भर्खरै :

आयुर्वेदिक चिकित्सा क्षेत्रलाई किन उपेक्षा ?

कोभिड–१९ नेपालमा झाङ्गिनसक्दै प्रधानमन्त्री केपी ओलीले ‘बेसार पानीको सेवनले कोभिड–१९ भाग्ने’ भनी दिएको अभिव्यक्ति विवादास्पद बनेको थियो । बेसार पानीले कोभिड–१९ निको हुने आजसम्म कुनै वैज्ञानिक आधार पुष्टि भएको छैन । तथापि, उनको उक्त अभिव्यक्तिलाई आयुर्वेदिक औषधिको प्रयोगमा जोड दिने मानिसहरूले सकारात्मकरूपमा लिएका थिए ।
नेपाललाई जडिबुटीहरूको भण्डार भनिन्छ । विशेषतः उत्तरी हिमाली क्षेत्रमा पाइने जडिबुटीको महत्वबारे विभिन्न सांस्कृतिक र वैज्ञानिक कृतिहरूमा चर्चा पाइन्छ । कतिपय जडिबुटीको महँगो मूल्यमा बिक्री वितरणसमेत भइरहेको छ । मौलिक र रैथाने ज्ञान हराउँदै गएसँगै कतिपय जडिबुटीको उपयोगिताबारे ज्ञान पनि हराउँदै गएको छ । एकातिर आयुर्वेदिक र जडिबुटीबारे अध्ययन–अनुसन्धान क्रमशः कमजोर बन्दै जानु अनि अर्कोतिर एलोपेथिक औषधिका नाफामुखी उत्पादकहरूले आफ्नो नाफाको निम्ति बजार सबै कब्जा गर्दा आज आयुर्वेदिक चिकित्साशास्त्र नै ओझेलमा पर्दै गएको देखिन्छ ।

नेपाली शासकहरू पनि एलोपेथिक औषधि उत्पादकहरूको लोभ र कमिसनको मोहमा फसेका देखिन्छन् । निःसन्देह एलोपेथिक चिकित्साशास्त्रका विशिष्ट आयाम छन् । तथापि, एलोपेथिक औषधिको प्रयोगमा मात्र जोड दिँदा नेपालसँग भएको आयुर्वेदिक ज्ञान भने ओझेलमा पर्दै गएको छ । राज्यले आयुर्वेदिक चिकित्साशास्त्रको विकास र विस्तारमा आवश्यक ध्यान दिन सकेको छैन । आयुर्वेदिक चिकित्साशास्त्रको अध्ययन–अनुसन्धान र बजारीकरणको लागि काम गर्ने नेपालमा संस्थाहरू निकै कम छन् । भएका केही संस्थाहरू पनि उपेक्षाको चोट सहेर थला परेका छन् । सिंहदरबार वैद्यखाना, त्रिविको आयुर्वेदिक कलेज, नरदेवी आयुर्वेदिक अस्पताललगायत केही सीमित संस्थाले नै आयुर्वेदिक क्षेत्रलाई थामेका छन् । ती संस्थाहरूले पनि परम्परागत भूमिकामै आफूलाई सीमित राखेका छन् । थप अध्ययन–अनुसन्धान गर्न राज्यले थप लगानी गर्ने आवश्यकताबोध गरेको छैन ।

एलोपेथिक औषधिको बजारीकरणको बेगसामू आयुर्वेदिक औषधि छायाँमा परेको छ । सस्तो मोलका आयुर्वेदिक औषधिको प्रयोग व्यापक बने नाफामुखी औषधि अर्थतन्त्रमा कालो छायाँ पर्ने कुरा एलोपेथिक औषधि उत्पादकहरूले बुझेका छन् । एलोपेथिक औषधि उत्पादकले फाल्ने पैसा र द्रव्यको मोहमा अहिले सिङ्गो चिकित्साशास्त्र नै एलोपेथीको पर्यायजस्तै बनेको छ । जबकि मानव इतिहासमा आयुर्वेदिक उपचार पद्धतिको निकै ठूलो भूमिका रहँदै आएको छ ।
एलोपेथिक औषधिका उत्पादकहरूले सबै पुँजीवादी देशका सरकारलाई आफ्नो मोहपासमा बेर्ने गरेको हुन्छ । कमिसन, भौतिक सुविधा आदि हतियार प्रयोग गरी राज्य संयन्त्र र कर्मचारीतन्त्रलाई नै आफ्नो वशमा पारेका औषधि उत्पादकहरूले आयुर्वेदको विकासलाई पछौटेपना जस्तो भान पारिदिएको छ । लामो र धैर्यपूर्ण आयुर्वेदिक उपचारको सट्टा तुरून्तै ‘निको हुने’ एलोपेथिक औषधिको प्रयोगलाई पुँजीवादी बजारअर्थतन्त्रले प्रोत्साहित गरेको हुन्छ । तर, एलोपेथिक औषधिको प्रयोगले नेपालजस्तो विकासशील देशहरू क्रमशः आर्थिकरूपमा परनिर्भर मात्र बन्दै गएको छैन । बरु, आफ्नो पिता–पुर्खाले सदियौँदेखि प्रयोग गर्दै आएको विज्ञानलाई गुमाउँदै गइरहेका छौँ ।
नेपाली शासकहरू पनि एलोपेथिक औषधि उत्पादकहरूको लोभ र कमिसनको मोहमा फसेका देखिन्छन् । निःसन्देह एलोपेथिक चिकित्साशास्त्रका विशिष्ट आयाम छन् । तथापि, एलोपेथिक औषधिको प्रयोगमा मात्र जोड दिँदा नेपालसँग भएको आयुर्वेदिक ज्ञान भने ओझेलमा पर्दै गएको छ । राज्यले आयुर्वेदिक चिकित्साशास्त्रको विकास र विस्तारमा आवश्यक ध्यान दिन सकेको छैन । आयुर्वेदिक चिकित्साशास्त्रको अध्ययन–अनुसन्धान र बजारीकरणको लागि काम गर्ने नेपालमा संस्थाहरू निकै कम छन् । भएका केही संस्थाहरू पनि उपेक्षाको चोट सहेर थला परेका छन् । सिंहदरबार वैद्यखाना, त्रिविको आयुर्वेदिक कलेज, नरदेवी आयुर्वेदिक अस्पताललगायत केही सीमित संस्थाले नै आयुर्वेदिक क्षेत्रलाई थामेका छन् । ती संस्थाहरूले पनि परम्परागत भूमिकामै आफूलाई सीमित राखेका छन् । थप अध्ययन–अनुसन्धान गर्न राज्यले थप लगानी गर्ने आवश्यकताबोध गरेको छैन ।
घर–आँगनमै औषधि फलाउन सक्ने नेपालीहरूको क्षमता आज राज्यकै उदासिनताको कारण उपेक्षित छ । नेपाली जनतालाई स्वस्थ बनाउन राज्यले अब आयुर्वेदिक चिकित्साशास्त्रका बहुआयामबारे प्रचारमा लान जरुरी छ । स्वास्थ्य मन्त्रालयले एलोपेथिक चिकित्साशास्त्रलाई जस्तै आयुर्वेदिक उपचार पद्धतिलाई समान प्राथमिकता दिन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *