भर्खरै :

कर्णालीका जिल्ला–जिल्लामा स्तालिन–माओ दिवस

कालीकोट, १२ पुस । विश्व सर्वहारा वर्गका महान् नेताद्वय स्तालिन र माओ त्सेतुङको जन्मजयन्तीको अवसरमा प्रवचन, अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम भइरहेका छन् ।
सोही क्रममा नेमकिपा कालीकोट जिल्ला समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले चिनियाँ कम्युनिस्ट आन्दोलनमा अध्यक्ष माओको योगदानको चर्चा गर्दै माक्र्सवाद–लेनिनवादलाई चीनको भूमिमा प्रयोग गर्न माओ सफल भएको बताउनुभयो ।
अध्यक्ष माओ चीनको मात्र नभई विश्वका कामदार जनताका नेता भएको उहाँले स्पष्ट पार्नुभयो ।
‘जनयुद्ध’को नाममा सत्तामा गएका पार्टीहरूले माओ विचारधाराअनुसार काम नगरेको उल्लेख गर्दै उहाँले सत्तासीन पार्टीहरूले माओ विचारधारालाई सत्तामा पुग्ने भ¥याङमात्र बनाएको धारणा राख्नुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य नवराज कोइरालाले माओको सही विश्लेषणको कारण नै चीनमा नयाँ जनवादी क्रान्ति सफल भएको बताउनुभयो ।
कार्यक्रममा खड्गराज शाही, धर्मदत्त अधिकारी, रत्ना भण्डारी, खडानन्द अधिकारीलगायतले बोल्नुभएको थियो ।
जुम्लामा अन्तरक्रिया कार्यक्रम
यसै क्रममा नेपाल मजदुर किसान पार्टी जुम्ला कनकासुन्दरी वडा नं. ८ गाउँसमितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम शुक्रबार भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य दिल्लीप्रसाद काफ्लेले संसद् विघटन स्वाभाविक भएको चर्चा गर्दै संसदीय व्यवस्थाको मूल्य–मान्यताअनुसार प्रधानमन्त्रीसँग संसद् विघटन गर्ने विशेषाधिकार हुने बताउनुभयो ।
“नेकपाको झगडा सैद्धान्तिक नभई व्यक्तिगत र गुटगट स्वार्थमा केन्द्रित छ । नेकपा र नेपाली काङ्ग्रेसले कामदार जनताको हित गर्ने छैनन् । कामदार जनताको हितको लागि समाजवादी व्यवस्था स्थापना गर्नु आवश्यक छ । नेमकिपा जनताको प्रजातन्त्र हुँदै समाजवादी व्यवस्था स्थापना गर्न सङ्घर्षरत छ”, उहाँले भन्नुभयो ।
विश्वमा समाजवादी लहर ल्याउनमा स्तालिनको भूमिका महत्वपूर्ण रहेजस्तै चीन विश्वको महाशक्ति बन्न सफल हुनुमा चीनको नयाँ जनवादी क्रान्तिको योगदान महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।
नेक्राशिसङ्घका केन्द्रीय सदस्य दीर्घबहादुर शाहीले समाजवादी व्यवस्थाले मात्र आमूल परिवर्तन गर्न सक्ने धारणा राख्दै जनतालाई पुँजीवाद र समाजवादको भिन्नताबारे स्पष्ट पार्नु आवश्यक छ भन्नुभयो ।
कार्यक्रममा भरत शाही, तारा शाही, धनु काफ्ले, शेरबहादुर शाहीलगायतले बोल्नुभएको थियो ।
यसैबीच शनिबार नेमकिपा जिल्ला समिति जुम्लाको आयोजनामा माओको जन्मदिवस मनाइयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्ले, राजेश्वर देवकोटा, विष्णु केसी, धमेन्द्र अधिकारी, भीम नेपाली, सन्तबहादुर खत्री, पूर्णलाल खत्री र जयकृष्ण न्यौपानेले पनि बोल्नुभएको थियो ।
यसअघि चन्दननाथ नपामा स्तालिन दिवस मनाइयो । राजेश्वर देवकोटाको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा विष्णु केसी, बलबहादुर बूढ्थापा र यज्ञबहादुर बूढ्थापाले स्तालिनको योगदानबारे चर्चा गर्नुभएको थियो ।
दैलेखमा नगरस्तरीय कार्यकर्ता भेला
स्तालिन र माओ त्सेतुङको जन्मजयन्तीको अवसरमा नेमकिपा दैलेख आठबीस नगरपालिका वडा नं. ८ को आयोजनामा वडास्तरीय कार्यकर्ता भेला शनिबार सम्पन्न भयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य बजिरसिंह विश्वकर्माले माक्र्सवाद–लेनिनवाद र माओविचारधारालाई नेमकिपाले मार्गनिर्देशन सिद्धान्तको रूपमा अङ्गीकार गरिरहेको बताउनुभयो ।
कार्यक्रममा विष्णुबहादुर कठायत, जयबहादुर बडुवाल, दलबहादुर सिजापति, रणबहादुर कठायत, कलमबहादुर सिजापति, कलमबहादुर बडुवाल, कटक सिजापति, रेश्माकुमारी सिजापति, नविन सिजापति, कटकबहादुर विश्वकर्मा र भीमराज कठायतलगायतले बोल्नुभएको थियो ।
दुवाकोटमा माओको सम्झना
माओको जन्मजयन्तीकै अवसरमा नेमकिपा भक्तपुर चाँगु नपा वडा नं. २ एकाइ समिति दुवाकोटको आयोजनामा कार्यकर्ता भेला भयो । भेलामा नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूले अध्यक्ष माओको योगदानबारे चर्चा गर्नुभयो ।
माओको सङ्कलित रचनाहरू अध्ययन गर्नु आवश्यक रहेको चर्चा गर्दै उहाँले कार्यकर्ताहरूले सांस्कृतिक स्तर विकास गर्नु आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा गणेशराम सुवाल, गोविन्दराम सुवाल र मोहन पौडेलले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *