भर्खरै :

चिनियाँ जनकाङ्ग्रेसका उपाध्यक्षमाथि प्रतिबन्ध लगाउने अमेरिकी हर्कत दुष्ट्याइँ :चीन

पेइचिङ, ९ डिसेम्बर (सीआरआई) । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले एउटा वक्तव्य प्रकाशित गर्दै बलपूर्वक हङकङ राष्ट्रिय सुरक्षा कानुन लागू गरेको आरोप लगाउनुभयो र अमेरिकाले चीनको राष्ट्रिय जनकाङ्ग्रेसका स्थायी समितिका उपाध्यक्षमाथि प्रतिबन्ध लगाउने घोषणा गर्नुभयो । अमेरिकाको उक्त कदमले गम्भीर अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियमहरूको उल्लङ्घन गरेको भन्दै चीनले आफ्नो आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप भएको ठहर गरेको छ र चीन–अमेरिका सम्बन्धमा गम्भीर क्षति पुग्ने चेतावनी दिएको छ । चिनियाँ सरकार र जनताले अमेरिकी पक्षको अहङ्कार, अव्यावहारिकता र पागलपनको कडा निन्दा गर्ने पनि चीनले बताएको छ ।
हङकङ मामिला विशुद्ध चीनको आन्तरिक मामिला हो र अमेरिकालाई हस्तक्षेप गर्ने अधिकार छैन । चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको स्थायी समितिले हङकङ राष्ट्रिय सुरक्षा कानुन चिनियाँ संविधानबमोजिम बनाउनु पूर्णतया चीनको सार्वभौमिकतासँग सम्वद्ध छ ।
चीनले अमेरिकालाई आफ्नो गलत निर्णय तुरुन्त फिर्ता लिन, चीनको आन्तरिक मामिलामाथिको हस्तक्षेप रोक्न तथा खतरनाक गलत बाटोमा अघि नबढ्न पनि सचेत गराएको छ । डिसेम्बर ८ तारिखमा चीनका उप परराष्ट्रमन्त्री चङ च क्वाङले चीनका लागि अमेरिकी कार्यवाहक राजदूत रोबर्ट डब्ल्यू फोर्डनलाई बोलाएर अमेरिकी विदेश मन्त्रालयले चीनको राष्ट्रिय जन काङ्ग्रेस, स्थायी समितिका १४ जना उपाध्यक्षहरूको विरूद्ध जारी प्रतिबन्धको कडा विरोध जनाउनुभएको छ ।
उपमन्त्री चङले अमेरिकाका निषेधात्मक कार्यहरूले अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मूल्य मान्यतामा गम्भीर क्षति पु¥याएको भन्दै चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप, चीन–अमेरिका सम्बन्धमा गम्भीर क्षति र अव्यावहारिकता तथा दुष्ट्याइँ देखाएको टिप्पणी गर्नुभयो ।
उहाँले चीनले सोबारे कडा विरोध र कडा निन्दा व्यक्त गरेको जनाउ दिँदै पारस्परिक प्रतिरोधात्मक कदम चाल्ने र मुलुकको सार्वभौमिकता, सुरक्षा र विकास हितमा दृढताका साथ लाग्ने कुरामा पनि ध्यानाकर्षण गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *