भर्खरै :

बेलायतमा फेला परेको नयाँ कोरोना भाइरस दक्षिण अफ्रिकाबाट

लन्डन, २४ डिसेम्बर । बेलायतमा हालै फेला परेको नोबेल कोरोना भाइरसको नयाँ थरी भाइरस दक्षिण अफ्रिकाबाट आएको हुनसक्ने त्यहाँका स्वास्थ्य सचिव म्याट हानककले बताएका छन् । दक्षिण अफ्रिकामा भेटिएको भाइरस र बेलायतमा भेटिएको भाइरसमा समानता भेटिएको बेलायती अधिकारीहरूले बताएका छन् । त्यसैले बेलायत सरकारले गत दुई सातायता दक्षिण अफ्रिकाबाट बेलायतमा आएका सबै यात्रुहरूलाई सम्पर्कमा ल्याई अलग राखिसकेको बताएको छ । बेलायतका यातायात मन्त्रीले दक्षिण अफ्रिकाबाट बेलायत आउने सबै विमान र अन्य यातायात बन्द गर्न निर्देशन जारी गरेका छन् ।
दक्षिण अफ्रिकाको स्वास्थ्य मन्त्रालयले गत साता त्यहाँ भाइरसको नयाँ आनुवंशिक थरी फेला परेको र त्यही कारण पछिल्ला दिनहरूमा त्यहाँ सङ्क्रमण बढेको हुनसक्ने बताएको थियो ।
भाइरसको यो दोस्रो प्रकारलाई ५०१.भी२ कोभिड–१९ को दोस्रो उन्नत भाइरस हो । बेलायत सरकारले केही साताअघिबाट आफ्नो देशमा नयाँ थरी कोभिड–१९ भाइरस फेला परेको घोषणा गरेको थियो ।
बेलायत सरकारले वैज्ञानिकहरूका अनुसन्धानलाई उद्धृत गर्दै यो भाइरस अघिल्लो भाइरसभन्दा ७० प्रतिशतसम्म बढी सङ्क्रामक भएको बताएको छ ।
“नयाँ थरी भाइरस अझ बढी सङ्क्रामक भएको हुनाले बढी खतरनाक छ । अघिल्लो भाइरसभन्दा यो भाइरस बढी उत्परिवर्तित भएको पाइएको छ”, बेलायती स्वास्थ्य सचिवले भने ।
दक्षिण अफ्रिकामा भेटिएको भाइरस अझ उत्परिवर्तन भएर बेलायतमा देखापरेको पब्लिक हेल्थ इङ्ल्यान्डका सुसन हप्किन्सले भने ।
दुवै भाइरस बढी सङ्क्रामक छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *