भर्खरै :

पृथ्वीनारायण शाहको मूल्याङ्कनः इतिहास बुझाइका दुई कोण

पृथ्वीनारायण शाहबारे नेपालमा दुई थरी अतिवादी धारणा हावी छन् । एक थरी इतिहासकारहरू पृथ्वीनारायणले झन्डै ५० वटा स–साना राज्यहरूलाई मिलाएर नेपालको ‘एकीकरण’ गरेको मान्यता राख्छन् । उनीहरू पृथ्वीनारायणबाट ‘एकीकरण’ भएकैले नेपाल एउटा सार्वभौम देशको रूपमा अलग अस्तित्व जोगाउन सक्षम भएको मत राख्छन् । कदाचित एकीकरण नभएको हुँदो हो त नेपाल पनि छिमेकी देश भारतका रजौटाहरूजस्तै बेलायतको उपनिवेश हुने यो थरी इतिहासकारहरूको बलियो विश्वास छ । त्यसकारण, उनीहरूले पृथ्वीनारायण शाहलाई ‘नेपालको राष्ट्रनिर्माता’ मान्ने गरेका छन् । पृथ्वीनारायणको निधनपछि झन्डै २३२ वर्ष उनका सन्ततिले देशमा शासन चलाए । त्यसकारण, यो अवधिमा उनको लगातार गुणगानमात्र गाइएन । बरु, पृथ्वीनारायण र शाहवंशमाथि औँला उठाउन पनि निषेध गरियो । शाहवंशको विरोधमा झिनोमात्र आवाज उठ्दा पनि राज्यको कोपभाजनमा पर्ने अवस्था बन्यो । यो कालखण्डमा लेखिएको इतिहासमा पृथ्वीनारायणका योगदान र सकारात्मक चर्चामात्र भयो । उनको व्यक्तित्वको आलोचनात्मक पाटो या त प्रकाशमै ल्याइएन अथवा दबाइयो ।
नेपाली समाजमा वाक् तथा प्रकाशन स्वतन्त्रता बलियो बन्दै गएसँगै नेपालको इतिहासको आलोचनात्मक पाटोको पनि खोजी हुन थाल्यो । भक्ति र गुणगानमा सीमित इतिहासको छोपिएको पाटोमाथि पनि अनुसन्धान हुन थाल्यो । यही सिलसिलामा अर्काथरी इतिहासकारहरूले आफ्ना अध्ययनका निष्कर्ष पनि लेख्न र बोल्न थाले । यो थरी इतिहासकारहरूले ‘एकीकरण’ को नाममा पृथ्वीनारायण शाहले तत्कालीन विभिन्न राज्यका शासक र जनतामाथि गरेको अत्याचार, जालझेल र हिंसाका घटना प्रकाशमा ल्याए ।

पृथ्वीनारायण शाह


विद्यालयका पाठ्यपुस्तकदेखि विश्वविद्यालयको अनुसन्धानसम्म ‘राष्ट्रनिर्माता’ को एकछत्र छवि बनाएका पृथ्वीनारायणबारे यस्ता पाटा बाहिर आउनुले इतिहासको अध्ययनमात्र होइन, पठन पनि आलोचनात्मक बन्दै गयो । २०४६ सालपछिको खुकुलो राजनीतिक व्यवस्थाले इतिहासकारहरू पनि आफ्नो कलम निसङ्कोच चलाउन थाले । इतिहासकार टीआर वैद्यले लेख्नुभएको छ, “आधुनिक नेपालको इतिहाससम्बन्धी पुस्तकको कुनै कमी छैन । तर, ती अधिकांश पुस्तकहरू प्रजातन्त्र पुनःस्थापना अर्थात् सन् १९९० अघि (जतिबेला नेपाली विद्वानहरूसँग पूर्ण प्राज्ञिक स्वतन्त्रता थिएन) लेखिए । तत्कालीन राजनीतिक व्यवस्थाको कारण इतिहासकारहरू स्वतन्त्र थिएनन् । उनीहरू या त धेरै समर्थनमा थिए अथवा धेरै पूर्वाग्रही ।” (एडभान्स हिस्ट्री अफ नेपाल–एडुकेसनल पब्लिसिङ हाउस)
पृथ्वीनारायणप्रति प्रश्न नै उठाउन नहुने र पृथ्वीनारायणको खेदोमात्र खन्ने इतिहास अध्ययनका यी दुई कोणले पाठकलाई इतिहासको वस्तुगत अध्ययन र निष्कर्षमा पु¥याउने छैन । इतिहासलाई जित्नेको घोडामात्र बनाउनु र ऐतिहासिक पात्रलाई निरपेक्ष बुझ्न खोज्नु पनि गलत हो । पृथ्वीनारायणबारेको अध्ययन पनि यही जगमा उभिन आवश्यक छ ।
‘एकीकरण’ को भाष्य
पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेका थिए वा थिएनन् ? यो लामो समयदेखि बहस, विवाद र तर्क–वितर्क हुँदै आएको प्रश्न हो । गोरखाभन्दा पश्चिम गण्डक क्षेत्रमा २२, कर्णाली क्षेत्रमा २४, तीन वटा सेनावंशी राज्य, काठमाडौँ उपत्यकाभित्रका तीन मल्ल राज्य गरी ५० भन्दा बढी राज्यलाई आफ्नो राज्यमा गाभेर पृथ्वीनारायणले नेपाललाई बलियो राज्यको रूपमा एकीकरण गरी विदेशीको उपनिवेश हुनबाट जोगाएको तर्क इतिहासकारहरू गर्छन् । के वास्तवमै उनले यसरी विदेशी (बेलायती) उपनिवेशवादको छनक पाएर नै ‘एकीकरण अभियान’ थालेका थिए अथवा ‘एकीकरणको भाष्य’ पछि मात्र रचिएको भाष्य थियो ?
मकवानपुरबाट जेठानसँग झगडा गरेर गोरखा फर्किने क्रममा चन्द्रागिरीको डाँडोबाट नेपाल उपत्यकाका तीन राज्यहरू कान्तिपुर, पाटन र भादगाउँको आकर्षक दृश्य देखेपछि उनलाई नेपालको राजा बन्न हुटहुटी जागेको थियो । “…स्वास्नी लिन ससुराली राज्य मकवानपुर जाँदा त्यहाँका गडबडी उठी भागेर फर्कंदा चन्द्रागिरीको डाँडाबाट नेपाल उपत्यकाको सुन्दर रमणीय दृश्य देख्दा उनलाई ती राज्यहरू जित्ने इच्छा पैदा भयो ।” (दिव्य उपदेश÷केही ऐतिहासिक निबन्धहरू–चित्तरञ्जन नेपाली)

तिनताक गोरखाली सिपाहीलाई युद्ध जिते जितेको राज्यमा जग्गाजमिन दिने चलन थियो । शासकलाई राज्य र सिपाहीलाई जमिनको लोभ थियो । विजित राज्यहरूको कमजोर सेना र राजनीतिक विभाजनको पनि गोरखाली सेनाहरूले भरमार फाइदा उठाए । आफूले जित्न चाहेको राज्यमा गुप्तचरको प्रयोग, शासकहरूबीच विभाजन, घेराबन्दी, आर्थिक नाकाबन्दी आदि कूटनीति र युद्धनीतिको कारण गोरखालीहरू एकपछि अर्का राज्य जित्न सफल भए । तर, न राजा, न प्रजा न सिपाहीमा नै यस्ता हमलाको बृहत् आयामबारे हेक्का थियो । एउटा बलियो राज्य बनाएर बेलायती साम्राज्यवादबाट देशलाई जोगाउन तहको चेतना त्यत्तिबेला भएको इतिहासमा चर्चा पाइन्न । कान्तिपुर वा कुनै पनि विजित राज्यको लागि गोरखा पनि तत्कालीन अवस्थामा विदेश नै थियो ।

गण्डक क्षेत्रको सबभन्दा कान्छो राज्य गोरखा आर्थिक, सांस्कृतिक र राजनीतिकरूपमा कमजोर राज्य थियो । लमजुङका राजा यशोब्रह्म शाहका कान्छो छोरा द्रव्य शाहले मगरहरूसँग लिगलिगकोटको दौड ‘जितेर’ अलग गोरखा राज्य बनाएका थिए । तर, उब्जनी जग्गाजमिन, खानी, व्यापारिक नाकाहरू केही नभएको राज्य भएकोले गोरखा उपेक्षित र गरिब थियो । पूर्वमा शक्तिशाली कान्तिपुर राज्य र पश्चिममा अर्को बलियो राज्य लमजुङबीच कैदीजस्तो बनेको गोरखाका शासकहरू देशको समृद्धि त परको कुरा दरबार चलाउनसमेत प्रजासँग ऋणपान गर्नुपर्ने बाध्यात्मक अवस्थामा थिए । गोरखाका राजा राम शाहले गोरखालाई अघि बढाउने प्रयत्नस्वरुप उत्तरी गोरखाका केही राज्यहरूमाथि कब्जा जमाएका थिए । पाटनबाट नेवार व्यापारीहरू गोरखामा लगी व्यापार व्यवसायमा केही प्रगति गर्ने प्रयास पनि भएको थियो । पृथ्वीका पिता नरभुपाल शाहले तिब्बतसँगको व्यापार गर्ने बाटो खोल्ने हेतुले कान्तिपुरको नियन्त्रणमा रहेको नुवाकोटमा पनि हमला गरेका थिए । तर, उनी सफल भएनन् । पृथ्वीभन्दा अघिका गोरखाका राजाहरूका यस्ता गतिविधिले आफ्नो राज्यलाई धनी बनाउने गोरखाली राजाहरूको हुटहुटी प्रस्ट हुन्छ । अर्थात्, गोरखा राज्यलाई विस्तार गर्ने र धनी बनाउने महत्वाकाङ्क्षा पृथ्वीनारायणमा अनायास पलाएको थिएन, उनीभन्दा अघिका पुर्खाले नै उनमा यस्तो महत्वाकाङ्क्षा भरिदिएको थियो । मामाघर र ससुरालीमा भोग्नुपरेको अपमान र विभेदले उनीभित्रको यो भावनामा आगोमा घ्यू थपेको मात्र थियो ।
गोरखा दरबारसँग कि गरिब र उपेक्षित राज्य भएर बस्नुपर्ने अथवा अरू राज्यमाथि जाई लागी जितेर धनी बन्ने आफ्नो महत्वाकाङ्क्षा पूरा गर्नु दुई विकल्पमात्र थिए । पृथ्वीनारायण गोरखाको राजा बन्दा उनी भर्खर २०–२१ वर्षका युवक थिए । राज्याभिषेक गर्नुअघि नै उनी गोरखाको राजकाजमा सक्रिय थिए । गोरखाको राजा बन्नुअघि नै उनले त्यत्तिबेलाका समृद्ध र बलियामध्येका राज्यहरू कान्तिपुर, भादगाउँ, मकवानपुर आदि राज्यको भ्रमण गरिसकेका थिए । त्यसकारण, ती राज्यहरूको समृद्धि र आफ्नो गोरखा राज्यको पछौटेपनाबारे उनलाई राम्रो हेक्का थियो । त्यस अवस्थामा युवावयमा पाइला चाल्दै गरेका युवक राजामा राज्य विस्तारको महत्वाकाङ्क्षा बढ्नु स्वाभाविक थियो ।
राज्य विस्तारको निम्ति उनलाई हातहतियारको आवश्यकता थियो । हातहतियार किन्न उनी बनारस गए । बनारसबाट हातहतियार लिएर आई उनले गोरखा राज्यको विस्तार थाले । तर, यी सबै क्रियाकलापमा नेपाल एकीकरणको कुनै सम्बन्ध नै थिएन । ‘गर वा मर’ को अवस्थाको मोडमा परेको गोरखा राज्य विस्तार गर्नु नै उनको लक्ष्य थियो । विभाजित मल्ल शासकहरूको विभाजित मनोदशा र विशेषतः कान्तिपुरको अस्थिर राजनीतिक अवस्थाको फाइदा उठाउँदै गोरखाले हमला थाल्यो । भीरपाखामा आधा पेट खान बाध्य विपन्न गोरखाली जनतालाई जमिन र ऐश पाइने भएकोले लडाइँमा होमिए । ‘जिते हस्तीनापुरमा राज, हारे चपरीमुनिको बास’ को मनोदशामा थिए–गोरखाका राजा र प्रजा ।
तिनताक गोरखाली सिपाहीलाई युद्ध जिते जितेको राज्यमा जग्गाजमिन दिने चलन थियो । शासकलाई राज्य र सिपाहीलाई जमिनको लोभ थियो । विजित राज्यहरूको कमजोर सेना र राजनीतिक विभाजनको पनि गोरखाली सेनाहरूले भरमार फाइदा उठाए । आफूले जित्न चाहेको राज्यमा गुप्तचरको प्रयोग, शासकहरूबीच विभाजन, घेराबन्दी, आर्थिक नाकाबन्दी आदि कूटनीति र युद्धनीतिको कारण गोरखालीहरू एकपछि अर्का राज्य जित्न सफल भए । तर, न राजा, न प्रजा न सिपाहीमा नै यस्ता हमलाको बृहत् आयामबारे हेक्का थियो । एउटा बलियो राज्य बनाएर बेलायती साम्राज्यवादबाट देशलाई जोगाउन तहको चेतना त्यत्तिबेला भएको इतिहासमा चर्चा पाइन्न । कान्तिपुर वा कुनै पनि विजित राज्यको लागि गोरखा पनि तत्कालीन अवस्थामा विदेश नै थियो । गोरखा वा अन्य कुनै पनि देशबाट भएको हमला वा कम्पनी सरकारको हमलाबीच विजित देशको निम्ति खास अन्तर थिएन । भन्नुको तात्पर्य, पृथ्वीनारायणले जे गरे, अक्करमा परेको गोरखा राज्यको विस्तारमात्र थियो, त्यो साम्राज्यवादी शक्तिसँग लड्ने बृहत् राजनीतिक र सैनिक अभियान थिएन । नेपाल नामको देश बनाउने बृहत् अभियान पनि थिएन । एकीकरणको भाष्य समयान्तरमा बनाइएको भाष्यमा थियो । एकीकरणको भाष्यमा रुझान राख्ने जो कोहीको लागि भने यो बुझाइ असजिलो लाग्न सक्छ ।
निर्ममता
केही इतिहासकारहरू पृथ्वीनारायण शाहले विजित राज्यका जनतालाई पनि चित्त बुझाउन र संस्कृति अङ्गीकार गरेको लेखेको पाइन्छ । इतिहासकार चित्तरञ्जन नेपालीले लेखेका छन्, “कान्तिपुर, ललितपुर र भक्तपुरमाथि विजयी भएर पनि त्यस ठाउँको संस्कृति, साहित्य र कलालाई अपनाउन सक्ने उदारता नभएको भए या त्यसको अस्तित्वलाई बुझेर मान्न नसकेको भए पनि वर्तमान नेपालको निर्माण हुनसक्दैनथ्यो होला । किनभने सांस्कृतिक धरातलबिनाको जगमा कुनै पनि राष्ट्र भवन उठ्न सक्दैन । यसर्थ श्री ५ पृथ्वीनारायण शाह विजेतामात्र थिएनन् कि निर्माता पनि थिए ।” (केही ऐतिहासिक निबन्धहरू–नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान)
नेपालीको यो भनाइले पृथ्वीनारायण आफूले जितेका राज्यका नागरिकप्रति समेत सहृदयी भएको भान पर्छ । उनले ‘राष्ट्रिय एकीकरण’ गरेको हुनाले जितेका राज्यका शासक र नागरिकलाई समेत यस्तो सद्व्यवहार गरेको उनको आशय देखिन्छ । गोरखाको राजा भएर शाहले आफूले जितेको राज्य कान्तिपुरलाई राजधानी बनाउनुलाई पनि उनको विशाल सोचको फल भनिएको छ । तर, के वास्तवमा पृथ्वीनारायण शाह केही इतिहासकारहरूले भनेजस्तै आफूले जितेका राज्यका शासक र प्रजाप्रति सद्गुणी थिए ? राष्ट्र एकीकरणमा पृथ्वीनारायण लागेको भन्नुको अर्थ उनले गोरखाबाहेकका अन्य राज्यका प्रजालाई पनि आफ्नो प्रजा मानेको अर्थ लाग्छ । के उनले अन्य राज्यका प्रजालाई पनि आफ्नो प्रजाको रूपमा व्यवहार गरेका थिए ?
इतिहासका पाना पल्टाएर हेर्दा हामीलाई यो निष्कर्षमा पुग्न सजिलो छैन । मल्ल राज्यहरूलाई गोरखाले हातहतियारकै बलमा मात्र जितेको थिएन । सुरुमा कान्तिपुरमाथि कब्जा जमाउन पृथ्वीनारायणले लामो समय आर्थिक नाकाबन्दी थोपरेका थिए । कान्तिपुर राज्यमा प्रवेश गर्ने सबै नाकालाई पूर्णतः बन्द गरी जनतालाई भोकै पार्ने चालबाजी उनले गरेका थिए । आफूले लगाएको अन्न खेतबाट उठाउन गएका किसानहरूलाई समेत कुटपिट गर्ने, मार्नेजस्ता काम गोरखाली राजाबाट भएको थियो । पाटनका प्रधानहरू लामो समयको नाकाबन्दीको भार सहन नसकेपछि गोरखाकै सहारा लिन पुगेका थिए । पृथ्वीनारायणका भाइ दलमर्दन शाह केही समय पाटनका राजा बनेका थिए ।

यो लेखको मूल ध्येय भने पृथ्वीनारायणलाई ‘राष्ट्र निर्माता’ वा ‘एकीकरणकर्ता’ भन्नु उपयुक्त हो वा होइन भन्ने बहसमा केही मत राख्नु हो । इतिहासलाई संस्थापनको पूर्वाग्रह र भक्तिरसबाट मुक्त गर्न सकेमात्र इतिहासले दुई खुट्टाले भुइँमा टेक्न सक्छ । पृथ्वीनारायणप्रति अतिरञ्जनापूर्ण र नभएका विशेषण जोड्दैमा उनीप्रतिको सम्मान वा देशभक्ति हुनसक्दैन । उनको योगदानलाई आजको सन्दर्भमा होइन, उनकै समयको सापेक्षमा मूल्याङ्कन गर्न जरुरी छ । कसैको झूटो प्रशंसा गर्नु अपमान हो ।

गोरखाली सेनाले नेपाल उपत्यकाका जनतामाथिको अत्याचारबारे त्यत्तिबेला पाटनमा बस्दै आएका फादर गुसेपले यस्तो लेखेका छन्, “बलको आधारमा नेपाल उपत्यका लिन नसकेपछि गोरखाका राजाले त्यहाँ भोकमरी सिर्जना गरेर आफ्नो काम फत्ते गर्न खोजे । नेपालसँग सबै सम्पर्क विच्छेद गर्न उपत्यका पस्ने सबै नाकामा गोरखाली सिपाहीं तैनाथ गरिएको थियो । यसरी नाका–नाकामा बसेका गोरखाली सेनाले थोरै नुन वा कपास बोकेर आएका मानिसहरूलाई समेत रुखमा झुन्ड्याएको थियो । नेपाल उपत्यकाका बासिन्दाको लागि थोरै कपासमात्र ल्याउने वरपरका गाउँका मानिसहरूलाई निकै क्रुरतापूर्वक गोरखाका राजाले मार्न लगाएका थिए । महिला र केटाकेटीले समेत त्राण पाएका थिएनन् । सन् १७६९ को सुरुमा म त्यो देशमा पुग्दा मैले ज्यादै भयानक दृश्य देखेँ । मानिसहरू सडकमा रुख–रुखमा झुन्ड्याएका थिए ।” (एकाउन्ट अफ द किङडम अफ नेपाल, फादर गुसेप–रत्न पुस्तक भण्डार, अङ्ग्रेजीबाट अनुदित)
कीर्तिपुरमा तीन पटक हमलापछि मात्र कीर्तिपुर कब्जा गर्ने लक्ष्यमा गोरखा आफ्नो लक्ष्यमा सफल भएको थियो । (त्यो पनि धनवन्त नामका एक जना गुप्तचरको धोखापछि मात्र त्यो सम्भव भएको थियो ।) कान्तिपुर, पाटन र भक्तपुरमा ‘घेरा हाल र सखाप पार’ को युद्धनीतिअनुसार हमला गर्ने क्रममा रणनीतिक महत्वको कीर्तिपुरमाथि कब्जा गर्नु गोरखालीहरूको लागि आवश्यक थियो । तर, किल्ला सहर कीर्तिपुर जित्न गोरखालीहरूलाई हम्मेहम्मे प¥यो । गोरखाका अनुभवी सैनिक नेता कालु पाँडे कीर्तिपुरमा मारिए । पृथ्वीनारायण आफैले मुस्किलले ज्यान जोगाएका थिए । सुरप्रताप शाहको आँखा फुटाएको झोकमा कीर्तिपुर कब्जा गरेपछि त्यहाँका जनताको नाक काट्ने आदेश दिएका थिए । (हेर्नोस् तस्वीर र विवरण)
गोरखाली सिपाहीहरूले कान्तिपुरका राजा जयप्रकाश मल्लकी आमाको गहनासमेत लुटेको फादर गुसेपले आफ्नो पुस्तकमा लेखेका छन् । पाटनका पराजित राजा तेजनरसिं मल्ललाई गोरखाली सेनाले निर्ममतापूर्वक जेलमा हत्या गरेका थिए । पृथ्वीनारायण शाहलाई राजा मानिसकेका पाटनका प्रधानहरूको गोरखाली सेनाले सम्पत्ति सबै हरणमात्र गरेका थिएनन्, उनीहरू र परिवार सबैको निर्मम हत्या गर्न लगाएका थिए । गोरखाली राजाले तिमालको तामाङ राजालाई समेत छल गरेर उनको राज्य कब्जा जमाएका थिए ।
पृथ्वीनारायणको शेषपछि उनका सन्तानहरूले पनि उनकै जस्तो क्रुरतालाई निरन्तरता दिएका थिए । बाइसे र चौबीसे राज्यमाथि हमलाको क्रममा कास्कीका आत्मसमर्पण गरिसकेका राजालाई समेत गोरखालीहरूले हत्या गरेका थिए । रणबहादुर शाहको पालामा पाल्पाका राजालाई छल गरेर पाल्पा कब्जामात्र गरेका थिएनन्, काठमाडौँमा बोलाई पाल्पाली राजालाई बन्दी बनाएका थिए र हत्या गरेका थिए ।
जालझेल, षड्यन्त्र र हिंसाको जगमा उठेको शाहवंश अन्ततः त्यही डावानलमा समाप्त भयो । बहादुर शाहको दुःखद अन्त्य, रणबहादुर शाहको हत्या, भीमसेन थापाको निर्मम हत्यादेखि राजा वीरेन्द्रसम्मको वंशविनाशको शिलशिलालाई हेर्दा यो निचोडमा पुग्न इतिहासले प्रेरित गर्छ ।
पृथ्वीनारायणले गोरखा राज्यको बिस्तार गरेर एउटा बलियो राज्य नबनाएको भए नेपालको हालत के हुने थियो ? नेपालको सार्वभौम अस्तित्व कायम रहने थियो वा थिएन ? नेपाल पनि सिक्किम वा कास्मिरजस्तो हुने थियो कि ? इतिहास र कल्पनशीलताको आधारमा धेरै कुरा विचारमन्थन गर्न सकिन्छ । पृथ्वीनारायणले गोरखा राज्यको बिस्तार गरेकै कारण नेपालले स्वतन्त्र अस्तित्व कायम भएको थियो त ? कि राणाहरूको भारतपरस्त नीति र चाकडीमा यसको महत्व छ ? यी प्रश्नमा अझै धेरै छलफल र विमर्श गर्न सकिन्छ ।
यो लेखको मूल ध्येय भने पृथ्वीनारायणलाई ‘राष्ट्र निर्माता’ वा ‘एकीकरणकर्ता’ भन्नु उपयुक्त हो वा होइन भन्ने बहसमा केही मत राख्नु हो । इतिहासलाई संस्थापनको पूर्वाग्रह र भक्तिरसबाट मुक्त गर्न सकेमात्र इतिहासले दुई खुट्टाले भुइँमा टेक्न सक्छ । पृथ्वीनारायणप्रति अतिरञ्जनापूर्ण र नभएका विशेषण जोड्दैमा उनीप्रतिको सम्मान वा देशभक्ति हुनसक्दैन । उनको योगदानलाई आजको सन्दर्भमा होइन, उनकै समयको सापेक्षमा मूल्याङ्कन गर्न जरुरी छ । कसैको झूटो प्रशंसा गर्नु अपमान हो । पृथ्वीनारायण शाहको योगदानको मूल्याङ्कन गर्र्दै गर्दा उनले तत्कालीन समयमा गरेका जालझेल, षड्यन्त्र र हिंसाको चर्चा पनि गर्न आवश्यक छ । ती कुराको चर्चाले उनको मूल्याङ्कन पूर्णतामा सम्भव जानेछ । पृथ्वीनारायणबारे माछा आए भित्र हात, भ्यागुता आए राष्ट्रघाती हुने सोच अन्धराष्ट्रवाद र सङ्कीर्ण राष्ट्रवादको नमुना हो ।
अघिका किर्तिपुर कालदात्रिमा. सुरप्रताप साह कन त्र्क्षि गरि दियाको रिसले. नेपाल सम्वत ८९६ साल अक चैत्र सुक्ल त्रःतया ।। ।। बारका दिन किर्तिपुर प्रवेस गरि वाहालि चलाइ. भोलिका दिनमा बाह्र १२ वर्ष देषि उभोका प्रजाहरू सबैले राजाका सलाम गर्नु आउनु भनि. छलकाल गरि वोलाइ कोतमा थुनि.. दिनपछि सवै प्रजाहरूकाः नाष काति दियो र नाष तौलाई हेर्दा. वाह्र १२ धार्नि १ से ८६ तोला इ… प्रजाहरू ज्मा आथ सय पयसथि ८६५ जना फेरी इन ।। दिन पछि नाष काट्न्या भोत्याहरूलाई नाष मात्र कात भन्याका. ओठ स्मेत. कातिदियो भनि भए. न्याहरू सबै ज्मा जमलोक पथाइदिया–– झन किर्तिपुरका प्रजाहरूले साथ १ वर्ष स्ंम गोर्षालिहरू कन हताइ लदात्ति भरि थामि राष्यन्या. यस्ता विर सिपाहि. लाइ नाष काति षराव गरिदिया ।। ।। किर्तिपुरका कोत किर्तिपुरका प्रजाहरका घर सवै आगो लाई नास गरि दिया ।। ।। यस्ता किर्तिपुरका प्रजाहरूका नाष कातनलाइः छ महिना अघि चोवाहालका गणेसका नाष फुति आया ।। ।।
आशय :  कीर्तिपुरमा सुरप्रताप साहको आँखा फुटाएको रिसमा नेपाल संवत् ८९६ साल चैत शुक्ल तृतीयाको दिन १२ वर्षभन्दा माथि उमेरका प्रजाहरूलाई राजालाई सलाम गर्न बोलाएर जेलमा थुनी उनीहरूको नाक काटिएको थियो । उक्त काटिएको नाकको तौल १२ धार्नी १ सय ८६ तोला थियो । नाक काटिएका प्रजाहरूको सङ्ख्या ८६५ थियो । भोटेहरूले नाकमात्र नभई ओठसमेत काटेका थिए । यतिमात्र नभई कीर्तिपुर प्रजाहरूको घरमा आगो लगाएर ध्वस्त बनाइएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *