भर्खरै :

युरिया रु. १०००।—, डी.ए.पी रु. २४५०।— र पोटास रु. १८५०।—मा बेच्न निर्देशन

भक्तपुर, ९ पुस । देशको कृषि उत्पादन वृद्धि गर्न नेपाल सरकारबाट अनुदान दिई मल आपूर्ति गरी कृषकहरूलाई बिक्री वितरण गर्न र सोको ‘नियमन र अनुगमन गर्न अनुदान मल वितरण व्यवस्थापन निर्देशिका २०७७’ अनुसार गठित भक्तपुर नगरपालिका मल वितरण व्यवस्थापन समितिका संयोजक एवं उपप्रमुख रजनी जोशीको नेतृत्वमा मल वितरण व्यवस्थापन समितिका पदाधिकारीहरूले विभिन्न तीन वटा मल बिक्रेता सहकारी संस्थाहरूको अनुगमन गर्नुभयो ।
अनुगमन गरेका भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि., सिद्धि कृषि सहकारी संस्था लि. र सिद्धि गणेश सहकारी संस्था लि.का सम्बन्धित कर्मचारी र प्रबन्धकहरूलाई नेपाल सरकारले अनुदान दिएर सुपथ मूल्यमा कृषकहरूलाई उपलब्ध गराउन व्यवस्था गरेको रसायनिक मल व्यवस्थित ढङ्गले बिक्री वितरण गर्न र भक्तपुर नगरपालिकाले निर्धारण गरेबमोजिम युरिया प्रतिबोरा रु. १०००।, डी.ए.पी प्रतिबोरा रु. २४५०।— र पोटास प्रतिबोरा रु. १८५०।—मा बेच्नको लागि निर्देशन दिनुभयो ।
अनुगमनको क्रममा सहकारी संस्थाहरूमा बिल भर्पाई, नगदी रसिद र मल बिक्री वितरण फाराम व्यवस्थितरूपले राख्नसमेत अनुगमन टोलीले सहकारी संस्थाहरूलाई निर्देशन दियो । अनुगमनमा भक्तपुर नगरपालिकाका मल वितरण व्यवस्थापन समितिका सदस्य प्रमुख प्रशासकीय अधिकृत र कृषि शाखा प्रमुखको पनि उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *