भर्खरै :

समाजवादी देश निर्माणमा अघि बढ्न सी चिनफिङको आह्वान

पेइचिङ, १२ जनवरी । चीनका राष्ट्रपति सी चिनफिङले आधुनिक समाजवादी देश पूर्ण निर्माणको उपयुक्त सुरुआत सुनिश्चित गर्न आह्वान गर्नुभएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा चीनको केन्द्रीय सैनिक आयोगका अध्यक्ष सीले पार्टी केन्द्रीय समितिको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो । प्रशिक्षण कार्यक्रममा पार्टीका प्रान्तीय र मन्त्रीस्तरीय कार्यकर्ता र अधिकारीहरूको सहभागिता रहेको छ ।
कार्यक्रममा कार्यकर्ताहरूलाई पार्टीको १९ औँ केन्द्रीय समितिको पाँचौँ विस्तारित बैठकले तय गरेका नीतिको दृढतापूर्वक पालना गर्न आग्रह गर्नुभयो । त्यस्तै उहाँले चीनको चौधौँ पञ्चवर्षीय योजना (२०२१–२०२५) को अवधिमा उच्च गुणस्तरको विकास हासिल गर्न विकासका नयाँ चरणबारे सही ढङ्गले बुझ्न, विकासको नयाँ दर्शनअनुसार काम गर्न, विकासका आयाममा नवीनतालाई गति दिन आग्रह गर्नुभयो ।
नयाँ चरण
सीले विकासको नयाँ चरण समाजवादको प्राथमिक चरणमै रहेको तर दशकौँको विकासका लागि यो आफैमा नयाँ बिन्दु भएको बताउनुभयो ।
“नयाँ यात्रा अघि बढाउन हामीले ठोस भौतिक आधार बनाइसकेका छौँ र नयाँ चीनको स्थापनायता हामीले अथक अनुसन्धानबाट नयाँ र उच्च लक्ष्य हासिल गर्न सफल भएका छौँ”, उहाँले भन्नुभयो ।
सीले आगामी विकासको नयाँ चरण तीस वर्ष लामो हुने र त्यो अवधिमा चीन पूर्णरूपमा आधुनिक देश बन्ने बताउनुभयो ।
समाजवादको प्राथमिक चरण स्थिर नहुने बरु गतिशील, सक्रिय, प्रतिबद्ध र निकै महत्वपूर्ण हुने सीले बताउनुभयो ।
“चीनको समाजवादलाई प्राथमिकबाट उच्च तहमा पु¥याउन एउटा आधुनिक समाजवादी चीनको निर्माण र मुख्यतः समाजवादी आधुनिकीकरण हुुनुपर्छ”, उहाँले भन्नुभयो ।
“संसारमा एउटा शताब्दीमा पनि नभएका धेरै थरी परिवर्तनहरू भइरहेका छन् । तर, समय र परिस्थिति आज हाम्रो अनुकूल छ”, सीले भन्नुभयो ।
उहाँले अहिले र केही समयपछि पहिले नआएका चुनौती र अवसर दुवैको सामना गर्नुपर्ने अवस्था आउने तर त्यस परिस्थितिमा सबै चुनौतीलाई अवसरले पराजित गर्ने बताउनुभयो ।
सीले लक्षित लक्ष्य हासिल गर्न पार्टीले मिहिनेतपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो ।
नयाँ दर्शन
“अठारौँ पार्टी महाधिवेशनयता आर्थिक र सामाजिक विकासका धेरै प्रमुख सिद्धान्त र अवधारणा अघि सारिएको छ । विकासका नयाँ सिद्धान्तलाई अहम् महत्व दिइएको छ । यसले चीनलाई आर्थिक विकासको ऐतिहासिक उपलब्धि र रुपान्तरण हासिल गर्ने ठाउँमा पु¥याएको छ”, सीले भन्नुभयो ।
उहाँले पार्टी सदस्यहरूलाई विकासको नयाँ दर्शनको पूर्ण र इमानदार अभ्यास गर्न निर्देशन दिनुभयो । विकासको नयाँ दर्शनको ‘जरा’ र ‘आत्मा’ जनताको सुखद जीवन राष्ट्रिय पुनःजागरणमा निहित रहेको उहाँले बताउनुभयो ।
सीले दर्शनको कार्यान्वयनमा रहेका समस्यामा जोड दिँदै असन्तुलित र अपुग विकासका मुद्दा समाधान गर्न अझ लक्षित र गतिशील कदमहरू चालिनुपर्ने बताउनुभयो ।
सम्भावित जोखिमबारे सजगता बलियो बनाउने खालको प्रयास आवश्यक भएको भन्दै उहाँले सबभन्दा खराब अवस्था आउन सक्ने सोचेर त्यसको प्रतिरोध गर्ने तयारी गर्नुपर्ने विचार राख्नुभयो ।
“हामीले बहादुरीका साथ लड्नुपर्छ र त्यसैमा हामी पोख्त हुनुपर्छ । हामीले आफूलाई भित्रैबाट बलियो बनाउनुपर्छ”, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *