भर्खरै :

अनेकौँ देशको छनोटमा किन प¥यो चीनको खोप ?

पेइचिङ, ६ माघ । हालै चीनले आफूले बनाएको कोरोनाको खोप सर्बिया पठाइएको थियो । सर्बियाका राष्ट्रपति एलेक्सान्डर भुकिक खोपको स्वागत गर्न विमानस्थल पुग्नुभएको थियो । राष्ट्रपतिले चीनको सहयोग र समर्थनप्रति आभार व्यक्त गर्दै आफूले कुनै पनि अवसरमा चीनप्रतिको माया लुकाउन नसक्ने बताउनुभयो । कठ्याङ्ग्रिदो चिसो सिरेटोबीच सर्वियाका नेताले चीनको कोरोना भाइरस खोपको स्वागत गर्नुभएको थियो । सर्बियाले चीनको खोपप्रति विश्वास गरेको, चीनको वैज्ञानिक अनुसन्धान स्तरप्रति विश्वास गरेको र असल मित्र चीनप्रति विश्वास गरेको कुरा राष्ट्रपतिको त्यस्तो व्यवहारबाट प्रतिबिम्बित भएको छ ।
सर्बियाका राष्ट्रपतिमात्र नभई विश्वका अनेकौँ मुलुकहरूका नेताहरूले चीनको खोपप्रति विश्वास र समर्थन व्यक्त गरेका छन् । सेशेल्सका राष्ट्रपति भावल रामकलावान, टर्कीका राष्ट्रपति रिसेप ताइप एर्डोन, इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले चीनको कोरोना भाइरस खोप लगाउनुभएको छ । यसबाहेक, अजरबैजानले यही जनवरी १८ तारिखदेखि ठूलो परिमाणमा चीनको खोप लगाउन थालेको छ । यसअघि हङ्गेरी र युक्रेन आदि मुलुकहरूले चीनको खोप अर्डर गरेका थिए । अनेकौँ देशले चीनको खोप खरिदका लागि अर्डर र प्रयोग गर्नुबाट चीनको खोपको सुरक्षा र प्रभावकारिता पुष्टि भएको छ । यसका साथै भण्डारण र परिवहन क्षेत्रमा चीनको खोपको श्रेष्ठता नै कैयौँ मुलुकहरूले चीनको खोपको छनौट गर्ने महत्वपूर्ण कारण बनेको छ । मेक्सिकोका राष्ट्रपति एन्ड्रेस मनुएल लोपेज ओब्राडोरले भन्नुभएझैँ चीनको खोप अति न्यून तापक्रममा भण्डारण गर्नुपर्दैन । चीनको खोपले विश्वको कम विकसित मुलुक र दुर्गम क्षेत्रमा बसोबास गर्ने जनतालाई आशा ल्याएको छ ।
यसबाहेक, चीनको खोपको उत्पादन क्षमता बलियो छ । चीनले छोटो समयमा धेरै मुलुकको खोप माग पूरा गर्नसक्ने क्षमता राख्छ । सन् २०२० को सुरुसँगै कोरोना भाइरस महामारी सधैँ नै विश्वभरि फैलिइरहेको छ । चीनको खोपको उत्पादन चौतर्फीरूपमा गति लिंदै छ । आफ्नो मुलुकको खोपको मागको प्रत्याभूति गर्ने आधारमा विश्वमा खोपको मागभन्दा आपूर्ति कमी समस्यालाई शिथिल पार्न प्रयास गरिरहेको छ । कोरोना भाइरससितको लडाइँमा खोप सबैभन्दा ठूलो आशा मानिएको छ । चीनको खोपले विश्वको महमारीविरुद्धका लागि विश्वास थपेको छ । चीनले पनि वास्तविक कारवाहीमार्फत ‘खोप सार्वजनिक स्वास्थ्य उत्पादित (वस्तुको रूपमा राखिने’ प्रतिबद्धतालाई व्यवहारमा उतारिरहेको छ । मानव एक भाग्य समुदाय हो । सबैले हात मिलाएर छिटोभन्दा छिटो महमारीलाई पराजित गरौँ र फूल फुल्ने न्यानो वसन्तको स्वागत गरौँ । सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *