इरान युद्ध बन्न सक्छ पेट्रोडलरमाथि अर्को धक्का
- जेष्ठ १, २०८३
संसद पुनस्र्थापना हुने या नहुने भन्ने कुरा अदालतको हातमा छ । अदालतको निर्णय सार्वजनिक भएपछि त्यसको आधारमा राजनीतिक दलहरूले समयअनुसारको राजनीतिक गतिविधि गर्नेछन् । संसद् पुनस्र्थापना भएमा प्रचण्ड–नेपाल पक्षधर नेकपाले कस्तो बाटो लिने हो, त्यसको पनि चर्चा परिचर्चा भइरहेको छ । संसद् पुनस्र्थापना नभएमा दलहरू निर्वाचनको तयारीमा जुट्नेछन् । कति दलहरू अहिले नै निर्वाचनको तयारीमा जुटेका छन् । सरकार पनि निर्वाचनको तयारीमा जुटेको छ । सरकारको निर्देशनमा निर्वाचन आयोगको पनि तयारी प्रारम्भ भएको छ ।
संसद् भङ्ग भएको स्थितिमा सरकारले निर्वाचनको लागि तयारी गर्नु स्वाभाविक हो । त्यतिबेला सत्तारुढ दल या सरकारको काँधमा निर्वाचन सफल पार्ने जिम्मेवारी छ । सत्तारुढ दल नेकपा (ओली पक्ष) को अर्काे पीडा आफ्नो दलले नेकपाको मान्यता पाउँछ कि पाउँदैन भन्ने छ । नेकपा विभाजित भएको बेला एकले अर्काेलाई आरोप प्रत्यारोप गर्नु र एकले अर्का पक्षको नेता तथा कार्यकर्ता तान्ने प्रयास गर्नु स्वाभाविक हो । यस्तो स्थितिमा आफ्ना पक्षका विद्यार्थी, युवा, नेता तथा कार्यकर्ताहरूको भेलामा हास्य ठट्टा गरेर खर्चिने समय होइन, ठट्टा गरेर अर्का पक्षका नेता कार्यकर्तालाई उडाउने समय होइन । नेता तथा कार्यकर्ताहरूको भेलामा राजनीतिक प्रशिक्षण दिने हो, सुसूचित पार्ने हो । संसद् भङ्ग गर्नु पर्नाको कारणबारे स्पष्ट पार्ने हो, निर्वाचनको लागि तयारी गर्न निर्देशन दिने हो । नेता, कार्यकर्ता, युवा–विद्यार्थीको भेलालाई कलाकारहरूको भेला सम्झेर ठट्टा गर्ने होइन, हँसाउने होइन, हँसाएर देशको समस्या हल हुँदैन ।
नेता र मन्त्रीहरूको काम कार्यकर्ताहरूलाई राजनीतिक शिक्षा दिने हो, सैद्धान्तिक ज्ञान दिने हो । पार्टीको सिद्धान्त र विचारको ज्ञान नदिई एक जोकरले जस्तै कार्यकर्ताहरूको भेलामा हाँसोमा मज्जाक लिनु देशको नेतृत्व गर्ने प्रम ओलीलाई सुहाउँदैन । सहभागी नेता तथा कार्यकर्ताहरू पनि ठट्टामा पल्केर मज्जाक लिने होइन । नेकपाको मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हो भने यसबारे प्रमले आफ्ना कार्यकर्तालाई सुसूचित पार्नुपर्छ । कार्यकर्तालाई राजनीतिक शिक्षा दिएर सुसूचित पार्ने हो कि दङ्गदास बनाएर रमाउने हो ? ओली पक्षधर कार्यकर्ताहरूको भेलामा विभाजित नेकपाकै प्रचण्ड र माधव नेपाल पक्षको खण्डन गर्नु अस्वाभाविक होइन । तर, खण्डनलाई जोकमा फालेर प्रचण्ड–नेपाल पक्ष नेकपाको वजन घट्दैन । प्रम तथा नेताहरूको भाषण यो बेला झन् ओजपूर्ण, सैद्धान्तिक, राजनीतिक र जल्दोबल्दो हुनुपर्छ । ठट्टा गरेर नेता र प्रमको वजन बढ्दैन ।
Leave a Reply