सरकारले नै स्थानीय तहमार्फत बाली बीमा गर्नु जरुरी छ
- कार्तिक १०, २०८३
‘जारविरुद्धको षड्यन्त्र’ को सिलसिलाबाट जानकारीले रुसको इतिहासमा निरङ्कुश राजतन्त्र र भूदास प्रथाविरोधी कुलीन वर्गका युवाहरूले सन् १८२५ को २६ डिसेम्बरमा गरेको विद्रोहले ती ‘डिसेम्बरवादीहरू’ रुसको इतिहासमा बारम्बार सम्झिने गर्दै आएका थिए । हरेक देशका इतिहासमा कालखण्डमा त्यस्ता युवाहरू र बुद्धिजीवीहरूका परिवर्तनवादी विचारहरूले समाजमा योगदान गरेका हुन्छन् । विज्ञानमा समेत कपर्निकस, बु्रनो र ग्यालिलियोजस्ता वैज्ञानिक र चिन्तकहरूले आफ्नो ज्यानको बाजी लगाएर संसारमा योगदान गरेका छन् ।
३ पुस २०७७ को ‘मजदुर’ दैनिकमा बी. आर. प्रजापतिको ‘कुलिन वर्ग पनि क्रान्तिकारी !’ शीर्षकले मेरो ध्यान आकर्षित ग¥यो । बी.आर. प्रजापतिको त्यस अभिव्यक्तिले भक्तपुरका युवाहरूमा राजनैतिक जागरणको आगो सल्किँदै गरेको अनुभव गर्छु, किनभने भक्तपुरमै महिनाको एक लाख रूपैयाँ तवल पाउने पढे लेखेका किसान परिवारका युवाहरू समाजको परिवर्तनमा योगदान गर्नुभन्दा आ–आफ्नो आम्दानीको छन छनमै मस्त देखिएको कथाहरू सुनेको छु ‘राजा सिदास’ जस्तै । म आशा गर्छु, भक्तपुरमा पनि बी.आर. प्रजापतिजस्ता समाजको निम्ति योगदान गर्ने, समर्पित व्यक्तिहरूको स्मरण गर्ने तिनीहरूबाट प्रेरित हुन उत्साहित गर्ने युवाहरू निरन्तर बढ्दै जानेछन् । बी. आर. प्रजापति र ‘मजदुर’ दैनिकलाई साधुवाद !
Leave a Reply