भर्खरै :

ट्रम्प उपद्रवको आन्तर्य

गएको जनवरी ६ मा संरा अमेरिकी संसद् भवन क्यापिटोलमा भएको उपद्रवलाई गलत हिसाबले बुझिएको छ । यो घटनाबाट ताजुब भएर संसद्का सदस्यहरूले वक्तव्य बाजी गरेका छन् । त्यस्ता वक्तव्यहरूमा अमेरिकालाई उपद्रवको देश होइन, कानुनको राष्ट्र भएको व्याख्या गरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्साहटमा भएको उपद्रवलाई केही नयाँ कुरा मानिएको छ । तर, खासमा यो कुनै नयाँ कुरा होइन । संरा अमेरिकामा धनी गोरा अमेरिकीहरूको हितमा गोरा राजनीतिक नेताहरूले यस्ता हुलको हिंसा गरेका धेरै उदाहरण छन् । यो पटकको अस्वाभाविक कुरा के हो भने यसपालिका सामान्यतः पीडित बन्ने गरेको विभिन्न अन्य समुदायका मानिसहरूभन्दा गोरा राजनीतिक नेताहरूको विरोधमा गोरा मानिसहरू नै उपद्रवमा सामेल भएका छन् ।
निःसन्देह यो उपद्रवको परिस्थिति ज्यादै संवदेनशील छ । यसको उद्देश्य भनेको सत्ताको शान्तिपूर्ण हस्तान्तरण रोक्न संसदलाई तर्साउनु थियो । यो देशद्रोह हो र भीडलाई उक्साएको अभियोगमा ट्रम्पमाथि फौजदारी मुद्दा लगाइनुपर्छ ।

अमेरिकाको गोरा हिंसात्मक भीडतन्त्र र त्यहाँको बन्दुक संस्कृति एक अर्कासँग अन्योन्यास्रित रूपमा गाँसिएको छ । संरा अमेरिकामा करोडौँको सङ्ख्यामा निजी हातहतियारहरू छन् । तीमध्ये धेरै अंश गोराहरूको स्वामित्वमा छन् । ‘लोडेडः अ डिसआर्मिङ हिस्ट्री अफ द सेकेन्ड अमेन्डमेन्ट’ पुस्तकमा इतिहासकार रोजान डुन्बर–ओर्टिजले काला र आदिबासी अमेरिकीहरूलाई दबाउन घुसपैठिया गोरा भीडले ‘बन्दुक अधिकार’ को दुरूपयोग गर्ने गरेको लेखेका छन् ।

विगतमा गोराहरूको पुरानो घृणाको कारण यस्ता हिंसात्मक गतिविधि हुने गथ्र्यो । जस्तै मतदानमा सहभागी बन्न खोजिरहेका, सार्वजनिक सवारी साधन, टोल–छिमेकमा, चमेना गृहमा र विद्यालयमा विभेदपूर्ण व्यवहारको विरोध गर्दा अफ्रिकी–अमेरिकीहरू, आफ्नो शिकार भूमि र प्राकृतिक स्रोतको रक्षा गर्दा आदिवासी अमेरिकीहरू, आफ्नो कामको सुरक्षा खोज्दा मेक्सिकाली कृषि मजदुरहरू, रेलमार्ग र खानीमा काम गर्ने चिनियाँ आप्रवासी मजदुरहरूमाथि गोराहरूको हिंसा हुँदै आएको थियो । उन्नाइसौँ शताब्दीमा अमेरिकाका राष्ट्रपति एन्ड्रयु ज्याक्सनदेखि सीमारक्षक किट कार्लसनसम्म र बीसौँ शताब्दीमा अलाबामाका गर्भनर जर्ज वालेसबाट यी समुदायका मानिसहरूलाई निशाना बनाउँदै आएका थिए ।
इतिहासको यो प्रकाशमा हेर्दा क्यापिटोलमा ओइरिएका आक्रोशित ‘असल बुढा केटाहरू’ को अनुहार परिचित नै हो । उपद्रव उछाल्न दिएको भाषणमा ट्रम्पले अमेरिकालाई ‘जोगाउन’ यसो गर्नुपर्ने तर्क गरेका थिए । ‘लुरे नेताहरूलाई पाखा लगाऔँ । यो समय भनेको बलशालीको हो”, पुरानै राग अलाप्दै ट्रम्पले भने । “उनीहरू तपाईंका केटाकेटीलाई पनि विद्यालयमा त्यस्ता कुरा घोकाउँदै छन्, जो उनीहरू हुँदै होइनन् । उनीहरू तपाईंका केटाकेटीलाई आफ्नो कुरा घोकाउन खोजिरहेका छन् । यो हाम्रो लोकतन्त्रमाथिको विस्तृत हमलाकै हिस्सा हो”, ट्रम्पले भाषणमा भनेका थिए ।
अमेरिकी इतिहासमा अधिकांश हिंसात्मक भीडतन्त्र जनताको स्तरमा बिना कुनै योजना विस्फोट हुने गरेको थियो । कोही गोरा नेताले निम्न तहका गोराहरूभित्र भय, घृणा र उपेक्षाको कुरा उछालेर माथिल्लो तहबाट यस्तो हिंसा थोपिएको थिएन । इतिहासकार हिथर कोक्स रिचर्डसनले आफ्नो नयाँ पुस्तक ‘हाउ दि साउथ वन द सिभिल वार’ मा विभिन्न थरी हिंसात्मक भीडतन्त्रले एक सय पचास वर्षभन्दा लामो समयसम्म सोपानमा आधारित अमेरिकी समाजलाई जोगाउन अमेरिकी उच्च वर्गलाई ठुलो मद्दत गरेको छ ।
अमेरिकाको गोरा हिंसात्मक भीडतन्त्र र त्यहाँको बन्दुक संस्कृति एक अर्कासँग अन्योन्यास्रित रूपमा गाँसिएको छ । संरा अमेरिकामा करोडौँको सङ्ख्यामा निजी हातहतियारहरू छन् । तीमध्ये धेरै अंश गोराहरूको स्वामित्वमा छन् । ‘लोडेडः अ डिसआर्मिङ हिस्ट्री अफ द सेकेन्ड अमेन्डमेन्ट’ पुस्तकमा इतिहासकार रोजान डुन्बर–ओर्टिजले काला र आदिबासी अमेरिकीहरूलाई दबाउन घुसपैठिया गोरा भीडले ‘बन्दुक अधिकार’ को दुरूपयोग गर्ने गरेको लेखेका छन् ।
विभिन्न समुदायका मानिसहरूका दुःखलाई धनी गोरा मानिसहरूले यस्ता हिंसात्मक भीडतन्त्र उछालेर विषयान्तर गर्ने गरेका छन् । यो नीतिलाई ट्रम्पको रणनीतिक भन्न मिल्दैन । यो त अमेरिकी राजनीतिको हातेपुस्तिकामा भएको निकै पुरानो चलाखी मात्र हो । प्रतिगामी कर कटौती गरेर धनीलाई खुशी बनाउनु छ भने के गर्ने ? सजिलो छ । आर्थिकरूपमा विपन्न गोरा समुदायका अमेरिकी जनतालाई काला, मुसलमान र आप्रवासीहरू समाजवादी व्यवस्था ल्याउन अमेरिका आएको हल्ला फैलाइदिने ।
आफ्नो कार्यकालभर ट्रम्पले स्पष्टतः यही काम त गरे । उनी राष्ट्रपति नभए अमेरिकीहरूले ‘चिनियाँ भाषा सिक्नुपर्ने छ’ भनी हल्ला फैलाए । आफ्ना चुनावी सभाहरूमा उनी झन्डै नियमितजस्तै अमेरिकी संविधानको दोस्रो संशोधनको कुरा उठाउँछन् र गैरगोरा समुदायको भत्र्सना गर्छन् । उनी संसद सदस्यहरूलाई समेत ‘पूर्णतः विखण्डित र अपराधले भरिएको आफ्नो देशमा फर्किन’ भन्छन् । उनी आफ्ना समर्थकहरूलाई विपक्षी प्रदर्शनहरूमाथि कुटपिट गर्न उक्साउँछन् । विपक्षीहरूलाई जुलुसहरूबाट मात्र होइन, देशबाटै बाहिर फालिदिन आह्वान गर्छन् । उनी गोरा अहङ्कारवादीहरूलाई ‘सबभन्दा अब्बल मानिस’ भनी प्रशंसा गर्छन् । क्यापिटोलमा आफ्नो नाम भएको झण्डा फहरिरहेको बेला उनी भन्छन्,“हामी तपाईंहरूलाई प्रेम गर्छौँ । तपाईंहरू विशेष हुनुहुन्छ ।”
जनवरी ६ को घटना हुनुअघिसम्म रिपब्लिकन पार्टीले ट्रम्प र उनको राजनीतिलाई पूर्णतः समर्थन गर्दै आएको थियो । तर, ट्रम्पप्रति रिपब्लिकन पार्टीका नेताहरूको अनुरागले पार्टीको साङ्गठनिक आधारमा मात्र क्षति पु¥याएको छैन । ट्रम्पको तोकिएको जिम्मेवारी प्रस्ट छन्ः न्यायपालिकालाई बिथोल्ने, कर्पोरेसन र धनीहरूमाथि लाग्ने कर कटौती गर्ने, सामाजिक क्षेत्र र वातावरणीय मुद्दामा संलग्नताबाट पछि हट्ने अनि अनुशासनहीन भीडलाई ‘समाजवाद’ को लागि लड्दै गरेका मानिस भनी भ्रम फैलाउने ।
जनवरी ६ को घटना असामान्य घटना बन्यो किनभने गोरा जनता गोरा नेताहरूकै विरोधमा उपद्रवमा उत्रे । यो अस्वीकार्य पक्कै थियो, तर अनपेक्षित भने पक्कै थिएन । ट्रम्पले आफ्ना समर्थकहरूलाई बारम्बार अमेरिका हार्दै गरेको भनिरहेका थिए । त्यही पृष्ठभूमिमा जर्जियामा रिपब्लिकन दलले दुई वटा स्थानमा हार व्यहोर्नुप¥यो । एउटा स्थानमा अफ्रिकी अमेरिकीले र अर्को यहुदी उम्मेदवारले जीत हासिल ग¥यो । यसले ट्रम्प समर्थकहरूको कन्सिरी नराम्ररी तातेको देखियो ।
ट्रम्पको जातिवाद असामान्य रूपमा क्रुर हुनसक्छ । तर, उनको यो सोचाइ भने रिपब्लिकन पार्टीले लामो समयदेखि बोक्दै आएको व्यवहारकै सिलसिलामात्र हो । सन् १९६८ मा भएको चुनावमा रिपब्लिकन पार्टीले अङ्गालेको ‘दक्षिणी रणनीति’ कै प्रतिच्छाया अहिले ट्रम्पको सोचाइमा परेको हो । सन् १९६८ नागरिक अधिकारको आन्दोलन उठ्दै गरेको समय थियो । गत वर्षसम्म ट्रम्पले आफ्नो पार्टीका धनी चन्दादाता, मालिक र व्यापारीहरूबाट काम पाएका थिए । सन् २०२० को चुनावमा उनी पछारिए । उनले चुनाव हार्नु नै थियो । तर, उनी अन्य समुदायमा मानिसहरूप्रति अति जातिवादी भएको कारण भन्दा पनि प्राणघातक महामारीप्रति उनको बेवास्ता र अक्षमताको कारण यस्तो स्थिति बनेको हो ।
इतिहासको यो विशाल छलाङमा अमेरिका जातिवादको आफ्नो विगततिर फर्किरहेको छ । गोरा हिंसात्मक भीडतन्त्रमा अमेरिका फर्किरहेको छ । बाराक ओबामा दुई पटक राष्ट्रपति निर्वाचित भए । सन् २०१६ मा राष्ट्रपति पदमा निर्वाचित हुँदा ट्रम्पले उनका प्रतिद्वन्द्वीको तुलनामा कम मत पाए । उपराष्ट्रपति पदमा कमला हरिसले पाएको मत र यो साता जर्जियामा भएको सिनेट निर्वाचनमा प्राप्त मतको तुलना गर्दा अमेरिका क्रमशः गोरा अल्पतन्त्री शासनतिर अघि बढ्दै गरेको भेउ पाउन सकिन्छ । सन् २०४५ सम्ममा जनसङ्ख्याको झन्डै आधा मात्र गैरहिस्पानिक गोराहरू हुनेछन् । सन् १९७० मा उनीहरूको जनसङ्ख्या झन्डै ८३ प्रतिशत थियो । यही गतिमा अघि बढ्दा अमेरिका ‘बहुमतबाट अल्पमत’ देश बन्दै छ । सन् २०६० सम्ममा गैरहिस्पापेनिक गोराहरूको जनसङ्ख्या झण्डै ४४ प्रतिशत मात्र हुनेछ ।
अघिल्लो पुस्ताको तुलनामा युवा अमेरिकीहरू जातिवादको विषयमा बढी सजग छन् । यसका धेरै कारण छन् । क्यापिटोलमा ट्रम्प पक्षधरहरूको उपद्रव नमिठो लाग्न सक्छ । तर, यसलाई आत्तिएका मानिसहरूको कमजोर अन्तिम श्वासको रूपमा लिन सकिन्छ । सौभाग्यवश, अमेरिकामा जातिवादी गोरा शासन क्रमशः खुइलिंदै छ । यसको गति निकै धिमा छ । तर, त्यो त्यही दिशातिर गइरहेको छ ।
(लेखक कोलोम्बिया विश्वविद्यालयको दिगो विकास र स्वास्थ्य नीति तथा व्यवस्थापनका प्राध्यापक हुनुहुन्छ ।)
स्रोत : प्रोजेक्ट सिन्डिकेट
नेपाली अनुवाद : हरि

Leave a Reply

Your email address will not be published. Required fields are marked *