भर्खरै :

आफ्नै मित्र राष्ट्रमाथि पनि जासुसी !

कुनै एक देशको गुप्तचरले अर्को देशमाथि जासुसी गर्दा अचम्मको विशेषता भनेको आफ्नो देशमा नायकको रूपमा सम्मान गरिन्छ भने विदेशीको लागि तिनै गुप्तचर राष्ट्रद्रोही र खलनायक हुन्छन् । विश्व राजनीतिक मञ्चमा यसलाई स्वाभाविकरूपमा लिइन्छ । दुई मुलुकबीच जति नै प्रगाढ सम्बन्ध भए पनि जासुसीको मामलामा कसैले कसैलाई मोलाहिजा राख्दैनन् । संसारमा एउटा मुलुकले अर्को मुलुकमाथि जासुसी गर्ने अभ्यास पनि आज पर्यन्त जारी नै छ । यस्तै अति मिल्ने दुई राष्ट्र अमेरिका र इजरायलबीच एकले अर्कोलाई गर्ने जासुसीको सन्र्दभमा मित्र राष्ट्र भइकन पनि कुनै मोलाहिजा राखेको देखिँदैन । सन्दर्भ हो भर्खरै अमेरिकी जल सेनामा रहँदा इजरायलको निम्ति जासुसी गरेको आरोपमा सन् १९८५ मा पक्राउ परेका जोनाथन जे पोलार्डको ३५ वर्षपछिको रिहाइ । देशद्रोहको अभियोगमा अमेरिकामा सजाय काट्दा इजरायलले पोलार्डको सजाय कम गराएर इजरायललाई हस्तान्तरण गर्न अमेरिकालाई अनुरोध गरेको थियो तर अमेरिकाले त्यो अनुरोध ठाडै अस्वीकार गरेको थियो जबकि त्यो समयमा इजरायल र अमेरिकाबीच अति राम्रो सम्बन्ध थियो ।
अति मिल्ने दुई देश अमेरिका र इजरायलबीच सन् १९८५ मा अमेरिकाको जलसेना गुप्तचर विश्लेषक पोलार्डले इजरायललाई सन् १९८४ को सुरुमा गोप्य दस्तावेजहरू उपलब्ध गराएको आरोपमा पक्राउ परेपछि इजरायली–अमेरिकी सम्बन्ध लामो समयसम्म बिग्रेको थियो जुन दुवै पक्षको लागि निकै पीडादायी थियो । यो घटनाले अमेरिकी गुप्तचर एजेन्सीको क्षमता कमाजोर रहेको उजागर ग¥यो । स्वाभाविकरूपमा सीआईए र रक्षा विभागको गोप्यताको विश्वसनियतामाथि ठूलो क्षति पुग्यो । मित्र राष्ट्र इजरायल सरकारलाई अवैधरूपमा गोप्य दस्तावेज उपलब्ध गराएको मुद्दामा दोषी प्रमाणित भएपछि पोलार्डले जेलमा तीन दशक बिताए जुन एक अमेरिकीको लागि सबैभन्दा लामो कारावासको सजाय हो । स्मरणीय कुरा पोलार्ड एक यहुदी हुन् । त्यसैले उनलाई इजरायलले आफ्नै मित्र राष्ट्रमाथि जासुसी गराउन खटाएका थिए ।
तिनै पोलार्ड र उनकी श्रीमती एस्तर रिहाइपश्चात् गत हप्ता इजरायल पुगेका छन् । अमेरिकाको लागि देशद्रोही भए पनि इजरायलको निम्ति नायक भएको हुँदा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफै विमानस्थल गएर पोलार्डलाई स्वागत गरेका थिए । इजरायली प्रधानमन्त्रीले उनीहरूलाई स्वतन्त्रता र खुसियालीमा नयाँ जीवन सुरु गर्ने कामना गरे र उनीहरू घर फर्केकोमा खुसी व्यक्त गरे । सन् १९९५ मा जेल जीवन बिताउँदै गर्दा पोलार्डलाई प्रदान गरेको इजरायली नागरिकता नेतान्याहुले विमानस्थलमा हस्तान्तरण गरे । इजरायल सरकारले अनुमति दिएमा इजरायलमै बस्ने पोलार्डले धेरै अगाडि नै इच्छा जाहेर गरेका थिए । इजरायली कानुनअनुसार यदि विश्वका कुनै पनि मुलुकमा रहेका यहुदी इजरायलमा स्थायी बसोबास गर्न चाहेमा उनलाई इजरायलको नागरिकता दिन सकिन्छ । यही कानुनी प्रावधानअनुसार अमेरिकी नागरिक पोलार्डलाई इजरायली नागरिकता प्रदान गरेको हो ।

अति मिल्ने दुई देश अमेरिका र इजरायलबीच सन् १९८५ मा अमेरिकाको जलसेना गुप्तचर विश्लेषक पोलार्डले इजरायललाई सन् १९८४ को सुरुमा गोप्य दस्तावेजहरू उपलब्ध गराएको आरोपमा पक्राउ परेपछि इजरायली–अमेरिकी सम्बन्ध लामो समयसम्म बिग्रेको थियो जुन दुवै पक्षको लागि निकै पीडादायी थियो । यो घटनाले अमेरिकी गुप्तचर एजेन्सीको क्षमता कमाजोर रहेको उजागर ग¥यो । स्वाभाविकरूपमा सीआईए र रक्षा विभागको गोप्यताको विश्वसनियतामाथि ठूलो क्षति पुग्यो । मित्र राष्ट्र इजरायल सरकारलाई अवैधरूपमा गोप्य दस्तावेज उपलब्ध गराएको मुद्दामा दोषी प्रमाणित भएपछि पोलार्डले जेलमा तीन दशक बिताए जुन एक अमेरिकीको लागि सबैभन्दा लामो कारावासको सजाय हो ।

पोलार्डको इजरायल बहिर्गमनलाई सहज बनाउने विषयमा अमेरिकी राष्ट्रिय सुरक्षा अधिकारीहरूले लामो समयदेखि आपत्ति जनाएका थिए र त्यसले अमेरिकी गुप्तचरलाई कतिसम्म क्षति पु¥याएको रहेछ भन्ने देखाउँछ । पूर्वसीआईए प्रमुखहरू त यसको विरोधमै थिए । तर, खुफिया अफिसरहरूका आपत्तिहरू समयसँगै नरम हुँदै गयो र पोलार्डले उनको गल्तीको सजाय पाइसक्यो भन्ने धारणा विकसित हुँदै जाँदा पोलार्डको इजरायल बसोबास सम्भव भएको हो ।
यहुदीको नाताले इजरायलको लागि पोलार्डले राम्रै गरेका थिए । इजरायलमा दक्षिणपन्थीका कतिपयले पोलार्ड आफ्नो भाग्य त्यागेका एक राष्ट्रिय नायक भएको मान्छन् । इजरायलीहरू अमेरिकाले लामो जेल सजाय दिएर पोलार्डमाथि अन्याय गरको ठान्छन् । तर, कसै कसैले उनलाई पैसाको लागि अमेरिकी गोप्य दस्तावेज बेचेको आरोप पनि लगाउँछन् । त्यसैगरी पोलार्डकै कारण यहुदीहरूको बफादारीमाथि अचानक प्रश्न खडा हुँदा अमेरिकी सरकारमा रहेका यहूदीहरूका लागि ठूलो समस्या खडा भएको भनेर इजरायलीहरू महसुस गर्छन् । हुन पनि अमेरिकी सरकारको महत्वपूर्ण पदहरूमा यहुदीहरूको उल्लेखनीय सङ्ख्या छ । त्यसकारण अमेरिकी विदेश नीति यहुदी मैत्री हुने गरेको देखिन्छ ।
हाम्रै प्रसङ्ग
अमेरिका र इजरायलबीचको जासुसी प्रसङ्ग नेपाल र भारतबीचको सन्दर्भसँग जोड्न सकिन्छ । जब जब नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेप हुन्छ, ती सबै कार्यमा भारतीय जासुसी सस्था ‘रअ’ ९च्भकभबचअज ब्लबथिकष्क ध्ष्लनक, च्ब्ध्० को भूमिका रहेको कुरा सबैले बुझेका छन् । यस कुरालाई सबैले स्वीकार्नैपर्छ कि सबै राष्ट्रको आ–आफ्नो जासुसी संस्थाको धर्म नै विदेशीहरूको गतिविधिलाई नजिकबाट नियाल्नु र त्यसको जानकारी आफ्नो सरकारलाई दिनु । यति हुँदाहुँदै पनि यदि कुनै पनि विदेशी राष्ट्रको जासुसी निकायले आफ्नो देशको गोप्य दस्तावेज हात पार्न खोजेको कुरा खुल्न आयो भने ती विदेशी गुप्तचरमाथि आफ्नो देशको कानुनअनुसार कडा कारबाही हुन्छ । हालैमात्र एक भारतीय जादव भन्ने व्यक्ति पाकिस्तानमा जासुुसी गरेको आरोपमा मृत्यु दण्डको मुद्दा खेपिरहेको उदाहरण छ । तर, हाम्रो नेपालमात्र यस्तो देश हो जहाँ विदेशी गुप्तचरहरू खुलमखुला आफ्नो काम गरिरहेका हुन्छन् । उनीहरूलाई पक्राउको कुनै डर छैन । गोप्य तरिकाले होइन खुलमखुला रक्षा क्षेत्र, परराष्ट्र क्षेत्रदेखि समग्र प्रशासनिक क्षेत्रमा जासुुुसी गरिरहेको मात्र होइन देशका सरकार प्रमुखदेखि प्रतिपक्ष नेताहरूसँग समेत भेट गरिरहेका हुन्छन् । तर, हामीले कुनै पनि विदेशी गुप्तचरलाई जासुसी गरेको आरोपमा पक्रियो भन्ने समाचार कहिल्यै सुनेका छैनौँ । यहाँ त सतारूढ पार्टीका अध्यक्षद्वय प्रचण्डको वेडरुमसम्म भारतीय जासुस पुगेको छ भने प्रधानमन्त्री ओलीसँग गोप्य भेटर्वार्ता भएको कुरा बाहिर आउँछ । उल्लेखनीय कुरा प्रभावकारी भूमिकाको अभावले गर्दा नेपालमा पनि ‘राष्ट्रिय अनुसन्धान विभाग’ नामक जासुसी संस्था छ भन्ने कुरा पनि धेरैलाई याद नभएको हुनसक्छ । जति नै भारत नेपालको नजिकको मित्र राष्ट्र भए पनि बिना मोलाइजा अमेरिकी गुप्तचरले इजरायली गुप्तचरलाई जस्तै नेपाली गुप्तचरहरूले देशभित्र बसेर भारतको लागि गोप्य दस्तावेज उपलब्ध गराई भारतीय दूतावासबाट तलब खाने गुप्तचरहरूलाई सतहमा ल्याई कारबाही गरेमा नेपाली गुप्तचर संस्था ‘राष्ट्रिय अनुसन्धान विभाग’ को कार्य दक्षता प्रमाणित भई नेपाल राज्यको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनताको रक्षा, राष्ट्रिय सुरक्षाको प्रवद्र्धन एवं संवद्र्धन हुने छ ।
(विभिन्न समाचार एजेन्सीको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *