प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा : संयुक्त राष्ट्रसङ्घ
- असार ९, २०८३
नेपालको पछिल्लो राजनीतिक घटनाबारे भारतका केही ‘बुद्धिजीवीहरू’का टिप्पणीलाई लिएर नेपालको राजनीतिक वृत्तमा चर्चा परिचर्चा चलेको छ । विशेषतः नेपालविद् मानिएका र नेपालको राजनीतिमा बरोबर नाम सुनिएका प्राध्यापक एसडी मुनी, भारतीय सेनाका पूर्वमेजर जनरल अशोक मेहत्ता र भारतका रक्षा मन्त्रालय सम्बद्ध आइडीएसएका ‘नेपाल जानकार’ डा. निहार नायकले गरेको टिप्पणीलाई यतिबेला फरक–फरक खेमाले फरक–फरक कोणबाट विश्लेषण गरिरहेका छन् । विभक्त नेकपाका दुवै पक्षले उनीहरूका भनाइलाई आ–आफ्नो अनुकूलतामा व्याख्या गरिरहेका छन् । दाहाल–नेपाल खेमा पक्षधरहरूले भारतीय ‘बुद्धिजीवीहरू’का अभिव्यक्तिलाई संसद् विघटनमा भारतीय चलखेलको कोणबाट अथ्र्याइरहेका छन् । अर्कोतिर ओली खेमाले भारतीय नेता र सरकारी अधिकारीहरूको पछिल्लो दौडाहाबीच ओली भारतीय हस्तक्षेप रोक्न सफल भएको प्रमाणको रूपमा ती ‘बुद्धिजीवीहरू’ का भनाइलाई अथ्र्याइरहेका छन् । प्रधानमन्त्रीसँग भारतीय अधिकारी र नेताहरूसँगको भेटमा के कस्ता कुराकानी भएका थिए भन्ने कुरा खसोखास सार्वजनिक नभएसम्म अहिले तीमध्ये कुनै पनि व्याख्यालाई सङ्लोरूपमा बुझ्न सकिन्न ।
तर, नेपालको राजनीतिको पछिल्लो घटनाक्रमको विश्लेषणमा भारतका ‘नेपालविद्’ हरूले दिएको अभिव्यक्तिमा अर्का छिमेकी देश चीनको प्रसङ्ग आउनुले भने संसद् विघटनलाई नेपालको आन्तरिक परिधिमा रहेर मात्र बुझ्न नसकिने देखिएको छ । उनीहरूका अभिव्यक्तिले संसद् विघटनसँग क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय राजनीति पनि जोडिएको स्पष्ट हुन्छ ।
यतिबेला विश्व राजनीतिका प्रधान अन्तरविरोधहरूमध्ये एउटा अन्तरविरोध चीन र संरा अमेरिकाबीचको अन्तरविरोध हो । तत्कालीन सोभियत सङ्घ र संरा अमेरिकाबीचको शीतयुद्धपछि यतिबेला संरा अमेरिका र चीनबीच अर्को ‘शीतयुद्ध’ को अवस्था छ । राजनीति, अर्थतन्त्र र कूटनीतिबाट चीनलाई अब पछार्न नसकिने निष्कर्षमा संरा अमेरिकी नेताहरू पुगिसकेका छन् । अब चीनको गतिलाई रोक्न सैनिक हमलाबाहेक अर्को विकल्प उनीहरूले देख्न छोडिसके । त्यसकारण, पूर्वी एसिया र दक्षिण एसियाका देशहरूलाई आफ्नो प्रभाव विस्तार गर्ने र सैनिक शिविरहरू राख्ने मूल ध्येयका साथ संरा अमेरिका लागिरहेको छ । दक्षिण एसियामा उसले भारतसँग मिलेमतो गरिसकेको छ । भारतसँग विभिन्न सैनिक सम्झौता गरेर भारतीय भूमिमा अमेरिकी सेनाको लागि ढोका खुला गरिसकिएको छ । यस्तो परिस्थितिमा पछिल्लो समय नेपालमा बढ्दो चीनसँगको सौहार्द सम्बन्ध संरा अमेरिका र भारतको निम्ति आँखाको कसिङ्गर बन्दै आएको थियो । त्यसकारण, नेपालमा राजनीतिक अस्थिर निम्त्याएर धमिलो पानीमा माछा मार्न भारत उद्यत छ । नेपालमा राजनीतिक अस्थिरता बढ्नुको अर्थ भारतीय हस्तक्षेप विस्तार हुनु हो, विगतका धेरै घटनाक्रमले यही पुष्टि हुन्छ । दक्षिण एसियाको सन्दर्भमा भारतीय शासक वर्गले संरा अमेरिकाको स्वार्थको प्रतिनिधित्व गर्ने गरेको छ ।
भारतको आफ्नो उद्देश्य पूरा गर्न यतिबेला नेकपाका नेताहरूले काँध थपेका छन् । ओली सरकारलाई विफल बनाएर अस्थिरता निम्त्याउने परिस्थिति नेकपाका नेताहरू स्वयम्ले तयार पारे । आज देश राजनीतिक अस्थिरतातिर उन्मुख छ । त्यही राजनीतिक अस्थिरतालाई ‘अब नेपालमा चीनको भूमिका कमजोर हुने’ भन्दै एसडी मुनी, मेहत्ता र नायकहरू दङ्गदास छन् । विदेशी शक्तिको योजनामा बन्दुक चलाउन आफ्नो काँध थप्ने नेकपाका नेताहरूलाई समय र इतिहासले मूल्याङ्कन गर्नेछ । तर, यतिबेला नेपाली जनता भने फेरि पनि नेपालको राजनीतिक अस्थिरताको फाइदा उठाउने जालसाजीप्रति सजग हुन जरुरी छ ।
Leave a Reply