संयुक्त राष्ट्र सङ्घमा कसले के बोले ?
- आश्विन १०, २०८३
ग्वाटेमाला, १८ जनवरी । संरा अमेरिका जान हिँडेका ठुलो सङ्ख्यामा आप्रवासीहरूको भिडमाथि ग्वाटेमालाका सुरक्षाकर्मीहरूले लाठी र अश्रुग्यास प्रहार गरेका छन् ।
आइतबार बिहान ग्वाटेमालाका सुरक्षाकर्मी र आप्रवासीहरूबीच होन्डुरस र एल साल्भाडोरसँगको सीमावर्ती क्षेत्रबाट ५५ किलोमिटरमा अवस्थित भाडो होन्डो गाउँमा दोहोरो झडप भएको थियो ।
“ग्वाटेमालाले हामीलाई जान देओस्”, आप्रवासीहरूको भीडमा सामेल एक जना होन्डुरियाली नागरिक जाओकुइन ओर्टेजले भने,“हामी यहीं बस्ने होइन । हामी यहाँबाट पनि अघि बढ्ने हो । हाम्रो देशको अवस्था खराब छ, त्यसकारण हामी त्यहाँ बस्न चाहँदैनौँ । होन्डुरसमा केही पनि बाँकी छैन ।”
स–साना केटाकेटीसहित ७ हजारदेखि ८ हजार आप्रवासीहरू शुक्रबारबाट ग्वाटेमाला प्रवेश गर्न थालेको त्यहाँको सरकारी निकायले बताएको छ । कोरोना भाइरसको महामारी र गत नोभेम्बरमा आएको समुद्री आँधीको चपेटामा गरिबी एवम् हिंसाबाट ज्यान जोगाउन सो क्षेत्रका जनता यसरी हुल बाँधेर अमेरिकातिर बढ्दैछन् ।
ठुलो सङ्ख्यामा परिचालित ग्वाटेमालाका सुरक्षाकर्मीहरूले भाडो होन्डोबाट अघि बढ्न रोक्ने प्रयास गरेका छन् । सुरक्षाकर्मीहरूको अवरोधपछि आप्रवासीहरू वरपरका पहाडका थुम्कामा छरिएका थिए । कतिपय मानिसहरू जहाँबाट सम्भव छ, त्यहीबाट अघि बढ्ने प्रयासमा थिए ।
“ग्वाटेमालाको सन्देश स्पष्ट र सुनिने छः यस्ता खालका अवैध गतिविधि हामीलाई स्वीकार्य छैन । यो क्षेत्रीय समस्या हो । त्यसकारण यो समस्या समाधान गर्न हामी छिमेकी देशहरूसँग समन्वय गरिरहेका छौँ”, ग्वाटेमालाको राष्ट्रपति कार्यालयबाट जारी वक्तव्यमा भनिएको छ । आप्रवासीहरू कदाचित ग्वाटेमालाबाट अघि बढ्न सफल भए पनि मेक्सिकोमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मीहरू उनीहरूलाई रोक्न दक्षिणी सिमानामा तैनाथ छन् । मेक्सिकोले कोरोना भाइरस फैलिन सक्ने कारण देखाई आप्रवासीहरूलाई रोक्न खोजिरहेको छ ।
महामारीले होन्डुरसको अर्थतन्त्रलाई अझ कमजोर बनाएको छ । गत वर्ष त्यहाँ ठुलो सङ्ख्यामा मानिसहरूलाई कोरोना भाइरसको सङ्क्रमण भएको थियो ।
Leave a Reply