इरान युद्ध बन्न सक्छ पेट्रोडलरमाथि अर्को धक्का
- जेष्ठ १, २०८३
चीनको कम्युनिस्ट पार्टी सय वर्ष यात्रा पार गरेर नयाँ क्षितिजमा प्रवेश गर्दै छ । चीन एक सय वर्षअघि अफिमको नशामा मस्त थियो । जापानलगायत मुलुकहरूको क्रिडाभूमि थियो । प्रायः युवाशक्ति अफिमको नसामा झुम्म थियो । त्यो विशाल शक्तिशाली सिंह यसरी झुम्म थियो नसामा संसारका कायरहरू चीनका मालिक भएका थिए । चिनियाँहरूको आफ्नो सौर्य, ओज र ऊर्जा तिरोहित भएको थियो । त्यस्तो दिउँसै पनि अँध्यारोले ढाकेको विशाल चीनमा केही परम उत्साही युवाहरूले कम्युनिस्ट पार्टी स्थापना गरे । चिनियाँ देशभक्तहरूले अटुट साथ दिए । पार्टी सङ्गठन गर्नु र विस्तार गर्नु सजिलो काम थिएन । पक्कै पनि चीन त्यति बेला उद्योगप्रधान थिएन कृषिप्रधान थियो । कति जना चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापकहरू नै मजदुर नभएको वा न्यून सङ्ख्यामा मात्र मजदुर भएको विशाल चीनमा कसरी कम्युनिस्ट क्रान्ति सम्भव होला र भन्ने सोचाइका मान्छे थिए । तर उज्याला तारा युवाहरू कृषिप्रधान मुलुक चीनमा क्रान्तिका योद्धा लडाकू किसान नै हुन्छन् भन्ने टुङ्गोमा पुगे र किसानहरूमा प्रवेश गरे । अन्तत्वोगत्वा किसानहरू नै क्रान्तिका अगुवा भए । माओ त्सेतुङले नेतृत्व दिनुभयो । ठूलठूला क्रान्ति भए । लङ मार्च भयो । विदेशी शक्ति पलायन भए । अन्ततः चीनमा किसानहरूको नेतृत्वमा सन् १९४९ मा कम्युनिस्ट सत्ता स्थापना भयो । २८ वर्षको सङ्गठित एवम् छिटफूट आन्दोलनका श्रृङ्खला नै जोडिए । त्यो रोमाञ्चक झन्डै पाँच दशक लामो एक कदम अगाडि त दुई कदम पछाडिजस्ता रणनीति लिई क्रान्ति सफल गराए, बधाई!
अझै जुध्न बाँकी
दीर्घकालसम्म चरम गरिबी र कठोर शोषणमा परेको चीनका धेरै भाग दशकौँ दशक दारूण गरिबी र विपन्नताको आक्रमणमा प¥यो । चिनियाँ क्रान्तिको पहिलो दशकमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य निरञ्जनगोविन्द वैद्य चीन भ्रमणमा गएको बेला अध्यक्ष माओसँग भेट भएछ । भेटमा चीन कस्तो लाग्यो त भनी जिज्ञासा राख्नुभएछ अध्यक्ष माओले । वैद्यले आफू पुगेको ठाउँको प्रगति देखेर निकै प्रभावित भएँ भन्नुभएछ । तर, अध्यक्ष माओले हाम्रा कार्यकर्ताले तपार्इँलाई राम्रो राम्रो ठाउँमात्र घुमाए होला, वास्तविक चीन निकै फरक छ । चीनका थुप्रै कमजोरी र समस्या छन् । चीनको विकास गर्न अझै धेरै मेहनत गर्नु आवश्यक छ भन्नुभएछ । कत्रो स्वीकारोक्ति माओको ! माओको नम्रता र सरलताले चिनियाँ कम्युनिस्ट पार्टीलाई अझ विशाल र अटल बनाएको छ । त्यो शालीनता उत्तराधिकारी वर्तमान राष्ट्राध्यक्ष एवम् चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले नयाँ वर्ष २०२१ को उपलक्ष्यमा इमानदारीसाथ भन्नुभयो, बितेका आठ वर्षमा अहिलेकै चीनको स्तरअनुसार झन्डै १० करोड ग्रामीण जनतालाई चरम गरिबीबाट मुक्त गर्न सफल भएको छ । सबै ८३२ गरीब काउन्टीहरूलाई गरिबीको जालबाट उम्काउन सफल भएको सूचना पनि उहाँले दिनुभयो । यो अवधिमा सिले १४ वटा चरम गरिबीका क्षेत्रहरूको भ्रमण गरेको जानकारी दिँदै जनताको अथक परिश्रम र गरिबी निवारणका कार्यकर्ताहरूको दिलोज्यानको योगदानको प्रशंसा गर्नुभयो । उहाँले अझै कडा मेहनत गर्नुपर्ने र समृद्धिको लक्ष्यतर्फ अघि बढ्नुपर्छ भन्नुभयो ।
बल्ल सफल हाडे ओखर फोर्न
चीनले विगत सत्र वर्षमा यो वर्ष बालीनाली राम्रो भयो रे । हार्दिक बधाई यसका लागि । सन् २०२० मा नै तियानवेन–१ (मङ्गलग्रह मिसन), छाङ अ ५ (चन्द्रमा मिसन र फोङतोचे (समुद्रको पीँधमा मानिससहित पुग्ने पनडुब्बी) पुग्ने जस्ता वैज्ञानिक अनुसन्धानहरू सफलतापूर्वक सम्पन्न भएछन् । साथसाथै हैनान खुला व्यापारिक बन्दरगाह निर्माण पनि तीव्रतासाथ अघि बढिरहेको छ रे ¤ चीनले ठूला बाढीका प्रकोपलाई पनि पराजित गरेछ । चीनका सैनिक र नागरिकहरू एकसाथ एकै ठाउँमा उभिएर बाढीको क्षति कम गर्न पनि सफल भएको रे । यस्ता साहसी काम गर्दा कठिनाइ र खतरा के–कति पनि पर्वाह गर्नुहुँदैन । सन् २०२० मा १३ वटा प्रान्तीय तहका क्षेत्रहरूको अवलोकन गर्दा ती स्थानहरूमा कोरोना भाइरसको रोकथाम र नियन्त्रण सफलतापूर्वक गरिरहेको देख्दा महासचिव सी सारै खुसी हुनुभएछ जो अत्यन्त स्वाभाविक भयो । आफ्नो काम र उत्पादनलाई सुचारू गर्न उनीहरू समयसँग प्रतिस्पर्धा गरिरहेका थिए रे । थप अग्रगामी अनुसन्धानमा उनीहरूले कुनै पनि काम अधुरो छोडेनन् रे । सी प्रसन्न भएर भन्छन्, जताततै मानिसहरू प्रत्येक मिनेटको सदुपयोग गरिरहेका, आत्मविश्वास र सौम्यताले भरिएका देखिन्थ्यो रे । यो वास्तवमा सानो कुरा कहाँ हो र ? त्यति धेरै सफलता हासिल गर्दा पनि चीन मध्यम ढङ्गले समृद्ध समाज स्थापना गर्न ऐतिहासिक उपलब्धि हासिल गर्न बल्लबल्ल सफल भएछ । ग्रामीण क्षेत्रको युगौँ पुराना गरिबी किल्ला भत्काउन हामीले अन्तिम प्रहार ग¥यौँ, अनि हामी त्यो हाडे ओखर फोर्न बल्ल सफल भयौँ भन्नुहुन्छ राष्ट्रपति सि चिनफिङ ।
ठूलो मुलुक, ठूलो मान्छे, ठूलो छाती !
ठूलो मान्छे हुन ठूलो छाती चाहिन्छ । अध्यक्ष माओ अग्लो, मोटो भएरमात्र ठूलो भएको कहाँ हो र ? चीनसँग नेपालको सीमा समस्या थियो । समस्या पनि विश्वको सर्वोच्च शिखर सगरमाथाबारे पनि विवाद थियो । ६० वर्ष अगाडि नेपाल–चीनबीच सीमा सम्झौता हुने भयो । अब सगरमाथा कसको ? कसको थियो ? अब कसको हुन्छ भन्ने गम्भीर एवम् संवेदनशील अवस्था आयो । राजा महेन्द्र र अध्यक्ष माओको उपस्थितिमा चिनियाँ विज्ञहरूले सन् १७२१ आसपासमा कोरिएको नक्सामा विश्वको सर्वोच्च शिखर चीनको भएको दाबी गरे । मुद्दा चर्कन सक्ने भयो । तब माओ र महेन्द्रबीच कुरा भयो । अन्ततः सगरमाथा पानी ढलोलाई सीमा मानी सम्झौता भयो । यति सजिलै निरूपण भयो यो मुद्दा संसारै चकित भयो । विशाल मुलुक चीनका नेता माओको विशाल छाती भएकै कारण यसरी यो विशाल मुद्दाको छिनोफानो भएको हो । त्यति ठूलो मुलुकको त्यति ठूला नेतामा अहङ्कार पटक्कै थिएन । नेपालले पनि आफूसँग भएका तथ्य र प्रमाणका आधारमा सगरमाथा दाबी गरेको थियो । अध्यक्ष माओ तथ्य र प्रमाणको आधारमा स्पष्ट मत राख्ने नेता हुनुहुन्थ्यो भन्ने स्पष्ट हुन्छ । नेपाल र चीनको सामरिक क्षमता, भूगोलको विशालता, अर्थतन्त्रको आकार प्रकार जनसङ्ख्या, स्रोतहरूको उपलब्धता आदि कुनै हिसाबले पनि अत्यन्तै विशाल चीनले देखाएको सहृदयता अद्वितीय मूल्यवान छ ।
Leave a Reply