भर्खरै :

तिमी मेरो आत्मा तिमी मेरो श्रृङ्गार’ मा एक दृष्टि

आर. लामाद्वारा लिखित ‘साकार’ साप्ताहिकको सामयिक चर्चाको सङ्कलन ‘तिमी मेरो आत्मा तिमी मेरो श्रृङ्गार’ पुस्तकबारे यहाँ छोटो चर्चा गर्न खोजेको छु । विसं २०३९ साल कार्तिक १६ गते काभ्रे जिल्लाबाट ‘साकार’ साप्ताहिकको पहिलो अङ्क प्रकाशित भएको थियो । त्यतिबेला यस साप्ताहिकले परिवर्तवादी दृष्टिकोणलाई सहयोग पु¥याएको कुरा प्रतिक्रियावादी र यथास्थितिवादीहरूलाई पाच्य भएन । तसर्थ, तिनीहरूले प्रकाशन रोक्न दबाब दिए । ‘साकार’ साप्ताहिकका सहयोगीहरूले शत्रुको सामु नझुक्ने अठोट व्यक्त गरे । साप्ताहिकको ३३ औँ अङ्क २०४० श्रावण २६ गते प्रकाशित भएको थियो ।
‘साकार’ साप्ताहिकका सहयोगीहरूले ‘कोपिला’, ‘अध्ययन’, ‘आवाज’, ‘कम्कर’ लगायत अन्य पत्रपत्रिका प्रकाशनमा समेत सहयोग गरेका थिए । पुस्तकमा ‘साकार’ साप्ताहिकले प्रकाशित गरेका २०३९–२०४० सालका महत्वपूर्ण घटना तथा सन्दर्भहरू समेटिएका छन् । युवा अध्ययन गोष्ठी काठमाडौँले यो पुस्तक २०४४ मंसिरमा प्रकाशित गरेको थियो ।
पुस्तकमा उल्लेख गरिएको छ, “अचेल राजनैतिक पक्षहरूमा ‘महत्वाकाङ्क्षा’, ‘अति महत्वाकाङ्क्षा’, ‘क्यारिरिस्ट’ (चरित्र निर्माण गर्ने) जस्ता शब्दहरू र वाक्यांशहरूको हाना–हान भइरहेका छन् । तर, के ठूल–ठूला डाक्टर, इन्जिनियर, प्राध्यापक, वैज्ञानिक, लेखक, कवि, कलाकार बन्न खोज्नु पनि महत्वाकाङ्क्षी हुनु होइन ? के त्यो गलत हो ? यदि यसो हो भने समाज कहिले पनि माथि उठ्ने छैन, सामज यथास्थितिमै रहनेछ । देशलाई त्यस पछौटेपन र सामन्ती समाजबाट प्रजातान्त्रिक व्यवस्था र वैज्ञानिक समाजवादमा फेर्न चाहनु निश्चय पनि ‘महत्वाकाङ्क्षी’ कुरा हुनेछ ।”

वामपन्थी राजनीति पनि सङ्लो नभएको तर्फ इङ्गित गर्दै पुस्तकमा लेखिएको छ, ‘‘आज नेपालको वामपन्थी राजनीतिमा पनि यस्तो जालझेल र चरित्र हत्याका घटनाको कमी छैन । एकले अर्को पक्षका नेता वा कार्यकर्ताको विरोधमा तल्लो स्तरको टिका–टिप्पणी गर्नु, एक आपसमा कुरा लगाएर फुटाउनु, व्यक्तिगतरूपले नै हानी नोक्सानी पु¥याउनु, निराश र असफल पार्ने कार्य प्रगतिशील फाँटमै भैराखेका छन् । सामन्ती र पुँजीवादी राजनीतिमा मात्रै होइन वामपन्थी राजनीतिमा पनि यो कुरा चालु छ, यसकारण साधारण जनता राजनीतिलाई ‘फोहरी खेल’ भनेर मन पराउँदैनन् ।

‘आलोचना, आत्म–आलोचना, पुरानो र नयाँ उपनिवेशवाद’ शीर्षकमा पुस्तकमा लेखिएको छ, “आलोचना र आत्म–आलोचना भन्ने शब्द अचेल वामपन्थी समूहमा सा¥है प्रचलित छ । तिनीहरू ती शब्दलाई आप्mनै निजी ठान्छन् । यो भन्दा आश्चर्य के हुन सक्ला ¤ काम, जाँचबुझ र सच्याउनेजस्ता कार्यशैलीलाई मानिसले नअपनाएको भए जङ्गली र असभ्य युगबाट मानव जाति शायदै सभ्यताको युगमा पुग्ने थियो । दास युग, सामन्तकाल र आधुनिक समाजका ठूला–साना बौद्धिक एवम् भौतिक सबै उपलब्धि त्यसैको परिणाम हो । आलोचना र आत्म–आलोचनाको फल नै त्यो हो ।”
कठ–पुतली शब्दको प्रयोग भने भिन्नै अर्थमा लिने गरेको देखिन्छ । दोस्रो विश्वयुद्धको बेला जापानले उत्तरपूर्वी चीनमा बनाएको ‘मन्चु’ को सरकार, उत्तर कोरियामा र दक्षिण भियतनाममा संरा अमेरिकाले बनाएको सिङ्गमनरी र थ्यूकी सरकारलाई कठपुतली सरकार भन्ने गरिन्थ्यो । कसैकसैले त बङ्गलादेशको मजबुर रहमानको सरकारलाई समेत ‘कठपुतली’ भनेको सुनियो । यसबारे बङ्गलादेशका जनतामा एकमत भने देखिन्न भनी ‘पुतली, कठ–पुतली र राजनैतिक पक्ष’ शीर्षकको लेखमा उल्लेख गरिएको छ ।
वामपन्थी राजनीति पनि सङ्लो नभएको तर्फ इङ्गित गर्दै पुस्तकमा लेखिएको छ, ‘‘आज नेपालको वामपन्थी राजनीतिमा पनि यस्तो जालझेल र चरित्र हत्याका घटनाको कमी छैन । एकले अर्को पक्षका नेता वा कार्यकर्ताको विरोधमा तल्लो स्तरको टिका–टिप्पणी गर्नु, एक आपसमा कुरा लगाएर फुटाउनु, व्यक्तिगतरूपले नै हानी नोक्सानी पु¥याउनु, निराश र असफल पार्ने कार्य प्रगतिशील फाँटमै भैराखेका छन् । सामन्ती र पुँजीवादी राजनीतिमा मात्रै होइन वामपन्थी राजनीतिमा पनि यो कुरा चालु छ, यसकारण साधारण जनता राजनीतिलाई ‘फोहरी खेल’ भनेर मन पराउँदैनन् । आचार्य विष्णुगुप्तको ‘चाणक्य’को अध्ययनको कमीले निःस्वार्थरूपले देश र जनताको सेवा गर्ने राजनीतिक कार्यकर्ता राजनीतिबाट अलग्ग हुनुपर्ने हुन्छ । खोटो सिक्काले राम्रो सिक्कालाई विस्थापित गर्न ग्राम्स्कीको नियमअनुसारै वामपन्थी राजनीतिमा राम्रा कार्यकर्ताहरूलाई नराम्रा कार्यकर्ताहरूले राजनैतिक दबुलीबाट फाल्नेछन् ।’’
साम्यवाद मरेको लास नभएको भन्दै पुस्तकमा लेखिएको छ, ‘‘आपूmलाई प्रजातन्त्रको ठेकेदार सम्झने एक साप्ताहिकले पोल्यान्ड र अफगानिस्तानका घटनाहरूका सन्दर्भमा ‘साम्यवाद मरेको लास हो’ भन्ने जस्ता सस्तो टिप्पणी गर्न पुगेको छ । पोल्यान्ड र अफगानिस्तानको बारेमा सोभियत नीतिसँग म सहमत नभए जस्तै जिउँदो र जाज्वल्यमान् भविष्यलाई म ‘मरेको लास’ मान्न सक्दिनँ । प्रतिवादको लागि मात्रै भनिएको भए त्यसलाई धैर्यको अभाव भन्न सकिन्छ, होइन सिद्धान्तको रूपमै त्यसलाई लिइएको हो भने त्यो समझदारीलाई औँशी र पूर्णिमा लागेको भन्न नहिच्किचाए हुन्छ ।’’
वर्गीय मुक्ति आन्दोलनमै नारी मुक्ति पनि गाँसिएको वास्तविकतालाई उजागर गर्दै पुस्तकमा भनिएको छ, ‘‘तिनीहरू सम्पत्तिमा पनि समान अधिकारको कुरा गर्छन् । जुन वर्ग स्वयम् उत्पादनका साधन र सामूहिक सम्पत्तिबाट वञ्चित छन् भने त्यहाँ छोरीको मात्रै अधिकारको प्रश्नै कहाँ उठ्यो ? हो, यो प्रश्न सामन्त र पुँजीपति वर्गको माझमा उठ्न सक्छ । यसकारण, नेपालको कानुनी महिला सङ्घले यहाँ पहिलेदेखि यस प्रश्नलाई उठाउँदै आएको छ । त्यो महिला सङ्गठनले कामदार वर्गको होइन सामन्त वर्गको प्रतिनिधित्व गर्दै आएको छ ।’’
“‘तिमी मेरो आत्मा, तिमी मेरो श्रृङ्गार’ – यो हो आप्mनो मायालु प्रति गरिएको एक आत्मीय अभिव्यक्ति । सभ्यता र संस्कृतिको विकास हुँदै जानुको अर्थ भाषा र अभिव्यक्तिको उचाइ पनि बढ्दै जानु हो । अभिव्यक्तिको उचाइ र व्यापकता पनि मानिसको वैचारिक क्षितिज सँगसँगै जाने गर्छ ।’’ भनी पुस्तकको शीर्षकमाथि प्रकाश पार्दै कार्ल माक्र्स–जेनी, नेपोलियन, सुकार्णो, टिटो–जोभान्का लगायतका व्यक्तित्वहरूको प्रेम प्रसङ्गबारे चर्चा गरिएको छ ।
राष्ट्रियताबारे अवधारणा व्यक्त गर्दै लेखिएको छ, ‘‘मजदुर वर्गको आप्mनो राष्ट्रियता हुन्छ वा हुँदैन भन्ने प्रश्न पनि यही प्रसङ्गमा उठ्नु स्वाभाविक छ । मजदुर वर्गको कुनै देश नै हुन्न भने उसको राष्ट्रियता के हो कस्ले भन्ने ? लाखौँ नेपाली विदेशमा कुल्ली, सिपाही, दरवान (पाले) र ‘वेश्या’ बन्नुपर्ने बेलामा ती नेपाली मजदुरले आप्mनो राष्ट्रियताबारे के उत्तर दिने हो थाहा छैन ।’’
लाखौँ नेपाली खाडी लगायतका मुलुकमा मजदुरीका लागि गएका र कतिपय पढाइको बहानामा विभिन्न मुलुकमा गएर उतै घरजम गरिसकेका तथा दोहोरो नागरिकता प्राप्त गरिरहेको अवस्थामा राष्ट्रियताको प्रश्न झन् जटिल हुन गएको छ ।
‘आप्mनो युगको सबभन्दा विरोध गरिएका व्यक्ति कार्ल माक्र्स’ शीर्षकको लेखमा भनिएको छ, ‘‘कार्ल माक्र्स आप्mना सबभन्दा ठूल–ठूला कार्यले गर्दा नै त्यसबेलाको सबभन्दा घृणा र विरोध गरिएका व्यक्ति हुनुहुन्थ्यो । स्वेच्छाचारीतन्त्र र प्रजातन्त्रवादी दुवै किसिमका सरकारले उहाँलाई आ–आप्mनो राज्यबाट निकाला गरेका थिए । परम्परावादी र सा¥है प्रजातन्त्रवादी भनिने दुवै थरिका पुँजीवादीहरूले माक्र्सलाई बदनाम गर्न एक आपसमा बल लगाउँथे । माक्र्सले तिनीहरूको त्यस विरोधलाई माकुराको जालो जस्तै पन्छाउनुहुन्थ्यो र त्यसलाई वास्ता गर्नु हुन्नथ्यो, कर लागेपछि मात्रै उहाँले जवाफ दिनुहुन्थ्यो ।’’
निःस्वार्थी र उँचो भावना भएका जनता नभई निःस्वार्थी र विशाल हृदय भएको नेता हुन पनि कम गा¥हो छैन । राम्रो र उपयुक्त माटो, हावापानी, मलजलविना राम्रो फलको आशा गरेजस्तै जनता निःस्वार्थी र क्रान्तिकारी नभई आदर्श नेता हुनु असम्भवै छ । केही दर्जन मानिसको त्याग र मेहनतले क्रान्ति गर्नु असम्भव छ, क्रान्ति भएपनि त्यो क्षणिक हुनेछ । क्रान्तिकारी जनता र क्रान्तिकारी परिस्थितिले मात्रै क्रान्तिकारी नेता जन्माउन सक्नेछ । त्याग र मेहेनतविना राम्रो नेता र क्रान्तिको इच्छा गर्नु पनि अरूको मेहेनतबाट फाइदा उठाउने प्रवृत्तिको छाप हो । यो प्रवृत्ति साधारण जनतामा मात्रै होइन वामपन्थी भन्नेहरूमा पनि देखिन्छ भन्ने भाव ‘नेता, जनता र वामपन्थी भनाउँदा’हरू शीर्षकको लेखमा चर्चा गरिएको अत्यन्त सान्दर्भिक र मननयोग्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *