भर्खरै :

जनताबाट नै नायकहरूको जन्म हुन्छ

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङले नयाँ वर्ष सन् २०२१ को अवसरमा बिहीबार विभिन्न टीभी, रेडियो र अनलाइन सञ्चारमाध्यममार्फत् नयाँ वर्षको सन्देश दिनुभयो । छिमेकी देश चीनका राष्ट्रप्रमुख सीको शुभकामना सन्देश प्रस्तुत छ :
कमरेड, मित्र, महिला तथा सज्जनवृन्द, सबैलाई शुभकामना!
सन् २०२१ आउँदै छ । चीनको राजधानी पेइचिङबाट म सबैलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्दछु । सन् २०२० असामान्य वर्ष रह्यो । अनायास आइलागेको कोरोना भाइरसको महामारी सामना गर्दै हामीले मानिस–मानिसबीचको अगाढ प्रेमभावको परिभाषा ग¥यौँ । त्यसक्रममा हामीले जनता र उनीहरूको जीवनलाई पहिलो स्थानमा राख्यौँ । ऐक्यबद्धता र धैर्यताका साथ हामीले महामारीविरूद्धको लडाइँको गाथा लेख्यौँ ।
हामीले एकसाथ कठिनाइहरू सामना गर्दै गरेका ती दिनहरूमा महामारीविरूद्धको लडार्इँका अग्रपङ्क्तिमा जान अग्रसर साहसिक भावना देख्यौँ । दृढतापूर्वक जिम्मेवारी बहन गर्ने, अप्ठ्याराबीच आफ्नो दायित्व पूरा गर्ने, बहादुरीका साथ बलिदान गर्ने र एकआपसमा सहयोग गर्ने हार्दिक क्षणहरू हामीले देख्यौँ । स्वास्थ्यकर्मीदेखि जनसेनासम्म, वैज्ञानिकहरूदेखि सामुदायिक कार्यकर्तासम्म, विभिन्न परियोजना निर्माण गर्ने स्वयम्सेवक र ज्येष्ठ नागरिकदेखि सन् १९९० र २००० को दसकमा जन्मेका युवाहरूसम्म–असङ्ख्य मानिसहरूले जीवन दाउमा राखेर आफ्नो जिम्मेवारी पूरा गरे अनि साँचो प्रेमले मानवताको रक्षा गरे । उनीहरूले थोपा–थोपा बललाई अथाह शक्तिमा परिणत गरे । मानिसको जीवन रक्षाको लागि फलामे पर्खाल निर्माण गरे । धेरै व्यक्तित्वहरू बिनासङ्कोच लडार्इँमा खटिए । एक हातमा अर्को हात जोडेर धेरै चुनौतीको एकसाथ सामना गरियो । त्यसक्रममा मनै भरिने धेरै दृश्यहरू देखिए । यी सबैले महामारीविरूद्ध लड्ने महान भावनालाई प्रस्ट रूपमा उजागर ग¥यो ।
सरलताबाट नै महानता अङ्कुराउने गर्छ । जनताबाट नै नायकहरूको जन्म हुन्छ । हरेक व्यक्तिको आफ्नै महत्व हुन्छ । कोरोना भाइरसबाट सङ्क्रमित सबैप्रति हामी सद्भाव व्यक्त गर्दछौँ । हामी सबै नायकहरूप्रति अभिनन्दन गर्दछौँ । म हाम्रो महान् मातृभूमि र जनताका साथै दृढ राष्ट्रिय भावनाप्रति गौरव गर्दछु । कठिन समयमामात्र साहस र धैर्यता उमार्न सकिन्छ । पत्थरलाई घोटेपछि मात्र त्यो सुन्दर र चम्किलो पन्ना बन्ने गर्दछ । हामीले महामारीको प्रभावमाथि विजय हासिल ग¥यौँ । महामारी नियन्त्रण र रोकथाम गर्न समन्वय गर्ने काममा ठूलो उपलब्धिका साथै आर्थिक र सामाजिक विकास पनि हासिल ग¥यौँ ।
ते¥हौँ पञ्च वर्षीय योजना सफलतापूर्वक सम्पन्न भयो । चौधौँ पञ्च वर्षीय योजनाको सफलतापूर्वक तर्जुमा भइसकेको छ । विकासको नयाँ ढाँचा बनाउन हामी हाम्रो गतिलाई तेज बनाइरहेका छौँ र उच्च गुणस्तरको विकासलाई गम्भीरतापूर्वक कार्यान्वयन गरिरहेका छौँ ।
सन् २०२० मा चीन सकारात्मक विकास हासिल गर्ने संसारकै पहिलो प्रमुख अर्थतन्त्र हो । सन् २०२० मा चीनको कुल गार्हस्थ उत्पादन १० शङ्ख (१०० त्रिलियन) युआनको नयाँ तहमा पु¥याउन सफल भयौँ । चीनले पछिल्ला सत्र वर्षमा सबभन्दा राम्रो फसल यो वर्ष उत्पादन गर्न सफल भयो । यो वर्ष भएका तियानवेन–१ (मङ्गल ग्रह मिसन), छाङ–अ ५ (चन्द्रमा मिसन) र फेङतोचे (समुद्रको पिंधमा मानिससहित पुग्ने पण्डुबी) जस्ता वैज्ञानिक अनुसन्धान अभूतपूर्व वैज्ञानिक उपलब्धि हुन् । हैनान खुला व्यापारिक बन्दरगाहको निर्माण तीव्रतासाथ अघि बढिरहेको छ । हामीले ठूला बाढीका प्रकोपलाई पनि पराजित ग¥यौँ । खतरा र कठिनाइको कुनै पर्वाह नगरी सैनिक र नागरिक एक साथ एकै ठाउँमा उभिएर हामीले बाढीका क्षति न्यूनीकरण गर्न सफल भयौँ । सन् २०२० मा मैले १३ वटा प्रान्तीय तहका क्षेत्रहरूको अवलोकन गरेँ । ती स्थानहरूमा मानिसहरूले कोरोना भाइरसको सजगतापूर्वक रोकथाम र नियन्त्रण गरिरहेको देख्दा खुशी लाग्यो । आफ्नो काम र उत्पादनलाई सुचारू गर्न उनीहरू समयसँग प्रतिस्पर्धा गरिरहेका थिए । थप अग्रगामी अनुसन्धानमा उनीहरूले कुनै पनि काम अधुरो राखेनन् । जताततै मानिसहरू प्रत्येक मिनेटको सदुपयोग गरिरहेको, आत्मविश्वास र सौम्यताले भरिएका देखिन्थे ।
सन् २०२० मा चीनले सबै हिसाबमा मध्यम ढङ्गले समृद्ध समाज स्थापनामा ऐतिहासिक उपलब्धि हासिल ग¥यो र चरम गरिबी निर्मूलन गर्न महत्वपूर्ण सफलता प्राप्त ग¥यो । ग्रामीण क्षेत्रको युगौँ पुरानो गरिबीको किल्ला भत्काउन हामीले अन्तिम धक्का प्रहार ग¥यौँ अनि हामी त्यो ‘हाडे ओख्खर’ फोड्न सफल भयौँ ।
बितेका आठ वर्षभरि अहिलेकै स्तरअनुसार चीनले झन्डै १० करोड ग्रामीण जनतालाई चरम गरिबीबाट मुक्त गर्न सफल भयो । सबै ८३२ गरिब काउन्टीहरूलाई गरिबीको जालबाट उम्काउन सफल भयौँ । यी वर्षहरूमा मैले चौध वटा चरम गरिबीका क्षेत्रहरूको भ्रमण गरेँ । जनताको अथक प्रयास र गरिबी निवारण कार्यकर्ताहरूको दिगोज्यानको योगदानबारे म सोचिरहेको हुन्छु । हामी अझै ढुङ्गामा गहिरो जरा गाडेको बाँसजस्तै अटल हुन जरूरी छ । हामीले खुट्टा भुईँमा टेकेर ग्रामीण जागरणको भव्य चित्र कोर्न कडा मिहिनेत गर्नुपर्छ । अनि साझा समृद्धिको लक्ष्यतर्फ भव्यताका साथ अघि बढ्नुपर्छ ।
यो वर्ष हामीले सेनचेन विशेष आर्थिक क्षेत्रको चालीसौँ स्थापना दिवस मनायौँ । साङ्घाईमा फुतोङको विकास र खुलापनको तीसौँ वर्षगाँठ मनायौँ । म दक्षिणी तटमा उभिएको बेलामा वसन्ती छाल उठेको देखेँ र ह्वाङपु नदीको रङ्गीन किनारा पनि देखेँ । त्यत्तिबेला मेरो दिमागमा विचारका प्रवाह उर्लेको अनुभव भयो । परीक्षण परियोजनाहरू नमुना र नेतृत्वदायी हुन्छन् । खोज अनुसन्धानका प्रयासहरू अनुसन्धानमा नेतृत्वदायी बनेका छन् । खुलापन र सुधारले विकासमा चमत्कार गरेको छ । भविष्यमा हामीले ठूलो साहसका साथ सुधारलाई अझ गहिरो बनाउनुपर्नेछ र खुलापनलाई विस्तार गर्नुपर्नेछ अनि ‘वसन्तका कथाहरू’ अझ बढी सिर्जना गर्नुपर्नेछ । यो लामो बाटोमा हामी एक्लै छैनौँ । सारा संसार नै हाम्रो परिवार हो ।
वर्षौको सङ्घर्षपछि हामीले मानवजातिको लागि साझा भविष्यसहितको समुदायको महत्व अझ प्रस्ट रूपमा बुझेका छौँ । यो वर्ष अन्तर्राष्ट्रिय समुदायका पुराना र नयाँ मित्रहरूसँग मेरो फोनमा कुराकानी भयो । मैले धेरै अनलाइन सम्मेलनहरूमा भाग लिएँ । हामीले मुख्यतः महामारीविरूद्धको लडाइँँमा एक ढिक्का हुने विषयमा छलफल ग¥यौँ ।
महामारी रोकथाम र नियन्त्रणको लागि हामीले अझै पनि निकै लामो यात्रा गर्नुछ । महामारीका सबै जोखिम पन्छाउन र उत्तम ‘पृथ्वी गृह’ को लागि संसारभरका जनताले हातमा हात मिलाएर एकअर्कालाई सहयोग गर्नुपर्नेछ ।
सन् २०२१ चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकी वर्ष हो । चिनियाँ कम्युनिस्ट पार्टीको एकसय वर्षको यात्रा निकै तीव्र गतिका साथ अघि बढ्यो । एकसय वर्षको अवधिमा चिकपाको मूल भावना अझ सुदृढ बनेको छ । साङ्घाईको शिकुमेनदेखि चाङ्सी शहरको दक्षिण तालसम्म चिकपाको पहिलो अधिवेशन भएको सानो रातो डुङ्गाले जनताको महान आस्था र राष्ट्रको आशाको प्रतिनिधित्व गर्दछ । त्यो डुङ्गा ठूलठूला नदीका भेल र भयानक गल्छेडाको सामना गर्दै अघि बढ्यो । विशाल छालहरू झेल्दै चिकपाको यात्रा अघि बढिरह्यो । चीनलाई दिगो र दीर्घकालीन विकासको लक्ष्यसम्म पु¥याउने त्यो डुङ्गा महान बन्यो । चिकपाले आफ्नो अमर विचारधारालाई हृदयाङ्गम गरेको छ र यो शतवार्षिकीले चिकपाको जीवनमा अहम् महत्व राख्दछ । हामीले सधैँ जनतालाई नै केन्द्रमा राखेका छौँ । हाम्रो मूल भावनामा हामी इमानदार रह्यौँ, हाम्रो लक्ष्यलाई सधैँ दिमागमा राख्यौँ । उठ्दो छालहरू छिचोल्दै हामी हाम्रो यात्रामा अघि बढिरह्यौँ । हामी पक्का पनि चिनियाँ राष्ट्रको पुनःजागरणको लक्ष्यमा पुगिछाड्ने छौँ । ‘दुई शताब्दी लक्ष्य’ को यो ऐतिहासिक चौबाटोमा आधुनिक समाजवादी देश बनाउने विस्तृत नयाँ यात्रा अब सुरू हुँदै छ । अगाडिको बाटो लामो छ । अघि बढ्नु नै हामीसँग भएको एउटै विकल्प हो । हामी सबै अवरोध र तिखा काँडाहरू पन्छाउँदै अघि बढिरहेका छौँ । हामीले दसौँ हजार नदी र हजारौँ पहाडहरू छिचोल्दै छौँ । हामी साहसका साथ अघि बढिरहनेछौँ र उज्यालो गौरव सिर्जना गर्नेछौँ ।
यो समय उत्सवको दियो बालिएको छ । परिवारका सबै सदस्य एकै ठाउँमा भेला भएका छौँ । नयाँ वर्ष आउँदै छ । हाम्रो भूमि भव्य, हाम्रो देश समृद्ध र हाम्रा जनता शान्तिका साथ बाँच्न सकोस् भन्ने कामना गर्न चाहन्छु । नयाँ वर्ष सद्भावपूर्ण, सौम्य र हर्षले भरिएको सुखद् वर्ष होस् भन्ने कामना गर्न चाहन्छु । धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *