प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा : संयुक्त राष्ट्रसङ्घ
- असार ९, २०८३
काठमाडौँ, ५ पुस । नेपाल क्रान्तिकारी किसान सङ्घ केन्द्रीय समितिका पदाधिकारीहरूले उखु किसानहरू धर्ना बसिरहेको माइतीघर मण्डलामा पुगेर उखु किसानका मागप्रति ऐक्यबद्धता व्यक्त गरे । उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले पुँजीपतिहरूले वर्षौँदेखि उखु किसानहरूको बक्यौता बाँकी राखी किसानहरूप्रति अन्याय गरेको हुँदा उखु किसानहरूले बाध्य भएर आन्दोलन गर्नुपरेको र सो आन्दोलनमा नेमकिपाको समर्थन रहेको बताउनुभयो ।
उहाँले तराईमा क्रान्तिकारी भूमिसुधारले मात्र वास्तविक किसानहरूको समस्या समाधान गर्नसक्ने धारणा राख्दै नेमकिपा क्रान्तिकारी भूमिसुधारको पक्षमा रहेको धारणा राख्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “विगतमा पनि पटक–पटक उखु किसानसँग बक्यौता रकम दिनेबारे सम्झौता भए पनि सबै किसानहरूले उखुको मूल्य पाउन सकेका छैनन् । सरकार कर्पोरेटहरूको चङ्गुलमा परेको कारण किसानहरू अन्यायमा परेका हुन् ।”

नेक्राकिसङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले उखु किसानहरूको मागप्रति ऐक्यबद्धता जनाउँदै तराईमा उखु किसानहरूको समस्या समाधानको लागि सिडिओमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको बताउनुभयो ।

कार्यक्रममा सङ्घका केन्द्रीय सचिव हरिराम सुवालले उखु किसानहरूप्रति ऐक्यबद्धता जनाउँदै सरकारले तदारूकतासाथ बाँकी बक्यौता दिलाउन पहल गर्नुपर्ने बताउनुभयो ।
Leave a Reply