तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, ११ पुस । विश्व सर्वहारा वर्गका नेताद्वय स्तालिनको १४२ औँ र माओ त्सेतुङ्गको १२७ औँ जन्मदिवसको अवसरमा विभिन्न जिल्लामा प्रशिक्षण र अन्तरक्रिया कार्यक्रम भइरहेको छ ।
यसै क्रममा नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा प्रवचन कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले चीनको क्रान्तिका नेता र संसारकै मजदुर वर्गका गुरू माओ त्सेतुङ्ग देश र जनताको सेवामा लाग्दा आइपर्ने गा¥होफारोदेखि नभाग्ने र नतर्सने योद्धा भएको बताउँदै नेमकिपाका कार्यकर्ताहरू पनि देश र जनताको सेवामा लाग्दा आइपर्ने कठिनाइसँग सामना गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “सडक, पुल र अन्य भौतिक पूर्वाधार निर्माणको ठेक्कापट्टामा कमिसन खाएकाहरूको विकासको नारा झूटा हो, जनताको सांस्कृतिकस्तर (शैक्षिक र बौद्धिक विकास) उठाउनु नै साँचो विकास हो ।”
“जनताको आर्थिक मागलाई राजनीतिक सङ्घर्षसँग जोड्नु आवश्यक छ । पुँजीवादी व्यवस्थामा रगतको नाताभन्दा नगदको नाता जोडिन्छ । सरकार सामन्त र जमिनदारहरूकै भएको हुँदा विसं २०२१ सालको भूमिसुधारअनुसार हदबन्दी कार्यान्वयन गरिएन । किसानहरूसँग रहेको अलि अलि जग्गा कम्पनीको नाममा हदबन्दीभन्दा बढी जग्गा राख्न पाउने कानुनी बन्दोबस्तसँगै अहिले उद्योगी–व्यापारीको कब्जामा पुग्दै छ”, सचिव सुवालले भन्नुभयो ।
उहाँले स्पष्ट पार्नुभयो, “भारतीय एकाधिकार पुँजीले नेपालको आत्मनिर्भर अर्थतन्त्र विकास गर्न दिँदैन, न मल कारखाना स्थापना गर्न दिन्छ, न त खाना पकाउने ग्यासको विकल्प जलविद्युत् उत्पादन गर्न दिन्छ । भारतीय विस्तारवादले नेपालको ७१ भन्दा बढी ठाउँमा ६० हजार हेक्टरभन्दा बढी भूमि अतिक्रमण गरेको छ ।”
संसदीय व्यवस्थामा कार्यकारी अधिकार भएका राष्ट्रपति वा प्रधानमन्त्रीसँग संसद् विघटन गर्ने भरेको बन्दुक हुन्छ । हालै गरेको प्रतिनिधि विघटनलाई यसरी लिनु उपयुक्त हुन्छ, उहाँले भन्नुभयो ।
सचिव सुवालले मानिसलाई लोभले लाभ भए पनि त्यसले दुःख नै हुने हुँदा शत्रुहरूको जालदेखि टाढा रहनु जरूरी रहेको बताउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य कमलमैयाँ सुवालले बहुमत मजदुर–किसानलाई राजनीतिकरूपमा सचेत र सङ्गठित गरी देशमा समाजवादी क्रान्ति सफल पार्न नेमकिपा सङ्घर्षरत छ भन्नुभयो ।
पार्टीका अग्रजहरूको योगदान कार्यकर्ताले कहिल्यै भुल्न नहुने चर्चा गर्दै पार्टीको नीति, कार्यक्रमअनुसार कायकर्ताहरू इमानदारीपूर्वक लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
आयोजक समितिका अध्यक्ष गोविन्द दुवालले इतिहासबाट पाठ सिकेर नयाँ पुस्ता अगाडि बढ्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजू, हरिराम सुवाल, सूर्यबहादुर फोजू र नारायणभक्त न्हेमाफुकीले पनि बोल्नुभएको थियो ।
कीर्तिपुरमा अन्तरक्रिया कार्यक्रम
नेमकिपा काठमाडौँ जिल्ला समितिको आयोजनामा शुक्रबार ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकको अन्तरक्रिया कार्यक्रम भयो ।
स्तालिन र माओ त्सेतुङ्गको जन्मदिवसकै अवसरमा भएको कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले नेपालका पुँजीवादी पार्टीहरूमार्फत भारतीय विस्तारवादले नेपालमा अस्थिरता मच्चाउन खोजेको बताउनुभयो ।
उहाँले भारतीय विस्तारवादले नेपाललाई प्रचण्ड र माधव नेपाल पक्षको काँधमा बन्दुक राखी ओलीलाई शिकार गर्न खोजेको चर्चा गर्दै सत्तामा रहेका पार्टीका नेता र कार्यकर्ताहरूमा सिद्धान्तहीन र गलत विचारको परिणाम आज नेकपाले दुर्दशा भोगेको हो भन्नुभयो ।
नेमकिपा काठमाडौँका जिल्ला अध्यक्ष नारायण महर्जनको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोल, नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवाल, हरिकुमार महर्जन, सुनिल महर्जन, नरेश महर्जन, अशोक महर्जन, कवीन्द्र डंगोल, विश्वक डंगोल,रमेश डंगोल, मदन श्रेष्ठ,महेन्द्र ब्रह्माचार्य, श्यामकुमार महर्जनलगायतले बोल्नुभएको थियो ।
कैलालीमा प्रशिक्षण कार्यक्रम
स्तालिन र माओ त्सेतुङ्गको जन्मदिवसकै अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ कैलाली जिल्ला समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले स्तालिन र माओको जीवनीबाट शिक्षा लिएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “माक्र्सवाद–लेनिनवादलाई व्यवहारमा लागू गरी सोभियत सङ्घमा समाजवादी व्यवस्था स्थापना गर्नमा स्तालिनको महत्वपूर्ण भूमिका थियो । माक्र्सवाद–लेनिनवादलाई अनुसरण गरी चीनको भूमि सुहाउँदो ‘नयाँ जनवादी क्रान्ति’ गर्न अध्यक्ष माओ सफल हुनुभयो । चीन आज विश्वको महाशक्ति हुनुमा अध्यक्ष माओको महत्वपूर्ण योगदान छ ।”
समाजवाद र पुँजीवादका विशेषताहरूबारे जनतालाई सुसूचित पार्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले माओ त्सेतुङ्गका रचनाहरू अध्ययन गरी व्यवहारमा लागू गर्नु कार्यकर्ताहरूको कर्तव्य हो भन्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर तारामीले माक्र्सवादी सिद्धान्तअनुसार आफू र समाजलाई रूपान्तरण गर्ने कार्यमा लाग्न सके स्तालिन र माओको जन्म दिवस मनाउनुको सार्थकता हुने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष लक्ष्मी पुनको अध्यक्षतामा भएको कार्यक्रममा हिक्मत भण्डारी, राजकुमारी शाही, लक्ष्मी तारामीलगायतले बोल्नुभएको थियो ।
काभ्रेमा विचार गोष्ठी
माओ र स्तालिनको जन्मदिवसको अवसरमा नेमकिपा काभ्रे जिल्ला समितिको आयोजनामा शनिबार विचार गोष्ठी भयो ।
गोष्ठीमा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले स्तालिन र माओ त्सेतुङको योगदान रूस र चीनमा मात्र सीमित नभई संसारका कामदार जनताको लागि सान्दर्भिक भएको बताउनुभयो । उहाँले संशोधनवाद र अवसरवादबाट संसारको कम्युनिस्ट आन्दोलनलाई जोगाउन स्तालिन र माओले गर्नुभएको सैद्धान्तिक सङ्घर्षले संसारको क्रान्तिकारी आन्दोलनको रक्षा गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
स्तालिन र माओले आफ्नो देशका कामदार जनतामाथिको शोषण अन्त्यको लागि योगदान गर्नुभएको उहाँले बताउनुभयो ।
नेमकिपा काभ्रे जिल्ला समितिका अध्यक्ष कृष्णकुमार वैद्यले सरकारलाई आफ्नै पार्टीका इत्तर पक्षले काम गर्न नदिई भाँजो हाल्ने, बेमनासिव दबाब दिने, पद र पैसाको निम्ति मरिहत्ते गरेकै कारण वर्तमान अवस्थाको सिर्जना भएको बताउनुभयो । कुर्सी जोगाउन दिल्ली दरबार धाउनुको सट्टा जनताको अभिमतमा जानु नीतिसम्मत भएको उहाँको कथन थियो ।
कार्यक्रममा डा. हरिप्रसाद मानन्धर, त्रिरत्न सायमी, भोला खरेल, ज्ञानेन्द्र डंगोल, तुलाराज शाही ठकुरी, राजु तामाङलगायतले बोल्नुभयो ।
सुर्खेतमा अन्तरक्रिया
माओ र स्तालिनको जन्मदिवसको अवसरमा नेपाल क्रान्तिकारी युवा सङ्घ सुर्खेत जिल्ला समितिको आयोजनामा ‘जनताको प्रजातन्त्र’ विषयमा अन्तरक्रिया कार्यक्रम भयो ।
नेमकिपा सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराले चीनमा माओले गरेको योगदानको कारण अहिले चीनले विश्वको नेतृत्व गर्नसक्ने क्षमता रहेको बताउनुभयो ।
नेमकिपा सुर्खेतका उपाध्यक्ष प्रेमकुमार थापाले नेपालको परिस्थितिमा समाजवादी क्रान्ति अघि बढाउन जनताको प्रजातन्त्रबारे व्यापक जनताबीच छलफल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेमकिपा सुर्खेतका सचिव धनेन्द्र विक, नेपाल क्रान्तिकारी किसान सङ्घका अर्का केन्द्रीय सदस्य ऐनबहादुर शाही, गणेश खड्का, अकलबहादुर राना, तुल्सी खड्का, अङ्गबहादुर शाही, हस्तबहादुर साँवद, मानबहादुर विक, चेतन पौडेल, पर्व कार्की, गोविन्दनाथ योगी, खेमराज कँडेल, जगत लामिछानेलगायतले बोल्नुभएको थियो । कार्यक्रम नेपाल क्रान्तिकारी युवा सङ्घ सुर्खेतका अध्यक्ष लालबहादुर थापाको सभापतित्वमा भएको थियो ।
Leave a Reply