जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन
- जेष्ठ ३, २०८३
म्याकार्टनिले जतिसुकै प्रयास गरे पनि पेचिङ्गमा बेलायती कूटनीतिज्ञ राख्ने र चीनले लन्डनमा राजदूत राख्ने प्रयास सफल हुन सकेन । यद्यपि, सन् १८१६ मा समुद्री किनाराको क्षेत्रमा लर्ड अमहस्र्टको नेतृत्वमा बेलायती टोली आइपुग्यो । अमहस्र्ट ‘कोटो’ (kowtow) का लागि तयार नभएपछि त्यही घडीमा निकाला गरिए । सन् १८३४ मा बेलायतले अर्को टोली चीन पठायो । तर, आशा गरिएअनुरूप सुमधुर वातावरण तयार भएन । सहज ढङ्गमा चीनको ढोका नखुले बल प्रयोग गर्न बेलायतले तयारी थाल्यो ।
उन्नाइसौँ शताब्दीको मध्यतिर बेलायतमा अफिम खुला थियो भने चीनमा प्रतिबन्धित । यद्यपि, चीनमा अफिम प्रयोगकर्ताहरूको सङ्ख्या बढ्दै थियो । बेलायती भारत अफिम उत्पादनका निम्ति नाम कहलिएको देश थियो । बेलायती र अमेरिकीहरू चीनमा अफिमको लुकिछिपी व्यापार गर्थे । चिनियाँ तस्करहरूको त्यसमा संलग्नता थियो । सन् १८३९ मा अदालतले अफिम व्यापार अवैध ठहर गर्दै त्यसको व्यापारमाथि पूर्ण प्रतिबन्ध घोषणा ग¥यो । तत्पश्चात् अफिम नष्ट गरियो । अफिम व्यापारीमात्र होइन अन्य व्यापारीहरूमाथि समेत प्रतिबन्ध लगाइयो । जवाफमा बेलायतले मुख्य चिनियाँ बन्दरगाहका नाका बन्द ग¥यो । डुङ्गाहरू कब्जा गर्न थाल्यो । चिनियाँ भूभागमा समेत आधिपत्य जमाउन थाल्यो । यसरी अफिम युद्ध सुरु भयो ।

नानचिङ सन्धि र बोकु थप सन्धिका अनुसार चीनले बेलायतलाई साठी लाख डलर बुझाउनुपर्ने भयो भने हङ्गकङ्गमाथिको अधिकार गुम्यो । निङ्पो, साङ्घाइ, सियामन, फुचाउमा बेलायतले अधिकार स्थापित ग¥यो । बन्दरगाह सहरमा बेलायती स्थायी प्रतिनिधि रहने बन्दोबस्त गरियो ।
चीन ओरालोतर्पm
उन्नाइसौँ शताब्दी ढल्किँदै गएसँगै चीनले एकपछि अर्को धक्का व्यहोर्दै गयो । अफिम युद्ध सुरु हुनुभन्दा अगाडिसम्म कूटनीति र अन्तर्राष्ट्रिय व्यापारको माध्यमबाट चीनले आफ्नो सर्वोच्चता कायम राख्दै थियो, अहङ्कार देखाउँदै थियो । आन्तरिक राजनीति खल्बलिन थालेपछि विशेषगरी तीन पक्षबाट बाहिरी हमला सुरु भएको देखिन्छ । पश्चिमा शक्तिहरू चीनबाट व्यापारिक फाइदा पर्याप्त मात्रामा लिन चाहन्थे । व्यापार स्वतन्त्रता र इसाई धर्म पैmलाउन चाहन्थे । छिङ्ग वंश नै उल्टाउने उद्देश्य भने तिनले राखेका थिएनन् ।
चीनको उत्तर र पश्चिमतिरबाट रुसले अतिक्रमण सुरु ग¥यो । चीनको ठूलो खाली भू–भाग रुसले हडप्यो । छिङ्ग वंश उल्टाउने योजना भने रुसको पनि थिएन । चीन जतिसुकै सैन्य हिसाबले बलियो भए तापनि पूर्वतिरबाट चिनियाँ भू–भागमा हैकम कायम गर्दै जापान अगाडि बढ्यो । पश्चिमाहरू र रुसको भन्दा जापानको नीति फरक थियो । जापान छिङ्ग वंशको आधिपत्य समाप्त पार्दै त्यो स्थान पाउन अगाडि बढ्दै थियो । पेचिङ्ग आसपासका भूभागमा विदेशी सेनाले परेड खेल्न थालिसकेको थियो । व्यापारका निम्ति भनेर आएका विदेशी चौतर्फी पैmलिसकेका थिए । चीन विदेशीको क्रिडास्थल बन्दै गइरहेको सबैले महसुस गरे । चीनले विदेशी शक्तिलाई रोक्ने सम्भव भएजति प्रयत्न जारी राख्यो । पुरानो युगमा समेत चीन र जापानबीच सुखद सम्बन्ध थिएन । चीनको सम्राट आपूmलाई सबैभन्दा शक्तिशाली तथा महान् ठान्थ्यो । चिनियाँ ब्रह्माण्ड विज्ञानले विश्व मानवजगत्मा एउटैमात्र सम्राट छ र उसको सिंहासन चीनमा छ भन्ने मान्थ्यो । जापानको सम्राट आपूmलाई सूर्य भगवानको पहिलो सन्तान ठान्थ्यो । आफ्नो जातिलाई पवित्र सम्झन्थ्यो । अन्य देशले चिनियाँ नियम स्वीकारे पनि जापान भने टाढै बस्थ्यो । जापानले चीनसँग व्यापार गर्नसमेत अस्वीकार ग¥यो । जापान चीनसँग हरेक क्षेत्रमा माथि नभए पनि बराबरी भएको मान्थ्यो । त्यसकारण, नजिकका समुद्री देश भएर पनि व्यापारका निम्ति आवश्यक सम्झौतासमेत हुन सकेन ।
सन् १८६३ को प्रारम्भतिर ली होङ्गचाङ्गले जापान चीनका निम्ति सबैभन्दा ठूलो सुरक्षा चुनौती हुने बताए । युरोपेली देश जतिसुकै शक्तिशाली भए तापनि ती निकै टाढा भएको तर जापान आँगनैमा बसेर अप्ठ्यारो पार्दै छ । उनले भने, “बिनाशङ्का जापान चीनको स्थायी र चिन्ताको विषय बन्ने छ । एसियामा चीनको प्रभाव कम गर्न जापान चीनलाई शक्तिबाट विमूख बनाउन खोज्दै थियो । यी दुई देशबीच द्वन्द्व बढ्दै गयो ।”
कोरिया र चीनबीच अन्यन्त घनिष्ठ तथा विशेष सम्बन्ध थियो । कोरियाली राजाहरूले नियमितरूपमा चिनियाँ सम्राटलाई उपहार पठाउँथे । कोरियालीहरू कन्फुसियसको विचार अनुसरण गर्थे । चिनियाँ लिपि प्रयोग गर्थे । चीनले कोरियाको विकासमा सघाउने गथ्र्यो । कोरियाको समुद्री मार्ग प्रयोग गरी शत्रुबाट हमला हुनसक्नेतर्पm चीन सजग थियो । कोरियामा विस्तारै चीनको प्रभाव घट्दै गयो । जापानले अनेक उपाय रचेर आफ्नो प्रभाव जमाउँदै लग्यो । सन् १८७० र १८८० को दशकमा चीन र जापानको हानथाप नै चल्यो । जापानले पनि कोरियासँग विशेष सम्बन्ध दाबी ग¥यो । सन् १८९४ मा कोरियाली विद्रोहको सेरोफेरोमा चीन र जापानले सेना पठाए । अन्तत्वगत्वा जापानले कोरियाली राजा हटाएर आपूm समर्थित सरकार गठन ग¥यो । चीन र जापानबीच युद्ध सुरु भयो । जापानी जलसेना शक्तिशाली थियो । युद्ध सुरु भएको केही घण्टाभित्रै चिनियाँ जलसेनालाई ध्वस्त बनाइदियो । चीनले पराजयसँगै अपमानित हुनुप¥यो । चीनले एकपछि अर्को प्रभाव गुमाउँदै गयो । थाइवानमाथि पनि जापानले आधिपत्य जमायो । चीन कमजोर बन्दै गएपछि रुस अगाडि बढ्यो । साथसाथै फ्रान्स, जर्मनी र बेलायतले फरक–फरक चिनियाँ भू–भागमा कब्जा जमाउन थाले । सन् १९०४ मा चीनको उत्तर–पूर्वी भूभागमा दाबीको विषयलाई लिएर रुस र जापानबीच युद्ध नै भयो । जापानको विजय भयो । सन् १९०५ मा भएको पोर्टस्माउथ सन्धिले जापानलाई झन् बलियो बनायो । कोरिया, विशेषगरी मञ्चुरियामा जापानको अधिकार स्थापित भयो ।
बक्सर आन्दोलनदेखि मुक्तिसम्म
चीनको निम्ति यो निराशाजनक परिस्थितिमा १९ औँ शताब्दीको अन्त्यतिर अर्थात्् १८९८ मा युवाहरूले ‘बक्सर आन्दोलन’ (Boxer Uprising) मार्पmत आक्रोश पोखे । युवाहरूले विदेशीहरूमाथि हिंसात्मक आक्रमण गर्न थाले । विदेशी कूटनीतिज्ञ, चिनियाँ इसाईहरू, रेल बाटो, टेलिग्राफ लाइन र पश्चिमा विद्यालय ती युवाको तारो बन्यो । सम्पूर्ण विदेशी शक्तिसँग एकैचोटि लडाइँ सुरु गर्दा प्रत्युत्पादकसिद्ध भयो । परिणामतः भयावह परिस्थिति तयार भयो । फ्रान्स, बेलायत, संरा अमेरिका, जापान, रुस, जर्मनी, अष्ट्रिया–हङ्गेरी र इटाली गरी आठ देशको संयुक्त शक्ति पेचिङ्गमा सन् १९०० को अगस्टमा आइपुग्यो । युवा बक्सरमाथि व्यापक दमन भयो । साथै असमान सन्धि थोपरियो । सन् १९१२ सम्म पुग्दा छिङ्ग वंशको अन्त्य नै भयो । सन यातसेन सोही वर्षको जनवरीमा चीनको पहिलो राष्ट्रपति बने ।

सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भयो । चिनियाँ इतिहासमा यो अत्यन्त महत्वपूर्ण घटना साबित भयो । सन् १९२० सम्ममा चिच्याङ काइसेक नेतृत्वको राष्ट्रवादी पार्टीको हातमा चीन गइसकेको थियो । पहिलो विश्वयुद्धमा जर्मन हारिसकेपछि जर्मनले कब्जा गरिराखेका चिनियाँ भूभागमा जापानले ओगट्यो । सन् १९३६ सम्ममा चीनको पूर्वी भागमा पनि जापानले पञ्जा फिँजाउन थाल्यो । दोस्रो विश्वयुद्धमा जापान हारिसकेपछि सन् १९४५ मा चीनलाई तहसनहस पारेर जापान भाग्यो । गृहयुद्ध जारी रह्यो । सन् १९४९ मा चिच्याङ काइसेकको फौज पछि हट्दै थाइवान पुग्यो । जनवादी गणतन्त्र चीनको घोषणा अक्टोबर १, १९४९ मा भयो ।
अध्यक्ष माओको ‘निरन्तर क्रान्ति’
पुस्तकको अध्याय चारमा अध्यक्ष माओको विचार, व्यवहार तथा कार्यशैलीबारे छलफल गरिएको छ । पुरानो विचार बोकेको सामन्तवादी चीनको परिवर्तनका निम्ति उहाँले गर्नुभएको नेतृत्व र प्राचीन चीनको सानो तस्वीरबारे ‘माओको निरन्तर क्रान्ति’ मा चर्चा गरिएको छ ।
माओकालीन चीन चुनौती तथा सङ्कटबीच अगाडि बढ्यो । अध्यक्ष माओले जीवनभर सङ्घर्षको नेतृत्व गर्नुभयो र उथलपुथल बेहोर्नुभयो । न अध्यक्ष माओले मुक्ति प्राप्त भएपश्चात् आराम गर्नु पाउनुभयो न जनताले । चिनियाँ समाज परिवर्तन गर्न, पुराना सामन्ती प्रथा तथा चिन्तन भत्काई नयाँ संस्कार निर्माण गर्न अध्यक्ष माओले लामो क्रान्ति अगाडि बढाउनुभयो । सदियौँ पुराना कुप्रथा, अन्धविश्वास, खराब संस्कार समाप्त पार्न र चिनियाँ जनताले सहेको अपमान तथा पराइको घृणा सदाका लागि अन्त्य गर्न अध्यक्ष माओले विचारधाराको क्षेत्रमा मेहनत गर्नुभयो । सैन्य शक्तिको निर्माणमा जोड दिनुभयो । अध्यक्ष माओले पुरातनवादी चिन्तनविरुद्ध युद्धको घोषणा गर्नुभयो । उहाँले पुराना चिनियाँ दर्शन, साहित्यको गम्भीर अध्ययन गर्नुभयो । कन्फुसियसका विचार पढ्नुभयो । ती सबैको आवश्यक खण्डन गर्ने सकारात्मक पक्षहरू चिनियाँ समाजको परिवर्तनमा प्रयोग गर्नुभयो । नयाँ समाज निर्माणका लागि उपयुक्त विचार ग्रहण गर्नुभयो । अध्यक्ष माओले ‘निरन्तर क्रान्ति’ को विचार अघि सार्नुभयो । अध्यक्ष माओ भन्नुहुन्छ, “हाम्रो क्रान्ति युद्धभैmँ हुन् । विजयपश्चात् तत्कालै अर्को काम थालिहाल्नुपर्छ । त्यसो गरिएमात्र कार्यकर्ता र जनतामा क्रान्तिकारी भावना कायम रहिरहनेछ र निराशा या घमण्ड आउने छैन ।” उहाँ क्रान्तिमा होमिएका कार्यकर्ताहरूको परीक्षा छिटोछिटो लिनुपर्ने र कठिनभन्दा कठिन जिम्मेवारी सुम्पेर जाँच्नुपर्ने बताउनुहुन्छ ।
‘माओको अन्तर्राष्ट्रिय सम्बन्ध’ उपशीर्षकमा नयाँ चीनको उदय र तत्पश्चात् विकसित घटनाक्रमबारे प्रकाश पारिएको छ । अध्यक्ष माओले घोषणा गर्नुभयो, विश्वमा एक चौथाइ सङ्ख्या भएका चिनियाँहरू उठ्दै छन् । चिनियाँ जनता सदा महान्, बहादुर र परिश्रमी रहँदै आएका छन् । आधुनिक समयमा केही पछाडि परे । त्यसको मुख्य कारण साम्राज्यवादी शक्ति तथा घरभित्रकै प्रतिक्रियावादी सरकारको शोषण तथा दमन हो । हाम्रा पूर्खाले हरेक कार्यलाई पूर्णता दिन सिकाएको छ । त्यो आज हामी गर्दै छौँ ।’ यो चीन र चिनियाँ जनताको साझा अभिव्यक्ति थियो ।
अध्यक्ष माओ त्सेतुङ्गको उदयबाट वाशिङ्गटन खुसी थिएन । उसले च्याङ काइसेकलाई समर्थन तथा सहयोग गरेको थियो । सन् १९५० मा कोरिया युद्ध सुरु भयो । रुससँग सीमा विवाद कायमै रह्यो । सन् १९६२ मा भारतसँग सीमा विवाद सुरु भयो । नयाँ चीनले तुरुन्तै विदेश सम्बन्ध विस्तारमा जोड दिएन । ‘पाहुना बोलाउन अगाडि घर सफा गर्ने’ नीति चीनले लियो । औपनिवेशिक अवशेष नमेटी बाहिरी संसार पुगेर या बोलाएर खासै फाइदा नहुने प्रधानमन्त्री चाउ एनलाई भन्नुहुन्थ्यो । शक्ति सञ्चय या विकास अपरिहार्य भएको बुझाइ चिनियाँ नेतृत्वको थियो । चीनले रुस र संरा अमेरिकाको तुलनामा सानो पारमाणु हतियारको विकास ग¥यो । एवम्रितले चीन असंलग्न आन्दोलनको प्रभावशाली सदस्य बन्यो । अध्यक्ष माओको रणनीतिमा दख्खल भएकै कारण चीनले आत्मरक्षा, क्षेत्रीय शान्तिका निम्ति होशियारीपूर्वक पाइला चाल्यो र सफलता हासिल ग¥यो ।
अध्यक्ष माओले सन् १९५६ मा ‘सयौँ पूmल फुल्न देऊ अभियान’, सन् १९५८ मा ‘महान् अग्रगामी पाइला’ र सन् १९६६ मा ‘महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ को नेतृत्व गर्नुभयो । चिनियाँ कम्युनिस्ट पार्टीको वैचारिक शक्ति बलियो बनाउने, क्रान्तिलाई अभैm व्यापक बनाउने र जनताको क्रान्तिकारी भावना जगाइराख्ने अध्यक्ष माओको उद्देश्य थियो ।
यसप्रकार चौथो अध्यायमा अध्यक्ष माओले चिनियाँ समाजमा परिवर्तन ल्याउन गर्नुभएको अथक मेहनत र प्रतिपादन गर्नु क्रान्तिकारी नीति तथा कार्यक्रमबारे चर्चा गरिएको छ ।
‘त्रिकोणात्मक कूटनीति र कोरिया युद्ध’ शीर्षक यस पुस्तकको पाँचौँ अध्याय हो । भर्खर मुक्त भएको चीन र सोभियत सङ्घबीचको सम्बन्धमा देखिएका तीता–पीरा पक्षको चर्चाबाट यो अध्यायको प्रारम्भ हुन्छ । चीन मुक्त भएको दुई महिना पूरा भएपश्चात् अध्यक्ष माओले पहिलो विदेश यात्रा १६ डिसेम्बर १९४९ मा सोभियत सङ्घबाट गर्नुभयो । सोभियत सङ्घसँग मित्रता प्रगाढ बनाउनु यस भ्रमणको मुख्य उद्देश्य थियो तर भ्रमण सोचिएझैँ उपलब्धिमूलक नभएको किसिङ्गर बताउँछन् । केही मत–मतान्तर या गलत समझदारी बाँकी भएको उनी उल्लेख गर्छन् । धेरै लामो छलफलपश्चात् मात्र फेब्रुअरी १४, १९५० मा चीन र सोभियत सङ्घबीच मैत्री तथा आपसी सहयोगसम्बन्धी सन्धि सम्पन्न भयो ।
संरा अमेरिकी मन्त्री डिन अकेसनले चीनलाई आफ्नो नजिक राख्न या फकाउन गरेका अनेकौँ प्रयासबारे यहाँ चर्चा गरिएको छ । भर्खरै मुक्त भएको चीन विचारको हिसाबले सोभियत सङ्घसँग नजिक बसेर विकासपथमा लम्कन चाहन्थ्यो । देशको रक्षाबारे ढुक्क हुन चाहन्थ्यो । तर, सीमासम्बन्धी चीन र रूसबीच केही असमझदारीहरू थिए जसले गर्दा आवश्यक भएर पनि नजिकको सम्बन्ध स्थापना गर्न सम्भव भइरहेको थिएन । चीनसँग भने केही वर्ष शान्ति कायम भए लामो गृहयुद्धले ध्वस्त बनाएको संरचना निर्माण गर्दै उठ्न सकिने आत्मविश्वास थियो । संरा अमेरिका चीनलाई सोभियत सङ्घबाट टाढा राख्न सक्नुमा आफ्नो हित र सफलता देख्थ्यो । संरा अमेरिकाले निरन्तर प्रयत्न जारी राखेपछि सोभियत सङ्घले संरा अमेरिकी साम्राज्यवादी देश भएकोले विश्वास योग्य नभएको र केही सहयोग दिएजस्तो गर्नेबाहेक अरू केही नगर्ने भनी आफ्नो धारणा प्रस्ट राख्यो । साथै सोभियत सङ्घले चीनको उत्तरी भाग टुक्रा गरी गाभ्छ भनी संरा अमेरिकाले फैलाएको हल्लापछाडि नलाग्न अध्यक्ष माओसमक्ष अनुरोध ग¥यो ।
‘किम इल सङ र युद्धको सुरूआत’ उपशीर्षकमा कोरियाली युद्ध सुरू हुनुभन्दा अगाडिको परिस्थिति, चीन–रूसबीचको छलफल तथा वादविवाद र कोरियाली नेता किमले गर्नुभएको विविध प्रयास तथा रूस र चीनसँगको अन्तरक्रियाबारे चर्चा गरिएको छ । सन् १९५० को जून २५ मा कोरियाली युद्ध सुरू भयो ।
कोरियाली युद्धमा यदि संरा अमेरिकाको विजय भएमा संरा अमेरिकाको अहङ्कार बढ्ने र शान्ति झनै खतरामा पर्ने चिनियाँ प्रम चाउ–एन–लाइकोे बुझाइ थियो । अध्यक्ष माओले स्वयम्सेवक दस्ता पठाएर भए पनि कोरियालाई जोगाउनुपर्ने र क्षेत्रीय शान्ति स्थापना गर्नुपर्ने विचार राख्नुभयो । त्यसो गर्दा संरा अमेरिकाले चीनमाथि हवाई हमला र समुद्री हमला गर्नसक्ने सम्भावना औँल्याउनुभयो । सोभियत सङ्घले पनि सैनिक बन्दोबस्तका सामग्री पठाएको उल्लेख छ । कोरियाली युद्धमा चीन र संरा अमेरिका आमुने सामुन्ने पर्नुको साथै युद्धपश्चात् चीन र कोरियाबीचको सम्बन्ध पनि बिग्रिएको यस पुस्तकका लेखक किसिङ्गर वर्णन गर्दछन् ।
दुई महाशक्तिसँग चीनको द्वन्द्व
वासिङ्गटन र मस्कोबीचको शीतयुद्धले एसियालाई पनि गाँजिसकेको थियो । अचम्म त मस्को र पेचिङ्गबीच पनि सम्बन्ध चिसै थियो । कोरियाली युद्ध अन्त्यपश्चात् चीन र संरा अमेरिकाबीच थाइवानको विषयलाई लिएर सैन्य सङ्कट सुरू भयो । सोभियत सङ्घसँग पनि वैचारिक मतभेद चुलिइँदै थियो । भू–राजनीतिक सङ्कट त छँदै थियो । उता भारतसँग पनि सीमा विवाद सुरू भइसकेको थियो ।
कोरियाली युद्धपश्चात् चीनले केही समय भए पनि शान्तिको अनुभव गर्न पाउने धेरैले अनुमान गरेका थिए । तर, केही महिना पनि चीनले शान्तपूर्वक बस्न पाएन । भर्खरै उदाइरहेको देशले दुई वटा महाशक्ति र ठूला सैन्य शक्तिसँग सङ्घर्ष गर्नुपर्दा ज्यादै कठिन हुनु आश्चर्य जरुर होइन ¤
सन् १९५४ को अगस्ट अर्थात् कोरियाली युद्ध अन्त्यको लगभग एक वर्षमा थाइवान सङ्कट सुरू भयो । संरा अमेरिकाले थाइवान र वरपरका टापुहरूमा सेना तैनाथ ग¥यो । ती दुई महाशक्ति परमाणु हतियार प्रयोग गर्न तम्तयार अवस्थामा पुगिसकेका थिए । संरा अमेरिकी राष्ट्रपति ट्रुम्यानले थाइवानमा सातौँ बेडा (seventh fleet) पठाइसकेका थिए । राष्ट्रपति ट्रुम्यानलाई राष्ट्रपति आइजनहावरले प्रतिस्थापित गरेपछि सङ्कट झन् गम्भीर बन्न पुग्यो । आइजनहावरले चीनविरुद्ध केन्द्रित गरी एसियामा सुरक्षा नीति अवलम्बन गरे । चीनसँगका सम्पूर्ण कूटनीतिक प्रयत्न बन्द गरे । जेनेभा सम्मेलनमा प्रधानमन्त्री चाउ–एन–लाइसँग हात मिलाउनसमेत संरा अमेरिकी प्रतिनिधि डलेस (Dulles) ले अस्वीकार गरे । व्यवहारिकका साथै रणनैतिकरूपमा संरा अमेरिकाले चीनलाई अस्वीकार गरेको त्यसले प्रस्ट इङ्गित गथ्र्यो । सन् १९५५ देखि दुई देशबीच सम्बन्ध सामान्यीकरण गर्ने प्रयत्न थालियो । सन् १९५५ देखि १९७१ अर्थात्् १६ वर्षमा दुई देशबीच कन्सुलर तथा राजदूत तहमा १३६ पटक बैठकहरू भए । ती बैठक अधिकांश जेनेभा र वार्सामा भएका थिए । गृहयुद्धको क्रममा दुई देशमा फसेका नागरिकहरूलाई आ–आफ्नो देशमा फर्काउन सन् १९५५ मा चीन र संरा अमेरिकाले सहमति जनाए । दुई देशबीचको सम्बन्धमा सुधार ल्याउन यो एउटा उल्लेखनीय प्रयास थियो । तर, सन् १९५७ मा फेरि संवादहीनताको स्थिति तयार भयो । दोस्रो थाइवान सङ्कट प्रारम्भ भयो ।
Leave a Reply