भर्खरै :

शासक दलको विभाजनसँगै उठेका केही सवाल

कोरोना कहरका कारण नेपाली जनताका निम्ति अत्यन्त कस्टप्रद बनेको पछिल्ला सात–आठ महिना शासक दल नेकपाले एकले अर्काको खुट्टा तानेरै बितायो । बालुवाटार जस्तो राज्यको भविष्यरेखा कोर्नुपर्ने ठाउँलाई लामो समयसम्म गुटगत झै–झमेलामा फसायो । नेताहरूको झै–झगडाको थलो बनायो । पुसको पहिलो हप्तादेखि भने तिनको झगडा सडकमै सुरु भयो । दैनिकजसो दुवै समूहका नारा–जुलुश, सभाहरू चल्दै छन् । एउटा समूहले त सडक सङ्घर्षको एक महिने कार्यक्रम नै घोषणा ग¥यो ।
अझै पनि देशका जिम्मेवार मन्त्री तथा नेताहरूको महत्वपूर्ण समय गालीगलौज, असैद्धान्तिक झगडामा खेर गइरहेको छ । यद्यपि, दुवै पक्ष अझै इमानदारीपूर्वक तथा कुरा नलुकाइ जनताबीच आफ्ना भनाइ राखिरहेका छैनन् । झगडाको मूल कारणबारे जनतालाई प्रस्ट बताइरहेका छैनन् । देश र जनताविरुद्ध तिनले गरेका कुकर्म, भ्रष्टाचारको यथार्थ विवरण, देशी–विदेशी खलपात्रसँग गरेका साँठगाँठ आदि बारे खुलस्त बोलिरहेका छैनन् । कार्यकर्ता, दर्शक – श्रोतालाई हँसाउने, आक्रोश पोख्ने, ठूला–ठूला स्वरमा चिच्याउने आदि सतही कर्मबाट वास्तविकता छोप्ने प्रयास गरिइँदै छ । मूल विषय अन्यत्रै मोड्न खोजिँदै छ । जनताको आँखामा छारो हाल्ने प्रयास हुँदै छ ।
यो विभाजन फेरि कुनै एकको आत्मसमर्पण या ‘महान् पुनर्मिलन’ मा पो परिणत हुने हो कि ? आशङ्का गर्नेहरूको कमी छैन । हिजो तिनलाई जसले मिल्ने आदेश दिएको थियो आज फेरि अर्को एक पटक मिल्ने आदेश आयो भन्दै पुनः ‘एकता’ को नाटक मञ्चन भएमा आश्चर्य मान्नु पर्दैन ¤ पद र पैसाका लागि मिलेकाहरू त्यसैको कारण विभाजनको अन्तिम विन्दुमा पुगेका हुन् । फेरि त्यही पद र पैसाको लोभमा ती मिलेको खण्डमा अचम्भित हुने ज्यादै कम होलान् ! सिद्धान्त र विचारमा बहस, असमझदारी या असहमति भएको भए कुरा बेग्लै हुन्थ्यो । कानुनीरूपमा मात्र छुट्टिन बाँकी नेकपाका नेताहरू अझै पनि विचार, सिद्धान्तबारे छलफल, बहस गरिरहेका छैनन् । त्यसप्रति कुनै चासो छैन । त्यसको आवश्यकता महसुस समेत गर्दैनन् । फजुल कुरामै ती अल्झिरहेका छन् । ती अझै सिद्धान्तहीन एकताकै पक्षमा देखिन्छन् । आजसम्मका गल्ती, कमी–कमजोरीबाट शिक्षा लिएर अगाडि बढ्ने सङ्केत दुवै गुटले दिएका छैनन् । आजसम्म बाहिर आएका अभिव्यक्तिले त्यही भन्छ ।
गुटको झगडाका कारण देश र जनताले ठूलो क्षति भोग्नुप¥यो । विकासका काम अवरुद्ध भए । सर्वसाधारण जनता अन्योलमा परे र निराश भए । कोरोना महामारी अनियन्त्रित भयो । काला व्यापारीहरूको जगजगी बढ्यो । यद्यपि, दुवै समूहले जनताबीच आत्मालोचना या पश्चाताप पनि गरेका छैनन् ।

उडन्ते शैली, धम्की, गालीगलौज आदि सुन्दा–हेर्दा जो कसैलाई लाग्न सक्छ, मन्त्री बनिसकेर पनि नेताहरूमा ‘अखिले बुद्धि’ बाँकी नै रहेछ ! नानीदेखि लागेको बानी चट्टै हट्ने कुरा पनि भएन ! गल्ली, चिया पसलमा यस्तै चर्चा छ । ‘अखिले’ र ‘मण्डले’ प्रवृत्ति सहर–बजारमा एकै साथ ब्यूँतिएको जनता अनुभव गर्दै छन् । दुवै पक्ष युवाहरूको समय बर्बाद पार्र्दै छन् । देश र जनताको भविष्यमाथि खेलबाड गर्दै छन् ।

आज दुवै समूहका जे जति खराबीका कुरा बाहिर आएका छन्, ती दुवै पक्षसँग हिजैदेखि ती खराबी थिए । हिजो के हेरेर एक भएका होलान् ? आज के कारणले सँगै बस्न सकेनन् ? प्रश्न उठ्नु स्वाभाविक हो । आज ‘धोका’ पाउने थाहा हुँदाहुँदै जुवा खेलेझैँ राजनीतिक खेल खेल्ने सल्लाह कसले दियो ? दुई–तीन वर्ष अगाडि या पछाडिको पनि सोच्न, मूल्याङ्कन गर्न र अनुमान लगाउन नसक्नेहरू समेत ‘देश हाँक्ने नेता’ कसरी भए होलान् ? यी प्रश्न पनि अस्वाभाविक होइनन् । आफूले आफैलाई ‘महान् क्रान्तिकारी’ ठान्नेहरूले समेत त्यति बुद्धि पु¥याउन कसरी नसकेका होलान् ? सर्वसाधारण जनताले यस्ता प्रश्न तेर्साइरहेका छन् ।
जनताबीच गएर आरोप–प्रत्यारोप गर्नुअघि दुवै समूहका नेताहरूले मतका लागि, जित्नका लागि, पद र पैसाका लागि गरेका सम्पूर्ण अपराध सबैसामु राखेर पहिला माफी माग्नुपथ्र्यो । अब सुध्रिने वाचा गर्नुपथ्र्यो । नत्र जुटेर पनि जनतालाई ठग्ने र फुटेर पनि फेरि जनतालाई नै ठग्ने काम भयो भने त्यो झनै अक्षम्य हुनेछ । जनता र देशप्रतिको ठूलो घात हुनेछ ।
विभाजनको यो अन्तिम क्षणमा दुवै समूहले दिइरहेका अभिव्यक्तिले ती सुध्रिने अझै सङ्केत दिँदैन । ती अझै होशमा आएका छैनन् । दुवै पक्षका तर्क–वितर्क, कुतर्क, सवाल–जवाफले वैचारिक टाटपल्टाइ प्रस्ट झल्काउँछ । तिनको स्तर नाप्न पनि जनतालाई सजिलै भएको छ । हिजो स्थगित भएका हास्यव्यङ्ग्य साँझहरू सहरमा एकाएक पुनः सञ्चालन हुन थालेका हुन् कि भन्ने भ्रम सृजना भएको छ । कार्यकर्ताहरूलाई प्रशिक्षित तुल्याउने, सचेत बनाउने, नयाँ सङ्घर्षका निम्ति तयार बनाउने भन्दा पनि हँसाउने, उक्साउने र लोभ्याउने काम भइरहेको छ । कार्यकर्ताहरूमा निःस्वार्थ सेवाको भावना दिन नसक्दा र नेतृत्व स्वयम् सिद्धान्त एवम् व्यवहारमा उदाहरणीय बन्न नसक्दा यो भाँडभैलोको स्थिति आएको हो । यही स्थितिलाई निरन्तरता दिए पतन बाहेक हात नलाग्ने निश्चित छ ।
उडन्ते शैली, धम्की, गालीगलौज आदि सुन्दा–हेर्दा जो कसैलाई लाग्न सक्छ, मन्त्री बनिसकेर पनि नेताहरूमा ‘अखिले बुद्धि’ बाँकी नै रहेछ ¤ नानीदेखि लागेको बानी चट्टै हट्ने कुरा पनि भएन ¤ गल्ली, चिया पसलमा यस्तै चर्चा छ । ‘अखिले’ र ‘मण्डले’ प्रवृत्ति सहर–बजारमा एकै साथ ब्यूँतिएको जनता अनुभव गर्दै छन् । दुवै पक्ष युवाहरूको समय बर्बाद पार्र्दै छन् । देश र जनताको भविष्यमाथि खेलबाड गर्दै छन् ।
दुवै समूहको ध्यान सत्ताको कुर्सी र चुनाव चिन्हमै केन्द्रित छ । नेमकिपाका अध्यक्ष का. रोहितले बारम्बार भन्नुभएकै हो – “नेकपाभित्रको झगडा पद र पैसा, भागबण्डा र लेनदेनको हो । सैद्धान्तिक झगडा होइन ।” सैद्धान्तिक विचलन कुनै पनि महाव्याधीभन्दा डरलाग्दो हुने जनता अनुभव गर्दै छन् । जनताका सुख–दुःख, अप्ठ्याराहरू, असुविधाबारे छलफल गर्ने यिनलाई फुर्सद छैन । तल्लो वर्गको हितमाथि विचार मन्थन गर्ने जाँगर छैन । देशको बर्बादी थप नलम्ब्याउने कुनै प्रतिबद्धता छैन । छिमेकी र मित्रराष्ट्रहरू कहाँ पुगे, हामी कहाँ छौँ भन्ने कुनै चिन्तन छैन, पछुतो छैन । बरु पद, कुर्सी, लाभका निम्ति नाङ्गिन तयार ¤ एउटा कम्युनिस्ट नामधारी यति तल्लो दर्जामा पुग्न कसरी तयार भयो ? यति निर्लज्ज कसरी बन्न सक्यो ? आश्चर्यको विषय यही हो ¤ त्याग, तपस्या बलिदान, सेवाभावविनाको पुँजीवादी राजनीति यस्तै दूर्गन्धित हुन्छ । यति घृणित हुन्छ । आजको अनुभव र निष्कर्ष यही हो । का. रोहितले धेरै अगाडि भन्नुभएको थियो – “सिद्धान्त त्याग्नु भनेको हिमालमा चिप्लेटी खेल्नुसरह हो ।”
शासक दलहरूबीच यस खालको झगडा यो नै अन्तिम नहुने पक्का छ । एमाले–एमाओवादीको नेतृत्व पङ्क्तिदेखि जरासम्म व्यक्तिवादी चिन्तन तथा अवसरवादी प्रवृत्ति एउटा महारोगको रूपमा फैलिसकेको छ । त्यस पुँजीवादी महारोगले ध्वंस, अन्तरध्वंस, पतन बाहेक केही निम्त्याउने छैन । सिद्धान्तविहीन अवस्थामा राम्रो केही देख्न–सुन्न सम्भव नहुनु र जताततै खराबै खराबको हालीमुहाली चल्नु स्वाभाविक हो । लुछाचुँडी सामान्य बन्नु पनि आश्चर्य होइन ! शासक दलले निम्नत्तम नैतिकतालाई समेत बेवास्ता गरेको पनि त्यत्तिकै यथार्थ हो । राजनीतिमा नैतिकता बाँकी भएन भने त्यो ठगी धन्दा बन्छ । शासक दलका नेताहरू ठगी धन्दा चलाएरै माथि – माथि पुग्ने सपना देख्दै छन् । समाजको उत्थान, जनताप्रतिको उत्तरदायित्व र देशप्रतिको जिम्मेवारी भनेको तिनका निम्ति सस्तो नारा बाहेक केही होइन । आमूल परिवर्तन तिनका निम्ति असान्दर्भिक विषय बनिसकेको छ । यही नै आजको दूर्भाग्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *