शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
जम्मु कास्मिर, २३ डिसेम्बर । सन् २०१९ को अगस्ट ५ मा भारतको केन्द्रीय संसद्ले जम्मु कास्मिरलाई दुई अलग अलग केन्द्रशासित क्षेत्रमा विभाजन गर्ने र सो क्षेत्रलाई प्राप्त विशेषाधिकार खोस्ने निर्णय गरेपछि हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सो निर्णयको विरोधमा रहेका दलहरूले विजय हासिल गरेका छन् । जम्मु कास्मिरलाई विशेषाधिकार दिएको भारतीय संविधानको धारा ३७० पुनःस्थापना र विगतको प्रावधानको निरन्तरताको लागि आवाज उठाइरहेका राजनीतिक दलहरूको गठबन्धन ‘गुपकर घोषणाको लागि जनमोर्चा’ ले चुनावमा सबभन्दा बढी मत हासिल गरेको हो ।
कास्मिरमा तीन तहको स्थानीय सरकारअन्तर्गत जिल्ला जिल्लामा भएको हालै अभ्यासमा ल्याइएको जिल्ला विकास परिषद्को निर्वाचनमा यस्तो परिणाम आएको हो । कास्मिरका हरेक जिल्लालाई चौध वटा क्षेत्रमा विभाजित गरिएको छ । ती सबै क्षेत्रबाट निर्वाचित प्रतिनिधि मिलेर विकास परिषद्को गठन हुने कानुनी बन्दोबस्त छ ।
मुख्यतः कास्मिरी पार्टीहरू मिलेर बनेको गुपकर मोर्चामा नेसनल कन्फरेन्स, पिपुल्स डेमोक्रेटिक पार्टी र पिपुल्स कन्फरेन्सलगायत दलहरू आबद्ध छन् । कुल २७६ स्थानमा मोर्चाले कम्तीमा ११० स्थानमा विजय हासिल गरेको छ । मङ्गलबारबाट मतगणना सुरू भएको थियो । बुधबार साँझसम्मको परिणामले मोर्चाले चुनाव जितेको प्रस्ट देखिएको छ । केन्द्रमा सत्तारूढ भारतीय जनता पार्टीले पनि कम्तीमा ७४ स्थानमा हासिल गर्ने देखिएको छ । उसले मुख्यतः जम्मु क्षेत्रमा ती स्थानमा विजय हासिल गरेको छ । कास्मिरमा पनि उसले तीन जिल्लामा तीन स्थान आफ्नो पोल्टामा पार्न सफल भएको छ । पञ्चायत तहमा पार्टीगतरूपमा चुनाव हुने बन्दोबस्त छैन । कास्मिर उपत्यकाका केही पञ्चायतमा भाजपासमर्थित उम्मेदवारले जीत हासिल गरे पनि त्यहाँ औपचारिकरूपमा पहिलोपटक भाजपाले आफ्ना उम्मेदवारहरू जिताउन सफल भएको छ ।
धेरै सङ्ख्यामा स्वतन्त्र उम्मेदवारहरूले पनि चुनावमा विजय हासिल गरेका छन् । कम्तीमा ४९ जना स्वतन्त्र उम्मेदवारहरूले निर्वाचनमा विजय हासिल गरेका छन् । उनीहरूमध्ये अधिकांश कास्मिर उपत्यकाका छन् । कुल २ हजार १७८ जना उम्मेदवारमध्ये एक जना त स्वतन्त्र उम्मेदवारमात्र थिए ।
नोभेम्बर २८ बाट भएको निर्वाचन २० जिल्लामा आठ चरणमा भएको थियो । पछिल्लो चुनावी नतिजाले उपत्यकाका दस जिल्ला परिषद्मध्ये नौ वटामा गुपकर मोर्चाले नियन्त्रण जमाएको छ । भाजपाले जम्मु क्षेत्रका दसमध्ये ६ परिषद्मा नियन्त्रण जमाएको छ । केही जिल्लामा भने नेसनल कन्फरेन्स र काङ्ग्रेसले प्रभाव देखाएका छन् ।
अघिल्लो वर्ष भएको विधानसभा निर्वाचनकै छनक दिने गरी यो वर्षको मतपरिणामले पनि मुसलमान बाहुल्य कास्मिर क्षेत्रमा कास्मिरी दलहरूले र हिन्दू बाहुल्य जम्मु क्षेत्रमा राष्ट्रिय दलहरूले विजय हासिल गरेका छन् । तर, समग्र मतपरिणामले भने सन् २०१९ को अगस्ट ५ को निर्णयप्रति फरक फरक मत देखाएको छ । कास्मिरले सो निर्णयको विरोध गरेको देखियो । जम्मुका अधिकांश क्षेत्रमा भाजपाको पक्षमा मत व्यक्त भएको देखियो ।
Leave a Reply