भर्खरै :

बेल्ट एन्ड रोड–अन्तर्राष्ट्रिय सहकार्यमा आधारित शक्ति

चीन र नेपालले सन् २०१७ मे महिनामा बेल्ट एन्ड रोड सहयोगात्मक सम्झौता पत्रमा हस्ताक्षर गरे । बीआरआईअन्तर्गत परियोजना निर्माणमार्फत दुई मुलुकको आपसी सम्पर्कलाई गहन पार्दै रणनैतिक साझेदारी सम्बन्धलाई सबल बनाउने सो सम्झौतको लक्ष्य थियो । तीन वर्षयता दुई पक्षले सक्रियरूपमा अन्तर हिमालय त्रिआयाम सम्पर्क सञ्जालको स्थापना गर्दै निरन्तररूपमा रेलमार्ग, राजमार्ग, नाका, उडान, सूचना, सीमा पार गर्ने ढुवानी आदि क्षेत्रको सहयोगलाई सबल पार्दै आएका छन् । यस वर्ष कोरोना भाइरसको प्रभावमा, चीन र नेपालले बीआरआई प्रारूपमा निर्माण र मर्मत गरिएका राजमार्ग तथा रेलमार्गबाट एकआपसमा चरणबद्ध कोभिड–१९ विरूद्ध सामग्री पठाएर आपसी समर्थन र मद्दत गर्ने मित्रताको व्यवहार गरेका छन् ।
यही डिसेम्बर १८ तारिख बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय शिखर सम्मेलन सल्लाहकार समितिको भिडियोमार्फत बैठक आयोजना भएको छ । चीनको राज्य परिषद्का सदस्य एवम् परराष्ट्रमन्त्री वाङ यीले सो बैठकलाई सम्बोधन गर्नुभएको छ । सम्बोधनमा वाङ यीले यस वर्ष बीआरआईले महामारीको प्रतिरोध गर्दै आर्थिक क्षेत्रलाई स्थिर बनाउन र जनधनको संरक्षण गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ । हाल महामारीको अवस्था र आर्थिक अवस्था ठप्प भएको पृष्ठभूमिमा विभिन्न मुलुकका जनतासमक्ष डर र त्रास देख्नुका साथै विश्व व्यावसायिक शृङ्खला तथा आपूर्ति शृङ्खलामा आघात परेको छ । अन्तर्राष्ट्रिय व्यापार र लगानी खुम्चिएको छ । विश्व अर्थतन्त्र ठप्प भएर एकपक्षीयतावाद र संरक्षणवादको डाँवाडोल अवस्था देखिएको छ । तर, यस्तो अवस्थामा पनि बीआरआईका विभिन्न सदस्य राष्ट्रको उश्रृङ्खलाबद्ध परियोजनामा आफ्नो मुलुकको विकासलाई अघि बढाउने आवश्यतामा परिवर्तन भएको छैन । विभिन्न सदस्य राष्ट्रले बीआरआईमा दिएको समर्थनमा परिवर्तन छैन । साथै चीनले बीआरआई अन्तर्राष्ट्रिय सहयोगलाई अघि बढाउने सङ्कल्पमा पनि कुनै परिवर्तन छैन ।
महामारी प्रभावित विश्व अर्थतन्त्रमा नयाँ जीवन्त शक्ति चाहिन्छ । डिजिटल सिल्क रोड आगामी चरणको बीआरआई निर्माणको मुख्य क्षेत्रमध्येको एक हो । चीनले ‘विश्व डिजिटल सुरक्षा प्रस्ताव’ प्रस्तुत गरी विभिन्न मुलुकसँग शान्ति, सुरक्षा, खुलापन र सहयोगात्मक इन्टरनेट अन्तरिक्षको स्थापना गर्ने प्रयास गर्नेछ । चीनले विभिन्न साझेदारीसँग डिजिटल अर्थतन्त्रको नयाँ संसारको सिर्जना गर्ने तथा आर्थिक विकासको नयाँ इन्जिनको खोज्ने इच्छा लिएको छ ।
हाल बीआरआई साझेदारसमक्ष सबैभन्दा जरूरी कार्यभार भनेको एकबद्धरूपमा महामारीलाई जित्ने हो । महामारीविरूद्ध खोप आगामी चरणमा अन्तर्राष्ट्रिय महामारीविरूद्धको मुख्य विषय हो । चीनले विश्व स्वास्थ्य सङ्गठनले प्रस्तावित गरेको ‘कोरोना भाइरसविरूद्ध खोपको लागू योजना’ मा सहभागी भएको छ । खोप उत्पादक चिनियाँ व्यवसायले बीआरआई साझेदार मुलुकमा सञ्चालन गर्दै आएको तेस्रो चरणको परीक्षणमा महत्वपूर्ण प्रगति हासिल गरेको छ । खोप उत्पादन भएपछि बीआरआई साझेदार मुलुक यसबाट लाभान्वित हुने छ ।
सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *