जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन
- जेष्ठ ३, २०८३
माओ, ख्रुश्चेभ र चीन–सोभियत फाटो
सन् १९५३ मा स्तालिनको देहावसान भयो । उहाँले तीन दशकभन्दा बढी सोभियत समाजवादको नेतृत्व गर्नुभयो । छोटो सङ्क्रमणकालीन परिस्थितिपश्चात् खु्रश्चेभ शक्तिमा आए । चिनियाँ–सोभियत नेताहरूबीच वैचारिक मतभेद सुरू भयो । ख्रुश्चेभले चीनसँगको गठबन्धन त्याग्दै लगे । उनी आफ्नो पूर्व प्रतिबद्धताबाट स्पष्टरूपमा पछि हटे । चिनियाँ सीमा क्षेत्रमा रसियाली सेनाको सङ्ख्या बढाउन निर्देशन दिए । विचारको मतभेद सुरू भएकै कारण पेचिङ्ग र मस्कोबीच दुरी बढ्न थाल्यो र विभाजन सबैले महसुस गरे । सोभियत सङ्घ सबैको केन्द्र मस्को हो भन्ने मान्यता राख्दथ्यो । युरोपले स्वीकारेझैँ एसियाले पनि सहमति जनाओस् भन्ने सोभियत सङ्घ चाहन्थ्यो । सन् १९५५ मा नाटोविरुद्ध सोभियत सङ्घसँग नजिक रहेका देशहरूको वार्सा सन्धि सङ्गठन गठन भयो । तर, चीनले त्यसमा सहभागिता जनाएन । सोही वर्ष बाङ्डुङ्मा भएको एसियाली–अफ्रिकाली सम्मेलनमा चाउ–एन–लाइले सहभागिता जनाउनुभयो । असंलग्न आन्दोलनमा सहभागिताको अर्थ सोभियत सङ्घसँग टाढा बस्नु या अलग्गिनु थियो ।
यसैबीच अध्यक्ष माओले चीन बलियो आत्मविश्वासका साथ हरेक क्षेत्रमा अगाडि बढ्नुपर्ने सन्देश दिनुभयो । प्रतिकूल परिस्थितिमा उहाँले परिवर्तन, समाजवादी निर्माणका निम्ति चीनसँग मौलिक सोच, विचार, विश्वास, सङ्कल्प तथा दूरदृष्टिमात्र होइन क्रान्तिकालीन अनुभवसमेत भएको बताएर जनतालाई उत्साहित गर्नुभयो र मार्गनिर्देश गर्नुभयो । ‘‘हामी समाजवादमा अझ राम्ररी र छिटो पुग्न सक्छौँ ।’’ अध्यक्ष माओले सोभियत सङ्घतर्फ इङ्गित गर्दै भन्नुभयो ।
सन् १९५६ मा खु्रश्चेभले सोभियत कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा स्तालिनको चर्को विरोध गरे । गुप्त शैलीमा दिइएको भाषणमा स्तालिनको अपराध भन्दै उनले लामो सूची सार्वजनिक गरे । सभाहलमा चिनियाँ प्रतिनिधिहरू र अन्य विदेशी पाहुनालाई प्रवेश अनुमति दिइएको थिएन । भाषणकोे लिखित प्रतिलिपिसमेत उपलब्ध गराइएको थिएन । न्युयोर्क टाइम्समा छापिएको अनुदित मन्तव्य पढेर चिनियाँहरूले चित्त बुझाए । अध्यक्ष माओले ख्रुश्चेभको स्तालिनविरोधी अभिव्यक्तिलाई संशोधनवादीको संज्ञा दिनुभयो । पेचिङ्ग र मस्कोबीच सैद्धान्तिक झगडा झन् उचाइमा पुग्यो ।
सन् १९५७ मा ख्रुश्चेभले समाजवादी देशहरूको सम्मेलन मस्कोमा आयोजना गरे । अध्यक्ष माओले पनि सहभागिता जनाउनुभयो । त्यतिखेर भर्खरैमात्र रुसले अन्तरिक्षयान ‘स्पूटनिक’ सफलतापूर्वक प्रक्षेपण गरेको थियो । चौतर्फी सोभियत प्रविधिको प्रशंसा भइरहेको थियो । त्यस सम्मेलनमा खु्रश्चेभले ‘शान्तिपूर्ण सह–अस्तित्व’ को नारा दिए । त्यसको अर्थ पुँजीवादी देशहरूसँग पनि हातेमालो गरेर जानुपर्छ भन्ने थियो । अध्यक्ष माओले भन्नुभयो–“युद्धसँग डराउनु हुँदैन ।” उहाँले प्रस्ट पार्नुभयो, “एटम बम र क्षेप्यास्त्रसँग हामी डराउनु हुँदैन । परम्परागत या थर्मोन्युक्लियर, जुनसुकै युद्ध भए पनि हामी नै जित्नेछौँ ।” अध्यक्ष माओको भनाइ सुनेर ख्रुश्चेभ रिसाए ।
यसप्रकार अध्यक्ष माओले ख्रुश्चेभका विचार तथा प्रस्तावको खुला खण्डन गर्दै जानुभयो । उहाँले संशोधनवादी विचार तथा कार्यशैलीको उदाङ्ग्याउनुभयो । खु्रश्चेभसँगको सम्बन्ध पनि दिनप्रतिदिन चिसो बन्दै गयो । भारतसँगको सीमा विवादमा सोभियत सङ्घले चीनविरुद्ध भारतलाई साथ दियो । तिब्बतको मामिलामा पनि खु्रुश्चेभले अनावश्यक टीका–टिप्पणी गरे । कूटनीतिक मर्यादाको बारम्बार उल्लङ्घन गरे ।
थाइवानको दोस्रो सङ्कट सन् १९५८ को अगस्टमा सुरु भयो । त्यो कालखण्ड चीन र चिनियाँ जनताका निम्ति कति चुनौतीपूर्ण थियो भन्ने यो घटनाले पनि पुष्टि गर्छ । यो सङ्कटमा भने सोभियत सङ्घले चीनको पक्ष लियो । मस्कोले चीनमाथिको हमला सोभियत सङ्घमाथिको हमला सरह हुने बेहोरासहित अमेरिकी राष्ट्रपति आइजनहावरलाई पत्र नै लेख्यो । परमाणु युद्धको भय बढ्दै थियो । तर, चीनले कूटनीतिक कौशल प्रयोग गरी युद्धको सम्भावनालाई मेट्यो । चीन र संरा अमेरिकाबीचको सम्बन्धमा केही सुधार आयो । तर, त्यसको विपरीत सोभियत सङ्घसँग सम्बन्ध खराब भयो । चीनलाई नमुना एटम बम उपलब्ध गराउने पूर्व प्रतिबद्धताबाट सन् १९५९ जूनमा सोभियत सङ्घ पछि हट्यो । ख्रुश्चेभले सन् १९६० मा चीनबाट सबै रसियाली प्राविधिज्ञ, वैज्ञानिक फिर्ता बोलाए । सम्पूर्ण सहयोगका आयोजना बन्द गराए ।
सङ्कटको एक दशक
अध्यक्ष माओले चीनको ग्रामीण विकास तथा उद्योगधन्दाको विकास गर्ने उद्देश्यका साथ ‘महान् फड्को’ (Great Leap Forward) अभियानको नेतृत्व गर्नुभयो । उत्पादनको वृद्धि गरी चिनियाँ जनताको जीवनस्तर उकास्ने र सोभियत सङ्घसँग प्रतिस्पर्धा गर्ने त्यसको उद्देश्य थियो । सन् १९५७ मा मस्कोमा भएको समाजवादी देशहरूको सम्मेलनमा ख्रुश्चेभले १५ वर्षमा संरा अमेरिकालाई आर्थिक क्षेत्रमा उछिन्ने दाबी गरे । अध्यक्ष माओले सोही समयावधिमा बेलायतलाई चीनले स्टिल, कोइला र कपास उत्पादनको क्षेत्रमा पनि त्यस्तै महत्वाकाङ्क्षा र तयारीका साथ अगाडि बढ्यो । आर्थिक, वैचारिक तथा कूटनीतिको क्षेत्रमा उथलपुथल ल्यायो ‘महान् फड्को’ अभियानले ।
ख्रुश्चेभले सन् १९५८ मा पेचिङ्ग भ्रमण गर्दा एक प्रसङ्गमा अध्यक्ष माओले चीनले सोभियत सङ्घभन्दा अगाडि नै पूर्ण समाजवाद हासिल गर्ने दाबी गर्नुभयो । निश्चय पनि सोभियत सङ्घको लागि त्यो कर्णप्रिय भएन । चीनले सोभियत सङ्घलाई अन्न–अन्नाज दियो र त्यसको सट्टा चीनले ठूला–ठूला यन्त्र र हातहतियार आयात ग¥यो । यसरी चीन र सोभियत सङ्घबीच सङ्घर्ष र सहयोगको सम्बन्ध अगाडि बढ्यो । तर, सन् १९५९ देखि सन् १९६२ सम्म चीनमा ठूलो खडेरी भयो । चीनको निम्ति त्यो अकल्पनीय प्राकृतिक विपत्ति थियो । ठूलो धनजनको नोक्सानी भयो । यसप्रकार यस अध्यायमा ‘महान् फड्को’ बारे सङ्क्षिप्त चर्चा गरिएको छ । त्यसैगरी ‘महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ को पनि छोटकरीमा उल्लेख गरिएको छ । यी दुई वटै विषयमा लेखक किसिङ्गरले आलोचनात्मक धारणा प्रस्तुत गरेका छन् । यथार्थमा सांस्कृतिक क्रान्ति पुराना विचारहरू, पुराना संस्कार, पुराना रीतिरिवाज र पुराना व्यवहारविरूद्ध थालिएको जागरण अभियान थियो ।
सन् १९६२ को चीन–भारत सीमा भीडन्त
मुक्ति प्राप्त गरेको एक दशकभित्र चीनले संरा अमेरिकासँग कोरियामा युद्ध लड्यो र थाइवानको विषयलाई लिएर संरा अमेरिकासँग दुई पटक सैन्य द्वन्द्व सामना ग¥यो । सन् १९६२ मा भारतले चिनियाँ सिमानामा अतिक्रमण सुरु ग¥यो ।
सन् १९५९ मा चीन–भारतबीच सीमा विवाद सुरु भएको थियो । त्यतिखेर अध्यक्ष माओले युद्ध भड्किन नदिने हिसाबले चिनियाँ सेनालाई २० किलोमिटर भित्र बोलायो । भारतले त्यसलाई कमजोरीको रूपमा बुझ्यो र आफ्नो फौजलाई अगाडि बढ्ने आदेश दियो । सन् १९६१ मा भारतले ‘अगाडि बढ्ने नीति’ Forward Policy अवलम्बन ग¥यो । भारतले चिनियाँ सुरक्षा चौकी नजिकै आफ्नो चौकी बनाउन थाल्यो । भारतले आफ्नो फौजलाई चिनियाँ फौजविरुद्ध गोली हान्ने अधिकार दियो ।
चीन भने भिडन्त सुरु गर्ने पक्षमा थिएन । भारतीय सेना बसेको ठाउँबाट पचास मिटर अगाडि बढेको खण्डमा मात्र गोली हान्ने अधिकार चिनियाँ फौजलाई दिइएको थियो । त्यसदेखि बाहेक उच्च अधिकारीहरूको आदेशमा मात्र सैन्य कारबाही थाल्न सकिने प्रावधान राखिएको थियो । चीनले दुई वटा नीति लिएको थियो – भारतलाई थप अगाडि बढ्न नदिने र रक्तपात हुन नदिने । भारतलाई अचानक सवक सिकाएर वार्ताको टेबलमा ल्याउने उपायबारे पनि अन्तिम निर्णय लिन अध्यक्ष माओले सन् १९६२ को अक्टोबरको सुरूतिर चिनियाँ नेताहरूको बैठक बोलाउनुभयो । अध्यक्ष माओले भन्नुभयो, “हामीले बुढो च्यिाङ काई–सेकसँग युद्ध लड्यौँ । हामीले जापान र अमेरिकासँग पनि लड्यौँ । ती कोहीसँग हामी डराएनौँ । हरेक युद्धमा हामीले नै जित्यौँ । अहिले आएर भारत हामीसँग लड्न चाहन्छ । निश्चय पनि, हामी डराउनुपर्ने कुरै छैन । हामीले उनीहरूलाई मौका दिने प्रश्नै उठ्दैन । यदि दियौँ भने हामीले लगभग फुचियान प्रान्त बराबरको जमिन गुमाउनेछौँ । नेहरूले जिद्दी गरेपछि, भिड्न कर गरेपछि, हामीले मानेनौँ भने त्यो कुनै मित्रता नै भएन । शिष्टाचारले पारस्परिक व्यवहारको माग गर्दछ ।” अक्टोबर ६ को दिन चीनले निर्णय लियो । सीमा भिडन्त सुरू हुनुभन्दा अगाडिसम्म खु्रश्चेभले आफ्नो साथ चीनलाई रहने घोषणा गरेका थिए तर पछि उनले भारतलाई साथ दिए ।
अक्टोबर २० को दिन चीनले कारबाही आरम्भ ग¥यो । त्यो चार दिनसम्म चालू रह्यो । अझ ठूलो कारबाही मध्य नोभेम्बरमा भयो । कोरियाली युद्धमा संरा अमेरिकाविरुद्ध जसरी सफलता मिलेको थियो त्यस्तै घटना चीन–भारत सीमा भिडन्तमा दोहोरियो । यद्यपि, चीनले कुनै भू–भाग कब्जा गरेको थिएन । म्याकमोहन लाइनको दक्षिणी भू–भागमाथिको दाबी भने छोडेन ।
सोभियत सङ्घले तटस्थताको बहाना गरेकोमा चिनियाँ कम्युनिस्ट पार्टीको पत्रिका ‘जन दैनिक’ ले रोष प्रकट गर्दै एउटा कम्युनिस्ट देशले पुँजीवादी देशलाई समर्थन गरेको पहिलो घटना भनी टिप्पणी ग¥यो । ‘जन दैनिक’ ले लेख्यो – कम्युनिस्टको निम्नत्तम कर्तव्य भनेको शत्रु र मित्र स्पष्ट चिन्ने हो । आफ्ना मित्रप्रति दयालु र शत्रुप्रति निर्मम बन्न सक्नुपर्छ । ‘जन दैनिक’ ले मित्रहरूलाई आह्वान ग¥यो – “विवेकको परीक्षण गरौँ । माक्र्सवाद–लेनिनवादको अवस्था कस्तो छ ? सर्वहारा अन्तर्राष्ट्रवादको स्थिति के छ ?” सन् १९६४ मा सोभियत सङ्घले तटस्थता पूर्णरूपमा त्याग्दै चीनलाई दोषारोपण ग¥यो । सोभियत कम्युनिस्ट पार्टीको पोलिटब्युरो सदस्य मिखाइल सुस्लोभले भने, “क्यारिबियाली सङ्कटको उच्चत्तम विन्दुमा चीनले चीन–भारत सीमामा सैन्य द्वन्द्व सुरू ग¥यो ।”
भर्खरै खडेरीबाट मुक्त भएको चीनले सम्पूर्ण सीमा क्षेत्रमा सङ्कटकाल घोषणा ग¥यो ।
मेलमिलापको बाटोमा
अध्यक्ष माओ र संरा अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले मेलमिलापको ढोका खोल्ने प्रयत्न गरिरहँदा अमेरिकामा भियतनाम युद्धको व्यापक विरोध भइरहेको थियो । चीनभित्र पनि वातावरण फरक थियो । सांस्कृतिक क्रान्ति उत्कर्षमा पुग्दै थियो । उत्तरी सिमानामा चीन र सोभियत सङ्घबीच द्वन्द्व चर्किँदै थियो । अध्यक्ष माओ र संरा अमेरिकी राष्ट्रपति निक्सनद्वारा वार्ता थाल्न प्रयत्न गरिए तापनि बाधा–व्यवधान प्रशस्त थिए । चीन संरा अमेरिकालाई ‘पुँजीवादी–साम्राज्यवादी’ मान्थ्यो । बीस वर्षदेखि दुवै देशले एक–अर्कालाई शत्रु नै देख्थे । द्वन्द्व चर्कंदै थियो । युद्धको सम्भावना बलियो बन्दै गइरहेको थियो ।
सन् १९६५ को मार्चमा संरा अमेरिकी राष्ट्रपति जोन्सनले भियतनाममाथि सेना पठाउन निर्देशन दिए । अमेरिकी सेना चीनको छेउछाउका क्षेत्रमा बसे । सेनाको सङख्या ८२ हजार थियो । चीनले पनि भियतनामलाई आवश्यक सामग्री, नैतिक समर्थन प्रदान ग¥यो । साथै, भौतिक पूर्वाधार विकास तथा सञ्चार जगतको विकासको निम्ति बन्दोबस्त मिलाउने या प्राविधिक टोली भियतनाम पठायो । सङ्ख्याको हिसाबले त्यो एक लाख थियो । अध्यक्ष माओले संरा अमेरिकासँग चीनले यसतर्पmबाट युद्धको सुरुआत हुनेछैन । संरा अमेरिकाले सुरु गरेमा मात्र हामी लड्नेछौँ । मैले भनिहालेँ ढुक्क हुनुहोस् कि हामी संरा अमेरिकालाई आक्रमण गर्नेछैनौँ ।” अध्यक्ष माओले भियतनामले आफ्नै बल–वर्कतले परिस्थितिसँग मुकाबिला गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “चिनियाँहरू आफ्नै आन्तरिक मामिलामा व्यस्त छन् । आफ्नो सीमाभन्दा पर गएर लड्ने त अपराधी हुन् । चिनियाँहरूले त्यसो किन गर्लान् ? परिस्थिति सम्हाल्न भियतनामीहरू सक्षम छन् ।”
वाशिङ्गटनले चीनलाई सोभियत सङ्घभन्दा खतरनाक देशको रूपमा लिँदै थियो । उता सोभियत सङ्घले चीनको सिमानामा दबाब बढाउँदै थियो । संरा अमेरिका र सोभियत सङ्घसँगै अत्यन्त सावधानीपूर्वक व्यवहार गर्नुपर्ने चीनको बाध्यता थियो । आपूmमाथि दुई महाशक्ति देशबाट भइरहेको दबाब र बढ्दै गइरहेको युद्धको सम्भावना निमिट्यान्न पार्न संवेदनशील ढङ्गमा चीनले कूटनीति अगाडि बढायो ।
सोभियत सङ्घले चीनसँग जोडिएका सीमा क्षेत्रमा सैन्य गतिविधि निकै बढाउँदै चीनको सिन्चियाङ सीमा क्षेत्रमा युद्धको तयारी थाल्यो । तनावपूर्ण स्थितिलाई ध्यानमा राखी चिनियाँ कम्युनिस्ट पार्टीले अगस्ट २८ को दिन सीमावर्ती क्षेत्रमा सेनाका टुकडी परिचालन गर्न आदेश जारी ग¥यो । त्यस परिस्थितिमा रणनीतिकरूपमा संरा अमेरिकासँगको सम्बन्ध केही सहज बनाउनु चीनका निम्ति तत्कालीन आवश्यकता थियो ।
युद्धको त्यो गम्भीर परिस्थितिलाई ध्यानमा राखी अध्यक्ष माओले सैनिक अधिकारीहरूसँग छलफल प्रारम्भ गरिसक्नुभएको थियो । सैनिक जनरलहरूले नजिकका शत्रुहरूले हमला गरे टाढाका शत्रुसँग समन्वय गर्ने प्राचीन चिनियाँ उक्ति सम्झाए । संरा अमेरिकी साम्राज्यवादको मनस्थिति बुझेरमात्र सोभियत संशोधनवादीले निर्णय गर्ने अनुमान गरे । साथै, संरा अमेरिकासँग अगाडि बढ्न नसकेको राजदूत तहको वार्ता फेरि सुरु गर्न सुझाव दिए । शान्तिका निम्ति दुईवटै महाशक्ति देश खतरनाक भए तापनि दुईमध्ये चीनका निम्ति सोभियत सङ्घ बढी खतरनाक भएको धारणा मार्शलहरूले राखे । मार्शल चेन यीले संरा अमेरिकाका नयाँ राष्ट्रपति निक्शन चीनसँग सम्बन्ध जोड्न इच्छुक भएको र राजदुत तहमा मात्र होइन मन्त्री स्तरमा वार्ता गर्न तयार भएको जानकारी गराए ।
तयार भयो ।
चेनपाओ (Zhenbao) टापुको उसुरी (Ussuri) नदीमा सोभियत सेना र चिनियाँ सेनाबीच झडप भयो । सन् १९६९ को गर्मी यामको सुरुतिर चीनको सिन्चियाङमा सोभियत सेनाद्वारा हमला भयो । त्यही परिस्थितिमा चीन र संरा अमेरिकाबीच आदानप्रदान आरम्भ भयो । संरा अमेरिकाले व्यापार प्रतिबन्ध खुकुलो पारेर सकारात्मक सन्देहेनरी किसिङ्गर सुरुमा निक्सनका सल्लाहकार थिए र पछि विदेशमन्त्री भएका थिए । भियतनामबाट संरा अमेरिकी सेना निःशर्त फिर्ता ल्याउन र युद्ध अन्त्य गर्न निक्सन सहमत भए । चीनले त्यसमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । निक्सन र उनको प्रशासन चीनसँग सम्बन्ध गाँस्न र दक्षिण–पूर्वी एसियाबाट फर्कनश दियो । चीनले दुई जना अमेरिकीलाई मुक्त ग¥यो । चीन र सोभियत सङ्घबीच युद्धको सम्भावना झन् बढ्यो । चिनियाँ सीमा आसपास सोभियत सङ्घले ४२ वटा सैनिक डिभिजन खडा ग¥यो । त्यो झन्डै दश लाख जना सैनिकको हाराहारीमा थियो । परिस्थितिको गाम्भीर्यलाई ध्यानमा राखी चाउ एनलाइ एकजनाबाहेक सम्पूर्ण नेतालाई देशभरि छरिएर बस्न र चीनको परमाणु शक्तिलाई पनि तयार अवस्थामा राख्न निर्देशन दिनुभयो ।
हो चि मिन्हको अन्तिम बिदाइमा भाग लिएर हनोइबाट फर्केका सोभियत सङ्घका प्रधानमन्त्री अलेक्सी कोसिजिन (Aleksi Kosygin) फर्कने क्रममा पेचिङ्ग पुगे । एयरपोर्टमा कोसिजिन र चाउ एनलाइबीच ३ घण्टा छलफल भयो । प्रधानमन्त्री चाउले सिमानाबाट सैनिक फिर्ता बोलाई तनाव घटाउने प्रस्ताव राख्नुभयो तर हस्ताक्षर नगरी कोसिजिन फिर्ता भए । त्यसपछि अध्यक्ष माओले अक्टोबरमा पेचिङ्ग खाली गर्न निर्देशन जारी गर्नुभयो । रक्षामन्त्री लिन प्याओले सैनिकलाई तयार रहन आदेश दिए ।
यही जटिल परिस्थितिमा चीन र संरा अमेरिकाबीच संवाद सुरु भयो । सन् १९६९ को नोभेम्बरदेखि सन् १९७० को फेब्रुअरीभित्र चीन र अमेरिकाबीच दश पटक वार्ता भयो । वार्ता विभिन्न देशका राजधानीमा भएका थिए । अरू वार्ता, भेटघाट तथा छलफलले पनि निरन्तरता पाउँदै गयो । अमेरिकी वार्ता टोलीलाई निक्सनले भने, “यो बच्चा नजन्मिँदै तिनले मार्लान् ¤”
सन् १९७० को अक्टोबरमा अध्यक्ष माओले अमेरिकी पत्रकार एड्गर स्नोलाई अन्तर्वार्ता दिनुभयो । विजय दिवसको भव्य परेड समारोहमा अध्यक्ष माओले स्नोलाई आफूसँग राख्नुभयो । त्यसले ठूलो अर्थ राख्थ्यो र महत्वपूर्ण सन्देश दिन्थ्यो । अन्तर्वार्ताको क्रममा अध्यक्ष माओले राष्ट्रपति निक्सनलाई पेचिङ्गमा राष्ट्रपति या पर्यटकको रूपमा स्वागत गर्न आपूm तयार भएको बताउनुभयो ।
सोही वर्ष पिङपङ कूटनीति सुरु भयो । चिनियाँ पिङपङ टोलीले जापानमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनायो । चिनियाँ सांस्कृतिक क्रान्ति सुरु भएपश्चात् चीनले विदेशमा भएका खेल गतिविधिमा भाग लिएको त्यही नै पहिलो अवसर थियो ।
सन् १९७१ को अप्रिल १४ मा अमेरिकी खेलाडीहरू पेचिङ्ग आमन्त्रित गरिए । प्रधानमन्त्री चाउ एनलाइले ग्रेट हल अफ पिपल्समा भव्य स्वागत गर्नुभयो । उहाँले भन्नुभयो, “चिनियाँ र अमेरिकी जनताको सम्बन्धमा तपाईंहरूले एउटा नयाँ अध्याय उद्घाटित गर्नुभयो ।” प्रधानमन्त्री चाउले भन्नुभयो, “हाम्रो मित्रताको सुरुआतप्रति बहुसङ्ख्यक जनताले समर्थन जनाउनेमा म विश्वस्त छु ।”
Leave a Reply