के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
सोभियत सङ्घमा निकिता ख्रुश्चेभ
निकिता सर्गेइ भिच्छ ख्रुश्चेभ सोभियत सङ्घका एक बहुचर्चित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका नेता थिए । उनी सन् १८९४ अप्रिल १५ तारीखमा रुसी साम्राज्यको कुस्र्क राज्यको कालिनोल्र्कामा जन्मेका थिए । सन् १९७१ सेप्टेम्बर ११ मा सोभियत सङ्घको राजधानी मस्को सहरमा उनको देहान्त भएको थियो ।
सन् १९५३ मा सोभियत सङ्घको प्रभावशाली एवम् विश्वविख्यात नेता जोसेफ स्तालिनको मृत्युपश्चात् निकिता ख्रुश्चेभ सोभियत सत्तामा आएका थिए । सन् १९५३ सेप्टेम्बरदेखि १९६४ सम्म १२ वर्ष उनले सोभियत सङ्घमा राज्यसत्ता चलाए । उनी सन् १९५३ देखि १९६४ सम्म सोभियत कम्युनिस्ट पार्टीका प्रथम सचिव र सन् १९५८ देखि १९६४ सम्म सोभियत प्रधानमन्त्री भए ।
आफ्नो १२ वर्षको शासनकालमा ख्रुश्चेभ देशभित्र र देशबाहिर धेरै ठूलठूला तहल्का मच्चाएर धेरै विवादित नेता बने ।
सन् १९४५ मा दोस्रो विश्व युद्ध सकिएपछि सोभियत सङ्घ र संयुक्त राज्य अमेरिकाबीच शीतयुद्ध चलेको थियो र निकिता ख्रुश्चेभको पालामा यस शीतयुद्धले चरम उत्कर्षको रूप लिएको थियो ।
सन् १९५३ को मार्च ३ तारिखमा सोभियत सर्वोच्च कमान्डर नेता जोसेफ स्तालिनको मृत्युले सोभियत राजनीतिक मैदान नेतृत्वविहीन अवस्थामा रहन गयो । स्तालिनको मृत्युलगत्तै गियोर्गी मालेन्कोभ सोभियत कम्युनिस्ट पार्टीको प्रथम सचिव र सोभियत प्रधानमन्त्री पदमा नियुक्त भएता पनि निकिता ख्रुश्चेभ र मालेन्कोभबीच सत्ता सङ्घर्ष चल्न थाल्यो ।
निकिता ख्रुश्चेभ महान अक्टोबर क्रान्तिपश्चात् सन् १९१८ देखि कम्युनिस्ट पार्टीमा संलग्न भई सोभियत कम्युनिस्ट पार्टीअन्तर्गत विभिन्न तहमा रहेर अघि बढेका थिए ।
सन् १९१७ मा सम्पन्न महान् अक्टोबर क्रान्तिका प्रवर्तक नेता भ्लादिमिर इलिच्छ लेनिनको सन् १९२४ मा निधनपश्चात् सोभियत नेता जोसेफ स्तालिनले सोभियत सत्ता हातमा लिएका थिए । सुरुदेखि नै निकिता ख्रुश्चेभ स्तालिनका समर्थक र प्रिय पात्र बनेका थिए ।
सन् १९३९ देखि १९४५ सम्म दोस्रो विश्वयुद्ध चल्यो । निकिता ख्रुश्चेभले सोभियत सरकारमा रही विभिन्न महत्वपूर्ण पदहरू सम्हालेका थिए । तर, पनि स्तालिनको मृत्युपश्चात् मालेन्कोभको हातमा सत्तँ गएकोमा निकिता ख्रुश्चेभलाई चित्त बुझेको थिएन । त्यसकारण, विभिन्न चलखेल गरी मालेन्कोभलाई सोभियत कम्युनिस्ट पार्टीको प्रथम सचिवको महत्वपूर्ण पद त्याग्न लगाइयो । सन् १९५५ मा उनले सो पद त्याग गरे । मालेन्कोभलाई प्रधानमन्त्री पदबाट निष्काशन गरी ख्रुश्चेभका नजिकका नेता निकोलाई बुल्गानीनलाई प्रधानमन्त्री बनाए । सन् १९५८ को मार्चमा सो पद पनि निकिता ख्रुश्चेभले हत्याए ।
सन् १९६४ मा ख्रुश्चेभ पछिको सोभियत सत्ता लिओनिद इलिच्छ ब्रेझनेभको नेतृत्वमा चल्यो । निकिता ख्रुश्चेभको बारेमा कहीँ कतै सुन्न र पढ्नुपर्ने कुरा थिएन । ख्रुश्चेभको मात्र होइन, विश्वका महान् सर्वहारा नेता जोसेफ स्तालिनको बारेमा समेत आधिकारिकरूपमा केही लेख्न, पढ्न पाईँदैनथ्यो । सोभियत कम्युनिस्ट पार्टीको इतिहास हामीले पढ्नुपथ्र्यो । आफ्नो अध्ययनकालमा कोर्सबुकमा ख्रुश्चेभ र स्तालिनको बारेमा केही लेखिएको नपाउँदा अचम्म लागेको थियो । कार्ल माक्र्स, फ्रेडरिक एङ्गेल्स, भ्लादिमिर लेनिन र कम्युनिस्ट घोषणापत्रको बारेमा कम्युनिस्ट इन्टरनेसनल (कमिन्टर्न) को बारेमा भने धेरै पढाइन्थ्यो । माक्र्सवादको द्वन्द्वात्मक भौतिकवाद, लेनिनवाद र महान् अक्टोबर क्रान्तिको बारेमा धेरै पढाइन्थ्यो । आफ्नो इन्जिनियरिङ्ग कोर्सका विषयबाहेक कम्युनिस्टको बारेमा दुई वर्षसम्म पढ्नुपथ्र्यो । सोभियत सङ्घमा विश्वमा प्रथम पटक सम्पन्न भएको महान् अक्टोबर क्रान्तिको बारेमा अध्ययन अध्यापन हुँदा लेनिनको नेतृत्व र लेनिनवादको व्याख्या धेरै गरिन्थ्यो । तर, स्तालिन, ख्रुश्चेभ र विश्वका एक महान् कम्युनिस्ट नेता कामरेड माओ सेतुङ्गका बारेमा केही पढाइ हुँदैनथ्यो । यसले गर्दा सोभियत समाजवादी नीतिप्रति मनमा खुल्दुली भइरहन्थ्यो । आफूलाई मनमा लागेको कुरा पनि व्यक्त गर्न सकिँदैनथ्यो । सोभियत विद्यार्थीलाई पनि सोभियत सङ्घको नीति निर्णयविपरीत हुने खालको कुनै कुरा व्यक्त गर्न गा¥हो हुन्थ्यो । एक प्रकारले सोभियत जनजीवन यस राजनीतिक सवालमा सेन्सरसिपअन्तर्गत परिरहेको भान हुन्थ्यो । निकिता ख्रुश्चेभ, जोसेफ स्तालिन र माओ त्सेतुङ्गको बारेमा आफूसँग मन मिल्ने साथीहरूसँग मात्र गुपचुप रूपमा कुरा गर्न सकिन्थ्यो ।
कहिलेकाहीँ म आफ्ना सोभियत साथीहरूसँग घुमाइफिराइ भित्री मनसाय वास्तवमा के रहेछ भन्ने कुरा बुझ्न कुरा गर्थेँ ।
साधारणतया बहुसङ्ख्यक जनता सोभियत सङ्घप्रति गौरव गर्थे र सोभियत सङ्घ विश्वमा सर्वशक्तिमान देश हो र अमेरिकी र पश्चिमी पुँजीवादी देशहरूसँग प्रतिस्पर्धामा अघि बढिरहेको एकमात्र समाजवादी देश हो भन्ने कुरामा विश्वास राख्थे । तर, कुनै अलि परिपक्व मानिससँग यस विषयमा कुरा गर्दा उनीहरू धेरै गम्भीर र चिन्तित देखिन्थे र भन्थे, सोभियत सङ्घले लिइरहेको बाटो ठीक छैन र सोभियत नेताहरूले जनतालाई ठग्दै छन् र ब्रेझनेभले सोभियत युवालाई रणभुल्लमा पा¥यो भन्ने कुरा गर्थे । ब्रझनेभले ‘चिलिना’ ‘बैकाल–आमु र रेलमार्ग’ जस्ता अति ठूलठूला योजनाहरू सञ्चालन गर्न लगाएका थिए । यी राष्ट्रिय योजनाहरूमा ठूलो युवाशक्ति र राष्ट्रिय सम्पत्ति लगानी भएको थियो । तत्कालीन सोभियत नेता लिओनिद ब्रेझनेभले एकमाथि अर्को गर्दै सोभियत सङ्घको सबभन्दा ठूलो पदक ‘लेनिन पदक’ प्राप्त गर्दै थिए । सन् १९६४ मा निकिता ख्रुश्चेभको मृत्युपश्चात् लिओनिद ब्रझनेभको नेतृत्वमा सोभियत सङ्घ चलिरहेको थियो । लिओनिद ब्रझनेभका साथमा थिए, प्रधानमन्त्री अलेक्सीकोसिजीन, विदेशमन्त्री आन्द्रेयी ग्रोमीको समाजवादी दार्शनिक नेता सुस्लोभ र सोभियत राष्ट्रपति पदगोर्नी ।
प्रधानमन्त्री कोसिजीन र विदेशमन्त्री ग्रोमीका दुई नेता प्रभावशाली र लोकप्रिय थिए । सोभियत जनताबीच सोभियत कम्युनिस्ट पार्टीका महासचिव लिओनिद ब्रेझनेभ सर्वशक्तिमान र सर्वमान्य नेता थिए । एक हिसाबले लिओनिद ब्रेझनेभको ‘देवत्वकरण’ नै भएको आभास हुन्थ्यो । तत्कालीन सोभियत राजनीतिमा यस विषयलाई लिएर मेरी श्रीमती भायेन्टिनासँग धेरै बहस हुन्थ्यो र धेरै कुरामा म मेरी श्रीमतीसँग सहमत हुन्थेँ भने सोभियत नीतिप्रति मेरो केही विमति हुुुुुुन्थ्यो । विशेष गरेर सोभियत सङ्घमा भइरहेको माओ त्सेतुङ्गको विरोध गर्ने नियोजित नीति, अनि स्तालिनको उच्चारणसम्म नगर्ने प्रवृत्ति र निकिता ख्रुश्चेभले अपनाएको संशोधनवादको निरन्तरता राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक सवालमा हाम्रो विमति हुन्थ्यो ।
निकिता ख्रुश्चेभले आफ्नो शासनकालमा देशभित्र र देशबाहिर केही नयाँ सिद्धान्तहरू प्रतिपादन गरेका थिए । यसले सोभियत समाजवादको विकासमा ब्रेक लगायो र अन्ततः सोभियत सङ्घकै पतन गरायो ।
ख्रुश्चेभले अपनाएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिप्रति सोभियत जनताको धेरै विमति थियो । ख्रुश्चेभलाई सोभियत सङ्घभित्रै जनताले एक हास्यपात्रको रूपमा चित्रण गर्थे । उनले अपनाएका दुईवटा ठूूलठूला राष्ट्रिय योजनाहरू थिए । सोभियत जनताको आवास समस्या सुल्झाउन बनाएका लाखौँ–लाख ‘ख्रुश्चेभका’ भन्ने पाँचतले आवास भवनहरू र देशमा खाद्यान्न सङ्कट हटाउन अपनाएको मकै खेती उनका योजना थिए ।
उनकै पालामा भएको ‘क्युवा मिसाइल क्राइसिस’ ले झन्डै तेस्रो विश्वयुद्धको रूप लिइसकेको थियो । यदि यो युद्ध भएको खण्डमा विश्वले आणविक अस्त्रको प्रहार खेप्नुपर्ने अवस्थासम्म पुगेको थियो । सौभाग्यवस, निकिता ख्रुश्चेभको सोभियत नेतृत्व र जान एफ केनेडीको अमेरिकी नेतृत्वको समझदारीमा १३ दिनसम्मको अथक प्रयासपछि यो सङ्कट समाधान भएको थियो । यसका लागि निकिता ख्रुश्चेभलाई धन्यवाद दिनैपर्ने हुन्छ । उनको नेतृत्वमा रहेको सोभियत सरकारले क्युवामा रहेको आफ्नो सैनिक कमान्डरलाई कुनै पनि हालतमा क्युवामा स्थापित आणविक हतियार अमेरिकामा प्रहार गर्ने काममा आफू पहिलो नहुनु भन्ने निर्देशन दिएको थियो । यद्यपि, क्युवाली नेता फिडेल क्यास्ट्रो यदि अमेरिकाले सैनिक फौज प्रयोग गरी आफ्नो नवनिर्मित सरकार ढाल्न प्रयास गरेमा अमेरिकामाथि आणविक अस्त्र प्रयोग गर्ने मनस्थितिमा पुग्नु भएको थियो भन्ने चर्चासमेत भएको थियो । उक्त क्युवाली ‘मिसाइल क्राइसिस’ सकेको झन्डै ३० वर्षपछि सन् १९९० तिर फिडेल क्यास्ट्रोले आफ्नो मनमा उब्जेको यस विचारप्रति आफू स्वयम्लाई खेद लागेको कुरा एक अवसरमा बताउनुभएको थियो ।
Leave a Reply