भर्खरै :

के मुनीले भनेको सत्य हो ?

नेपाली राजनीतिमा ऐन मौकामा ठोकिन आउने नाम हो–एसडी मुनी । भारतमा नेपालविद् भनी परिचय बनाएका मुनीले ‘ट्रान्जिसन इन नेपाल’ पुस्तकमा नेपालका माओवादी नेताहरूले भारतीय संस्थापनसँग कसरी सम्पर्क राखेका थिए भन्ने विषयमा रोचक लेख लेखेका थिए । माओवादीहरूलाई भारतीय नेतृत्वसमक्ष पु¥याउन आफूले खेलेको भूमिकाबारे मुनीले लेखेको उक्त लेखको प्रकाशनपछि माओवादी विद्रोहको वास्तविकता नेपाली र संसारका जनतासामु उजागर भएको थियो । माओवादी विद्रोह बाहिरबाट हेर्दा जे देखिन्थ्यो, भित्र त्यस्तो नभएको र माओवादी नेताहरूले भारतकै संरक्षणमा सशस्त्र विद्रोह गरिरहेको बुझ्न मुनीको त्यो लेख गतिलो आधार बनेको थियो । माओवादी नेता बाबुराम भट्टराईको आग्रहमा मुनीले प्रचण्डको पत्र भारतीय गुप्तचर विभागलाई हस्तान्तरण गरेको सो लेखमा उल्लेख छ ।

मुनीको लेखबाट एउटा कुरा भने घामजत्तिकै छर्लङ्ग बनाएको छ– देशको पछिल्लो राजनीतिक घटनाक्रममा चीनको संलग्नताको हौवा फैलाइए पनि आन्तर्यमा भने भारतको प्रत्यक्ष संलग्नता छ । उनले प्रधानमन्त्री मोदी र ओलीबीचको फोन संवादपछि नै नेकपाभित्रको आन्तरिक विवादबाट ओली सरकारलाई उद्धार गर्न भारतीय पक्ष सक्रिय भएको लेखेका छन् । संसद विघटनपछि चीनको चासोलाई हस्तक्षेप भनेर चीनको बदनाम गर्ने तर भित्रभित्र भारतले आफ्नो हितअनुकूलको चलखेल गरेको पनि मुनीले आफ्नो लेखमा प्रस्ट पारेका छन् ।

मधेसवादी दलहरूले तराईका जिल्लाहरूमा आन्दोलन गरिरहेको समयमा मुनी मधेसवादी नेताहरूको पक्षमा बोलेका थिए । मधेस आन्दोलनकै बहाना अघि सारेर मोदी सरकारले नेपालमाथि लामो नाकाबन्दी थोपरेको इतिहास नेपाली जनताको मानसपटलमा अझै ताजा छ ।
गत शुक्रबार भारतको ‘द हिन्दुस्तान टाइम्स’मा प्रकाशित उनै एसडी मुनीको लेखले नेपालको पछिल्लो राजनीति विकासक्रमबारे भारतीय कोणको एउटा थप आयाम उजागर गरेको छ । मुनीले आफ्नो लेखमा केही संवदेनशील विषय उठाएका छन् । उनले संसद विघटनको पछिल्लो घटनामा भारतले चलाखीपूर्वक आफ्नो भूमिका लुकाउन सफल भएको र चीनलाई फसाएको लेखेका छन् । लेखको अन्तिम हरफमा उनले नेपालको राजनीतिमा चीनलाई फसाउन सके भारतको हितमा हुने पनि लेखेका छन् । लामो प्राध्यापनको अनुभव भएका बुद्धिजीवी मुनीको यस्तो अभिव्यक्ति शैली अशिष्ट र अमैत्रीपूर्ण छ । उनको भनाइले नेपालको आन्तरिक राजनीतिक गतिविधिमा वैदेशिक हस्तक्षेप र चलखेललाई स्वाभाविक र अपरिहार्य ठह¥याउन खोजिरहेको छ । नेपाललाई चीनमा फसाएर भारतले फाइदा लिन सक्ने उनको अभिव्यक्ति कदापि शिष्ट अभिव्यक्ति होइन ।
मुनीको लेखबाट एउटा कुरा भने घामजत्तिकै छर्लङ्ग बनाएको छ– देशको पछिल्लो राजनीतिक घटनाक्रममा चीनको संलग्नताको हौवा फैलाइए पनि आन्तर्यमा भने भारतको प्रत्यक्ष संलग्नता छ । उनले प्रधानमन्त्री मोदी र ओलीबीचको फोन संवादपछि नै नेकपाभित्रको आन्तरिक विवादबाट ओली सरकारलाई उद्धार गर्न भारतीय पक्ष सक्रिय भएको लेखेका छन् । संसद विघटनपछि चीनको चासोलाई हस्तक्षेप भनेर चीनको बदनाम गर्ने तर भित्रभित्र भारतले आफ्नो हितअनुकूलको चलखेल गरेको पनि मुनीले आफ्नो लेखमा प्रस्ट पारेका छन् ।
नेपालका शासक दलहरू भारतीय स्वार्थभन्दा टाढा नभएको कुरा खुला पुस्तकसरहको सत्य हो । सत्तासीन हुन शासक दलहरू भारतको नजिक बन्ने होडबाजीमा लागेका हुन्छन् र भारतले पनि कसलाई के मन्त्री दिने वा फाल्ने कुराको निक्र्योल गर्ने कुरा विगतको अनुभवबाट नेपाली जनता जानकार छन् । अहिलेको राजनीतिक घटनाक्रमले चीनलाई आवरणमा देखाएर भारतीय संस्थापनले आफ्नो लाभ उठाइरहेको छ । यस्ता विषयमा नेपालका शासक दलहरू सजग हुनुपर्नेमा उनीहरू लापरबाहीको सीमा नाघिरहेका छन् । दुुवै छिमेकका जनतासँग नेपालको मैत्रीपूर्ण सम्बन्धले नेपाली जनताको हित सम्भव छ । एउटा छिमेकीविरुद्ध अर्को छिमेकको स्वार्थअनुकूल प्रयोग हुनु नेपाली जनताको भावना कदापि होइन । मुनीको लेखले भने चीनको बदनाम गर्न नेपाललाई भारतले प्रयोग गरेको भन्ने अर्थ लागेको छ । के वास्तविकता यही हो ? यसबारे शासक दलले बोल्न जरुरी छ । ओली सरकारविरुद्ध सडक सङ्घर्षमा उत्रेको नेकपाको अर्को खेमाले पनि यसको जवाफ जनतालाई दिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *