युद्ध अन्त्य र रोकिएको सम्पत्ति फुकुवा गर्न इरानको अमेरिकासँग माग
- बैशाख २८, २०८३
नयाँ दिल्ली, १३ माघ । भारतको राजधानी नयाँ दिल्लीमा आन्दोलनरत भारतीय किसानहरूले निकालेको ट्रयाक्टर ¥यालीमाथि सरकारले दमन गरेको छ । किसान ट्रयाक्टर ¥याली ब्यारिकेड तोड्दै अगडि बढ्न खोजेपछि पुलिसले अश्रु ग्यास र गोली समेत चलाएको छ । आन्दोलनकारी किसानहरू दिल्लीतर्फ बढेपछि त्यहाँको स्थिति अनियन्त्रित बनेको सरकारको दाबी छ । दिल्लीको मेट्रो सेवा बन्द गरिएको छ भने इन्टरनेट पनि बन्द गरिएको छ । शान्तिपूर्ण किसान आन्दोलन दबाउन सरकारले व्यापक पुलिस परिचालन गरेको छ ।
किसान आन्दोलन दबाउन भारतका गृहमन्त्री अमित शाहले आपत्कालीन सुरक्षा बैठक बोलाएका छन् र अब सरकार एक्सनमा आउने बताएका छन् ।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार दिल्लीको आईटीओमा पुलिस र प्रदर्शनकारीहरूबीच भएको झडपमा एक प्रदर्शनकारी किसानको निधन भएको छ । पुलिसले चलाएको गोली लागेपछि ट्रयाक्टर पल्टेर ट्रयाक्टरका चालकको निधन भएको बताइएको छ ।
प्रदर्शनकारी किसानहरूले मृतकको शवलाई फ्लाइओभरमाथि सुरक्षित राखेका छन् र एम्बुलेन्सलाई लान दिइरहेका छैनन् । उनीहरूको कथन छ कि शव लगेपछि नै सरकारले उनको मृत्युको रिपोर्ट बदल्नेछ ।
ट्रयाक्टर ¥याली आईटीओ पुगेपछि लुटयन दिल्लीतर्फ अगाडि बढ्न खोज्दा पुलिसले लाठीचार्ज गरेको र अश्रु ग्यास हानेको आरोप किसानहरूको छ । ट्रयाक्टर ¥यालीलाई दिल्ली प्रवेश गर्ने अनुमति नै नभएको दिल्ली पुलिसको भनाइ छ ।
भारतको राष्ट्रिय राजधानी दिल्लीको सीमानाका सिंघु र टिकरी बोर्डरमा धर्नामा बसेका किसान प्रदर्शकारीहरू पनि मङ्गलबार पुलिसको अवरोध तोडेर दिल्लीतर्फ अगाडि बढेका छन् । किसानहरूको जुलुस विभिन्न बाटो गरेर दिल्लीतर्फ बढेको बताइएको छ ।
प्रदर्शनकारी किसानहरूले लालकिल्लामा चढेर किसान आन्दोलनको झन्डा पनि फहराएका छन् । किसानहरूको प्रदर्शन रोक्न भारतका मेट्रो तथा सबै स्टेसनहरू बन्द भएको बताइएको छ ।
भारतीय किसान युनियनका नेता राकेश टिकैतले सरकारले अनुमति दिएको रुटमा समेत व्यारिकेड राखेपछि आन्दोलनकारी किसानहरू आक्रोशित भएको र यसका लागि दिल्ली पुलिस जिम्मेवार भएको बताएका छन् ।
किसान नेता टिकैतले भने, लालकिल्लामा जाने बाटो कसले दियो ? सरकार आफै दमनको लागि बहाना खोजिरहेको छ । कोही पनि किसान दिल्लीमा रहने छैनन् । सबैजना पुनः दिल्लीको सीमामा गएर धर्ना दिनेछन् । हिंसाको कारण किसानमा अनुशासनको कमी होइन सबै कमजोरी सरकारको हो ।
दुई महिना अगाडिदेखि तीनवटा किसानविरोधी कानुनका विरोधमा चलिरहेको किसान आन्दोलनको नेतृत्व गरिरहेको संयुक्त किसान मोर्चाले भने हिंसामा आफू मातहतको किसान सङ्गठनहरुको कुनै सहभागिता नभएको बताएको किसान मजदुर सङ्घर्ष कमिटि (केएमएससी) आवाद किसानका ट्रयाक्टर तोकिएको रुट छोडेर लालकिल्लासम्म पुगेको बताइएको छ । तर, त्यही निहुँमा सबै रुटका ¥यालीमाथि व्यापक पुलिस दमन गरिएको बताइएको छ ।
Leave a Reply