भर्खरै :

स्तालिनसम्म कसरी पुग्ने

(यहाँ प्रस्तुत गरिएको यो लेख रुसको एक क्रान्तिकारी कम्युनिस्ट पार्टीको रूपमा रहेको रुसी मजदुर कम्युनिस्ट पार्टी (Worker’s Communist Party of Russia) को वेभसाइटमा राखिएको थियो । प्रस्तुत लेखलाई एन. ब्रिउलोभत र एम. स्भेटलोभाले रुसी भाषाबाट स्पेनी भाषामा अनुवाद गरेका थिए र त्यसलाई ‘रुसी मजदुर’ (Workers Russia) पत्रिकामा प्रकाशित गरिएको थियो ।
सोभियत प्रधानमन्त्री लियोनिड बे्रझनेभ (Brezhnev) को समयमा ट्रक चालकहरूले आफ्ना वाहनपछाडि स्तालिनको तस्वीर राख्ने गरेको म अझै पनि सम्झन्छु । यो तिनीहरूले अघोषित रूपमा गरेको एक किसिमको विरोध थियो । ती चालकहरू रुसी पुँजीवादी पार्टीहरूमा व्याप्त भएको नैतिक पतन र भ्रष्टाचारका बारेमा तथा सोभियत सङ्घभित्रै विकसित हुँदै गइरहेको सोभियत सामग्री ध्वस्त पार्ने कार्य तथा बिग्रँदो आर्थिक अवस्थाबारे पनि जानकार थिए । पुँजीवादको पुनः स्थापनाले गर्दा ‘पेरेस्ट्रोइका (Perestroika) अथवा पुनः सङ्गठनको व्यवस्था सुरु भयो । पुनः सङ्गठनले प्रतिक्रान्तिको विकास ग¥यो र पुँजीवादलाई पुनः रुसमा स्थापना ग¥यो । केही रुसी सहरहरूमा बस तथा माइक्रोबसका चालकहरूले आफ्ना बसहरूमा स्तालिनको तस्वीर किन प्रदर्शित गर्छन् भन्ने प्रश्नमा ‘प्रजातान्त्रिक प्रेस’ (Democratic Press) पत्रिकाका कथित ‘प्रजातान्त्रिक पत्रकार’ ले ‘यसरी स्तालिनको तस्वीर प्रदर्शन गरेर दमनकारीहरूको परिवारका सदस्यहरूलाई शान्ति दिन खोजेको’ भनी लेखे ।
यस्ता आडम्बरी र पुँजीवादी तत्वहरूले सोभियत र सोभियत व्यवस्थाविरुद्ध थालेको सोभियत र सोभियत व्यवस्थाविरुद्ध थालेको कार्यहरूले गर्दा नै धेरै मानिसहरूका लागि दुर्भाग्य निम्त्याएको छ । यस्ता आडम्बरी र पुँजीवादी तत्वहरूले करोडौँ जनताको हत्या गरेका छन् भने कतिलाई अपाङ्ग पारेका छन् । तिनीहरूले करोडौँ जनतालाई शारीरिकरूपमा तथा नैतिकरूपमै कमजोर तुल्याएका छन् । साथै करोडौँ मानिसहरूलाई राम्रो भविष्य र उचित जीवनयापन गर्नबाट बञ्चित गरेका छन् । यस वर्ष, हाम्रो देशभरी मानवीय सङ्कट र पीडा व्याप्त भएको छ । हाल रुसभरि सम्पूर्ण सम्पत्ति लुटिएका तथा पूर्णरूपमा जीवन लथालिङ्ग पारिएकाहरूलाई चुप लाग्न बाध्य पारिन्दैछ । साथै यहाँका जनताहरू अपराधी व्यक्ति तथा अधिकारीहरूद्वारा सताइएका छन् र आत्महत्या गर्न बाध्य पारिँदै छ । यस्तो परिस्थितिबारे ती आडम्बरी पत्रकारहरू किन केही बोल्दैनन् ? त्यस्ता अपराधीहरूले सारा जनतालाई दमन गरिरहेका छन् । तर, पैसामा बिकेका त्यस्ता पत्रकारहरू र व्यक्तिहरू ‘स्तालिनको दमनबारे’ मात्रै हल्ला गरिरहेका छन् ।
त्यस्ता व्यक्तिहरूको भीडमा ‘प्रजातान्त्रिक सोच’ भएका मूर्खहरू पनि भेटिन्छन् । ती मूर्खहरू ‘जनताले पहिले पाएको दुःख सम्झेर पनि कसरी त्यो पुरानो स्तालिनवादमा फर्किन चाहन्छन् ?’ भनी प्रश्न गर्छन् । साथै यी महाशयहरू हालको रुसी शासनसत्ताले रुसमा ‘सच्चा प्रजातन्त्र’ दिन नसकेकोमा आलोचना पनि गर्छन् । तर, यी मूर्खहरूले तल्लो वर्गका जनताको अधिकार र प्रजातान्त्रिक स्वतन्त्रता हनन भएको कुरा अनुभव गर्न सक्दैनन् । प्रहरीहरूद्वारा तिनीहरूमाथि कसरी जबरजस्ती नियम–कानुन बाँधिएको छ र ती वर्ग पुँजीवादी प्रजातन्त्रको बारेमा के सोच्छन् भन्ने पनि बुझ्न सक्दैनन् किनभने यो कथित ‘प्रजातान्त्रिक सोच’ भएका व्यक्तिहरूको मुख्य कार्य नै पुँजीपतिहरूको तानाशाहीलाई कायम राख्न मद्दत गर्नु हो । उक्त आन्दोलनले कसरी समाजवादी जीवनको विकास ग¥यो र कसरी भ्रष्ट पुँजीवादी व्यवस्थाले उक्त समाजवाद बिगा¥यो भन्ने कुरा यी कथित ‘प्रजातान्त्रिक सोच’ भएका व्यक्तिहरूले थाहा पाएका छन् । त्यसैकारण उक्त कुरालाई लुकाउन तिनीहरू सबैजना मिलेर आफैलाई र अन्य जनतालाई ‘मानिसमा चेतनाको अभाव भएका कारण मानिसहरू स्तालिनको पक्ष लिन्छन्’ भनी विश्वास दिलाउन खोज्दैछन् ।
स्वतन्त्र बजारबारे गरेका सबै प्रकारका वाचाहरूलाई लुकाएर तिनीहरूले आफ्ना प्रस्तावहरू पेश गरे । ती प्रस्तावहरू अब्रामोभिच (Abramovich)र डेरिपास्का (Deripaska) सँग समान थियो । यस्ता व्यक्तिहरू निकै भ्रष्ट र लोभी परजीवीका रूपमा छन् । देश र त्यहाँका जनताबाट आफूले पाउन सक्ने जति सबै लाभहरू जेसुकै गरेर पनि आफूले प्राप्त गर्नु यस्ता परजीवीहरूको एउटैमात्र उद्देश्य हुन्छ । यस्तो समयमा पहिलेको त्यस्तो महान समय र त्यस समयका महान् सोभियत नेताका बारेमा सोचिँदैन साथै त्यस समयमा प्राप्त भएको विजयका बारेमा पनि कुनै प्रकारको सम्झना हुँदैन । उक्त महान् सोभियत समयमा यस्ता परजीवीहरूलाई कामदार वर्गले दबाएर राखेका थिए र कामदार वर्गहरू क्रमशः प्रगतिको बाटो अगाडि बढ्दै थिए । यो कुरालाई कसैलाई बिर्सन सक्दैनन् । साथै यस्ता पुँजीवादी गुट र जनतालाई धोका दिने हरेक बदमासहरूलाई स्तालिनको तरिकाअनुसार गलहत्याएर फाल्नुपर्ने कुरा हरेकले सोच्नेछन् ।
यस्ता ‘स्वतन्त्र सोच’ भएका महाशयहरू आफूलाई निकै ठूलो ठान्छन् र हरेक नराम्रा कुरालाई जोसेफ विसारियोनोभिच स्तालिन (Joseph Vissarionovich Stalin) सँग जोड्छन् र स्तालिनको बेइज्जत गर्छन् । के यी महाशयहरू स्तालिनको नाम नलिई बाँच्नै सक्दैनन् ? के स्तालिनलाई बारम्बार अपमानित नगरी यिनीहरू एकछिन बस्न सक्दैनन् ? यी मूर्खहरू कम्युनिस्टहरूलाई पनि बारम्बार दोषारोपन गरिरहन्छन् । कम्युनिस्टहरूलाई बितेको कुराका रूपमा लिन्छन् । तर, तिनीहरूले दिएका स्पष्टीकरणहरू एक अर्कासँग नमिल्ने देखिन्छन् । यहाँ विगत २० वर्षदेखि पुँजीवादी व्यवस्थालाई जबरजस्ती व्यवहारमा ल्याइयो तर पनि हालसम्म ‘स्तालिन तानाशाह हो’ भन्ने जस्ता धारणाहरूलाई बढावा दिइएकै छ । जबकि सोभियत सङ्घ विघटन भएको २० वर्ष भइसकेको छ ।
१९२० को दशकको सोभियत सङ्घ र १९४० को दशकको सोभियत सङ्घमा आकाश–पातालको फरक छ । उक्त दुई समयको सोभियत सङ्घ एकअर्कासँग दाँज्न नसकिने छन् । अर्को शब्दमा भन्दा, सन् १९४५ को समयको सोभियत सङ्घ र मानव इतिहासकै सबैभन्दा विध्वंसक युद्ध भइसकेपछि सन् १९६५ को समयको सोभियत सङ्घमा धेरै परिवर्तन भएको थियो । हाल यहाँ व्याप्त भएको निराशा र अवनतिले निरन्तर दिएको पीडाको बारेमा म यहाँ बताउनेछु । यहाँ उल्लेख गरिएका स्तालिन (Stalin) सदैव रुसका निर्माताको रूपमा रहनुभयो । उनैको नेतृत्वमा रुसी जनताले लेनिनवादी बाटो रोजे । सोही समाजवादी बाटोमा हिँड्दै मजदुर वर्ग निकै माथिल्लो तहमा पुगे । त्यसभन्दा पहिले कुनै देशमा मजदुरहरू त्यति माथिल्लो तहमा पुगेका थिएनन् । यो सबै हुनुको श्रेय उनै स्तालिनलाई जान्छ । यो नै साँचो कुरा हो ।
त्यसैकारण स्तालिनलाई अझै पनि मानिसहरू आदर गर्छन् । अब हामीले जनता कहिले पुँजीवादी भ्रष्टाचारबाट देश मुक्त गर्ने र आफ्नो जीवन राम्रो बनाउने निष्कर्ष पुग्छ भन्ने प्रतिक्षा गर्नुपर्छ ।
(How to Arrive to Stalin)
Northstar Compass, Mar./Apr.-16,2012

Leave a Reply

Your email address will not be published. Required fields are marked *