नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
वाशिङ्टन, ७ जनवरी । निर्वाचनबाट डोनाल्ड ट्रम्पलाई पराजित गरे पनि लामो समयसम्म ट्रम्पको भुतले अमेरिकी जनतालाई सताउन नछोड्ने बौद्धिक विश्लेषकहरूको भनाइ नवनिर्वाचित राष्ट्रपति बाइडेनले औपचारिकरूपमा पदभार पनि ग्रहण नगर्दै साकार हुने देखिएको छ । अमेरिकी माथिल्लो सदन सिनेटमा दुई जना सांसदको लागि जर्जियामा भएको निर्वाचनमा डेमोक्रेटिक दलकै उम्मेदवार विजयी भएपछि अनुदार रिपब्लिकन दलका समर्थकहरू विशेषतः ट्रम्पका मानिसहरू ‘बहुला’ भएका छन् । ट्रम्प निर्वाचनको क्रममा आफू पराजित भए अमेरिकामा शान्ति नहुने अभिव्यक्तिलाई आकार दिँंदै उनका समर्थकहरूले बुधबार संरा अमेरिकी संसद्माथि हमला गरेका छन् । जो बाइडेनलाई राष्ट्रपति पदमा निर्वाचित भएको औपचारिक घोषणा गर्न अमेरिकी संसद्मा आयोजित बैठकमा नै ट्रम्प समर्थकहरूले हमला गरेका थिए ।
अमेरिकी संसद् भवन क्यापिटोल हलबाहिर जम्मा भएका ट्रम्प समर्थकहरू सुरक्षाका निषेधहरू उल्लङ्घन गर्दै संसद् भवनभित्र पसेर भौतिक सम्पत्ति भाँचकुँच गरेका थिए । सुरक्षाकर्मीहरूले अवरोध गर्न गरेका सबै प्रयास तोड्दै अराजक हुल संसद् भवनभित्रै पसेका थिए । हुलै संसद् भवनभित्र पसेपछि संसद्भित्र बसेका सांसदहरू त्यहाँबाट भागेका थिए । उनीहरूमध्ये कतिलाई सुरक्षित कोठामा पु¥याइएको थियो भने कतिलाई संसद् भवनबाट सुरक्षित उद्धार गरिएको थियो ।
स्थानीय समयअनुसार दिउँसो २ बजे रिपब्लिकन दलका ट्रम्प समर्थकहरूले ओरिजोनाको इलेक्ट्रोल मतबारे पोखेको असहमतिबारे सिनेटरहरूबीच बहस चल्दै गर्दा सिनेट कक्षभित्र पस्ने हलमै प्रदर्शनकारीहरूको होहल्ला सुनिए पछि रोकिएको थियो ।
त्यहीबीच सिनेट हलमा बन्दुकसहित प्रदर्शनकारीहरू पसेको हल्ला चलेको थियो ।
प्रदर्शनकारीहरूका चुरीफुरी बढ्दै गर्दा ट्रम्पले संसदीय मतमाथिको छलफलको अध्यक्षता गरिरहेका उपराष्ट्रपति माइक पेन्सको आलोचना गर्दै ट्वीट गरेका थिए । उनले आफ्ना समर्थकहरूलाई ‘शान्ति कायम गर्न’ ट्वीटमार्फत आग्रह गरे पनि उनको कुरा कसैले पनि सुन्ने अवस्था थिएन ।
एसोसिएट प्रेसले जनाएअनुसार क्यापिटोल भवनमा ट्रम्प समर्थकहरूको अराजकताबीच एक जना व्यक्तिको गोली हानी हत्या गरिएको थियो । अरू तीन जनासहित जम्मा चार जना मानिस मारिएको समाचार स्रोतहरूले बताएका छन् ।
एक जना प्रदर्शनकारी सिनेटका सांसदहरू बोल्ने मञ्चमा पुगेर ‘यो जीत कसको–ट्रम्पको ¤’ को भनी नारा लगाएका थिए ।
प्रदर्शनकारीहरूले तल्लो सदनका सभामुख न्यान्सी पेलोसीको कार्यकक्षमा पुगेर भाँचकँुच गरेका थिए । कार्यकक्षमा बस्दै गरेकी उनलाई अन्यत्र सुरक्षाका साथ पु¥याइएको थियो । आफ्नी आमा सुरक्षित भएको पेलोसीकी छोरीले भनिन् ।
त्यहीबीच ह्वाइट हाउसका पूर्वसूचना अधिकारी एलिसा फराहले राष्ट्रपतिलाई ‘प्रदर्शनकारीहरूलाई रोक्न’ आग्रहसहित ट्वीट गरेकी थिइन् ।
“तपाईँले भनेमात्र उनीहरूले कुरा मान्लान्”, फराहले ट्वीटमा लेखिन् ।
त्यसपछि ट्रम्पले दोस्रो ट्वीट गरेका थिए । “संरा अमेरिकी क्यापिटोलमा रहेका सबैलाई म शान्ति कायम गर्न आग्रह गर्छु । हिंसा नगरौँ । नबिर्सौं–हाम्रो पार्टी कानुन र व्यवस्थाको पार्टी हो । कानुनको सम्मान गरौँ । धन्यवाद ¤”
उपराष्ट्रपति पेन्सले गरेको ट्वीटमा भनिएको छ, “संरा अमेरिकी क्यापिटोलमा भइरहेको हिंसा र विध्वंस तत्काल बन्द गरिनुपर्छ ।”
ट्रम्प समर्थित सांसदहरूले राष्ट्रपतिलाई हिंसा रोक्न हारगुहार गरिरहेका थिए ।
बुधबार क्यापिटोलमा भएको हमलालाई संरा अमेरिकी इतिहासकै अभूतपूर्व घटनाको रूपमा लिइएको छ । यसले अमेरिकी लोकतन्त्रको विद्रुप रूपमात्र बाहिरिएको छैन, ट्रम्पको शासनकालमा हिंसा र अराजकताबाट वाक्क–दिक्क भएका अमेरिकी जनतालाई आगामी दिनको लागि चिन्तित तुल्याएको छ । पछिल्लो निर्वाचनमा ट्रम्पको पक्षमा अझै खसेको ठूलो सङ्ख्याको मतको कारण आगामी दिन अझ बढी अनिश्चित भएको अमेरिकी विश्लेषकहरू बताइरहेका छन् ।
संसद् भवनभित्र यस्तो अराजक अवस्थाको घण्टौँपछि जो बाइडेनलाई औपचारिकरूपमा राष्ट्रपति निर्वाचित भएको संसद् बैठकले घोषणा गरेको थियो । बुधबारको घटनालाई जो बाइडेनसहित केही पूर्वराष्ट्रपतिहरूले अमेरिकी प्रजातन्त्रको अपमान भनेका छन् ।
बाइडेनले भने, “संसद् भवनभित्र जे भयो, त्यो विरोध प्रदर्शन थिएन । त्यो विद्रोह थियो ।” उनले ट्रम्पलाई तत्काल स्थितिलाई नियन्त्रणमा लिन आग्रहसमेत गरे । केही विश्लेषकहरूले बुधबार संरा अमेरिकी संसद् भवनमा भएको घटना कदाचित संसारको अरू कुनै देशमा भएको भए संरा अमेरिकी शासकहरूको प्रतिक्रिया कस्तो हुने थियो भनी आफ्नो मत व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा मोहम्मद साफाले लेखेका छन्, “यदि संरा अमेरिकाले संरा अमेरिकामा संरा अमेरिकाले जे गरिरहेको छ, त्यो घटनाक्रम देखे संरा अमेरिकाले संरा अमेरिकालाई संरा अमेरिकाको अराजक अवस्थाबाट जोगाउन संरा अमेरिकामाथि कब्जा जमाउने थियो ।”
Leave a Reply