हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
नयाँवर्ष सन् २०२१ मा खुसियाली मनाउनुपर्नाका धेरै कारण छन् । महामारीरूपी सुरुङको पुछारमा सुरक्षित र प्रभावकारी कोभिड–१९ खोपको आगमनले आशाका केही किरण देखापरेको छ । (यद्यपि सुरुका केही महिना भने अझै पनि समस्याले भरिएका हुनेछन् ।) उत्तिकै महत्वपूर्ण कुरा के हो, अमेरिकाका एक जना बद्मास, अक्षम र कमजोर भावनाका राष्ट्रपतिलाई उनको स्वभावभन्दा ठीकविपरीत स्वभावका शिष्ट, इमानदार र जिम्मेवारीप्रति प्रतिबद्ध व्यक्तिले विस्थापित गरेका छन् ।
तर, नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले पदभार सम्हालेपछि सामना गर्नुपर्ने अवस्थाबारे हामीले कति पनि भ्रम पाल्नु भने उचित हुनेछैन । ट्रम्प सरकारका धेरै गहिरा घाउहरू राष्ट्रपति कार्यालयमा अझै आलै छन् । साथै, झोलाझम्टा बोकेर बाहिरिन लागेको ट्रम्प सरकारले नियन्त्रणको लागि निकै थोरै काम गरेको (कोभिड) महामारीका घाउहरू त छँदै छन् । आर्थिकरूपमा अप्ठ्यारा अवस्थामा पुगेका अमेरिकी प्रदेश र स्थानीय सरकारलगायत अरू क्षेत्रलाई ट्रम्प सरकारले सङ्कटमोचनको केही पनि सहायता गरेनन् । त्यसकारण, आगामी दिनका दुःख अझ लम्बिनेछन् ।
प्रजातन्त्र र मानवअधिकारको पक्ष लिने र महामारी तथा जलवायु परिवर्तनजस्ता विश्वव्यापी समस्या समाधानको लागि अन्तर्राष्ट्रिय समन्वय गर्ने वृत्तमा संरा अमेरिकाको पुनरागमनलाई उसका लामो समयदेखिका मित्रहरूले स्वागत गर्नेछन् । तर, त्यसको अर्थ संसारमा आधारभूत परिवर्तन आइसकेको कुरालाई बेवास्ता गर्नु भने मूर्खता हुनेछ । यसबीच आफ्नै मित्रमण्डलीमा पनि संरा अमेरिकाले आफूलाई विश्वास गर्न नसकिने साझेदार हो भनी देखाइसकेको छ ।
ट्रम्पको सन्की स्वभावबाट अमेरिकी प्रजातन्त्रलाई त्यहाँको संविधान र ५० प्रदेशका कानुनहरूले टिकाएको सत्य हो । तर, ७ करोड ४० लाख अमेरिकी जनताले अझै ट्रम्पजस्तो सन्कीको पक्षमा मतदान गरेको वास्तविकता भने अझै मनमा चिसो पस्ने खालको छ । अर्को चुनावमा के होला ? आगामी चार वर्षमा आफूले लिएका सबै निर्णयलाई च्यातचुत बनाएर फाल्ने देशलाई कसैले किन विश्वास गर्ने ?
संसार ट्रम्पको साँघुरो लेनदेनी सोचाइमा सीमित भएर बस्न सक्दैन । न त संरा अमेरिका नै यसमा सीमित हुनु उपयुक्त होइन । अब अगाडिको बाटो भनेको इमानदार बहुपक्षवादको बाटो हो । साझा हित र मूल्य मान्यता, अन्तर्राष्ट्रिय संस्था र कानुनी शासनसामु अमेरिकी अपवाद (अमेरिकन एक्सेप्सनलिज्म) गौण हो । ती कुरा नमान्ने संरा अमेरिकालाई कुनै छुट छैन । यो अवस्थाले संरा अमेरिकालाई दीर्घकालीन प्रभुत्वको ठाउँबाट एउटा साझेदार देशमा परिणत गरिदिएको छ ।
यस्तो अवधारणा अकल्पनीय भने थिएन । द्वितीय विश्व युद्धपछि संरा अमेरिकाले विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषजस्ता अन्तर्राष्ट्रिय सङ्गठनहरूमा आफ्नो प्रभाव केही मात्रामा छोड्नुमा आफ्नो हितमा हुने देखेको थियो । समस्या के भयो भने अमेरिका यो मान्यतामा लामो समय टिकिरहन सकेन । जोन मेनार्ड किन्सले बुद्धिमानीपूर्वक विश्व मुद्रा बनाउने प्रस्ताव राख्दा संरा अमेरिकाले अन्तर्राष्ट्रिय मुद्रा कोषमा विशेषाधिकार प्रयोग गरी सो प्रस्ताव विफल पारेको थियो । मुद्रा कोषमा संरा अमेरिकाले जति मन खोलेर लगानी गर्न सक्थ्यो, उसले लगानी गरेको थिएन । (विश्व मुद्रासम्बन्धी प्रस्तावपछि अन्तर्राष्ट्रिय मुद्रा कोषमा विशेष ऋण लिने अधिकार (एसडीआर) को रूपमा अघि बढाइएको थियो ।) एसडीआर सन् १९६९ मा अन्तर्राष्ट्रिय मुद्रा कोषले आफ्ना सदस्य देशको सञ्चय कोषको रूपमा बनाएको संरचना हो ।
जो बाइडेनको एउटा स्वाभाविक प्राथमिकता महामारीपछिको अवस्था सम्हाल्नु हुनेछ । महामारीको प्रभावमाथि नियन्त्रण सबैतिर प्रभावकारी नहुँदासम्म कतै पनि प्रभावकारी हुन सक्दैन । सन् २००८ को वित्तीय सङ्कटपछि विश्वव्यापी माग सिर्जना गर्न भूमिका खेलेजस्तै अहिले पनि चीनलाई त्यसको निम्ति हामी आग्रह गर्न सक्दैनौँ । त्यसबाहेक विकासशील र उदयीमान देशहरूलाई संरा अमेरिका र युरोपले दिएका बृहत् आर्थिक उत्सर्जक कार्यक्रमको कार्यान्वयनको लागि स्रोतको अभाव हुनेछ । अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक क्रिस्टालिना जिओर्गिभाले भनेझैँ त्यसको लागि ठूलो परिमाणमा विशेष ऋण लिने अधिकार (एसडीआर) को निकासा आवश्यक पर्दछ । संरा अमेरिकी अर्थ सचिवले अनुमोदन गर्दा मात्र झन्डै ५ खर्ब अमेरिकी डलर बराबरको विश्व ‘मुद्रा’ जारी गर्न सम्भव हुनेछ ।
बाइडेनले आफ्नो कार्यकालमा के कति काम गर्न सक्नेछन् भन्ने कुराको निक्र्योल आगामी जनवरी ५ मा जोर्जियाका दुई वटा सिनेट सदस्यमा को निर्वाचित हुनेछन् भन्ने कुरामा निर्भर रहनेछ । सिनेटमा अनुकूलता नभए पनि अन्तर्राष्ट्रिय मामिलामा भने राष्ट्रपतिको बृहत् नियन्त्रण हुनेछ । त्यही कारण बाइडेनले आफ्नै बलबुत्तामा तत्कालै केही कामको थालनी गर्न सक्ने मनग्य आधार पनि छन् ।
जो बाइडेनको एउटा स्वाभाविक प्राथमिकता महामारीपछिको अवस्था सम्हाल्नु हुनेछ । महामारीको प्रभावमाथि नियन्त्रण सबैतिर प्रभावकारी नहुँदासम्म कतै पनि प्रभावकारी हुन सक्दैन । सन् २००८ को वित्तीय सङ्कटपछि विश्वव्यापी माग सिर्जना गर्न भूमिका खेलेजस्तै अहिले पनि चीनलाई त्यसको निम्ति हामी आग्रह गर्न सक्दैनौँ । त्यसबाहेक विकासशील र उदयीमान देशहरूलाई संरा अमेरिका र युरोपले दिएका बृहत् आर्थिक उत्सर्जक कार्यक्रमको कार्यान्वयनको लागि स्रोतको अभाव हुनेछ । अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक क्रिस्टालिना जिओर्गिभाले भनेझैँ त्यसको लागि ठूलो परिमाणमा विशेष ऋण लिने अधिकार (एसडीआर) को निकासा आवश्यक पर्दछ । संरा अमेरिकी अर्थ सचिवले अनुमोदन गर्दा मात्र झन्डै ५ खर्ब अमेरिकी डलर बराबरको विश्व ‘मुद्रा’ जारी गर्न सम्भव हुनेछ ।
ट्रम्प सरकारले एसडीआर जारी गर्न रोक लगाएको अवस्थामा बाइडेनले त्यसको निम्ति हरियो बत्ती देखाउन सक्छन् । उनले त एसडीआरको आकार विस्तार गर्न अमेरिकी संसदमा प्रस्ताव समेत अघि बढाउन सक्छन् । ऋणको खाँचो परेका देशलाई ऋण वा सापत्ती दिन सहमत भइसकेका अरू धनी देशसँग संरा अमेरिका पनि सामेल हुन सक्नेछ ।
बाइडेन सरकारले सार्वभौम–ऋण पुनःसंरचना अघि बढाउन पनि मद्दत गर्न सक्छ । धेरै विकासशील देश र उदयीमान बजार अहिले ऋणको सङ्कट सामना गरिरहेका छन् । केही अरू देश र बजार पनि त्यही सङ्कटको बाटोमा छन् । विश्वव्यापी ऋण पुनःसंरचनाप्रति संरा अमेरिकाले कुनै समयमा चासो देखाएको थियो भने त्यो समय अहिले नै हो ।
बितेका चार वर्षमा ट्रम्प सरकारले विज्ञानका आधारभूत नियमको पालना गरेन । कानुनी शासनलाई हावामा उडायो । त्यसकारण ट्रम्पले लत्याएका आधारभूत मूल्य–मान्यतालाई उच्च प्राथमिकतामा राख्नु पनि बाइडेनको अर्को प्राथमिकतामा पर्नेछ । अन्तर्राष्ट्रिय कानुनको महत्व विज्ञानको महत्वभन्दा कम छैन । संरा अमेरिका आफ्नै समृद्धिको लागि पनि अन्तर्राष्ट्रिय कानुनको पालना आवश्यक छ किनभने विश्व अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय कानुनले नै सञ्चालन गर्ने गर्दछ ।
व्यापार क्षेत्रमा विश्व व्यापार सङ्गठनले आफ्नो पुनःसङ्गठनको आधार प्रस्ताव गरेको छ । अहिले विश्व व्यापार सङ्गठनलाई शक्ति राजनीति र नवउदारवादी विचारधाराले आकार दिएको छ । तर, त्यसमा परिवर्तन नै हुँदैन भन्ने होइन । विश्व व्यापार सङ्गठनको महानिर्देशकमा गोजी ओकोन्जो इवेइलाको उम्मेदवारीमा क्रमशः सहमति जुट्दैछ । नाइजेरियाका पूर्वअर्थमन्त्री र विश्व बैङ्कका पूर्वउपसभापति ओकोन्जो इवेइलालाई सो पदमा पदासिन हुन ट्रम्प सरकारले रोक लगाइरहेको थियो ।
विवादहरूको सही समाधान गर्ने तरिकाबिना कुनै पनि व्यापार प्रणालीले काम गर्न सक्दैन । विश्व व्यापार सङ्गठनको विवाद समाधान संयन्त्रमा सेवा निवृत्त न्यायाधीशहरूको पूर्ति गर्न नयाँ न्यायाधीश नियुक्तिमा ट्रम्प सरकारले आनाकानी गरेर त्यो संयन्त्रलाई निकम्मा र शिथिल बनाएको छ । अन्तर्राष्ट्रिय संस्था र कानुनी शासनलाई न्यूनाङ्कन गर्न ट्रम्पले गर्न सक्ने सबै काम गरे । उनले बिनासुझबुझ अमेरिकी व्यापार नीतिमा ‘सुधार’ को लागि ढोका खुला गरिदिए ।
उदाहरणको लागि, ट्रम्प सरकारले मेक्सिको र क्यानाडासँग मूलतः लगानीको कारण अमेरिकी खुला व्यापार सहमतिमा पुनः सम्झौता ग¥यो । अन्तर्राष्ट्रिय व्यापार सम्बन्धमा ती सम्झौता सबभन्दा हानिकारक पक्ष बनेको छ । अहिले आएर ट्रम्पका व्यापार प्रतिनिधि रोबर्ट लाइटहिजरले आफ्नो कुर्सी छोड्नु अघि विश्वव्यापी वातावरणीय मानकको पालना गर्न नपर्ने सुविधा पाएका कम्पनी रहेका देशहरूविरुद्ध त्यस्तो सुविधा ‘खारेज गर्न नसक्ने’ बन्देज लगाउने प्रयास गरिरहेका छन् । मैले सन् २००६ मा प्रकाशित आफ्नो पुस्तक ‘मेकिङ ग्लोबलाइजेसन वर्क’ मा राखेको प्रस्ताव अनुसार नै व्यापारमा संरा अमेरिकाका दुई दलीय नयाँ सहमतिको बलियो आधार बन्दै गएको छ ।
मैले प्रस्ताव गरेका अधिकांश काम कारबाही संसदमा लगिरहन जरुरी छैन । राष्ट्रपतिको रूपमा बाइडेन एक्लैले यी काम गर्न सक्छन् । ती प्रस्तावको कार्यान्वयनले बहुपक्षवादतिरको अमेरिकी प्रतिबद्धतालाई बलियो बनाउने छ र तिनकै आधारमा बितेका चार वर्षमा हामीले झेलेका सङ्कटलाई पछि पार्न सक्छौँ ।
(लेखक अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता अमेरिकी अर्थशास्त्री हुनुहुन्छ ।)
स्रोतः प्रोजेक्ट सिन्डिकेट
नेपाली अनुवाद :अनुशीलन
Leave a Reply