नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
कोरियाली मजदुर पार्टीको आठौँ महाधिवेशन मङ्गलबारबाट सुरू भएको छ । प्रजग कोरियाको आधिकारिक सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्वीरमा हजारौँको सङ्ख्यामा कोरियाली मजदुर पार्टीका नेता–कार्यकर्ता प्योङयाङको एउटा भव्य सभा कक्षमा भेला भएको देखिएको छ । पार्टी नेता तथा प्रजग कोरियाका सर्वोच्च नेता किम जङ उनले सो भव्य महाधिवेशनको उद्घाटन गर्नुभएको थियो ।
जापानी साम्राज्यवादविरोधी स्वाधीनता सङ्घर्षको कष्टप्रद समयमा कोरियाली मजदुर पार्टीको स्थापना भएको थियो । कोरियाली क्रान्ति विभिन्न सैद्धान्तिक र व्यवहारगत समस्यामा अलमलिरहेको समयमा कोरियाली क्रान्तिका नेता किम इल सङको नेतृत्वमा सो पार्टीको स्थापना भएको थियो । माक्र्सवाद–लेनिनवादलाई कोरियाको वस्तुगत परिस्थितिमा लागू गरी कोरियाली मजदुर पार्टीले कोरियालाई उपनिवेशवादबाट मुक्तमात्र गरेन, बरू आफ्नो क्रान्तिकारी अनुभवलाई संस्थागत गर्दै मौलिक जुछे विचारधाराको पनि निर्माण ग¥यो । जुछे विचारधाराको सैद्धान्तिक जगमा कोरियाली जनता संरा अमेरिकी साम्राज्यवादलाई समेत पराजित गर्न सफल भए ।
प्रजग कोरियाली जनता आज एकातिर आफ्नो देश निर्माणमा अग्रसर छन् भने अर्कोतिर साम्राज्यवादी स्वार्थले विभाजन भएको कोरियाली भूमिलाई पुनः एक बनाउने अभियानमा लागेका छन् । साम्राज्यवादी शक्तिहरूले प्रजग कोरियाविरूद्ध आधा शताब्दीभन्दा लामो समयदेखि नाकाबन्दीमात्र थोपरेको छैन, बरू अनेक झूटा प्रचार गरेर प्रजग कोरियाली समाजवादको बदनाम पनि गरिरहेका छन् । अमानवीय नाकाबन्दीको कारण प्रजग कोरियाली जनताले हजारौँ प्रतिकुलता सामना गरिरहेका छन् । तथापि, आफ्नो देशको स्वाभिमान, स्वाधीनता र सार्वभौमिकता रक्षाको निम्ति उनीहरू सम्झौताहीन सङ्घर्षमा छन् । कोरियाली जनताको यो सङ्घर्षमा मार्गनिर्देशक, शिक्षक र नेताको रूपमा कोरियाली मजदुर पार्टीले अनवरत भूमिका खेल्दै आएको छ । पार्टी नेतृत्वको गहन र जिम्मेवारीपूर्ण भूमिकाको कारण आज प्रजग कोरियाली जनता आफ्नो अपराजयी नेतृत्वप्रति उच्च सम्मान व्यक्त गर्ने गर्छन् ।
पूर्वी एसियाली देशमा साम्राज्यवादी गतिविधि हिजोभन्दा फरक र सघन बन्दै गइरहेको आजको सन्दर्भमा प्रजग कोरियाको भूराजनीतिक महत्व र भूमिकामा पनि परिवर्तन आएको छ । साम्राज्यवादी शक्तिहरूले साम–दाम–दण्ड–भेदको नीति लागू गरेर प्रजग कोरियामा मात्र होइन, संसारभर नै समाजवादको झन्डा ध्वस्त बनाउन लगातार प्रयास गरिरहेकै छ । त्यसकारण समाजवादको झन्डालाई अझ उँचो र अदम्य साहसका साथ फहराउने जिम्मेवारी आज पनि कोरियाली मजदुर पार्टीको काँधमा छँदै छ । प्रजग कोरिया एउटा शक्तिशाली र समृद्ध देश बनेमात्र उसले समाजवादको यो झन्डालाई उँचो राख्नसक्छ । साम्राज्यवादको युगमा मजदुर–किसानको नेतृत्वमा उभिएको समाजवादी व्यवस्थालाई प्रतिक्रियावादी हमलाबाट जोगाउन समाजवादी देशसँग बलियो सैनिक र प्राविधिक शक्ति हुन अनिवार्य हुन्छ । त्यही वास्तविकतालाई बुझेर प्रजग कोरियाली नेता किम जङ इलले सोन्गुन नीतिको विकास गर्नुभएको थियो । प्रजग कोरिया सैनिक र प्राविधिकरूपमा बलियो नहुँदो हो त साम्राज्यवादले कति अघि नै कोरियाली समाजवाद ध्वस्त बनाइसक्थ्यो । कोरियाली मजदुर पार्टीको नेतृत्वमा कोरियाली जनताको एकमनको एकताकै कारण साम्राज्यवादी शक्ति कोरियाली समाजवादसामु झुक्न बाध्य छ ।
इस्पातजस्तो नेतृत्व र समयको परीक्षणमा सत्य पुष्टि भएको क्रान्तिकारी विचारले नै क्रान्तिलाई नै अघि बढाउन सक्छ । कोरियाली मजदुर पार्टी इतिहासका हरेक परीक्षा उत्तीर्ण गरेर इस्पातजस्तो पार्टी बनिसकेको छ । कोरियाली मजदुर पार्टीले नै आज कोरियाली समाजवादको विकास गरिरहेको छ । पार्टीको चालू महाधिवेशनले यो समाजवादी विचारधारालाई अझ बलियो र समृद्ध बनाउने सङ्घर्षलाई उचाइमा पु¥याउने आशासहित संसारका न्यायप्रेमी जनताले महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै छन् । नेपाली जनताको मित्र देश र साथै नेपाली जनताजस्तै ठूला देशका थिचोमिचोविरूद्ध लड्दै गरेको देशको नेतृत्वदायी दल कोरियाली मजदुर पार्टीको आठौँ महाधिवेशनको पूर्ण सफलताको शुभकामना !
Leave a Reply