भर्खरै :

भक्तपुर अस्पताल उत्कृष्ट घोषणा

भक्तपुर, १८ पुस । भक्तपुर अस्पताल मूल्याङ्कनमा ८२ अङ्क प्राप्त गरी यस वर्ष प्रदेश अस्पतालमा उत्कृष्ट अस्पताल हुन सफल भएको छ । भक्तपुर अस्पतालमा शुक्रबार आयोजना गरिएको अस्पताल व्यवस्थापन सुदृढीकरणअन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा भक्तपुर अस्पताल देशकै उत्कृष्ट अस्पतालमध्ये अग्रपङ्क्तिमा उभिन सफल भएको घोषणा गरिएको हो ।
स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा अस्पतालको सेवा प्रवाहको अवस्था मूल्याङ्कन गर्ने क्रममा आएको सरकारी मूल्याङ्कन टोलीले मूल्याङ्कनको मापदण्डअनुसार दिएको नम्बरको आधारमा भक्तपुर अस्पतालले सबैभन्दा धेरै नम्बर प्राप्त गरेको हो । उक्त मूल्याङ्कन टोलीले भक्तपुर अस्पतालले न्यूनतम सेवा मापदण्डमा दु्रतगतिमा प्रगति गर्दै सर्वोत्कृष्ट नतिजा ल्याएको पुष्टि गरेको हो । अस्पतालको स्थलगत अवलोकन र मूल्याङ्कनमा भक्तपुर अस्पतालले ८२ अङ्क प्राप्त गरी उत्कृष्ट नतिजा निकालेको बाग्मती प्रदेशका स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर अर्जुन सापकोटाले बताउनुभयो ।
गत वर्ष यस्तै मूल्याङ्कनमा भक्तपुर अस्पतालले आफ्नो खराब अवस्थाका कारण ३८ अङ्कमा चित्त बुझाउनुपरेको थियो । अस्पतालको सफलतासँगै कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी पनि दङ्ग देखिएका छन् । बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयका निर्देशक रमेश अधिकारीले अस्पताल सुधार सबैका लागि गौरवको कुरा भएको बताउँदै यस्तै अवस्था कायम राख्दै थप सफलताका लागि लागिपर्नु आवश्यक रहेको चर्चा गर्नुभयो ।
स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक रोशनी तुइतुईंले कार्यक्रम र थप बजेट खोज्दै उत्कृष्ट सेवालाई निरन्तरता दिनुपर्ने र अझ उचाइमा पु¥याउन अस्पतालको सिङ्गो परिवार लाग्नुपर्नेमा जोड दिनुभयो । रासस

One response to “भक्तपुर अस्पताल उत्कृष्ट घोषणा”

  1. प्रमोद न्यौपाने (दैलेख) says:

    पुजिपती दल हरु हुदैन भनी जति उफृय पनि आखिर नेमकिपाको यो नेतृत्व ले सचै एउटा उदाहरण काम गरेर देखाइसकेको छ!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *