तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
ललितपुर
नेपाल मजदुर किसान पार्टी ललितपुर जिल्ला समितिको आयोजनामा ४७ आँै पार्टी स्थापना दिवस आइतबार मनाइयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले भारतले नेपाललाई कहिल्यै पनि हित गर्न नचाहेको बताउनुभयो । उहाँले भारतमा कम्युनिस्ट सरकार आयो भनेमात्र नेपालको हित हुने बताउनुभयो ।
उहाँले भारतीय विस्तारवाद र मोदी फाँसीवादीको सरकारले नेपालको भूमि अतिक्रमण गरी आफ्नो बनाउन खोज्दै छन् भने सरकारमा गएका पार्टीहरू भारतीय गोटी भइरहेको बताउनुभयो ।
“कम्युनिस्टहरूले शिक्षा, स्वास्थ्य निःशुल्क गर्छन्, सामाजिक स्वामित्वलाई जोड दिन्छन्”, उहाँले भन्नुभयो । नेमकिपा स्थापना नभएको भए देश र जनताको हितमा बोल्ने पार्टी नै नहुने उहाँले भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टी ललितपुर जिल्ला समितिका संयोजक टीकाराम महर्जनको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जन, राजवीर डंगोल, केन्द्रीय वैकल्पिक सदस्य नारायणबहादुर दुवाल, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका सुरेश परियार, अशोक महर्जन, नरेश महर्जन, कवीन्द्र डंगोल, महेन्द्र शाक्य, दिलमाया महर्जनलगायतले पार्टी स्थापनाको इतिहास र राजनैतिक गतिविधिबारे बोल्नुभएको थियो ।
सुर्खेत
नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा आइतबार सुर्खेतमा ‘जनताको प्रजातन्त्र’ विषय प्रवचन कार्यक्रम भयो । नेमकिपा सुर्खेत जिल्ला समितिको आयोजनामा भएको कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले पार्टी स्थापनाको ४६ वर्षको अवधिमा नेमकिपाका अग्रजहरूले पु¥याउनुभएको योगदान र भूमिकाको स्मरण गर्दै पार्टीलाई निजी स्वार्थको निम्ति प्रयोग गर्नेहरू लामो समय टिकिराख्न नसकेको बताउनुभयो । नेमकिपाले सातौं महाधिवेशनमा जनताको प्रजातन्त्र, समाजवाद हुँदै साम्यवादसम्म पुग्ने लक्ष्य बोकेको प्रस्ट पार्नुभयो ।
प्रधानमन्त्री के.पी. ओलीले गरेको संसद विघटनलाई नेमकिपाले स्वभाविक र औचित्यपूर्णरूपमा लिएको बताउँदै उहाँले नेकपाको झगडा कुनै सैद्धान्तिक आधार नभएको र कामदार जनता विरोधी पुँजीवादी सरकार भएको बताउनुभयो ।

सन् १९५० को सन्धि नेपालमा कायम रहेसम्म भारतले नेपाललाई अप्ठेरो स्थिति सिर्जना गरिरहने सम्भावना रहेको बताउँदै केन्द्रीय सदस्य प्रजापतिले सन् १९५० को सन्धि खारेजीको माग नेमकिपाले निरन्तर गर्दै आइरहेको बताउनुभयो ।
भारतले नेपालको आर्थिक, व्यापारिक र राजनैतिक क्षेत्रमा प्रभुत्व जमाउँदै गइरहेको बताउँदै भारतले नेपाललाई आर्थिकरूपमा परनिर्भर बनाउने ढङ्गले अगाडि बढिरहेको उहाँले बताउनुभयो । आर्थिकरूपले स्वतन्त्र नभएको देश स्वाधीन र स्वतन्त्र हुन नसक्ने बनाउँदै प्रमुख अतिथि प्रजापतिले जनताको प्रजातन्त्रलाई समाजवाद प्राप्तीको पहिलो आधारको रूपमा व्याख्या गर्नुभयो ।
कामदार वर्गको शासन व्यवस्था कायम गरी सरकारको आर्थिक उत्पादनका साधनहरू सरकारीकरण गर्दै लानु नै समाजवादको सौन्दर्यता हो भन्दै उहाँले नेपालमा समाजवाद स्थापनाको निम्ति नेमकिपा निरन्तर क्रियाशील ढङ्गले सङ्घर्ष गरिरहने बताउनुभयो ।
उहाँले चुनावबाट समाजवाद आउँछ भन्नु पुँजीवादी सोच र संसोधनवादी विचार भएको औँल्याउँदै नेमकिपाले प्रमुख प्रतिपक्षको भूमिका खेलिरहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले पार्टी स्थापना दिवस पार्टीको इतिहास र पार्टीका अग्रजहरूलाई सम्झने दिन रहेको बताउँदै पार्टीको सैद्धान्तिक आधारबारे अध्ययन र छलफल गर्ने अवसररूपमा स्थापना दिवस मनाउनुपर्र्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य रोशनमैँया सुवालले दुई तिहाई बहुमत प्राप्त नेकपाले आपूmलाई कम्युनिस्ट दाबी गरे तापनि नेपालमा समाजवादी व्यवस्था स्थापनाको निम्ति कुनै चासो नदिएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य प्रेमकुमार थापाले कम्युनिस्ट सरकार भनी नेकपाले जनतालाई ढाँटिरहेको तथा कृषिप्रधान देशमा किसानको हितमा कुनै उपलब्धीमूलक काम हुन नसकेकोतर्फ ध्यानाकृष्ट गराउँदै नेपालका पुँजीवादी पार्टीहरूले किसान माथि निरन्तर शोषण गरिरहेको छ भन्नुभयो ।
कार्यक्रममा नेमकिपा सुर्खेत जिल्ला समितिका अध्यक्ष हरिबहादुर बोहरा, नेमकिपा सुर्खेतका सहसचिव शेरबहादुर शाही, प्राध्यापक समाज नेपालका केन्द्रिय सदस्य प्राध्यापक टीकाप्रसाद पोखरेल, नेक्रामहिला सङ्घ सुर्खेतका विजुकला राना, नेमकिपा सुर्खेत जिल्लाका धनेन्द्र विकलगायतले बोल्नुभएको थियो ।
काठमाडौँ
नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिको आयोजनामा ४७ औँ पार्टी स्थापना दिवसको अवसरमा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक पत्रिकाको अन्तरक्रिया कार्यक्रमम शुक्रबार सम्पन्न भयो ।
नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले ४७ औँ पार्टी स्थापना दिवसमा माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालगायत अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहास अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले पार्टीको कार्यक्रम, विधानबारे थप विस्तृत अध्ययन गरी प्रस्ट हुनुपर्ने बताउनुभयो ।
नेमकिपा काठमाडौँ जिल्ला अध्यक्ष नारायण महर्जनको सभापतित्वमा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य राजवीर डंगोल, केन्द्रीय वैकल्पिक सदस्य नारायणबहादुर दुवाल, सुरेन्द्र महर्जन, मदन श्रेष्ठ, विस्वक डंगोल, श्यामकुमार महर्जन, रविन्द्र डंगोललगायतले पार्टी स्थापना दिवस र ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक पत्रिकामा प्रकाशित लेख–रचनाबारे बोल्नुभयो ।
कीर्तिपुर
नेमकिपा कीर्तिपुर नगर समितिको आयोजनामा पार्टीको ४७ आँै स्थापना दिवसको अवसरमा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकको अन्तरक्रिया कार्यक्रम भयो । कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले संशोधनवाद र अवसरवादबाट नेपालको कम्युनिस्ट आन्दोलन जोगाउन नेमकिपाको स्थापना भएको बताउनुभयो ।
कार्यक्रममा उहाँले माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारा वैज्ञानिक समाजवाद भएको उल्लेख गर्दै पँुजीवादको उत्थान, विकास र पतन अवश्यम्भावी छ भन्नुभयो । “माक्र्सवादी नियमअनुसार शोषित वर्गले शोषकलाई वर्गसङ्घर्षबाट पराजित गर्नेछ । चुनावलाई उपयोग गरेर समाजवाद आउँछ भन्ने कुरामा जनता विश्वात छैनन् ।” सचिव सुवालले भन्नुभयो ।
नेमकिपा कीर्तिपुर नगर समितिका अध्यक्ष हरिकुमार महर्जनको सभापतित्वमा भएको कार्यक्रममा नारायण महर्जन, राजवीर डंगोल, नारायणबहादुर दुवाल, विशोक डंगोलले पनि बोल्नुभएको थियो ।
कास्की
नेमकिपाको ४७ औँ स्थापना दिवसको अवसरमा कास्कीको पोखरामा युवाहरूको भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन भएपछि नेपालको कम्युनिस्ट आन्दोलनमा पारेको प्रभावले समाजवादी आन्दोलन नै समाप्त हुने अवस्थामा नेमकिपाको स्थापना आवश्यक बन्न गएको बताउनुभयो ।
उहाँले देशको सार्वभौमिकता र जनताको प्रजातन्त्र स्थापनाको निम्ति युवाहरू सचेत र सङ्गठित भई सङ्घर्ष अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
“नेपाली युवाहरूलाई स्वदेशमै रोजगारीको बन्दोबस्त नगरी वैदेशिक रोजगारीको नाममा विदेशमा सस्तो ज्यामी बनाउन शासकहरूले षड्यन्त्र गरिरहेका छन्”, काफ्लेले भन्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी युवा सङ्घका मीनबहादुर बाटाले पनि बोल्नुभएको थियो ।
कालीकोट
नेपाल मजदुर किसान पार्टी जिल्ला समिति कालीकोटको आयोजनामा पार्टीको ४७ आँै स्थापना दिवसको अवसरमा सदरमुकाम मान्म खाँडाचक्रमा जनसभा तथा जुलुस प्रदर्शन भयो ।
जुलुसपछि मान्मबजारको प्रतिमाचोकमा भएको जनसभा तथा सांस्कृतिक कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले नेपालको कम्युनिस्ट आन्दोलनमा नेमकिपा प्रकाशस्तम्भ भएको बताउनुभयो । उहाँले माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ्ग विचारधारालाई देशकाल परिस्थितिअनुसार कामदार जनतालाई सचेत र सङ्गठित गर्दै आएको बताउनुभयो । उहाँले नेमकिपा देशको सार्वभौमिकता, भूअखण्डता र स्वतन्त्रता जोगाउन सङ्घर्षरत अन्तर्राष्ट्रवादी पार्टी भएको बताउनुभयो ।

उहाँले सत्तारुढ नेकपा फुट्नुमा नेकपाकै आन्तरिक किचलो जिम्मेवार रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ केन्द्रीय समितिका उपाध्यक्ष नरदीप शाहीले निर्वाचन जनताको राजनैतिक चेतनास्तर नाप्ने ब्यारोमिटर भएकोले अब जनताले राजनीतिक दलहरूलाई राम्रोसंँग चिन्नुपर्ने बताउनुभयो । उहाँले संशोधनवाद र अराजकतावादविरुद्ध सङ्घर्षको रूपमा पार्टीले आगामी निर्वाचनलाई लिनुपर्ने बताउनुभयो ।
नेमकिपा कालीकोट जिल्ला समितिका सचिव खड्गराज शाहीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घका कलाकारहरूले सांस्कृतिक प्रस्तुति गर्नुभएको थियो । कार्यक्रममा नेमकिपा जिल्ला समिति सदस्य धनञ्जय अधिकारी, नेमकिपा शुभकालीका गाउँपालिका समिति सचिव खडानन्द अधिकारी, तिलागुफा नगर समितिका उपाध्यक्ष प्रेमलाल कोइराला र धर्मदत्त अधिकारीलगायतले बोल्नुभएको थियो ।
मकवानपुर
नेपाल मजदुर किसान पार्टी जिल्ला समिति मकवानपुरको आयोजनामा मकवानपुरको सदरमुकाम हेटौँडामा पार्टीको ४७ आँै स्थापना दिवस कार्यक्रम शनिबार भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेकपा पुँजीवादी नीति बोक्ने भाइ–काङ्ग्रेस भएको र देशमा राजनीतिक सङ्कट सिद्धान्त र दर्शनको आधारमा नभई पद, शक्ति र सत्ता स्वार्थका कारण उत्पन्न भएको स्पष्ट पार्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सृजना सैँजुले नेमकिपा स्थापनाको आधार, पृष्ठभूमि र पार्टीले खेल्दै आएको भूमिकाबारे चर्चा गर्नुभयो । नेमकिपा स्थापनाकालदेखि नै देश र जनताको हित रक्षाका निम्ति निरन्तर सङ्घर्षरत रहेको, राष्ट्रिय राजनीतिमा देखिएका विकृति, विसङ्गति र बेथितिविरुद्ध प्रखर प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेमकिपा मकवानपुर अध्यक्ष शान्तलाल भैल, नेक्रामजदुर सङ्घका पूर्ण सिं वाइवा, विष्णुबहादुर श्रेष्ठ, नवराज कोइराला, दीपेन्द्र श्रेष्ठलगायतले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।
सोलुखुम्बु
नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा सोलुखुम्बुको दुधकुण्ड नपामा शनिबार स्थानीय पार्टी समर्थक र जनसमुदायको भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासबारे चर्चा गर्दै कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारविरुद्धको सैद्धान्तिक सङ्घर्षको क्रममा नेमकिपाको स्थापना भएको बताउनुभयो । उहाँले कम्युनिस्टहरूको मूल लक्ष्य उत्पादनका मुख्य–मुख्य साधनको सामाजिकीकरण गर्ने, शोषणमा आधारित व्यवस्था अन्त्य गर्ने, व्यक्तित्व विकासमा समान अवसर प्रदान गर्ने समाजवादी व्यवस्था स्थापना गर्नुभएको बताउनुभयो ।
केन्द्रीय सदस्य कवांले सत्तारुढ दलका नेताहरूबीचको झगडा व्यापक कामदार जनताको हितमा नभएको प्रकाश पार्दै यो झगडा कम्युनिस्ट पार्टीको नभई पुँजीवादी दलभित्र पद र पैसाको झगडा भएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय सदस्य राजकृष्ण गोराले कृषिप्रधान देश भनिए पनि नेपालका आजसम्मका शासकहरू जमिन जोत्ने किसानहरूको हितमा आमूल परिवर्तनकारी निर्णय नगरेको बताउनुभयो । कार्यक्रममा नेमकिपाका महेन्द्र बखुन्छे, कुमार कट्टेल, सरस्वती मगर, पूर्णबहादुर मगर, कमलबहादुर मगरलगायतले बोल्नुभएको थियो ।
त्यस्तै पार्टी स्थापना दिवसकै अवसरमा सोलुखुम्बुकै दूधकुण्ड नपा वडा नं ११ तिङ्गलामा नेपाल क्रान्तिकारी युवा सङ्घमा आबद्ध युवाहरूको भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले सरकारले नेपाली युवाहरूको क्षमता र प्रतिभा देशको विकासमा प्रयोग गर्न नसकेको भन्दै युवाहरूलाई विदेशमा सस्तो ज्यामीको रूपमा बेचिरहेको बताउनुभयो ।
उहाँले निर्वाचनमा युवाहरूलाई जाँडरक्सी, पैसा दिएर चुनाव जित्ने शासक दलहरूले देशलाई दुर्गतिको भड्खालोमा जाकेको बताउनुभयो । उहाँले पुँजीवादको नाफामुखी चरित्रको कारण युवाहरूमाथि सबभन्दा बढी शोषण हुने चर्चा गर्दै कामदार जनता राजनीतिकरूपमा सचेत र सङ्गठित नहुँदा देशमा आमूल परिवर्तन सम्भव नभएको धारणा राख्नुभयो ।
भेलामा शिक्षक कुमार कट्टेल, दिनेश कार्कीलगायतले बोल्नुभएको थियो ।
रुपन्देही
नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा शनिबार सैनामैनाको बुद्धनगरमा विद्यार्थी भेला सम्पन्न भयो ।
भेला नेपाल मजदुर किसान पार्टी रूपन्देहीका अध्यक्ष हरिसुन्दर बासीले व्यापक कामदार जनतालाई सचेत र सङ्गठित बनाउँदै जनताको प्रजातन्त्र ल्याउन नेमकिपा सङ्घर्षरत छ भन्नु भयो ।
नेमकिपाले व्यक्ति नभई विषयवस्तु वा मुद्दाको आधारमा देश र जनताको हित हुने पक्षमा वकालत गर्दै आएको बताउँदै अध्यक्ष बासीले संसद्मा सांसदहरूको खरिद बिक्री हुने खेलभन्दा ताजा जनादेशको लागि संसद् विघटन हुनु देश र जनताको पक्षमा छ भन्नुभयो । हरेक राजनीतिक पार्टीले आफ्नो आदर्श समाज स्थापना गर्न आवश्यक कानुन बनाउनुपर्ने चर्चा गर्दै अध्यक्ष बासीले कामदार जनता राजनीतिकरूपमा सचेत होला भनेर नै पुँजीवादी शासक दलहरूले विकृत राजनीति गरिरहेको बताउनुभयो ।
भेलामा नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घ रूपन्देहीका अध्यक्ष कमला विकले देश र जनताको सेवा गर्ने भावनाले अध्ययनलाई जोड दिनुपर्छ भन्नुभयो ।
रामेछाप
नेपाल मजदुर किसान पार्टीमा आबद्ध रामेछापका कार्यकर्ताहरूको भेला शनिबार काठमाडौँमा भयो ।
पार्टीको स्थापना दिवसको अवसरमा भएको उक्त कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले नेमकिपा समाजवादी व्यवस्था स्थापनाको लागि सङ्घर्षरत रहेको बताउनुभयो ।
ओलीको संसद् विघटन औचित्यपूर्ण रहेको बताउँदै उहाँले ताजा जनादेशको लागि निर्वाचनमा जानु उपयुक्त हुने चर्चा गर्नुभयो ।
नेपाल कर्मचारी समाजका केन्द्रीय अध्यक्ष गौतमप्रसाद लासिवाले नेमकिपा स्थापनाका आधारहरूबारे जानकारी गराउनुभयो ।
हरिकृष्ण श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा नवीना श्रेष्ठ, आकाश मानन्धरले पनि बोल्नुभएको थियो ।
भक्तपुर
नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा नेमकिपा चाँगुनारायण नपा ५, छालिङको आयोजनामा ‘श्रमिक’ र ‘मजदुर’ दैनिक पत्रिकाको अन्तरक्रिया भयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घ केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले कम्युनिष्ट पार्टीको स्थापना शोषणको विरोधका लागि हुने बताउनुभयो । उहाँले नेमकिपा स्थापनाको राजनीतिक र सैद्धान्तिक आधारबारे प्रकाश पार्नुभयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समिति अध्यक्ष न्हुछेभक्त फोजूले कम्युनिस्ट पार्टीको दर्शन माक्र्सवाद, लेनिनवाद र माओ विचारधारा हुनुपर्नेमा संशोधनवाद, अवसरवाद, सामाजिक साम्राज्यवाद स्वीकार गर्नु कम्युनिस्ट आन्दोलनभित्रको खोटा विचार भएको बताउनुभयो ।
उहाँले व्यापक कामदार जनताको हित हुने समाजवाद र साम्यवादी व्यवस्था स्थापना गर्नु नै नेमकिपाको स्थापना भएको प्रस्ट पार्नुभयो ।
आयोजक समितिका संयोजक रत्नबहादुर हयौँमिखाको सभापतित्वमा भएको कार्यक्रममा रामकृष्ण त्यात, सानुकाजी दथेपुथे, श्रीकृष्ण थापा, प्रकाश मिजार, इन्द्रबहादुर फोजू र सूर्यबहादुर फोजूले पनि ‘मजदुर’ र ‘श्रमिक’ मा प्रकाशित लेख–रचनाबारे धारणा राख्नुभएको थियो ।
त्यस्तै, नेमकिपा मध्यपुर मध्यपुर थिमि नगरपालिका वडा नं ५ को आयोजनामा नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवस चपाचोमा सम्पन्न भयो । कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूले अध्ययन, लेखन र वाककलाको विकास गर्न आवश्यक भएको चर्चा गर्दै कार्यकर्ताहरूको सांस्कृतिक स्तर विकासमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा मध्यपुर थिमि नगर समितिका अध्यक्ष सूर्यराम श्रेष्ठ, राजाराम प्रजापतिलगायतले पार्टी स्थापनाका आधार र आवश्यकताबारे बताउनुभयो ।
अछाम
नेमकिपा अछाम जिल्ला समितिको आयोजनामा कमलबजार नगरपालिकाका पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा स्थानीय पार्टी समर्थक र जनसमुदायको भेला भयो ।
भेलामा नेमकिपा अछाम जिल्ला समितिका अध्यक्ष झङ्गरबहादुर शाहीले सत्तारुढ नेकपा नाममात्रको कम्युनिस्ट पार्टी भएकोले अहिले सत्ताको फोहोरी खेलमा लागेको धारणा राख्नुभयो । उहाँले नेपालको कम्युनिस्ट आन्दोलनमा नेमकिपाले संशोधनवाद, वामपन्थी अवसरवाद, भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवादको लगातार सम्झौताहीन सङ्घर्ष गरेको बताउनुभयो ।
नेपालको कम्युनिस्ट आन्दोलनको रक्षा गर्न नेमकिपा आवश्यक भएको उहाँको भनाइ थियो ।
कार्यक्रममा नेमकिपाका डम्बरबहादुर शाही, सुन्तला शाही, बालीसरा शाही, भुपेन्द्र शाहीलगायतले बोल्नुभएको थियो ।
Leave a Reply