमै सबभन्दा बढी महिला जनप्रतिनिधि भएको समयमा सबभन्दा महिला हिंसाका घटनाहरू हुनु लज्जास्पद भएको भन्दै उहाँले पुँजीवादी व्यवस्था नै श्रमिक महिलाको हिंसाको एकमात्र कारण हो । यसबाट मुक्तिको लागि श्रमिक महिलाहरू राजनैतिकरूपले सङ्गठित हुनु आवश्यक छ ।”
महिला हिंसा गर्ने जोकोहीलाई मृत्युदण्ड दिने बन्दोबस्त हुनुपर्छ भनी नेमकिपाले संसदमा बारम्बार आवाज उठाउँदा पनि गुण्डा, अपराधी, तस्करीद्वारा पोषित सरकारले कानुन ल्याउने आँट नगरेको उहाँले बताउनुभयो ।
कलेजका प्राचार्य धनकुमार श्रेष्ठले राजनैतिक सचेतताबिना लैङ्गिक हिंसा कम गर्न नसकिने बताउँदै विद्यार्थीहरूले लैङ्गिक हिंसालाई कम गर्न आलोचनात्मक दृष्टिकोण राखेर लेख रचनाहरू लेख्नुपर्छ भन्नुभयो ।
कलेजका संयोजक ज्ञानसागर प्रजापतिले विदेशमा नेपाली चेलीबेटीहरू चौबाटोमा खसी बोकाजस्तै बेचबिखन गराउने नीति ल्याउने नेपाली काङ्ग्रेस, एमाले (अहिलेको नेकपा) नै मुख्य दोषी भएको हुँदा लैङ्गिक हिंसालाई कम गर्न सरकारको गलत नीतिविरुद्ध विद्यार्थीहरूले १६ दिनमात्र नभई निरन्तर सङ्घर्ष चालू राख्नुपर्छ भन्नुभयो ।
छोरालाई प्राथमिकतामा राख्ने संस्कारले जकडिएको यो समाजलाई परिवर्तन गरी महिलाहरू आत्मनिर्भर बन्न सकेको खण्डमा अहिलेको स्थितिमा महिला हिंसा कम हुनसक्छ उहाँले भन्नुभयो ।
वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले लैङ्गिक हिंसाबारे पुरुषहरूलाई पनि प्रशिक्षण दिनुपर्ने आवश्यकता औँल्याउँदै सामाजिक सञ्जालमार्फत हुने लैङ्गिक हिंसाबाट सबै सचेत हुनुपर्छ भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य एवं शिक्षिका सुशिला कर्माचार्यको सभापतित्वमा भएको कार्यक्रममा शिक्षक मङ्गलेश्वर ध्वजू, विद्यार्थीहरू सुनिता त्वायनावासु, कृपा प्रजापति, सदीक्षा न्हेम्हाफुकी, मालती पराजुलीले लैङ्गिक हिंसाबारे बोल्नुभएको थियो ।
Leave a Reply