भर्खरै :

जिल्ला–जिल्लामा मनाइयो नेमकिपाको ४७ औँ स्थापना दिवस

बाँके, १० माघ । नेपाल मजदुर किसान पार्टी बाँके जिल्ला समितिको आयोजनामा नेमकिपाको ४७ औँ स्थापना दिवस र प्रथम जिल्ला परिषद् शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले जिल्ला परिषद्को सफलताको कामना गर्दै नेमकिपाको विधानअनुसार कार्यकर्ताहरू परिचालित हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले नेमकिपाको उद्देश्य नेपालमा कम्युनिस्ट शासन व्यवस्था स्थापित गर्ने रहेको बताउँदै नेकपा विभाजन व्यक्तिगत फाइदाका कारण निम्तिएको समस्या हो भन्नुभयो ।
नेमकिपाले समाजवादी व्यवस्था स्थापना गर्न कानुनी र गैरकानुनी बाटो अपनाई अगाडि बढिरहेको बताउनुभयो ।
नेमकिपाका प्रतिनिधिले संसद्मा प्रखर प्रतिपक्षको भूमिका खेलिरहेको बताउँदै उहाँले प्रतिक्रियावादीहरू परास्त गर्न र जनताको राजनीतिक चेतनास्तर उठाउन निर्वाचनमा भाग लिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
संसद्बाट समाजवाद आउँछ भन्ने नेकपाको नीतिबारे खण्डन गर्दै उहाँले कृषिप्रधान देशमा कृषकहरूलाई कृषिमा विदेशी लगानी भित्याउने सरकारको नीतिको विरोध गर्नुभयो । उहाँले ठूला माछाले साना माछालाई खाएजस्तै ठूला व्यापारीले नेपालको कृषि क्षेत्र नै ध्वस्त बनाउन सक्नेतर्पm सचेत हुनुपर्ने र गलत सिद्धान्तले पार्टीको अस्तित्व नै समाप्न पार्नसक्ने बताउनुभयो ।
उहाँले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र स्वाधीनतामा असर पार्ने काम भारतले गरिरहेको हुँदा नेमकिपाले त्यसको विरुद्ध सङ्घर्षलाई निरन्तरता दिइरहेको हो भन्नुभयो ।
उहाँले भारत नेपाललाई सके सिक्किम बनाउने र नसके भुटानको अवस्थामा पु¥याउने प्रयासमा रहेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले संसद् विघटनबारे विभिन्न राजनीतिक दलहरूको धारणा फरक फरक भएको बताउँदै नेमकिपाले यसमा औचित्यता देखेको र यो स्वाभाविक प्रक्रिया हो भन्नुभयो ।
नेपाल कम्युनिस्ट पार्टी पुँजीपति वर्गको हितमा काम गर्ने पार्टी भएको र नेकपाका कार्यकर्ताले विदेशी सङ्घसंस्था, एनजीओ÷आइएनजीओमा एजेन्टको रूपमा कमिसन र फाइदा उठाइरहेको उहाँले बताउनुभयो ।
वैकल्पिक केन्द्रीय सदस्य चवालले पार्टी प्रकाशनहरू नियमित अध्ययन गरी आप्mनो सैद्धान्तिक स्तर उकास्न प्रेरित गर्दै नेमकिपाको दृष्टिकोण बुझ्न पनि अध्ययन, छलफल र अन्तरक्रियाको आयोजना गर्नुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य रोशनमैंया सुवालले पार्टीको गतिविधि र इतिहासबाट सिक्नुपर्ने बताउँदै नेमकिपा किसानहरूको मोहियानी हक सुनिश्चित गराउनुका साथै बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलन गरी व्यापक जनताको हितमा निरन्तर सङ्घर्षरत रहेको बताउनुभयो ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेमकिपाको भूमिका उल्लेखनीय रहेको उहाँले बताउनुभयो ।
नेमकिपा बाँके जिल्ला समिति अध्यक्ष बखत थापाले पार्टीको अनुशासनमा रही समाजवादी प्रचार अभियानमा सक्रिय भएर लाग्न कार्यकर्तालाई मार्गनिर्देश गर्नुभयो ।
नेमकिपा बाँके जिल्ला समितिका उपाध्यक्ष गौरीकान्त आचार्यले देशभरि नेमकिपाको ४७ औँ स्थापना दिवस भव्यरूपमा मनाइरहेको जानकारी दिनुभयो भने सचिव प्रकाश शाहीले पनि बोल्नुभएको थियो ।
जुम्ला
नेमकिपाको ४७ औँ स्थापना दिवसको अवसरमा शनिबार जुम्लामा जनसभा तथा जुलुस प्रदर्शनी भयो ।
सभामा पार्टीका केन्द्रीय सदस्य नवराज कोइरालाले देशमा संशोधनवादीहरू हावी भएको बेला उनीहरूको पुँजीवादी चरित्रलाई उदाङ्ग्याई जनताको हितको निम्ति नेमकिपा स्थापना भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सामन्तवादको खोल ओढेर प्रजातन्त्रको वकालत गर्ने नेपाली काङ्ग्रेस र नेकपा दुवै साम्राज्यवादी अमेरिका र विस्तारवादी भारतका एजेन्ट हुन् । ती पार्टीहरू सत्तामा पुगे पनि तिनीहरुले जनताको हितमा काम गरेनन् ।”
मित्र र शत्रु चिन्न सक्नुपर्नेमा जोड दिँदै उहाँले संसद् विघटनको मुद्दा अदालतले टुङ्गो लगाउनेछ भन्नुभयो ।
समाजवादी राज्य व्यवस्था स्थापनाको लागि कर्णालीमा सबभन्दा पहिले रातो झन्डा नेमकिपाले उठाएको चर्चा गर्दै उहाँले समाजवाद र साम्यवादी व्यवस्था स्थापना नहुञ्जेलसम्म नेमकिपाको सङ्घर्ष जारी रहने बताउनुभयो ।
नेक्राशिसङ्घका केन्द्रीय सदस्य दीर्घबहादुर शाहीले पुँजीवादी पार्टीबाट जनताले बारम्बार धोखा पाइरहेको बताउँदै पद, पैसा र व्यक्तिगत स्वार्थको लागि राजनीति गर्नेहरूले जनतालाई सधैँ धोखा दिइरहने उल्लेख गर्नुभयो ।
नेक्राकिसङ्घ जुम्लाका अध्यक्ष विर्षबहादुर राउतले किसानहरूको समस्यालाई सरकारले ध्यान नदिएको चर्चा गर्दै किसानलाई समयमै मल, बीउ, अनुदान तथा प्रविधि दिन सके देश आत्मनिर्भर हुने धारणा राख्नुभयो ।
नेक्रायुसङ्घ जुम्ला सचिव भीमबहादुर सार्कीले युवाहरूलाई विदेशमा होइन स्वदेशमै रोजगार दिनु आवश्यक भएको बताउनुभयो ।
नेक्रामहिला सङ्घ जुम्ला अध्यक्ष राज्यलक्ष्मी न्यौपानेले समाजवादी आन्दोलनको लागि महिलाको अहम् भूमिका रहेको बताउँदै समाजवादी आन्दोलनको लागि सङ्घर्ष गर्न आग्रह गर्नुभयो ।
नेक्राविसङ्घ जुम्ला जिल्ला अध्यक्ष गोरखजङ्ग शाहीले विद्यार्थी परिवर्तनको वाहक भएकोले विद्यार्थी जीवनदेखि नै राजनीतिकरूपमा सचेत र सङ्गठित हुनु आवश्यक छ भन्नुभयो ।
आयोजक समितिका कार्यवाहक अध्यक्ष राजेश्वर देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा यज्ञबहादुर बुढथापा, टेकबहादुर रोकाया, पूर्णलाल खत्री, जयकृष्ण न्यौपानेलगायतले बोल्नुभएको थियो ।
नेमकिपा जुम्ला जिल्ला पार्टी कार्यालयबाट सुरू भएको ¥याली बजार परिक्रमा गरी टुँडिखेलमा पुगी जनभासमा परिणतमा भएको थियो ।
काभ्रे
नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा नेमकिपा बनेपा नगर समितिको आयोजनामा शनिबार विचार गोष्ठी भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले गणतन्त्र आए पनि जनताको आशाअनुसार परिवर्तन नभएको भन्दै महँगी, भ्रष्टाचार, नातावाद र भागबन्डाको कारण जनता आहत भएको बताउनुभयो ।
उहाँले समाजवादी आन्दोलनको विकल्प नभएको भन्दै पुँजीवादकै कारण विश्वमा अनेक युद्ध भइरहेको र विश्व जलवायु सङ्कट पुँजीवादले नै निम्त्याएको उल्लेख गर्नुभयो ।
स्वतन्त्रता, समानता र भाइचाराको नारा दिएर स्थापित पुँजीवाद असफल भइसकेको भन्दै आज पनि विश्वका १ अर्ब मानिस दिनमा एक छाकमात्र खान्छन् भन्नुभयो । नवउदारवादी नीतिले राज्यलाई पनि निरीह बनाएको उल्लेख गर्दै केन्द्रीय सदस्य गोसाईले कोरोना भाइरसको महामारीको क्रममा पुँजीवादी देशका मानिस असुरक्षाको शिकार बनेको दृष्टान्त राख्नुभयो ।
गोष्ठीमा नेमकिपा काभ्रेका अध्यक्ष कृष्णकुमार वैद्यले नेमकिपाले सिद्धान्तको मामिलामा कुनै मोलाहिजा गर्दैन भन्नुभयो ।
नेमकिपा बनेपा नगर समितिका अध्यक्ष त्रिरत्न सायमीको सभापतित्वमा भएको विचार गोष्ठीमा पुण्यशोभा श्रेष्ठ, लक्ष्मीराम न्हुछेप्रधान, ज्ञानेन्द्र डंगोल, लक्ष्मी मानन्धर, ओमप्रसाद मानन्धरलगायतले नेपालको कम्युनिस्ट आन्दोलनमा नेमकिपाको भूमिकाबारे बोल्नुभएको थियो ।
काठमाडौँ
नेपाल मजदुर किसान पार्टी टोखा नगर समितिको आयोजनामा पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी केन्द्रीय समितिका सदस्य सनकमान महर्जनले नेमकिपा कम्युनिस्ट आन्दोलनमा स्पष्ट अडानसहित देशमा समाजवादी व्यवस्था स्थापनाको लागि अघि बढिरहेको छ भन्नुभयो । उहाँले नेपाल मजदुर किसान पार्टीको विचारलाई जनतामाझ पु¥याउन प्रचारप्रसारमा लाग्नुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी टोखा नगर समितिका अध्यक्ष रवीन्द्र डंगोलको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा काठमाडौँ जिल्ला समितिका सदस्य विशोक डंगोल, नेपाल क्रान्तिकारी किसान सङ्घ काठमाडौँ जिल्ला समितिका अध्यक्ष वीरबहादुर डंगोल, नेपाल क्रान्तिकारी महिला सङ्घ काठमाडौँ जिल्ला समितिका अध्यक्ष मीना डंगोल, जनसाहित्य समाज टोखाका अध्यक्ष काशिलाल डंगोल, नेमकिपा टोखा नगर समितिका सचिव मदन श्रेष्ठ, शैलेश डंगोल, कमलबहादुर डंगोल, रमेश डंगोल, नेपाल क्रान्तिकारी किसान सङ्घ टोखा नगर समितिका अध्यक्ष पञ्चनारायण श्रेष्ठ, नेपाल क्रान्तिकारी महिला सङ्घ टोखा नगर समितिका कोषाध्यक्ष सृजना डंगोल, सदस्य गीता डंगोललगायतले बोल्नुभएको थियो ।
सिन्धुपाल्चोक
नेपाल मजदुर किसान पार्टी सिन्धुपाल्चोक जिल्ला समितिको आयोजनामा शनिबार प्रशिक्षण कार्यक्रम भयो ।
पार्टी स्थापना दिवसको अवसरमा भएको उक्त कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले नेमकिपाको स्थापना संशोधनवाद, वामपन्थी तथा दक्षिणपन्थी अवसरवाद, अराजकतावाद, आत्मसमर्पणवाद, सङ्कीर्णता, वडाराष्ट्र अहङ्कारवाद, अन्धराष्ट्रवाद, विस्तारवाद र साम्राज्यवादविरूद्ध भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाले समाजवादी आन्दोलनलाई जोड दिइरहेको छ । माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ्ग विचारधारा पार्टीको मार्गनिर्देशक सिद्धान्त हो । जनताको प्रजातन्त्र हुँदै समाजवाद र साम्यवाद स्थापना गर्नु पार्टीको प्रमुख लक्ष्य हो ।” नेमकिपाका अर्का वैकल्पिक केन्द्रीय सदस्य कृष्णबहादुर तामाङले सर्वहारा वर्गको शासन सत्ता हुने समाजवादी व्यवस्था स्थापना गर्न नेमकिपा सङ्घर्षरत रहेको बताउनुभयो ।
नेपाल कर्मचारी समाजका केन्द्रीय अध्यक्ष गौतमप्रसाद लासिवाले नेमकिपाले बहुसङ्ख्यक कामदार जनतालाई राजनीतिकरूपले सचेत र सङ्गठित गर्ने काम गरिरहेको बताउनुभयो ।
युधिष्ठिर ‘आकाश’ को सभापतित्वमा भएको कार्यक्रममा मीना मास्के, मुना तामाङ, गणेश खरेलगायतले बोल्नुभएको थियो ।
चितवन
नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा नेक्रायुसङ्घ र नेक्राविसङ्घको संयुक्त आयोजनामा युवा – विद्यार्थी भेला तथा प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेश सदस्य सुरेन्द्रराज गोसाईले नेमकिपाका कार्यकर्ता र समर्थकहरूले अझ बढी अध्ययन र सङ्घर्ष गर्ने बेला आएको बताउनुभयो । “देशको राजनैतिक अवस्था बिग्रेको छ । शासक राजनीतिक दल औपचारिकरूपमा फुट्न बाँकी छ । पद र पैसाको निम्ति भएको राजनीतिले जनताको हित हुँदैन । जहाँ स्वार्थ नै स्वार्थको राजनीति हुन्छ त्यहाँ देशले दुर्भाग्यसिवाय केही उपलब्धि पाउने छैन”, सांसद गोसाईले भन्नुभयो ।
शासक दलको भागबन्डाको झगडा प्रदेशमा पनि देखिएको भन्दै उहाँले प्रदेश सरकारमा मुख्य मन्त्रीविरुद्ध शासक दलभित्रकै सांसदहरूबाट अविश्वासको प्रस्ताव दर्ता हुनुले तिनीहरूको सिद्धान्त र विचारको एकता नभएको प्रस्ट हुन्छ भन्नुभयो ।
कार्यक्रममा नेमकिपा चितवनका जिल्ला अध्यक्ष हरिप्रसाद दुवालले नेपाल मजदुर किसान पार्टीले स्थापनादेखि नै देश र जनताको पक्षमा सङ्घर्ष गर्दै आएको छ भन्नुभयो । “गलत बाटोमा हिँडेको कम्युनिस्ट आन्दोलनलाई नेमकिपाले सही बाटोमा लाने प्रयास गर्दै आएको छ । कम्युनिस्टको बीउ जोगाउने काम नेमकिपाले गरेको छ”, उहाँले प्रस्ट पार्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर सङ्घका जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठले संसदीय प्रणालीअनुसार देशलाई अप्ठेरोबाट जोगाउनको लागि राज्य प्रमुखलाई विशेष अधिकार हुन्छ, नेकपाभित्रैबाट सरकारलाई काम गर्न नदिएको र सरकार ढाल्ने खेल भएको भनी प्रधानमन्त्री ओलीले संसद् विघटन गर्नु स्वाभाविक र औचित्यपूर्ण रहेको प्रस्ट पार्नुभयो ।
कार्यक्रममा युवा सङ्घका ज्ञानेन्द्र चेपाङ, पदम मगर, सन्तबहादुर पाख्रीन, विद्यार्थी अर्जुन चेपाङ, कृष्ण तामाङले पनि बोल्नुभएको थियो ।
भक्तपुर
नेमकिपाको स्थापना दिवसको अवसरमा शुक्रबार साँझ सूनपा वडा नं ८, विविचामा कार्यकर्ता तथा समर्थकको भेला भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले वर्गसङ्घर्षलाई अझ तीव्र पार्नुपर्नेमा जोड दिनुभयो । उहाँले पुँजीवादको विकाससँगै मजदुरमाथिको शोषण सघन हुँदै गएको भन्दै अब मजदुर आन्दोलनको आवश्यकता छ भन्नुभयो । उहाँले अनेक प्रकारका राजनीतिक परिवर्तन भए पनि सत्ताको आधारभूत चरित्र नबलिएको भन्दै सत्ताको आधारभूत चरित्र शोषणमै आधारित छ भन्नुभयो । कामदार वर्गको सङ्गठन र सचेत आन्दोलनबिना समाजमा मौलिक परिवर्तन नआउने उहाँको भनाइ थियो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय उपाध्यक्ष कमलमैयाँ सुवालले कामदार महिला सचेत भई सङ्घर्षमा उत्रिनु आवश्यक भएको भन्दै प्रतिक्रियादीहरूले फुट गर र राज गरको नीति लिएको बताउनुभयो ।
नेमकिपा सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले नेमकिपाले देशको सार्वभौमिकता रक्षाको निम्ति महत्वपूर्ण योगदान गरेको विचार राख्नुभयो । आयोजक समितिका अध्यक्ष श्यामसुन्दर सुवालको सभापतित्वमा भएको कार्यक्रममा नेक्राकिसङ्घका राजेन्द्र बखुन्छेँ, कृष्णनारायण मचामसी, केपी बाटीलगायतले नेमकिपाको नेतृत्वमा भएको आन्दोलनमा भाग लिँदाको अनुभव राख्नुभएको थियो ।
यसैगरी नेपाल क्रान्तिकारी किसान सङ्घ चाँगुनारायण नगर समितिको आयोजनामा नेमकिपा स्थापना दिवस शनिबार मनाइयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजू, आयोजक समितिका अध्यक्ष नारायणभक्त न्हेम्हाफुकी, गणेशराम सुवाल, रामभक्त सुकमनी, कमला गिरी, धनबहादुर श्रेष्ठ र टड्ढप्रसाद कटेलले पनि बोल्नुभएको थियो ।
कोहलपुर
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संसद्बाट समाजवाद आउँछ भन्ने विचार संशोधनवादी भएको बताउँदै नेमकिपाले स्थापनाकालदेखि नैतिकता र सिद्धान्तको राजनीति गरिरहेको बताउनुभयो ।
एनटीभी कोहलपुरको ‘टि टक’ कार्यक्रमका पत्रकार दिप्टी भट्टसँग माघ १० गते भएको कुराकानीमा प्रमुख प्रजापतिले नेपालको कानुन निर्माणको क्रममा आप्mनो अनुभव सुनाउँदै सक्षम र योग्य व्यक्तिलाई देशको नेतृत्व तहमा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले निजीकरणको पक्ष लिनेहरू कम्युनिस्ट हुन नसक्ने र संसद् पुनःस्थापनाभन्दा निर्वाचन लोकतान्त्रिक विधि भएको बताउँदै नेमकिपा निर्वाचनको पक्षमा रहेको प्रस्ट पार्नुभयो ।
राजनीतिक पार्टी, दर्शन र सिद्धान्तको आधारमा स्थापना र सञ्चालन हुनुपर्नेमा जोड दिँदै निर्वाचन निष्पक्ष ढङ्गले हुनुपर्ने उहाँले बताउनुभयो ।
राजनीतिक स्पष्टताको निम्ति पनि निर्वाचन अपरिहार्य भएको औँल्याउँदै उहाँले निर्वाचन प्रजातान्त्रिक प्रक्रिया हो र जनतालाई आर्थिक प्रलोभनमा नपारी इमानदार व्यक्तिलाई निर्वाचित गराउनुपर्छ भन्नुभयो । भक्तपुर नगरपालिकाले स्थानीय तह निर्वाचन २०७४ मा नेमकिपाले प्रस्तुत गरेको घोषणापत्रलाई अक्षरशः पालना गर्दै आइरहेको बताउँदै ख्वप विश्वविद्यालय सञ्चालनको लागि नगरपालिका निरन्तर लागिरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *