हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
- असार १, २०८३
सन् २०२०मा धेरै अप्रत्याशित घटनाहरू पहिलोपटक देखा परेका छन् : महामारीका कारण विश्व नै आक्रान्त भइरहेको छ, ओलम्पिक खेलकुदको मिति पछि धकेलिएको छ, पहिले हामीले सोचेका ती अटुट अस्तित्वमा समेत परिवर्तन आएको छ । अनिश्चितता नै हाम्रो जीवनमा सामान्य बनेको पृष्ठभूमिमा नयाँ युगमा आधा आकाश ढाकेका चिनियाँ नारीहरूले काम गर्ने आँट र क्षमता एवम् न्यानो भावना देखाएका छन् ।
सन् २०२० मा चीनका विभिन्न क्षेत्रमा कार्यरत सर्वसाधारण नारीहरूले चिनियाँ समाजको ध्यानाकर्षण गरेका छन् । हालै चिनियाँ सञ्चारमाध्यममा चर्चित नारी भनेकी छाङह ५ नम्बर चन्द्रमा अन्वेषण यन्त्रको प्रक्षेपण केन्द्रमा संलग्न २४ वर्षीया युवा निर्देशक चौ छनयु हुन् । चीनको क्वीचौ प्रान्तकी यी अल्पसङ्ख्यक जातीय नारीलाई उनका सहकर्मीहरूले ‘दिदी’ भन्ने गर्छन् । प्रक्षेपण केन्द्रमा काम गरेको साढे २ वर्षमा उनले रकेटको ५ परीक्षात्मक प्रक्षेपणमा भाग लिएकी छन् । यति सानो उमेरमा त्यति अनुभवी भइसकेकी यी चिनियाँ नारीको प्रशंसा प्रशस्त चिनियाँ पुरूषहरूले पनि गरेका छन् ।
चालू वर्ष चीनका विभिन्न ठाउँमा महामारी नियन्त्रणका काममा महिला चिकित्सक ली लानच्वानलगायत प्रशस्त महिला डाक्टरहरू र नर्सहरूको नाम व्यापक चिनियाँहरूको मनमा बसेको छ र उनीहरूका मन छुने कथाहरू पनि सर्वसाधारणहरूबीच लोकप्रिय बनेका छन् । यसका साथै फर्ब्स चाइनाले सार्वजनिक गरेको ‘वैज्ञानिक चिनियाँ महिला २०२०’ नामावलीमा विशेष गरी विज्ञान प्रविधि क्षेत्रमा महामारी प्रतिरोध गरेका ५० जना चिनियाँ नारीहरूलाई समेटिएको छ । यसका अतिरिक्त, चालू वर्षमा चिनियाँ इन्टर्नेट प्रयोगकर्ताहरूमाझ ‘छङफङ फोलाङ त चेचे’ भन्ने एउटा मनोरन्जनात्मक कार्यक्रम निकै लोकप्रिय देखियो । यस कार्यक्रममा सन् १९९० पछि जन्मेका ३० जना चिनियाँ नारीलाई भेला गरेर ३० वर्षीया चिनियाँ नारीको नयाँ प्रारूप बनाइएको छ । उनीहरूले यस कार्यक्रममार्फत महिलाको स्वतन्त्र चेतना अभिव्यक्ति प्रसारण गरेका छन् ।

निर्देशक चौ छन यू
Leave a Reply