भर्खरै :

पार्टी अनुशासन बलियो बनाउन महासचिव सीको जोड

पेइचिङ, २३ जनवरी । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले चीनको चौधौँ पञ्चवर्षीय योजना(२०२१–२०२५) का विकास लक्ष्य र जिम्मेवारी हरेक हिसाबबाट पूरा गर्न पार्टीको निर्देशक र संरक्षक भूमिकाबारे जोड दिनुभएको छ ।
चिनियाँ राष्ट्रपति एवम् चीनको केन्द्रीय सैनिक आयोगका अध्यक्ष समेत रहनुभएका सीले गत शुक्रबार चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय अनुशासन अनुगमन आयोगको पाँचौँ विस्तारित बैठकमा बोल्दै जनवादी गणतन्त्र चीनको इतिहासमा सन् २०२० असामान्य रहेको बताउनुभयो । अघिल्लो वर्षको पार्टी निर्माणका उपलब्धिबारे चर्चा गर्दै सीले भन्नुभयो,“आँधीबेहरीको प्रतिकूल समयमा पार्टीको बलियो नेतृत्व र चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको अग्रसरताको महत्व चिनियाँ जनताले अनुभव गरेका छन् ।”
चिकपाको केन्द्रीय समिति पार्टी गतिविधि, स्वच्छ सरकार र भ्रष्टाचारको प्रतिरोधमा प्राप्त प्रगतिबाट सन्तुष्ट रहेको उहाँको भनाइ थियो । महासचिव सीले पार्टी सङ्गठनको राजनीतिक मूल्याड्ढन, बुझाइ र कार्यान्वयनमा सुधार हुनुपर्नेमा जोड दिनुभयो ।
निर्विकल्प
“भ्रष्टाचारको प्रतिरोधमा पार्टीले ऐतिहासिक उपलब्धिहरू हासिल गरे पनि परिस्थिति अझै चुनौतीपूर्ण र जटिल छ”, सीले भन्नुभयो ।
“पार्टी सङ्गठनको सबभन्दा ठुलो चुनौतीको रूपमा भ्रष्टाचार अझै पनि कायम नै रहेको छ”, पुरानो र नयाँ थरीका भ्रष्टाचार एक अर्कामा जेलिएको र भित्रभित्र हुने र जटिल भ्रष्टाचार बढेको बताउँदै सीले भन्नुभयो ।
सन् २०२० मा चिनियाँ कम्युनिस्ट पार्टीका अठार जना केन्द्रीय स्तरका अधिकारीहरूमाथि अनुसन्धान भएको थियो । सन् २०२० का एघार महिनामा विदेशमा रहेका १ हजार २२९ जना दोषीहरूलाई देश फर्काइएको र २ अर्ब ४५ करोड युआन बराबरको रकम फिर्ता ल्याइएको थियो ।
सन् २०२१ को सुरुका एघार दिनमा चीनको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सात जना केन्द्रीय स्तरका अधिकारीहरूमाथि घूस लिएको आरोपमा सजाय गरेको छ । त्यसबाट नयाँ वर्षमा चीनमा भ्रष्टाचारविरुद्धको लडाईँ अझ पेचिलो हुने सड्ढेत गरेको छ । “भ्रष्टाचार र भ्रष्टाचारको विरोधबीचको सङ्घर्ष लामो समय चालु रहनेछ”,सीले भन्नुभयो । हरेक प्रतिकूलताबीच भ्रष्टाचारविरुद्ध सङ्घर्ष अघि बढाउनुको हामीसामु विकल्प नै छैन ।
आवश्यकता
सीले लगातार पार्टी सङ्गठन, सफा सरकार र भ्रष्टाचारको प्रतिरोधमाथि जोड दिनुभयो ।
चिनियाँ विशेषताको समाजवाद नामको ठुलो जहाजको चुस्त यात्राको लागि पार्टी सङ्गठन सधै कडा हुन जरुरी भएको उहाँले बताउनुभयो ।
सीले चिकपा केन्द्रीय समितिका प्रमुख निर्णय र योजना कार्यान्वयन सुनिश्चित गर्न सशक्त राजनीतिक दृष्टिकोणको खाँचो भएको बताउनुभयो । “हामीले भ्रष्टाचारविरुद्धको लडाईलाई दृढतापूर्वक अघि बढाउनुपर्छ” , पार्टी कार्यकर्ताहरूले भ्रष्टाचार गर्न आँट नगर्ने, भ्रष्टाचार गर्न नसक्ने र नचाहने अवस्था र प्रणाली स्थापना गर्न आवश्यक भएको भन्दै सीले भन्नुभयो । उहाँले औपचारिकताको लागि औपचारिकता र कर्मचारीतन्त्रका गलत अभ्यास नियन्त्रणमा जोड लगाउनुपर्नेमा जोड दिनुभयो ।
“जनताका तत्कालीन चासोलाई प्रभावित बनाउने भ्रष्टाचार र गलत व्यवहारका समस्या समाधान गर्न र जनताका सामूहिक हितको प्रवद्र्धन गर्न लगातारको प्रयास आवश्यक छ”, सीले जोडका साथ भन्नुभयो ।
सीले चौधौँ पञ्चवर्षीय योजनाको अवधिमा पार्टी र सरकारका नियमनकारी प्रणालीमा सुधार गर्नुपर्ने र देशको विकासको एकीकृत अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो । पार्टीको राजनीतिक जग बलियो बनाउन अनुशासन अनुगमन तथा नियमकारी निकायले नेतृत्व गर्नुपर्ने भन्दै सीले ती निकायहरू कडा अनुशासन र दृष्टिकोणको विकास गर्नुपर्ने बताउनुभयो । बैठकमा चिकपा केन्द्रीय समितिको राजनीतिक व्युरोको स्थायी समितिका सदस्यहरू ली खस्याङ, ली चाङ्सु, वाङ याङ, वाङ हुनिन र हन चेङ पनि सहभागी हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *