भर्खरै :

कठ्याङ्ग्रिएर जनताको ज्यान नजाओस्

ऋतु परिवर्तन भइरहनु एउटा नियमित प्राकृतिक चक्र हो । ऋतुअनुसार हावापानी पनि परिवर्तन भइरहन्छ । त्यसरी परिवर्तन भइरहने हावापानी सकारात्मक र नकारात्मक दुवै पक्ष छन् । नेपालमा वर्षा आएपछि बाढी र पहिरोले बगाएर र पुरिएर तथा हिउँद आएपछि चिसोले कठ्याङ्ग्रिएर जनताको मृत्युको समाचार नियमितरूपमा आउने गर्छ । मौसम जनजीवन प्रतिकूल हुने पूर्वजानकारी हुँदाहुँदै पनि त्यसको नकारात्मक असर कम गर्न सरकारले वा राज्यको तहबाट खासै तयारी नभएको त्यस्ता घटनाहरूले नै छर्लङ्ग पार्छन् ।
हिउँद याममा नेपालको हिमाली तथा पहाडी क्षेत्र त चिसोले जम्ने नै गर्छ, हुस्सु र शीतलहरले छोपेपछि दक्षिणको तराईको भूभागमा अत्यधिक चिसो बढेर जनजीवन कष्टकर हुने गर्छ । चिसोले कठ्याङ्ग्रिएर गरिब नेपालीले ज्यान गुमाउने पनि हरेक वर्ष देखिँदै र सुनिँदै आएको हो । वर्षात्मा गर्मी र अरूबेला न्यानो रहने तराई क्षेत्रमा चिसोको सामना गर्ने तयारी कम हुने गर्छ । त्यसमाथि समाजमा व्याप्त चरम आर्थिक असमानताले गर्दा तराईका गरिब जनता सिमान्त गरिबीमा रहेका छन् । समाजमा विद्यमान जाति विभाजनअनुसार तल्लो जातिका भनिने जनता अति गरिबीमा र पिछडिएका छन् । उनीहरू नै शोषित र उत्पीडित छन्, उनीहरूले देश र समाजको निम्ति महत्वपूर्ण काम गरिरहे पनि ती काम वा श्रमको उचित मूल्य पाइरहेका छैनन्, दिनभर गरेको श्रमबापतको ज्यालाले आफ्नो परिवारका सदस्यहरूलाई दिनको दुई छाक खाना खुवाउनसमेत सक्दैनन् । कतिपयको आफ्नो नाममा जमिन नहुनाले बसोबासका लागि स्थायी प्रकृतिको घरसमेत बनाउन सकिरहेका छैनन् । ती गरिब जनताको जीवनस्तर उत्थानका लागि कदम चाल्ने घोषणा त हरेकजसो सरकारले गर्दै आएको छ तर घोषणा कार्यक्रममा रुपान्तर हुँदैन । कतिपय कार्यक्रम अगाडि आए पनि त्यसको सफल कार्यान्वयन भइरहेको छैन ।

हिउँद याममा नेपालको हिमाली तथा पहाडी क्षेत्र त चिसोले जम्ने नै गर्छ, हुस्सु र शीतलहरले छोपेपछि दक्षिणको तराईको भूभागमा अत्यधिक चिसो बढेर जनजीवन कष्टकर हुने गर्छ । चिसोले कठ्याङ्ग्रिएर गरिब नेपालीले ज्यान गुमाउने पनि हरेक वर्ष देखिँदै र सुनिँदै आएको हो । वर्षात्मा गर्मी र अरूबेला न्यानो रहने तराई क्षेत्रमा चिसोको सामना गर्ने तयारी कम हुने गर्छ । त्यसमाथि समाजमा व्याप्त चरम आर्थिक असमानताले गर्दा तराईका गरिब जनता सिमान्त गरिबीमा रहेका छन् । समाजमा विद्यमान जाति विभाजनअनुसार तल्लो जातिका भनिने जनता अति गरिबीमा र पिछडिएका छन् । उनीहरू नै शोषित र उत्पीडित छन्, उनीहरूले देश र समाजको निम्ति महत्वपूर्ण काम गरिरहे पनि ती काम वा श्रमको उचित मूल्य पाइरहेका छैनन्, दिनभर गरेको श्रमबापतको ज्यालाले आफ्नो परिवारका सदस्यहरूलाई दिनको दुई छाक खाना खुवाउनसमेत सक्दैनन् ।

सरकारले जनता आवास कार्यक्रमका नाममा अगाडि बढाएका योजनाले घर निर्माण अपूर्ण नै छोडिदिएको समाचार विभिन्न जिल्लाबाट आएका थिए र आइरहेका छन् । यस्तो अवस्थामा चिसोले कठ्याङ्ग्रिएर ती गरिब जनताको ज्यान जानु त कुनै अस्वाभाविक घटना भएन तर त्यस्तो घटना सकेसम्म कम गर्ने प्रयास सरकारको तर्फबाट बेलैमा होस् भन्ने आग्रह हो ।
केही दिनदेखि नेपालको तराई क्षेत्रमा बाक्लो हुस्सुसहित शितलहर सुरु भइसकेको छ । चिसो भइसकेपछि दुईचार वटा दाउरा दिएरमात्र सरकारको कर्तव्य पूरा भएको मान्न सकिन्न । आवासविहीन जनताका लागि समयमै आवासको बन्दोबस्त गरिदिनु, अति विपन्न पहिचान गरी न्यानो लत्ताकपडा वितरण गर्ने, आम्दानीविहीन जनताका लागि ज्यालादारी नै सही रोजगारीको बन्दोबस्त गरिदिने कार्य लोककल्याणकारी राज्यको सरकारले गर्न सक्नुपर्छ । आफ्नै घर छाप्रोमा बसिरहेका जनतालाई चिसोबाट पनि बचाउन सक्दैन भने समाजवादउन्मूख संविधान र लोकतन्त्रात्मक गणतन्त्र देशमा छ भन्नुको कुनै अर्थ रहँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *