भर्खरै :

कक्षा ११ को पाठ्यक्रमको अन्योल अन्त्य गर

काठमाडौँ, ८ पुस । कक्षा ११ को पाठ्यक्रममा अन्योलका कारण देशभरका लाखौँ विद्यार्थी अलमलमा परेका छन् । नयाँ वा पुरानोमध्ये कुन पाठ्यक्रम लागू गर्ने भन्ने विषयमा सर्वोच्च अदालतमा मुद्दा परेपछि समयमा फैसला नहुँदा अन्योल भएको हो । यसबारे नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिले बुधबार प्रेस वक्तव्य जारी गरी अन्योलको अन्त्यको माग गरेको छ । नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले जारी गर्नुभएकोे वक्तव्य प्रस्तुत छ ः
देशभर कक्षा ११ मा अध्ययनरत लाखौँ विद्यार्थी अन्योलमा छन् । नेपाल सरकारले कक्षा ११ मा नयाँ पाठ्यक्रम २०७७ भदौ १ गतेदेखि लागू गर्न निर्देशन ग¥यो । नयाँ पाठ्यक्रम लागू नगराउन असोज २८ गते सर्वाेच्च अदालतमा मुद्दा दायर भयो ।
नयाँ पाठ्यक्रमअनुसार पढाउन सरकारले कार्तिक ३ गते पुनः निर्देशन ग¥यो । सर्वोच्च अदालतले कार्तिक २० गते नयाँ पाठ्यक्रम लागू नगर्न अन्तरिम आदेश जारी गर्दै कार्तिक २६, मंसिर ४ र २४, पुस ६ गतेको लागि पेशी तोकेकोमा अन्तिम निर्णय भएको छैन । देशभर कतै नयाँ पाठ्यक्रम त कतै पुरानो पाठ्यक्रम लागू भइरहेको अलमलको स्थिति छ ।
नयाँ र पुरानो पाठ्यक्रमको अलमलका कारण शिक्षक, विद्यार्थीलगायतका सम्बन्धित पक्षहरू अन्योलमा परेका छन् । तसर्थ, यस परिस्थितिलाई नलम्ब्याई एउटा निश्चित निर्णय दिन जोडदार माग गर्दछ ।
सरकारले देशभर भौतिक उपस्थितिमा स्वास्थ्य मापदण्ड पालना गरेर कक्षा सञ्चालन गर्न निर्देशन जारी गरेको थियो । तर आवश्यक पूर्वाधारको कमीका कारण सबैतिर स्वास्थ्य सतर्कता नअपनाइएको समाचार छ । तसर्थ, सरकारले सबै शैक्षिक संस्थाहरूमा आवश्यक अनुगमन गर्न माग गर्दछौँ ।
समाजवादउन्मुख संविधानअन्तर्गतको यो सरकारले स्वास्थ्य निःशुल्क गर्न नसक्नु बदमासी हो । कोभिड–१९ रोग पहिचान र उपचारमा सरकारले निःशुल्क नगर्ने निर्णयले यो सरकार पँुजीवादी सरकार भएको थप प्रस्ट भएको छ । विद्यार्थीलाई कोभिड–१९ रोगको उपचार निःशुल्क गर्न नेक्राविसङ्घ माग गर्दछ । नेक्राविसङ्घ मावि तहको शिक्षा निःशुल्क र अनिवार्य साथै उच्च शिक्षा निःशुल्क र स्वास्थ्य पूर्ण निःशुल्क गर्न जोडदार माग गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *