रुस–युक्रेनबिच युद्धबन्दी साटासाट
- जेष्ठ १, २०८३
एटलान्टा, २१ पुस (एएफपी) । अमेरिकाको जर्जिया राज्यमा मङ्गलबार सिनेटका लागि मतदान हुँदै छ । अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनको पहिलो दुईवर्षे कार्यकालको सफलतासँग यो चुनाव जोडिएकोले रिपब्लिकन र डेमोक्रेट दुवै पार्टीका लागि महत्वपूर्ण मानिएको छ ।
यस राज्यमा राष्ट्रपति र सिनेट दुवैमा रिपब्लिकन पार्टीले विगत २० वर्षदेखि चुनाव जित्दै आएको छ । तर, यस पटक जर्जिया राज्यले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनलाई मतदान गरेको छ ।
अमेरिकी सिनेटको इतिहासमै जर्जियामा यसपटक रिपब्लिकन र डेमोक्रेट दुवैले सबैभन्दा बढी रकम खर्च गर्दै छन् ।
निर्वाचन अधिकारीहरूका अनुसार मतदान स्थानीय समयअनुसार मङ्गगलबार बिहान ७ बजेदेखि सुरु हुनेछ । यस राज्यमा करिब ३० लाख व्यक्तिले मतदान गरिसकेको निर्वाचन अधिकारीले बताएका छन् । यस राज्यको अन्तिम, आधिकारिक मत परिणाम प्राप्त गर्न केही दिन लाग्ने अनुमान गरिएको छ ।
यस राज्यमा निर्वाचन अभियानको विज्ञापनका लागि मात्र उम्मेदवारहरूले ५० करोड डलर खर्च गरिसकेका छन् ।
रिपब्लिकन र डेमोक्रेटिक दुवै पार्टीका हजारौँ स्वयम्सेवीले राज्यका सबैजसो घरदैलोमा पुगेर मतदातालाई आफ्नो दललाई समर्थन गर्न आह्वान गरिरहेका छन् । चुनावमा आफ्ना समर्थकलाई विजयी गराउन राष्ट्रपति डोनाल्ड ट्रम्प र राष्ट्रपति–निर्वाचित जो बाइडेन दुवै सक्रियतापूर्वक लागेका छन् ।
एटलान्टामा आयोजित चुनावी सभामा बाइडेनले जर्जियाली जनतालाई अर्को चार वर्षका लागि मात्र नभएर अर्को पुस्ताका लागि मतदान गर्न आग्रह गरे ।
जर्जियामा रिपब्लिकनका तर्फबाट सिनेटर केल्ली लोफलर र डेभिड पर्ड्यु तथा डेमोक्रेट पार्टीका तर्फबाट राफेल वार्नक र जोन ओसोफ प्रतिस्पर्धामा छन् ।
गत नोभेम्बरमा भएको चुनावमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत अर्थात् ५० वा सोभन्दा बढी प्रतिशत मत नल्याएपछि दोस्रो चरणको चुनाव हुन लागेको हो ।
Leave a Reply