देश आगजनीमा पु¥याउनेहरूलाई मौका दिने शासक दलहरू
- आश्विन ५, २०८३
काठमाडौँ, ५ माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले तोकिएको समयमा निर्वाचन नभए देशमा भारतको प्रभाव बढ्ने बताउनुभएको छ ।
सोमबार विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूसँग समसामयिक विषयमा कुराकानी गर्दै उहाँले चुनाव नभए शासक दलहरूबीच फेरि कुर्सीको तानातान हुने र देश अस्थिरतातिर धकेलिने बताउनुभयो ।
“पदको लागि शासक दलहरूबीच म्युजिकल चियरको खेल सुरु हुनेछ”, उहाँले भन्नुभयो ।
चुनाव भए सत्तारुढ दलभित्रको पिलो पनि निचोरिने भन्दै अध्यक्ष बिजुक्छेँले चुनावको क्रममा शासक दलका नेताहरूबीच पद र पैसाको लागि भएको झगडा जनतासमक्ष आउने बताउनुभयो ।
कानुनविद्ले संविधान र कानुनमा भएको परिधिभित्र व्याख्या गर्नु स्वाभाविक भएको भन्दै उहाँले राजनीतिक नेताहरूले संविधानमा उल्लेख नभएका विषयबारे राजनीतिक कोणबाट सोच्नुपर्ने विचार राख्नुभयो ।
नेकपाभित्रको झगडालाई व्यक्तिगतको संज्ञा दिँदै उहाँले सैद्धान्तिक र नीतिगत विषयमा कुनै बहस र छलफल नभएको धारणा राख्नुभयो ।
“समाजवादउन्मुख समाज कसरी बनाउने, समाजवादी व्यवस्थाको नेपालमा कार्यान्वयन गर्ने विधि के हुनसक्छ भन्ने विषयमा कुनै छलफल भएको छैन । त्यसकारण यो कम्युनिस्ट पार्टीको झगडा भएन”, उहाँले भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँले एमाले र माओवादी केन्द्रबीचको एकतामा भारतीय एकाधिकार पुँजीको हात भएको भन्दै नेपाललाई सिक्किम बनाउने भारतको योजना अझै चालू नै रहेको बताउनुभयो ।
“भारत अझै पनि नेपालको संरक्षक आफू भएको देखाउन चाहन्छ”, उहाँले भन्नुभयो ।
नेकपामा दुई जना अध्यक्ष राख्ने उपाय भारतले सुझाएको प्रस्ट पार्दै बिजुक्छेँले दोस्रो अध्यक्षलाई उकासेर आफ्नो अनुकूलमा शासन गर्ने भारतको योजना विफल भएको धारणा राख्नुभयो ।
उहाँले एमाले र माओवादीले चुनावमा मत प्राप्त गर्नकै लागि मात्र आफ्नो नाममा कम्युनिस्ट शब्द र झन्डामा हँसिया हथौडा राखेको तर वास्तवमा दुवै दल पुँजीवादी दल भएको बताउनुभयो ।
उहाँले नेकपा र नेपाली काङ्ग्रेसबीच कुनै अन्तर नभएको धारणा राख्नुभयो ।
Leave a Reply