तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २७ मङ्सिर । शुभ–लाभ बचत तथा ऋण सहकारी संस्था लि. छालिङको १३ औँ वार्षिक साधारणसभाको उद्घाटन नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद् प्रेम सुवालले शनिबार गर्नुभयो ।
कार्यक्रममा सांसद् सुवालले राज्यका तीनै अङ्ग व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकालाई माफियाको चङ्गुलबाट बचाउनुपर्ने आवश्यकता औँल्याउँदै सहकारी संस्थालाई पनि माफियाहरूले प्रायोजित ढङ्गले आफ्नो स्वार्थको लागि चलाउन खोजेको तर्फ सबै सचेत हुनु जरूरी रहेको बताउनुभयो ।
माफियाहरूले नै नेपाली युवालाई आ–आफ्नो घर–खेत बेचाएर म्यानपावर कम्पनीमार्फत प्रायोजित ढङ्गले नै बहुराष्ट्रिय कम्पनीको कामदार बनाउन पठाएको उल्लेख गर्दै सांसद सुवालले युवालाई नेपालमा रोजगारी नदिएसम्म सुख नमिल्ने बताउनुभयो ।
सदस्यहरूले सहकारी संस्थामा जम्मा गरेको रकम बैङ्क सञ्चालकको स्वार्थमा लगानी भइरहेको हुँदा सहकारी संस्थाले नै सीपमूलक तालिम र उत्पादनमूलक कार्यमा लगानी गर्र्नु जरूरी रहेको उहाँले बताउनुभयो । कानुनलाई कब्जा गरेर आफ्नो स्वार्थपूर्ति गर्ने माफियाहरूले देशको अर्थतन्त्र कब्जा गरी सर्वसाधारण जनतालाई दुःख दिएको र यस्तो काममा सरकारमा गएका पार्टीहरूसमेत संलग्न रहेको सांसद सुवालले उल्लेख गर्नुभयो ।
सांसद सुवालले चर्को ब्याज र बिनाज्यालाको श्रमबाट गरिब जनतालाई मुक्त गर्न सहकारी संस्थाको अवधारणा अगाडि बढेको उल्लेख गर्दै आर्थिक असमानता हटाउन र व्यक्तिगत सम्पत्तिलाई निरूत्साहित गर्न पनि सहकारी क्रियाशील हुनुपर्ने बताउनुभयो ।
उहाँले प्रजग कोरिया र क्युवाका जनतालाई रोजगारी दिने र आधारभूत आवश्यकता पूर्ति गर्ने जिम्मा सरकारले लिएको कारण जनता सुखी भएको उल्लेख गर्दै हाम्रो देशमा राज्य जनताप्रति जिम्मेवार नभएकोले जनताले दुःख पाएको बताउनुभयो ।
सहकारीले गाउँ र सहर, शारीरिक श्रम र बौद्धिक श्रमको भेदलाई अन्त्य गर्ने कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिँदै उहाँले सहकारीका सदस्य र सदस्यका छोराछोरीलाई पनि श्रमप्रति सम्मान गर्ने संस्कृतिको विकास गर्ने दीक्षा दिनुपर्ने उल्लेख गर्नुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोँजूले संस्थाको आय–व्यय पारदर्शी गरेर जनताको स्वास्थ्य र टोल टोलमा सरसफाइका कामलाई पनि सहकारीले ध्यान दिनु जरूरी रहेको बताउनुभयो ।
उहाँले चाँगुनारायण नगरपालिकाका प्रमुख र केही भूमाफियाहरूले सरकारी वन मासेर चानपा ७ बागेश्वरीको भङ्गेरी डाँडामा खेल मैदान बनाउन लागेकोले सहकारीकर्मीले पनि विरोध गर्नुपर्ने बताउनुभयो ।
उहाँले नपाका प्रमुख र शासक दलका नेता कार्यकर्ता कमिसनकै लागि खानेपानीको मुहान सुक्ने गरी उक्त गतिविधिमा लागेकोले भक्तपुरका जनताले त्यसको विरोध गर्नुपर्ने उल्लेख गर्नुभयो ।
जिल्ला बचत तथा ऋण सहकारी सङ्घका कृष्णेश्वरी प्रजापतिले घरजग्गामा संस्थाको लगानी बढिरहेको तर्फ सङ्घ चिन्तित रहेको उल्लेख गर्दै उत्पादनमूलक क्षेत्रमा सहकारीको रकम लगानी गर्नेतर्फ चिन्तन गरिरहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष लक्ष्मीनारायण लिगलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सचिव सानुकाजी दथेपुथेले संस्थाको वार्षिक प्रतिवेदन, लेखा समितिका संयोजक रामकृष्ण त्यातले लेखा समितिको प्रतिवेदन, कोषाध्यक्ष श्रीप्रसाद त्यातजूले प्रस्तावित कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभयो भने संस्थाका प्रबन्धक कृष्णप्रसाद लिगल र सदस्य सन्ध्या ज्याख्वले पनि संस्थाका गतिविधिबारे बोल्नुभएको थियो ।
Leave a Reply