काठमाडौँ उपत्यकामा लागूपदार्थको कारोबार बढ्दै !
- बैशाख २८, २०८३
कोभिड–१९ को सङ्क्रमणबाट संसार पीडामा छ । अहिले बेलायत हुँदै युरोपमा नयाँ किसिमको ‘नोवेल कोरोना भाइरस’ आएको समाचार छ । यसले मानव जातिमा थप पीडा उत्पन्न भएको छ ।
नेपालमा अहिले राजनीतिक उतारचढाव छ । दुईतिहाइको समर्थन प्राप्त सरकार सञ्चालनमा अवरोध भयो भनी प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरे । यसको विरोधमा माधव–प्रचण्ड पक्षको नेकपा, नेपाली काङ्गे्रस, जसपा लगायतका पार्टीहरू सडकमा छन् । पाँच वर्षको लागि निर्वाचित प्रतिनिधिसभा तीन वर्षमा विघटन भयो । राप्रपा त हिन्दु राज्य र राजसंस्था पुनःस्थापनाको माग राखी सडकमा छ ।
ओलीको अहिलेको कदम प्रतिगामी देख्ने नेकाका सभापति देउवाले २०५८ सालमा सङ्कटकालमा संसद् विघटन गरेका थिए । राजाले मनोनीत गरेको सरकारमा प्रतिगमन आधा सच्चियो भनी गएका माधव नेतृत्वको एमाले के अग्रगमनकारी हो र ?
एमसीसीको विरोधमा नेपाली जनता आन्दोलनरत छन् । तर, नेकपाका दाहाल, माधव पक्ष एमसीसीको विरोधमा बोलेका छैनन् भने कोभिड–१९ को रोकथामबारे पनि चिन्तित छैनन् । २०४६ पछि सरकारमा हुँदा वा प्रतिपक्षमा बस्दा हरेक ठाउँमा भाग खाँदै आएका यी नेताहरू आज भाग नपाएरै सडकमा गएको स्पष्ट हुन्छ । भारतले ७१ भन्दा बढी स्थानमा सीमा अतिक्रमण गर्दा समेत यी नेताहरू सडक सङ्घर्ष किन गर्दैनन् । भ्रष्टाचार दिन दुगुना रात चौगुना बढेको छ । भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ भनी किन सडक सङ्घर्ष गरेनन् ? किसानले रासायनिक मल नपाएको र उखु किसानले फसलको भुक्तानी नपाएको विषयमा किन बोल्न सकेनन् ? आफू प्रधानमन्त्री हुँदा देश र जनताको लागि केही नगरेकाहरू ‘हामी यहाँ छौँ’ भन्दै सडकमा आउँदा तिनीहरूलाई किन लाज लागेन ?
हिजो एमालेका ओलीले माओवादीका प्रचण्डलाई र प्रचण्डले ओलीलाई एक आपसमा आरोप प्रत्यारोप गरेका थिए । आज फेरि प्रचण्डले ओलीलाई र ओलीले प्रचण्डलाई एक आपसमा आरोप प्रत्यारोप गर्दै एकले अर्कालाई कारबाही गर्दै छन् । पार्टी एकता गर्दा पनि समर्थन गर्नुपर्ने, फुट्दा पनि उनीहरूमध्ये एकलाई समर्थन गर्नुपर्ने जनतालाई बाध्यता किन ?
भारतको इसारामा पार्टी एकता गरेर देशलाई अस्थिर बनाउनकै लागि दुई अध्यक्षको बन्दोवस्त गरिएको आज स्पष्ट भएको छ । विचार र सिद्धान्तमा पार्टी एकता नभएकैले कुनै पनि बेला अलग हुनसक्छन् भनी नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले त्यतिबेलै भन्नुभएको थियो । उनीहरू प्रधानमन्त्री, आफ्नालाई मन्त्री, राजदूत, जीएम लगायतमा भागबण्डा गर्दै थिए, कुरा नमिल्दा सडकमा आएका हुन् ।
सरकारले कोभिड–१९ नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकिरहेको अवस्थामा सामाजिक दूरीको समेत बेवास्ता गरी सडकमा निस्कँदा अमेरिका, इटाली लगायतका देशमा जस्तै नेपालमा पनि महामारी सङ्क्रमण तीव्र हुने खतरा छैन र ? लाखौँ कार्यकर्ता भएको दावी गर्ने ती पार्टीका नेताहरूले सडकमा निस्केका आफ्ना कार्यकर्तालाई कोभिड–१९ नियन्त्रण कार्यमा लगाउनु आवश्यक छैन र ?
झूटा आश्वासन, केही रुपैयाँ, केही सामान बाँडेर चुनाव जितेकाहरू फेरि जनतालाई फसाएर आन्दोलनमा लान खोजिरहेका छन् । जनता सचेत भएर निर्वाचनमा गलत पार्टीलाई पराजित गर्नु आवश्यक छ ।
Leave a Reply