भर्खरै :

नेक्राविसङ्घको स्थापना दिवसमा रक्तदान

भक्तपुर, २४ मङ्सिर । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको स्थापना दिवसको अवसरमा बुधबार खुला रक्तदान कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले नेक्रावि सङ्घ रचनात्मक क्रियाकलापमा पनि सक्रिय रहेको बताउनुभयो । कोरोना भाइरसको महामारीबीच रगत अभावलाई मध्यनजर गरी भएको रक्तदान कार्यक्रमले समुदायका लागि ठूलो टेवा पु¥याउने विश्वास दिलाउनुभयो ।
कार्यक्रममा ४३ पुरुष र १४ महिला गरी जम्मा ५७ जनाले रक्तदान गरेको आयोजक समितिका संयोजक मिलन गणेजूले बताउनुभयो । रक्तदाताहरूलाई नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले प्रशंसापत्र प्रदान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *