भर्खरै :

बदलिएको छैन महिनावारीबारे अवैज्ञानिक सोच

पुस १९ गतेको कान्तिपुर दैनिक पत्रिकामा डा. अरुणा उप्रेतीद्वारा लिखित लेख पढेँ । लेख छाउपडी प्रथासम्बन्धी थियो । उहाँले आफ्नो लेख ‘नेताहरूले नदेखेको सुदूरपश्चिमको आँसु’ मा सुदूरपश्चिमको छाउपडी हटाउन वा भनौँ छाउपडी प्रथाबाट मुक्ति दिलाउन अछामका प्रमुख जिल्ला अधिकारी नै लागेपछि केही सुधार हुनेमा आशा व्यक्त गर्नुभएको छ ।
मुख्यतः नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरूमा छाउपडी प्रथा अद्यापि छ । तथापि, छाउपडीजस्ता विभेदका विभिन्न प्रथा नेपालका झन्डै सबै ठाउँमा बाँकी नै छ । चाहे त्यो अशिक्षित गाउँमा होस् या कुनै सुविधासम्पन्न सहर नै किन नहोस् ।
काठमाडौँमा पनि महिनावारी हुँदा पर सरेर बस्ने, भान्सामा नजाने कुप्रथा छ । तर, यो विषयमा प्रायः उति चर्चा हुने गरेको छैन । छाउपडी प्रथा हटाउन मानसिक चिन्तन फेर्नुपर्ने र शिक्षा दिनुपर्ने भनेर अनेक छलफल हुन्छ, तर शिक्षाले मात्र छाउपडी हट्दैन, कडा कानुन नभई यो कुप्रथाको समाधान सम्भव छैन ।
डा. उप्रेतीको घतलाग्दो विचारले मलाई सोच्न बाध्य बनायो । छाउपडी भन्नासाथ यहाँका अधिकांश मानिसहरूले बुझ्ने कुरा भनेको महिनावारी हुँदा गोठमा सुत्नुपर्ने चलन हो । तर, यसबाहेक भान्साकोठामा नजाने, मन्दिर जान नहुने, भगवानको प्रसाद खान नहुने चलनलाई भने छाउपडी मान्दैनन् । अझै बाहुनक्षेत्री(?) समाजमा भने व्रतबन्ध गरेको केटा वा जनै लगाएको केटालाई समेत छुन नहुने चलन छ । यसलाई हामी के भनेर बुझ्ने त ? पुरुषप्रधान समाजमा परम्परागतरूपमा चलिआएको रुढिवादी परम्परा भन्ने या फेरि अशिक्षाको कमी भन्ने ?
स्कूलमा महिनावारीसम्बन्धी पढाउँदा लाजले निहुरेर बसेको सम्झँदा त्यही समयमा गुरुहरूले यो त सामान्य कुरा हो भनेर शिर ठाडो पारेर राख्न लगाएको भए आज हामी पनि यस कुरामा पछि पर्ने थिएनौँ कि भन्ने लाग्छ ।
चाहे शिक्षित आमाबाबु हुन् वा सँगै कार्य गर्ने अफिसका हाकिमहरू ! उहाँहरूको सोच नै परम्परागत छ भने अरूको त के कुरा गर्नु ?

डा. उप्रेतीको घतलाग्दो विचारले मलाई सोच्न बाध्य बनायो । छाउपडी भन्नासाथ यहाँका अधिकांश मानिसहरूले बुझ्ने कुरा भनेको महिनावारी हुँदा गोठमा सुत्नुपर्ने चलन हो । तर, यसबाहेक भान्साकोठामा नजाने, मन्दिर जान नहुने, भगवानको प्रसाद खान नहुने चलनलाई भने छाउपडी मान्दैनन् । अझै बाहुनक्षेत्री(?) समाजमा भने व्रतबन्ध गरेको केटा वा जनै लगाएको केटालाई समेत छुन नहुने चलन छ । यसलाई हामी के भनेर बुझ्ने त ? पुरुषप्रधान समाजमा परम्परागतरूपमा चलिआएको रुढिवादी परम्परा भन्ने या फेरि अशिक्षाको कमी भन्ने ?

प्रसङ्ग एकपटक पशुपतिको जयबागीश्वरीको भित्तेचित्र र त्यहाँको शिलालेख उतार गर्न जान एक जना दिदीलाई भनेकी थिएँ । दिदीले सरलाई फोन गरेर हामी आउँदै छौँ भन्दा सरले महिनावरी भएको भए मन्दिर आउनुपर्दैन है भन्नुभयो । अब त्यहाँ हाम्रो कामभन्दा पनि हामी महिनावारी भएको छ कि छैन भनेर बुझ्नुपर्ने भएछ । के अब मेरो कामलाई महिनावारीकै कारण रोक्ने उचित हो ?
काठमाडौँ राजधानी भएर पनि यस प्रथा अझै कायम छ भने गाउँमा त्यत्ति सजिलै कहाँ हटाउन सकिएला र !
अझै पनि हाम्रो समाजमा यस्ता अधिकांश शिक्षित व्यक्तिहरू नै महिनावारी अपवित्रता हो झैँ गरी ‘यहाँ नजान’, ‘यस्तो नगर्न’ भनेर सुझाव दिन्छन् । भन्नेले ‘बाबुबाजेदेखिको चालचलन तिमीहरूले एकदुई अक्षर पढ्दैमा यस्तो भन्ने’ पनि भनेका छन् । पक्कै पनि समाजका सबै चालचलनलाई नकारात्मक भन्न पनि सकिन्न । तथापि, विज्ञानको निकै विकास भइसकेको आजको समयमा हामीले हाम्रो चालचलनलाई पनि विज्ञानको कसीमा घोटेर के ठीक र के बेठीक भनी पुरुषहरू भने महिनावारीलाई सामान्य र प्राकृतिक प्रक्रियाको रूपमा हेर्ने गर्छन् । महिनावारीको विषयमा देशमा विभिन्न कार्यक्रम चलाइएको पाइन्छ । अझ भन्नुपर्दा त महिनावारीको कुरा गर्दा लाज मान्ने स्त्रीहरू बढी भएको ठाउँमा पुरुषहरूले निर्धक्कसाथ महिनावारीको कुरा गर्दा समाजमा धेरै परिवर्तन आएझैँ लाग्छ ।
सधैँ सँगै हिँड्ने पुरुषसाथीहरूसँग आफ्नो शारीरिक समस्या खुलेर कुरा गर्न नसक्ने अवस्थामा अब त पुरुषसाथीहरूबाटै महिनावारीको बारेमा खुलेर भनेको देख्दा खुसी लाग्छ । अझ एकजना केटा साथीले त, ‘यो प्याड बजारमा किन्न जाँदा पत्रिकाले किन बेरेर दिन्छन्, लिनेले पनि किन पत्रिकामा बेरेर लिन्छन्, हामीले खुलारूपले पनि लिन सक्छौँ, महिनावारी भनेको त शारीरिक प्रक्रिया हो । यो त मेरो आमा, मेरो बहिनी पनि हुन्छे । यसमा लजाउनु पर्ने कुरा के छ र भने उनले भनेको यो कुरा मेरो दिमागमा अझै ताजा छ ।
समय परिवर्तनसँगै समाजमा यस्ता फरक आवाज आएको देख्दा बिस्तारै समाजले कोल्टे फेरेझैँ लाग्छ । पहिले महिनावारी हुँदा विद्यालयबाट घर फर्किनुपथ्र्यो । तर, अहिले सरकारले पनि सम्पूर्ण विद्यालयहरूमा प्याडको व्यवस्था गरेको छ । यसरी सकारात्मक क्रियाकलाप हुँदै जाने हो भने बिस्तारै समाजमा महिनावारीप्रतिको नकारात्मक धारणा हट्दै जानेछ र विज्ञानमा आधारित धारणा स्थापित बन्दै जानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *