भर्खरै :

बाइडेनको कार्यकाल र चीनसँगको सम्बन्ध

बुधबारको दिन । वासिङ्टनमा पारिलो घाम लागेको थियो । तर, संरा अमेरिकाको राजधानी सहर भने बन्दाबन्दीमा थियो । अमेरिकी केन्द्रीय गुप्तचर विभाग सीआईए र सुरक्षाकर्मीहरू डोनाल्ड ट्रम्पका कोही समर्थक वरपर घुमिरहेको छ कि भनी कडा जाँच गरिरहेका थिए । सन् २०२० को राष्ट्रपति निर्वाचनमा बाइडेनले वैधानिकरूपमा विजय हासिल नगरेको दाबी गर्ने संरा अमेरिकाका केही इलेक्टोरेटहरूबाट बाइडेनको सपथग्रहण समारोहलाई सुरक्षा प्रदान गरिएको थियो ।
संरा अमेरिकाको लागि सबभन्दा ठूलो खतरा भनेको चीन हो भनी लगातार चर्चा हँुदै आएको थियो । तर, पछिल्लो घटनाक्रमले संरा अमेरिकाको लागि सबभन्दा ठूलो खतरा आफ्नै सिमानाभित्र रहेको प्रस्ट छ । संरा अमेरिकाले लगातार चीनको बहुलट्ठीपूर्वक बद्ख्वाइँ गरिरहेको छ । उसको त्यस्तो व्यवहारले खासमा चीनको राजनीतिक व्यवस्थामा खतरा बढेको छ । यस्ता आन्तरिक र अन्तर्राष्ट्रिय अन्तरविरोधबीच के बाइडेनको कार्यकालमा चीन–संरा अमेरिका सम्बन्धमा केही सुधार हुन सम्भव होला ?

ओबामा राष्ट्रपति हुँदा बाइडेन उपराष्ट्रपति थिए । राष्ट्रपति छँदा ओबामा नवउदार पुँजीको मुखपात्र थिए । निजी बैङ्कहरूलाई राज्यको कोष खर्च गरेर आर्थिकरूपमा टाट पल्टिनबाट जोगाउनु र उनको मन्त्रिमण्डल नै सिटी बैङ्कले छनौट गरिदिएको वास्तविकताबाट पनि उनको वर्गीय चरित्र पुष्टि हुन्छ । ओबामामा अमेरिकाको दिशा एसियातिर मोडेका थिए । उनले एसियामा रक्षा बजेट बढाएका थिए । ओबामा कहिल्यै पनि चीनको सहयोगी भएनन् । त्यसकारण बाइडेन पनि चीनप्रति सद्गुणी हुनसक्दैनन् ।

सूक्ष्म तहमा हेर्दा जो बाइडेनका छोरा हन्टर बाइडेनको चीनसँगको व्यापारिक सम्बन्धबारे धेरै चर्चा भइसकेको छ । समन्वयकारी बाइडेनलाई यही कारण आगामी दिनमा थप चीन पक्षधर हुने भनिएको छ । तर, चीनमा संरा अमेरिकी व्यापार र लगानीले नै सबै कुराको निधो गर्नेछ । संरा अमेरिकी प्रजातन्त्र त्यहाँको अन्तर्राष्ट्रिय पुँजीको प्रभाव पार्ने शक्तिबाट धेरै प्रभावित हुने गरेको छ । त्यो अन्तर्राष्ट्रिय पुँजीले अमेरिकाका दुवै दललाई चन्दा सहयोग गरेको हुन्छ । त्यही कारण संरा अमेरिकी शासक वर्गभित्र सधैँ जेलिएको सम्बन्ध र स्वार्थको द्वन्द्व प्रस्ट हुने गरेको छ ।
तर, अन्तर्राष्ट्रिय पुँजीले चीनमा व्यापार गर्ने भएकोले मानौँ त्यो पुँजी पेइचिङसँग सहज र मैत्रीपूर्ण हुनेछ । संरा अमेरिकी नवउदार आमसञ्चारले चीनविरोधी मूर्त नीति अँगालेको प्रस्ट छ । संरा अमेरिकी शासक वर्ग पछि चीनसँग व्यापार गर्न र नाफा कमाउन पाएकोमा खुसी छ । तर, साथमा उनीहरू आफ्नो हितको लागि चीनविरोधी उत्तेजनात्मक गतिविधिलाई पनि प्रवद्र्धन दिन चाहन्छ ।
ट्रम्प अमेरिकी राष्ट्रिय पुँजीको पक्षमा लागेका थिए । उनीभन्दा बाइडेन फरक छन् । बाइडेन संरा अमेरिकाको नवउदार अन्तर्राष्ट्रिय पुँजीका प्रतिनिधि हुन् । उनको यही अन्तर्राष्ट्रिय दृष्टिकोणको कारण चीनसँग उनले सहजता र कूटनीतिक तरिकाले व्यवहार गर्ने अपेक्षा गरिएको छ । उनको यस्तो सहजताले अरू कुनै पनि कुरा होइन, उनकै वर्गीय हितको गतिशीलताको प्रतिनिधित्व गर्छ ।
ओबामा राष्ट्रपति हुँदा बाइडेन उपराष्ट्रपति थिए । राष्ट्रपति छँदा ओबामा नवउदार पुँजीको मुखपात्र थिए । निजी बैङ्कहरूलाई राज्यको कोष खर्च गरेर आर्थिकरूपमा टाट पल्टिनबाट जोगाउनु र उनको मन्त्रिमण्डल नै सिटी बैङ्कले छनौट गरिदिएको वास्तविकताबाट पनि उनको वर्गीय चरित्र पुष्टि हुन्छ । ओबामामा अमेरिकाको दिशा एसियातिर मोडेका थिए । उनले एसियामा रक्षा बजेट बढाएका थिए । ओबामा कहिल्यै पनि चीनको सहयोगी भएनन् । त्यसकारण बाइडेन पनि चीनप्रति सद्गुणी हुनसक्दैनन् ।
संरा अमेरिकी प्रजातन्त्रको विडम्बना के हो भने निकै महत्वपूर्ण दीर्घकालीन रणनीतिक निर्णय निर्वाचित नेताहरूको हातमा मात्र सीमित हुने गर्दैन । बरु, नवउदार पुँजीले बनाएको जेलिएको राज्यले शक्तिको रणनीतिक डाडुपन्युँ नियन्त्रणमा हुन्छ । ट्रम्पको ट्वीटर खाताको खारेजीबाट पनि यो कुरा स्पष्ट हुन्छ ।
ट्रम्प जतिसुकै जिद्दी भए पनि नवउदारवादको यो शक्तिलाई उनले माथ खुवाउन सकेनन् । बरु, नवउदार पुँजीले ट्रम्पलाई मज्जा खेलायो । त्यसकारण नवउदार पुँजीका पक्षधर बाइडेन यो जेलिएको राज्य संयन्त्रको विरोधमा जान कदापि सक्दैनन् । बरु उनी यसमा पौडेर बस्नेछन् । तर, बाइडेनको सरकारले नवउदार सैनिक–औद्योगिक गठबन्धनले पर्दा पछाडिबाट गर्ने निर्णय प्रक्रियामा केही फरक पार्नेछैन । यो निर्णय प्रक्रिया पछाडि बुद्धिजीवी समूह (थिङ ट्याङ्क), आमसञ्चार, पुँजीपति, गैरसरकारी संस्था र विश्वविद्यालयहरूको पनि हिस्सेदारी हुने गरेको छ ।
वासिङ्टन र अमेरिकी सैनिक–औद्योगिक गठबन्धनले सिन्जियाङको अवस्थाबारे पक्कै पनि गलत प्रचार गर्न छोड्नेछैन । अमेरिकी पूर्वविदेश सचिव कोलिन पावलका प्रमुख सचिव कोलोनल लरेन्स विकरसनका अनुसार अफगानिस्तानमा संरा अमेरिकी उपस्थितिको मूल कारण भनेको चीनको बेल्ट एन्ड रोड परियोजनालाई सैनिक शक्तिमार्फत विफल बनाउनु र चीनको उदयलाई विथोल्न उइगुरलाई प्रयोग गर्नु हो ।
बृहत् कोणबाट फेरि सुक्ष्म कोणमा हेर्दा बाइडेन र चीनका राष्ट्रपति सी चिनफिङबीच राम्रो सम्बन्ध भएको बताइन्छ । संसारका अन्य नेताहरूको तुलनामा बाइडेनले सीसँग धेरै समय व्यतीत गरिएको बताइन्छ । सन् २०११ को अगस्टमा बाइडेनले चीनको भ्रमण गर्दा पेइचिङ र छेङ्दुमा उनीसँग सी घुमेका थिए ।
त्यत्तिबेला बाइडेनले आफ्नी नातिनी नाओमी बाइडेन पनि गएका थिए । नाओमी चिनियाँ भाषा बोल्न जान्छिन् । सन् २०१२ को फेब्रुअरीमा सी संरा अमेरिकाको भ्रमणमा जाँदा लस एन्जल्समा बाइडेन सँगै घुमेका थिए । त्यहाँ उनीहरूबीच हरेक वर्ष चीनमा धेरै हलिउड चलचित्रहरू प्रदर्शन गर्ने सहमति भएको थियो ।
समयान्तरमा दुवै नेताहरूले आफ्नो देशमा प्र्रगति गरे । त्यसकारण चीनले पक्कै पनि बाइडेनको कार्यकाललाई ट्रम्पको कार्यकालभन्दा सहज र न्यून जोखिम मान्नेछ । कहिलेकाहीं व्यक्तिगत मित्रताबारे यस्ता कुराले कम महत्वबाट राख्ने गर्छ । उदाहरणको लागि ट्रम्पले पनि सीसँग आफ्नो सम्बन्ध राम्रो भएको बताएका थिए । ट्रम्पकी नातिनीले पनि म्यानडेरिन भाषा सिक्दै छिन् । सी र ट्रम्पबीच भेटघाट हुँदा ट्रम्पकी नातिनीले ‘जस्मिन फुल’ को गीत गाएकी थिइन् । यति भए पनि ट्रम्पको कार्यकालमा चीन र संरा अमेरिकाबीच सम्बन्धमा कुनै सुधार भएको देखिएन ।
दुःखको कुरा, संरा अमेरिकी उदार प्रजातन्त्रका त्यस्ता धेरै विषय छन् जसले प्रजातन्त्रबारे भ्रम फैलाउने गरेका छन् । संरा अमेरिकी प्रजातन्त्रमाथि उही जेलिएको राज्य संयन्त्रको प्रभाव हावी हुने गर्छ । जो व्यक्तिगतरूपमा जतिसुकै राम्रो व्यक्ति भए पनि उनले यसमा परिवर्तन गर्न सक्दैनन् किनभने संरा अमेरिकी शक्ति निर्वाचन जितेका कोही व्यक्तिमा निर्भर हुने गर्दैन ।

केथ ल्याम्ब


स्रोत : सीजीटीएन
नेपाली अनुवाद : सुमन 

Leave a Reply

Your email address will not be published. Required fields are marked *