इरान युद्ध बन्न सक्छ पेट्रोडलरमाथि अर्को धक्का
- जेष्ठ १, २०८३
अष्ट्रेलियाली पत्रकार तथा बहुराष्ट्रिय सञ्चार सङ्गठन – विकिलिक्स अनलाइन पोर्टलका संस्थापक प्रकाशक जुलियन पाउल असान्ज अहिले पनि लन्डनको एक हिरासतमा छन् । लन्डनस्थित एक तल्लो तहको अदालतका न्यायाधीश भेनेसा बाराइत्सेरले असान्जलाई पेरोलमा रिहा गर्न आदेश दिइन् । न्यायाधीश बाराइत्सेरले संरा अमेरिकी जेल प्रणाली अत्यन्त कठोर रहेको र त्यहाँ असान्जको मानसिक स्थिति सामान्य रहन नसक्ने र आत्महत्या गर्नसक्ने खतरा रहेकोले उनलाई त्यस देशमा सुपुर्दगी गर्न नसकिने फैसला पनि सुनाएकी थिइन् । असान्जलाई धरौटीमा रिहा गर्नुभन्दा पहिले हिरासतमा राख्न भनिएकोले र उक्त फैसलाविरुद्ध केही दिनमै माथिल्लो अदालतमा अपिल गर्ने सरकारी वकिलहरूको कथनले उनको रिहाइ अझै अनिश्चित बनेको छ । यसले विश्वका न्यायपे्रमी प्रेस स्वतन्त्रताको पक्षमा रहेका जनता चिन्तित बनेका छन् ।
धेरैलाई थाहा छ, एक दशकअगाडि संरा अमेरिकी सरकारका कम्प्युटरहरू ह्याक गरी ५ लाख ७० हजार पृष्ठ गोप्य दस्तावेजहरू सार्वजनिक गरिदिएपछि उनीमाथि संरा अमेरिकाविरुद्ध जासुसी गरेको आरोप लगाइएको थियो । तर, विकिलिक्स टीम र असान्जले त्यसो गरेर संरा अमेरिकाले विश्वका विभिन्न देशलाई नोक्सान पु¥याउन र हमला गर्न ती देशविरुद्ध गरेको षड्यन्त्रलाई उदाङ्ग्याएको थियो । सार्वजनिक भएका ती गोप्य अमेरिकी दस्तावेजले अफगानिस्तान र इराकलगायत देशमा संरा अमेरिकी सरकारले गैरकानुनी सैनिक कारबाहीको माध्यमले निहत्था नागरिकहरूको हत्या, यातना र अरू कैयौँ मानव अधिकार हननमा सामेल रहेको छर्लङ्ग पारेको थियो । एक हिसाबले अमेरिकी गोप्य दस्तावेजकै आधारमा संरा अमेरिकाको उदारवाद र प्रजातन्त्रको मुकुण्डोभित्रको साम्राज्यवादी अनुहार विश्वलाई देखाइदिएको थियो । विकिलिक्स र असान्जविरुद्ध अमेरिकी शासक वर्ग र तिनीहरूसित घाँटी जोडिएका अरू देशका शासकहरू अत्यन्त क्षुब्ध भएका थिए । संरा अमेरिकामा असान्जविरुद्ध १८ वडा मुद्दा परेका छन् र उनी अमेरिका पुगेमा उनलाई अमेरिकी अदालतले मृत्युदण्ड दिन सक्नेछ वा उनी बाँचुञ्जेल अमेरिकी जेलबाट निस्कन सक्ने छैनन् । संरा अमेरिकाले विकिलिक्सलाई सहयोग गरेका भनिएका ब्राडली इडवार्ड म्यानिङलगायत कैयौँलाई सजाय गरेको छ भने असान्जलाई अमेरिका ल्याउन अनेक जालझेल गरेको छ ।
युरोपमा रहेर काम गरिरहेका असान्जलाई पक्राउ गर्ने उद्देश्यले नै स्वीडेनकी एक यौनकर्मी महिलालाई प्रयोग गरी असान्जविरुद्ध बलात्कारको अभियोग लगाइएको थियो । उक्त अभियोगको पैरवी गर्न स्वीडेन गएपछि नै त्यहाँ पक्राउ गरी अमेरिकालाई सुपुर्दगी गर्ने योजना बनेको थियो तर असान्ज सहजै अमेरिकी जालमा परेनन् । पछि बेलायती सरकारले उनको भिसा नवीकरण गर्न अस्वीकार गरिदियो र उनलाई अध्यागमन कानुन उल्लङ्घन गरेको आरोपमा पक्राउ गरी सरा अमेरिकालाई सुपुर्दगी गर्न खोजियो । बेलायती प्रहरीको पक्राउबाट बच्न सन् २०१२ मा विकिलिक्सका संस्थापक असान्जले लन्डनस्थित दक्षिण अमेरिकी देश इक्वेडरको राजदूतावासमा राजनीतिक शरण लिए । त्यतिबेला इक्वेडरमा वामपन्थी राष्ट्रपति राफेल कोरेयाको प्रगतिशील सरकार थियो । बाहिर निस्कने स्वतन्त्रता गुमे पनि त्यतिखेर त्यहाँ बसेर आफ्नो टीमसित जोडिएर काम गर्न असान्जलाई सजिलो थियो तर, २०१६ मा इक्वेडरमा वामपन्थीबाट दक्षिणपन्थीमा पतन भएका राष्ट्रपति लेनिन मोरेनोको सरकार आएपछि असान्जका लागि इक्वेडेरियाली राजदूतावास आफैमा एक बन्दीगृह बन्यो । उनलाई पहिले उपलब्ध गराइएका सञ्चार सामग्रीहरू र सुविधा एक–एक गरी खोसियो । अन्ततः २०१८ मा संरा अमेरिका, इक्वेडर र बेलायतको सरकारको षड्यन्त्रअनुसार असान्जलाई इक्वेडरको राजदूतावासबाटै अपमानजनकरूपमा पक्राउ गरियो र उनीमाथि झूटा मुद्दाहरू लगाइयो । बेलायती हिरासतमा उनीमाथि निकै कठोर शारीरिक र मानसिक यातनाको कहर बर्साइयो । स्वतन्त्रता र न्यायका लागि ज्यान दिन तयार तर अन्यायीहरू र साम्राज्यवादीहरूका अगाडि घुँडा टेक्न अस्वीकार गर्ने असान्जले हिरासतमा आत्महत्याको कोसिस गरेको खबर पनि बाहिर आयो ।
जुलियन असान्ज कुनै सजायको भागीदार होइनन् बरु ती होनहार पत्रकार, सम्पादक, प्रकाशक र साहसी अभियन्ता त विश्वले सम्मान गर्नलायक व्यक्तित्व हुन् । उनले २००६ मा पुस्तक र तथ्य विवरणको विशाल खुला सङ्ग्रहसहितको बहुराष्ट्रिय सञ्चार सङ्गठनको रूपमा विकिलिक्स स्थापना र सञ्चालन थालनी गरेका थिए । विभिन्न देशका सरकारहरूको युद्धमा संलग्नता, युद्धका आधिकारिक हतियारहरू, भ्रष्टाचार र गुप्तचरीजस्ता विषयका सामान्यतः गोप्य मानिने दस्तावेजहरूको सार्वजनिकीकरण र तिनीहरूमाथि विश्लेषण नै विकिलिक्सको विशेषता हो । अहिलेसम्म विकिलिक्सले एक करोडभन्दा बढी त्यस्ता दस्तावेजहरू र तिनीहरूसित सम्बन्धित विश्लेषण प्रकाशन गरिसकेको छ । संस्थापक प्रकाशक असान्ज बन्धनमा छन् तर विकिलिक्सको अभियान आज पनि जारी छ ।
असान्ज स्वयम्ले भनेका छन् – विकिलिक्स विश्वका सबैभन्दा प्रतिबन्धित दस्तावेजहरूको सबभन्दा ठूलो पुस्तकालय हो । हामीले ती दस्तावेजहरूलाई शरण दियौँ । तिनीहरूमाथि विश्लेषण ग¥यौँ, तिनीहरूलाई बढावा दियौँ र हामीले बढीभन्दा बढी त्यस्तै सामग्री हासिल ग¥यौँ ।
आफ्नो सूचना स्रोतका रूपमा विकिलिक्सको विश्वका धेरै प्राविधिज्ञहरूसित करारजन्य सम्बन्ध छ र तिनीहरूलाई ठूलो फाइदा, प्राविधिक र प्रभावकारी सुरक्षा पनि उपलब्ध गराइरहेको बताइन्छ । त्यसो नगर्ने हो भने ती गोप्य दस्तावेज र सूचना पाउन कठिनमात्र होइन असम्भव नै हुन्थ्यो । त्यस्तै विकिलिक्सको विश्वका १ सत्न्दा बढी ठूला सञ्चार सङ्गठनहरू र तीमार्फत ४ सत्न्दा बढी सञ्चारमाध्यमहरूसित करार सम्बन्ध छ । त्यसो भए पनि कुनै पनि सङ्गठनले विकिलक्सको पूर्ण अभिलेख कसैले पनि पाउने आशा गर्न सक्दैनन् । आजसम्म विकिलिक्सले आफ्ना आधिकारिक दस्तावेजको सुरक्षा र सरकारहरूको सेन्सरशीपबाट आफूलाई बचाउने प्रतिरोधको सङ्घर्षमा सफलता पाइरहेको छ । अचम्मको कुरा त आफ्ना कारनामाका लागि विकिलिक्स र यसका प्रकाशकले विभिन्न देशका प्रतिष्ठित अवार्ड र पुरस्कारहरू पनि पाएका छन् तर यसका संस्थापक प्रकाशक भने अनुदारवादी र साम्राज्यवादी शासकहरूको हातमा परेर नकर्तुल्य यातना भोगिरहेका छन् ।
साम्राज्यवादी र पुँजीवादी शासकहरू आफ्ना गोप्यतामाथि धावा बोल्ने आँट गर्नेहरूको अवस्था कस्तो हुन्छ भनी देखाउन र तर्साउन असान्जमाथि अझ कठोर यातना दिन र उनको मानसिक स्थिति बिगार्न उद्यत छन् । उनीहरूले आफ्ना भाडाका सञ्चारमाध्यममार्फत असान्जलाई अपराधी सावित गर्न दुष्प्रचारको बाढी नल्याएका होइनन् तर उनीहरूका त्यस्ता दुष्प्रचारले असान्ज र विकिलिक्सको लोकप्रियता चुलिँदै गएको छ ।
त्यसो त असान्जको रिहाइका लागि बेलायत, अष्ट्रेलिया र विश्वका विभिन्न भागमा प्रदर्शनहरू नभएका होइनन् । अनुदारवादी र साम्राज्यवादी शासकहरूको दिमागमा जनदबाब पु¥याउन र उनको स्वतन्त्रता सुनिश्चित गर्न विश्वका न्यायप्रेमी, साम्राज्यवादविरोधी र साँचो प्रजातन्त्रका पक्षधर मानिसहरूले ठूलो अभियान नै उठाउन जरूरी देखिएको छ । असान्जको स्वतन्त्रता एक व्यक्ति या एक ह्विसलब्लोअरको मात्र स्वतन्त्रता होइन बरु अन्यायपूर्ण पुँजीवादी र साम्राज्यवादी व्यवस्थाहरूको विरोधमा र अनियमितता, भ्रष्टाचार र अधिकार दुरुपयोगको विरोधमा लडिरहेका विश्वका न्यायप्रेमी जनताको अभिव्यक्तिको स्वतन्त्रताको प्रतीक पनि हो । असान्जको स्वतन्त्रता सुनिश्चित गर भन्ने नाराका साथ आ–आफ्नो स्थानबाट स्वतन्त्रताको रक्षाका लागि उठ्न जरूरी छ ।
Leave a Reply