भर्खरै :

कोरियाली मजदुर पार्टीको आठौँ महाधिवेशन सुरु

प्योङयाङ, ६ जनवरी । कोरियाली मजदुर पार्टीको आठौँ महाधिवेशन मङ्गलबार प्रजग कोरियाको राजधानी प्योङयाङमा सुरू भयो ।
कोरियाली मजदुर पार्टीका नेता किम जङ उनले महाधिवेशनको उद्घाटन गर्नुभएको थियो । महाधिवेशनको सुरूमा प्रजग कोरियाको राष्ट्रिय गान बजाइएको थियो । प्रजग कोरियाका राष्ट्रपति एवम् कोरियाली क्रान्तिका नेता किम इल सङ र कोरियाली जनताका प्रिय नेता किम जङ इलप्रति उच्च सम्मान व्यक्त गरिएको थियो । कोरियाली मजदुर पार्टीको जिम्मेवारीअनुसार किम जाए ¥योङले महाधिवेशनको अध्यक्षता गर्नुभएको थियो ।
महाधिवेशनले किम जङ उनको नेतृत्वमा ३९ सदस्यीय पार्टीको अध्यक्षमण्डल एकमतले निवार्चित ग¥यो । त्यस्तै सात सदस्यको सचिवालय पनि निर्वाचित ग¥यो । पार्टी महाधिवेशनले सातौँ महाधिवेशनयता पार्टी केन्द्रीय समितिका गतिविधिको समीक्षा गर्ने बताइएको छ । त्यस्तै समाजवादी विचारधारालाई अझ विजयतिर डो¥याउने सङ्घर्षलाई स्पष्ट कार्ययोजना निर्धारण गर्नुका साथै कोरियाली क्रान्तिको विकासको लागि खाँचो परेको नयाँ उत्साह र फड्को पूरा गर्न आवश्यक निर्णय पनि लिइने प्रजग कोरियाको आधिकारिक समाचारमाध्यम केसीएनएले जनाएको छ ।
“पार्टीको आठौँ महाधिवेशनले कोरियाली क्रान्तिअन्तर्गत नयाँ सङ्घर्षको लागि प्रस्ट मार्गदर्शन गर्नेछ । यो  महाधिवेशन समाजवादी विचारको अर्को चरणको विजयको लागि पार्टीको दरिलो आत्मविश्वासको अभिव्यक्ति हुनेछ । कोरियाली मजदुर पार्टीको यो महाधिवेशन गौरवपूर्ण सङ्घर्षको इतिहासले आवश्यक ठहर गरेका ठूलो महत्वको राजनीतिक कोसेढुङ्गा हुनेछ”, केसीएनएको समाचारमा उल्लेख छ ।
“किम इल सङ र किम जङ इलका विचारबाट निर्देशित भएर हाम्रो पार्टीले नेतृत्वको विकास र प्रभावकारी सङ्घर्षको लागि सम्झौताहीन सङ्घर्ष ग¥यो । बलियो सेनासहितको एउटा समृद्ध देश बनाउने कार्यक्रम बनाई क्रान्ति र निर्माणका सबै क्षेत्रमा जनतालाई नै पहिलो प्राथमिकतामा राख्ने कार्यदिशाअनुसार अघि बढिरहेको छ”, समाचारमा भनिएको छ ।
महाधिवेशनमा क्रान्तिको विकासको वस्तुगत विश्लेषण गर्दै पार्टी र समाजवादी निर्माणको विकासमा क्रान्तिकारी फड्को मार्न रणनीति र कार्यनीति तय गर्ने विषयमा गहन छलफल र निर्णय हुने बताइएको छ ।
“कोरियाली मजदुर पार्टीलाई पूर्ण समर्थन र विश्वास गरेका कोरियाली जनताले ऐतिहासिक आठौँ महाधिवेशन सफलताको लागि हार्दिक शुभकामना व्यक्त गरिरहेका छन् । कोरियाली मजदुर पार्टी कोरियाली जनताको सदा विजयी बनाउने मार्गदर्शक र आफ्नो सिद्धान्त एवम् प्रतिबद्धताप्रति बफादार छ”, महाधिवेशनसम्बन्धी समाचारमा भनिएको छ ।
महाधिवेशन चालू रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *