भर्खरै :

के बाइडेनले अमेरिकालाई महान् बनाउलान् ?

जो बाइडेन सरकारको आगामी बाटो पक्कै पनि हिजोको बाटोभन्दा फरक हुनेछ । ओबामा सरकारको धङधङी बोकेर र ओबामाकै सिको गरेरमात्र अमेरिकी जनताको विश्वास जित्न र नेतृत्व गर्न अब बाइडेनलाई सम्भव छैन । अमेरिकाको राष्ट्रपतिको हैसियतमा उनले अब धेरै पछिसम्मको कुरा ख्याल गर्नुपर्ने छ । उनको लक्ष्य उच्च र काम बृहत् हुन अपरिहार्य छ ।
बाइडेनको लागि डोनाल्ड ट्रम्पका नीतिहरू उल्टाउनु महत्वपूर्ण काम हुनेछ । तर, त्यति गर्दैमा ट्रम्पको विरासत मेटाउन र उनले अमेरिकी आत्मामा पु¥याएको क्षतिको उपचार भने गर्न सक्दैनन् । रुखो र बदलाको भावना बोकेका पूर्वराष्ट्रपति र उनका पक्षधरहरूका छाया वरपर जतिबेला पनि घुमिरहेको समयमा बाइडेनले पक्का पनि त्यो काम गर्न सक्दैनन् ।
गोरा सर्वोच्चतावाद पुनःस्थापना गर्ने ट्रम्प सरकारको प्रयास नराम्ररी विफल भयो । किनभने, अमेरिका गोरा सर्वोच्चतावादबाट अघि बढिसकेको छ । तर, ट्रम्प अमेरिकी समाज र प्रजातन्त्रको तन्तुहरूलाई क्षतविक्षत पार्न भने सफल भएका छन् । यो क्षतिको पूर्ति गर्न अझै वर्षौं वर्ष लाग्नेछ ।
त्यसैकारण बाइडेनले निकै सजगतासाथ अघि बढ्नुपर्नेछ । आफ्नो डेमोक्रेटिक प्रभावमा रहेका क्षेत्रलाई जोगाउँदै उनले रिपब्लिकनको प्रभाव क्षेत्रका जनताको सामाजिक तथा आर्थिक समस्याको समाधान गर्न अग्रसर हुनुपर्नेछ ।
रिपब्लिकन दलले गरेको फोहोर सफा गर्ने वचनसहित डेमोक्रेटिक दलले चुनाव जितेको हो ।
सन् १९३३ को आर्थिक महासङ्कटबीच फ्रान्कलिन डी. रुजवेल्टदेखि सन् १९५० दसकको आर्थिक मन्दीपछि सन् १९६१ जोन एफ केनेडीको विजय, इराक युद्ध र सन् २००८ को आर्थिक मन्दीपछि बाराक ओबामाको ऐतिहासिक विजयसम्म डेमोक्रेटिक राष्ट्रपतिहरूले संरा अमेरिकी समृद्धि र नेतृत्व पुनःस्थापनाको लागि थुप्रै चुनौतीको सामना गर्नुपरेको छ । अनि केही अर्थमा सफल पनि भएका छन् ।
बितेको शताब्दीको यस्तो निश्चित समयको अध्ययनले सबै कुरा ठीकठाक भएको देखिन सक्छ । तर, उदार रिपब्लिकनसहित डेमोक्रेटिक र उदारपन्थीहरूले रिपब्लिकन राष्ट्रपतिको इतिहास पल्टाउने जाँगर आज जत्तिको यसअघि कहिले पनि देखाएका छैनन् ।
बाइडेनले मन्त्रीमण्डलको लागि छानेका मानिसहरूको अनुहार सांस्कृतिक र लैङ्गिक हिसाबले विविधतापूर्ण छ । यद्यपि उनीहरू सबै त्यही पुरानै संस्थापनभित्रैका हुन् । यदि मन्त्रीमण्डल र मनोनयनकै नीतिको आधारमा मात्र सरकारको मूल्याङ्कन गर्न मिल्ने हो भने नयाँ सरकारले पक्कै केही गर्ने सङ्केत देखिएको छ ।
कोही कोही डेमोक्रेटिकहरूले एलिजावेथ वारेन र बर्नी स्लान्डर्सहरूलाई नयाँ सरकारमा देख्न चाहेका छन् । तर, मेरो अनुमानमा विभाजित मानसिकता बोकेको अमेरिकामा ट्रम्पको जस्तो सोच अन्त्य गर्न परम्परागत र उदार रिपब्लिकनसँग मिलेर काम गर्न बाइडेनले चाहेका छन् ।
उनको यस्तो नीति विवादास्पद हुने छैन । बरु डेमोक्रेटिक दलभित्रका धेरैजना प्रगतिशीलहरूलाई पनि उठ्न दिनेछैन । बरु बाइडेनको यो नीतिले रिपब्लिकन दलभित्र आपसी विभाजन फराकिलो बनाउने छ र अर्को निर्वाचनमा डेमोक्रेटिक दललाई सजिलो बनाउनेछ ।
बाइडेनले पदभार सम्हालेको पहिलो दिनमै ट्रम्पका धेरै निर्णय र निर्देशन उल्टाइसकेका छन् । ‘मुसलमानमाथि प्रतिबन्ध’ हटाउने र पेरिस जलवायु सम्झौतामा पुनः सामेल हुनेजस्ता निर्णय उनले गरिसकेका छन् । उनले कोरोना भाइरसमाथि नियन्त्रणको लागि नयाँ निर्णयहरू गरेर महामारी नियन्त्रणमा ट्रम्पको लज्जास्पद र घातक उदासिनतालाई तीब्र गतिमा सच्याउने प्रयास गर्नेछन् ।
यी केही महत्वपूर्ण निर्णयले ट्रम्प युगको समाप्तिमा उनी गम्भीर रहेको सङ्केत गर्नेछ । तर, त्यत्तिबेला मात्र बाइडेनलाई ट्रम्पको विरासत तोड्न र अमेरिकाका सामाजिक र साम्प्रदायिक अन्यायको सामना गर्न पुग्नेछैन । बाइडेनलाई यिनै चुनौती समाधान हुने आशाका साथ राष्ट्रपति पदमा पु¥याइएको हो ।
त्यसै भएर वुश सरकारको विध्वंसक वर्षहरूपछि ओबामाले जे गरेका थिए, बाइडेनले त्योभन्दा परसम्म गएर काम गर्न जरुरी छ । उनले रुजवेल्टको नयाँ सम्झौता (न्यू डिल) र जनसनको महान समाज(ग्रेट सोसाइटी) को दिशामा अघि बढेर नयाँ अमेरिकी व्यवस्था बनाउन जरुरी छ ।
उनले रुजवेल्टकै तीन ‘आर’ लाई पछ्याउँदै विस्तृत राष्ट्रिय पुनःजागरण कार्यक्रमको कार्यान्वयन गर्नुपर्छ । तीन ‘आर’ भन्नाले क) प्रत्यक्ष सरकारी सहायतामा धेरै बेरोजगारहरूलाई अनुदान, ख) पूर्वाधारमा लगानी र बजारमा अनुदानमार्फत पुनः स्थापना र ग) नियमन र कल्याणकारी कार्यक्रममार्फत अर्थतन्त्रमा सुधार ।
अमेरिकी समाजलाई विभाजित र निस्क्रिय बनाएका साम्प्रदायिक र सामाजिक द्वन्द्वका मुद्दाको गहन समाधानको निम्ति गरिबी र असमानताका विषयको समाधान नखोजी अर्को विकल्प छैन ।
निःसन्देह अस्थिर, विभाजित र तनावपूर्ण अमेरिका विश्वको नेतृत्व गर्न अयोग्य संरा अमेरिका हो । संरा अमेरिकाको आकर्षण उसको शक्तिमा मात्र छैन । बरु एउटा स्थायी, प्रजातान्त्रिक र समृद्ध महाशक्तिको रूपमा उसको शक्तिमा पनि अमेरिकाको आकर्षण छ ।
त्यसकारण बाइडेनको शब्दमा ‘अमेरिकी आत्मा’ को पुनःस्थापनापछि उनले त्यसको विश्वसनीयता पुनःस्थापना गर्न सफल हुनेछन् । अमेरिकी आत्मा भन्नुको अर्थ त्यसको प्रजातान्त्रिक प्रणाली, आर्थिक प्रधानता र राजनीतिक उदारता हुन् ।
अमेरिकी नेतृत्वको पुनःस्थापनाको लागि एकताको विस्तार, विश्व सङ्गठनहरूको सबलीकरण र अन्तर्राष्ट्रिय सम्झौताहरूको पालना गर्न जरुरी छ । यी सबै काम ट्रम्पले लत्याएका थिए ।
दुर्भाग्यवश युरोपेली र दक्षिण एसियाली देशहरूलगायत अमेरिकाका अधिकांश साझेदारहरू निकै अघि बढिसकेका छन् । उनीहरूले आफ्नै स्वायत्त सुरक्षा संयन्त्र बनाइसकेका छन् भने कतिले चीनसँग नयाँ व्यापार सम्झौता गरिसकेका छन् ।

इरानसँगको आणविक सम्झौतामा संरा अमेरिका फर्किन आवश्यक र बुद्धिमानी हो । तर, यसको निम्ति इरानलाई मानवअधिकार र कानुनी मान्यतामा पनि ध्यान दिन लगाउनुपर्छ । मध्यपूर्वको स्व–मनोनित महाशक्ति भएकोले सिरिया र लिवियामा गृहयुद्धको लागि अमेरिका जिम्मेवार छ । त्यो युद्ध रोक्न ओबामाले सकेनन् र ट्रम्पले बेपर्वाह छोडे ।
बाइडेन अमेरिकाको स्थापना असल देवदुत र अँध्यारा कुभावनाबीचको लगातारको लडाइँबाट भएको भन्छन् । विदेश नीतिको सन्दर्भमा पनि यही सत्य हो । यो समय अमेरिकामा असल देवदूतहरू आउने समय हुन जरुरी छ ।

अमेरिकाका यी साझेदारहरू वाशिङ्टनमा आएको राजनीतिक परिवर्तन र अन्तर्राष्ट्रिय कूटनीतिमा अमेरिका पुनः जिम्मेवार भएर आउने कुराले उत्साहित छन् । तर, हिजोजस्तै अब अमेरिकाका ती साझेदारहरू हुरुक्कै भएर अमेरिकी नेतृत्वलाई अङ्गालो हाल्न जानेछैनन् । अब मिठा कुरा र खोक्रो आश्वासनको भरमा ती देशहरू अमेरिकाको पछि लाग्ने अवस्थामा छैनन् ।
आफूभन्दा अघिका राष्ट्रपतिहरूको तुलनामा बाइडेनले विश्वास जित्न अझ बढी मिहिनेत गर्नुपर्नेछ । उनले आपसी सम्मान र कल्याणमा आधारित अझ बढी समान अन्तरएटलान्टिक र अन्तरप्रशान्त सम्बन्ध स्वीकार्न आवश्यक पर्नेछ ।
चीन र रुस नै संरा अमेरिकाको लागि आगामी दसकको सबभन्दा ठुला दुई चुनौती हुनेछन् । ती देशहरूसँग व्यवहार गर्न अन्तरएटलान्टिक र अन्तरप्रशान्त सम्बन्धको विकास अमेरिकाको लागि अपरिहार्य छ ।
शक्ति राजनीतिको कुरा गर्दा बाइडेनले आफूलाई आफ्ना विपक्षीहरूभन्दा पृथक देखाउन सक्नुपर्नेछ । पूर्वाग्रह र बहुलठ्ठीपनामा आधारित आजको समयमा उनले मानवअधिकार र प्रजातान्त्रिक मूल्यको प्रवद्र्धन गरेर नै आफ्नो भिन्नता पुष्टि गर्नुपर्नेछ ।
यसको सबभन्दा बढी खाँचो मध्यपूर्वमा छ । जहाँ ट्रम्प सरकारले सबै राजनीतिकरूपमा वैध, शिष्ट र मानवीय कुरा परित्याग गरेको थियो ।
बाइडेनले मानवअधिकारलाई अमेरिकी क्षेत्रीय नीतिको केन्द्रमा राख्न आवश्यक छ । त्यसको निम्ति उनले यमनमा युद्ध अन्त्य गर्न र प्यालेस्टाइनमाथिको कब्जा बन्द गर्न आफ्ना साझेदार देशहरू साउदी अरब र इजरायलमाथि दबाब पु¥याउन जरुरी छ ।
इरानसँगको आणविक सम्झौतामा संरा अमेरिका फर्किन आवश्यक र बुद्धिमानी हो । तर, यसको निम्ति इरानलाई मानवअधिकार र कानुनी मान्यतामा पनि ध्यान दिन लगाउनुपर्छ । मध्यपूर्वको स्व–मनोनित महाशक्ति भएकोले सिरिया र लिवियामा गृहयुद्धको लागि अमेरिका जिम्मेवार छ । त्यो युद्ध रोक्न ओबामाले सकेनन् र ट्रम्पले बेपर्वाह छोडे ।
बाइडेन अमेरिकाको स्थापना असल देवदुत र अँध्यारा कुभावनाबीचको लगातारको लडाइँबाट भएको भन्छन् । विदेश नीतिको सन्दर्भमा पनि यही सत्य हो । यो समय अमेरिकामा असल देवदूतहरू आउने समय हुन जरुरी छ ।
(लेखक अल जजिराका वरिष्ठ राजनीतिक विश्लेषक हुनुहुन्छ ।)
स्रोत : अल जजिरा
नेपाली अनुवाद : सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *